लियाहोना
परमप्रभुको महान् कार्य र हाम्रो महान् सुअवसर
जुलाई २०२४


“परमप्रभुको महान् कार्य र हाम्रो महान् सुअवसर,” Liahona, जुलाई २०२४ ।

मासिक लियाहोना सन्देश, जुलाई २०२४

परमप्रभुको महान् कार्य र हाम्रो महान् सुअवसर

जब हामी प्रेम गर्छौँ, बाँढ्छौँ र आमन्त्रण गर्छौँ, प्रत्येक बहुमूल्य आत्मालाई उहाँकहाँ आउनका लागि सहयोग गर्न हामीले परमप्रभुसँग परिश्रम गरिरहेका हुन्छौँ ।

छवि
सडकमा हिँड्दा दुई महिलाहरू वार्तालाप गर्दै

यस अन्तिम महान् समायावधिमा प्रत्येक अगमवक्ताले पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूलाई येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचार बाँढ्न सिकाउनुभएको छ । मेरो जीवनकालमा, धेरै उदाहरणहरू मस्तिष्कमा आउँछन्:

अध्यक्ष डेभिड ओ. मके (१८७३-१९७०), मेरो युवावस्थाका अगमवक्ताले घोषणा गर्नुभयो, “हरेक सदस्य एक सुसमाचार प्रचारक हुनुहुन्छ ।”

अध्यक्ष स्पेन्सर डबल्यू. किम्बल (१८९५-१९८५) ले सिकाउनुभयो, “सुसमाचारलाई अझै धेरै स्थानहरूमा र मानिसहरूकहाँ पुर्याउने दिन यहाँ र अहिले हो,” र अरूहरूलाई सुसमाचार बाँढ्नका लागि “हामीले हाम्रा कदमलाई लम्ब्याउनु पर्छ” ।

अध्यक्ष गोर्डन बी. हिङ्कली(१९१०–२००८) ले भन्नुभयो: “हाम्रो कार्य महान् छ, सिकाउनेहरूलाई खोज्न सहयोग गर्ने हाम्रो अद्भुत उत्तरदायित्व छ । परमप्रभुले हामीलाई हरेक प्राणीलाई सुसमाचार सिकाउने आज्ञा दिनुभएको छ । यसमा [हाम्रा] अति उत्तम प्रयासहरू चाहिने छ ।”

अनि अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ: “सुसमाचार प्रचारको कार्य इस्राएलको विशाल एकीकरणको एक आवश्यक अंश हो । त्यो एकीकरण आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्वपूर्ण कार्य हो । परिमाणमा अरू कुनै चीजको पनि तुलना हुन सक्दैन । महत्त्वमा अरू कुनै चीजको पनि तुलना हुन सक्दैन । परमप्रभुका धर्मप्रचारकहरू—उहाँका शिष्यहरू—आज पृथ्वीमा सबैभन्दा महान् चुनौती, महान् उद्देश्य, महान् कार्यमा संलग्न भएका छन् ।

बेलायती सुसमाचार प्रचार क्षेत्रमा युवा सुसमाचार प्रचारकका रूपमा मलाई यो विषयका सम्बन्धमा जानकारी प्राप्त भएको थियो । यसका सम्बन्धमा म आज झनै सुनिश्चित छु । अरूहरूलाई हाम्रो प्रेम देखाएर, हाम्रा विश्वासहरू बाँढेर र येशू ख्रीष्टको सुसमाचारको प्रसन्नता अनुभव गर्नका लागि हामीसँग सहभागी हुन आमन्त्रण गरेर ख्रीष्टमा आउन मद्दत गर्ने अवसरहरू सर्वत्र छन् भनेर परमप्रभु येशू ख्रीष्टको एक प्रेरितका रूपमा म गवाही दिन्छु ।

यो कार्य अगाडि बढ्छ

सन् २००४ मा मेरो सुसमाचार सिकाउनुहोस् को पहिलो संस्करण र दोस्रो संस्करण २०२३ मा जारी हुँदा मैले चर्चको सुसमाचार प्रचार विभागमा कार्यभारमा रहने सुअवसर प्राप्त गरेको थिएँ । मेरो सुसमाचार सिकाउनुहोस् ले सुसमाचार प्रचारको कार्यलाई आशीषित गरेको छ भनेर म विश्वस्त छु ।

