२०२३
आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने
सेप्टेम्बर २०२३


“आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने,” लियाहोना, सेप्टेम्बर २०२३ ।

मासिक लियाहोना सन्देश, सेप्टेम्बर २०२३

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

छवि
येशूले मानिसहरूलाई निको पार्नु हुँदै

उहाँले विभिन्न रोगहरू निको पार्नुभयोजे. कर्क रिचर्ड्सद्वारा, नक्कल गर्न मनाही छ

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूको रूपमा, हामी आवश्यकतामा परेकाहरूको हेरचाह गर्न परमप्रभुको शिक्षालाई अनुशरण गर्‍छौँ । हामी अरूलाई सेवा गरेर, उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत गरेर र हामीसँग भएका कुराहरू बाँडेर उनीहरूको हेरचाह गर्‍छौँ ।

येशू ख्रीष्टको उदाहरण

येशू ख्रीष्टले आफ्नो वरपरका मानिसहरूलाई माया गर्नुभयो, सान्त्वना दिनुभयो र उनीहरूका लागि प्रार्थना गर्नुभयो । उहाँ “सुकर्म गर्दै हिँड्नुभयो” (प्रेरित १०:३८)। हामी वरपरका मानिसहरूलाई माया गरेर, सान्त्वना दिएर, सेवा गरेर र उनीहरूका लागि प्रार्थना गरेर उहाँको उदाहरणको अनुशरण गर्न सक्छौँ । हामी सँधै अरूलाई मद्दत गर्ने तरिकाहरू खोज्न सक्छौँ ।

छवि
दुई व्यक्तिहरू हिँड्दै

सेवा गर्ने

हामी कसरी एकअर्काको हेरचाह गर्‍छौँ भनेर वर्णन गर्न धर्मशास्त्र र परमप्रभुको चर्चमा सेवा गर्ने शब्द प्रयोग गरिएको छ । पादरित्व बाहकहरूलाई वार्ड वा शाखामा प्रत्येक व्यक्ति वा परिवारको लागि सेवा गर्ने दाजु/भाइको रूपमा नियुक्त गरिन्छ । सेवा गर्ने दिदी/बहिनीहरू प्रत्येक वयस्क महिलाको लागि नियुक्त गरिन्छ । सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूले चर्चका सबै सदस्यहरूलाई सम्झिएको र हेरचाह गरिएको सुनिश्चित गर्छन् ।

छवि
मानिसहरू बिरुवा रोप्दै

अरूलाई आत्मनिर्भर बन्न मद्दत गर्दै

हामी परिवारका सदस्यहरू र साथीहरूलाई उनीहरूको समस्याहरूको दीर्घकालीन समाधानहरू खोज्न प्रोत्साहित गरेर आत्मनिर्भर बन्न मद्दत गर्न सक्छौँ । त्यसपछि हामी उनीहरूलाई उनीहरूको लक्ष्यमा काम गर्दा समर्थन गर्न सक्छौँ । आत्मनिर्भरता बारे थप जानकारी अगस्ट २०२३ लियाहोना Gospel Basics article लेखमा खोज्नुहोस् ।

अरूको सेवा गर्दै

हामी वरपरका मानिसहरूलाई सेवा गर्न र तिनीहरूको अस्थायी, आध्यात्मिक र भावनात्मक आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्ने धेरै तरिकाहरू छन् । अरूको बारेमा सिक्नाले हामीलाई कसरी उनीहरूलाई अझ राम्ररी सेवा गर्न सक्छौँ भनेर जान्न मद्दत गर्न सक्छ । हामी मद्दत गर्न के गर्न सक्छौँ भनेर जान्नको लागि मार्गदर्शनको लागि प्रार्थना पनि गर्न सक्छौँ ।

छवि
मानिसहरू फल जम्मा गर्दै

हामीसँग के छ त्यो बाँड्दै

परमेश्वरले हामीलाई दिनुभएको आशीष्‌ बाँडेर हामी अरूको सेवा गर्न सक्छौँ । उदाहरणका लागि, हामी उदार उपवासका भेटीहरू दिन वा चर्चको मानवीय सहायता कोषमा दान गर्न सक्छौँ । हामी हाम्रो समुदाय र हाम्रो चर्चका बोलावटहरूमा पनि सेवा गर्न सक्छौँ ।

चर्च अगुवाहरूको कर्तव्य

बिशपले आफ्नो वार्डमा आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने बारे निरीक्षण गर्दछन् । उनले आवश्यकतामा परेका सदस्यहरूलाई मद्दत गर्न उपवासका भेटीहरूबाट पैसा प्रयोग गर्न सक्छन् । अन्य अगुवाहरू, उनका सल्लाहकारहरू र राहत समाज र एल्डरहरूका गणका अध्यक्षहरू सहितले सदस्यहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न प्रयोग गर्न सक्ने स्रोतहरू फेला पार्न मद्दत गर्छन् ।

चर्चका मानवीय प्रयासहरू

चर्चले संसारभरका मानिसहरूलाई आपतकालीन प्रतिक्रिया, सामुदायिक परियोजनाहरू र सफा पानी र खोप जस्ता अन्य कार्यक्रमहरूमा मद्दत गर्दछ । थप जान्नको लागि, ड्यालिन एच्. ओक्सको, “Helping the Poor and Distressed,” लियाहोना, नोभेम्बर २०२२, ६-८ हेर्नुहोस् ।

प्रिन्ट गर्नुहोस्