नयाँ मेरो सुसमाचार सिकाउनुहोस् ले हामीले २००४ देखि सिकेका सबै विषयहरू, प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणका प्रत्येक सदस्यबाट प्रेरित निर्देशन र डिजिटल युगमा सुसमाचार बाँढ्नका लागि गरिएका परिवर्तनहरूलाई समावेश गर्छ । यी मध्ये केही परिवर्तनहरूले महत्त्वपूर्ण सफलता प्राप्त गरेका छन् ।

हामीले “प्रेम गर्ने, बाँढ्ने, आमन्त्रण गर्ने” जस्ता सिद्धान्तहरूद्वारा सरल, सामान्य र प्राकृतिक तरिकामा सुसमाचार बाँढ्नाले अधिराज्यलाई महान् आशीर्वाद दिन्छ भनी पत्ता लगाएका छौँ । जब येशू ख्रीष्ट पृथ्वीमा हुनुहुन्थ्यो उहाँले यसरी सुसमाचार बाँढ्नुभयो । उहाँले आफ्नो जीवन र आफ्नो प्रेम बाँढ्नुभयो र सबैलाई उहाँकहाँ आउन आमन्त्रण गर्नुभयो (हेर्नुहोस् मत्ती ११:२८) । उहाँले गर्नुभए जस्तै प्रेम गर्नु, बाँढ्नु र आमन्त्रण गर्नु चर्चका हरेक सदस्यका लागि विशेष आशीर्वाद र उत्तरदायित्व हो ।

प्रेम सहित सुरू गर्नुहोस्

गेतसमनेको बगैँचामा र क्रूसमा, येशू ख्रीष्टले संसारका पापहरू आफूस्वयम् मा लिनुभयो र सबै दु:खहरू र “पीडाहरू, कष्टहरू र सबै प्रकारका प्रलोभनहरू” सहनुभयो (अल्मा ७:११) । यसले “[उहाँलाई], … सबै भन्दा महान्, पीडाका कारणले कँपायो र हरेक प्वालबाट रगत बग्यो” (सिद्धान्त र करार १९:१८) । उहाँको प्रायश्चित र पुनरुत्थानद्वारा, येशू ख्रीष्टले सबैका लागि मुक्ति र उन्नयनलाई सम्भव तुल्याउनुभएको छ ।

मुक्तिदातातर्फ फर्केर र उहाँले हाम्रा लागि गर्नुभएका सबै कार्यहरू मनन गर्दा उहाँप्रतिको प्रेमले भरिपूर्ण हृदय हामीभित्र सृजना हुन्छ । त्यसपछि उहाँले हाम्रो हृदयलाई अरूतर्फ फर्काउनुहुन्छ र हामीलाई तिनीहरूलाई प्रेम गर्न (हेर्नुहोस् यूहन्ना १३:३४-३५) र तिनीहरूसँग उहाँको सुसमाचार बाँढ्न आज्ञा दिनुहुन्छ (मत्ती २८:१९; मर्कूस १६:१५ हेर्नुहोस्) । यदि हामीले उहाँहरूलाई निष्कपटतापूर्वक प्रेम गर्छौँ र हेरचाह गर्छौँ भनेर हामी वरपरका मानिसहरूले महसुस गर्न सक्नुहुन्छ भने उहाँहरूले सम्भवतः हाम्रा सन्देशहरूमा आफ्नो हृदय खोल्नुहुने छ, जसरी राजा लमोनीले अम्मोनको प्रेम र सेवाका कारण सुसमाचार प्राप्त गर्न आफ्नो हृदय खोल्नुभएको थियो (हेर्नुहोस् अल्मा १७-१९) ।

जब हामी सुसमाचार बाँढ्छौँ, हामी प्रेम सहित सुरू गरौँ । उनीहरू हाम्रा दाजुभाइ र दिदीबहिनीहरू र हाम्रा स्वर्गका पिताका प्रिय सन्ततिहरू हुन् भन्ने सम्झेर—जब हामी प्रेम सहित अरूहरूसामु पुग्छौँ—हामीले सत्य हो भनेर जानकारी प्राप्त गरेको विषय बाँढ्ने अवसरहरू खुला हुने छन् ।

उत्सुकतापूर्वक संलग्न हुनुहोस् र बाँढ्नुहोस्

अध्यक्ष एम्. रसल ब्यालर्ड (१९२८–२०२३) भन्दा सुसमाचार बाँढ्नका लागि समर्पित अरू कोही थिएनन् । आफ्नो अन्तिम साधारण सम्मेलनको सम्बोधनमा, उहाँले गवाही दिनुभयो, “हाम्रा स्वर्गका पिता र परमप्रभु येशू ख्रीष्टले यस पछिल्ला दिनमा आफूहरूस्वयम् लाई प्रकट गर्नुभएको छ र जोसेफ [स्मिथ ] येशू ख्रीष्टको अनन्त सुसमाचारको पूर्णतालाई पुनर्स्थापित् गर्न छनोट गरिएको हो भनेर बुझ्नु यो संसारमा जो कोहीले पनि जान्न सक्ने सबैभन्दा महिमित र अद्भुत विषयहरू मध्येको एक [हो] ।”

आफ्नो जीवनभरि र विश्वका अधिकांश भागहरूमा, अध्यक्ष ब्यालर्ड उत्सुकतापूर्वक सबैसँग यो बहुमूल्य सन्देश बाँढ्न व्यस्त हुनुहुन्थ्यो । उहाँले हामीलाई पनि त्यसै गर्न प्रोत्साहन गर्नुभयो । हामी “असल छिमेकी भएर र हेरचाह गरेर र प्रेम देखाएर” सुसमाचार बाँढ्न सक्छौँ भनेर उहाँले सिकाउनुभयो । त्यसो गर्दा, हामी “हाम्रो आफ्नै जीवनमा सुसमाचार प्रसारण गर्छौँ र … [अरूहरूलाई] सुसमाचारले प्रदान गर्ने आशीर्वादहरू प्रसारण गर्छौँ ।” हामी पनि “[हामी]ले बुझेकाविश्वास गरेका र [हामीले] महसुस गरेका विषयहरूको गवाही दिन्छौँ ।” अध्यक्ष ब्यालर्डले सिकाउनुभयो, “पवित्र आत्माको शक्तिद्वारा एक विशुद्ध गवाही … यसलाई प्राप्त गर्न खुला भएका अरूहरूको हृदयमा लैजान सकिन्छ ।”

येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचार बाँढ्नु अध्यक्ष ब्यालर्डको हृदयको सबैभन्दा महान् चाहना थियो । उहाँ जस्तै—वचन र कार्य दुबैमा सुसमाचार बाँढ्नका लागि—हामी उत्सुकतापूर्वक सहभागी हुन सक्छौँ । हामी मध्ये कसैले सुसमाचारको प्रकाश खोजिरहनुभएको छ तर त्यसलाई कहाँ भेट्टाउने भनेर उहाँलाई जानकारी छैन भन्ने विषय हामीलाई जानकारी नहुन सक्छ (हेर्नुहोस् सिद्धान्त र करार १२३:१२) ।

छवि
दुई जना पुरुषहरू केही सिँढीहरू चढ्दै

हार्दिक आमन्त्रणहरू विस्तार गर्नुहोस्

अरूहरूलाई ख्रीष्टमा आउनका लागि सहयोग गर्दा, हामी उहाँहरूलाई मुक्तिदाता र उहाँको सुसमाचारले ल्याउने प्रसन्नता अनुभव गर्न आमन्त्रण गर्छौँ । हामी उहाँहरूलाई कुनै क्रियाकिलापमा आउन, मोर्मोनको पुस्तक पढ्न वा सुसमाचार प्रचारकहरूसँग भेट्न आमन्त्रण गरेर यसो गर्न सक्छौँ । हामी उहाँहरूलाई हामीसँग प्रभुभोज सभामा उपस्थित हुन हार्दिक आमन्त्रण पनि गर्न सक्छौँ ।

हामी प्रत्येक हप्ता “परमेश्वरको आराधना गर्न र येशू ख्रीष्ट र उहाँको प्रायश्चितलाई सम्झनका लागि प्रभुभोजमा सहभागी हुन” का लागि प्रभुभोज सभामा उपस्थित हुन्छौँ ।” यो मानिसहरूका लागि आत्मा महसुस गर्ने, मुक्तिदाताको नजिक आउने र उहाँमा आफ्नो आस्थालाई मजबुत बनाउने उपयुक्त समय हो ।

हामीले प्रेम गर्ने, बाँढ्ने र आमन्त्रण गर्ने तरिकाहरू खोज्दा, हाम्रो योजना र प्रयासहरूमा मानिसहरूलाई प्रभुभोज सभामा उपस्थित हुन सहयोग गर्ने तरीका पनि समावेश हुनु पर्छ । यदि उहाँहरूले हाम्रो आमन्त्रण स्वीकार गर्नुहुन्छ र प्रभुभोज सभामा सहभागी हुनुहुन्छ भने, उहाँहरूमा बप्तिस्मा लिने र परिवर्तनको मार्गमा निरन्तर रहने सम्भावना अधिक हुन्छ । अरूहरूलाई प्रभुभोजका सभामा उपस्थित हुन आमन्त्रण गर्दा र त्यसो गर्दा उहाँहरूले प्राप्त गर्न सक्ने आशीर्वादहरूको पहिचान गर्नका लागि सहयोग गर्दा ठूलो सफलता प्राप्त हुन्छ भन्ने विषयलाई म मेरो पूर्ण हृदयले विश्वास गर्छु ।

परमप्रभुले हामीलाई अगुवाइ गर्नुहुने छ

हामीले प्रेम गर्दा, बाँढ्दा र आमन्त्रण गर्दा हामीले के सफलता र चुनौतीहरू प्राप्त गर्ने छौँ भनेर हामीलाई कहिल्यै जानकारी हुँदैन । मोसीयाहका छोराहरू “लमानीहरूका बीचमा, प्रचार गर्न र तिनीहरूका बीचमा परमेश्वरका वचन सिकाउन एक सहरबाट अर्को सहर र एक आराधना गृहबाट अर्कोमा जानुभयो र यसरी उहाँहरूले महान् सफलता प्राप्त गर्नुभयो ।” उहाँहरूका प्रयासहरूद्वारा, “हजारौँलाई परमप्रभुको ज्ञानमा ल्याइयो” र धेरै “परिवर्तित भए … [र] कहिल्यै पतित हुनुभएन” (अल्मा २३:४-६) ।

यद्यपि यो सदैव हाम्रो अनुभव हुने छैन, परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ कि उहाँले हामीसँगै परिश्रम गर्नुहुने छ किनभने हरेक आत्मा उहाँका लागि बहुमूल्य छ । जब हामी परमप्रभुमा भरोसा राख्छौँ र उहाँको सेवामा सहभागी हुन्छौँ, प्रेम गरेर उहाँहरूसँग हाम्रो जीवन, गवाहीहरू र उहाँको सुसमाचार अरूहरूलाई कसरी बाँढ्ने, उहाँलाई अनुशरण गर्न हामीहरूसँग सहभागी हुन कसरी आमन्त्रण गर्ने भनेर उहाँले हामीलाई मार्गदर्शन गर्नुहुने छ।

“[हाम्रो] प्रसन्नता महान् हुने छ” (सिद्धान्त र करार १८:१५) जब हामी परमप्रभु येशू ख्रीष्टलाई उहाँमा आत्मा ल्याउने महान् कार्यमा सहयोग गर्न हाम्रो वरपरका सुअवसरहरूलाई ग्रहण गर्छौँ ।

सूची

  1. Teachings of Presidents of the Church: Howard W. Hunter (२००३), xxii ।

  2. Teachings of Presidents of the Church: Spencer W. Kimball (२००६), २६१, २६२ ।

  3. गोर्डन बी. हिङ्कली, “Find the Lambs, Feed the Sheep,” Liahona, जुलाई १९९९, १२१ । यो सन्देश फेब्रूवरी २१, १९९९ मा सल्ट लेक ट्याबरनेकलबाट उपग्रह प्रसारणका क्रममा सम्बोधन गरिएको थियो ।

  4. रसल एम्. नेल्सन, “The Everlasting Covenant,” Liahona, अक्टोबर २०२२, ९ ।

  5. एम्. रसल ब्यालर्ड, “Praise to the Man,” Liahona, नोभेम्बर २०२३, ७४ ।

  6. एम्. रसल ब्यालर्ड, “The Essential Role of Member Missionary Work,” Liahona, मे २००३, ४० ।

  7. एम्. रसल ब्यालर्ड, “Remember What Matters Most,” Liahona, मे २०२३, १०७ ।

  8. Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ (२०२३), ८८ ।

  9. (हेर्नुहोस् Preach My Gospel, १७२) ।

प्रिन्ट गर्नुहोस्