लियाहोना
हारुन राजालाई सिकाउनुहुन्छ
जुलाई २०२४


“हारुनले राजालाई सिकाउनुहुन्छ,” साथी, जुलाई २०२४, २६–२७ ।

मासिक साथी सन्देश, जुलाई २०२४

हारुन राजालाई सिकाउनुहुन्छ

छवि
हारुन मानिसहरूलाई सिकाउँदै; हारुन राजाका अगाडि उभिरहेका छन्

एन्ड्रू बस्लीद्वारा चित्रण

हारुन मोसीयाहका छोराहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ एक सुसमाचार प्रचारक हुनुहुन्थ्यो । उहाँले भूमिका लमानीहरूका राजालाई सिकाउनुभयो ।

छवि
हारुन राजासँग बोल्दै

हारुनले राजालाई सोध्नुभयो कि के उहाँहरूले परमेश्वरमा विश्वास गर्नुहुन्छ । राजाले भने कि यदि हारुनले उनलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनी बताउनुभयो भने उनले विश्वास गर्ने छन् । तिनले हारुनलाई परमेश्वरका सम्बन्धमा थप बताउन आग्रह गरे ।

छवि
हारुन स्वर्गको पृष्ठभूमिमा सिकाउँदै

हारुनले राजाका लागि धर्मशास्त्र पढ्नुहुन्छ । उहाँले पृथ्वीको सृष्टिका सम्बन्धमा सिकाउनुभयो । उहाँले परमेश्वरको योजनाका सम्बन्धमा सिकाउनुभयो । उहाँले राजालाई येशू ख्रीष्टका सम्बन्धमा भन्नुभयो ।

छवि
लमानीहरूका राजा घुँडा टेक्दै; हारुनले मानिसहरूलाई बप्तिस्मा दिँदै

पछि, राजाले प्रार्थना गर्नुभयो । उनले परमेश्वरलाई सोधे कि के हारुनले भनेका विषयहरू सत्य हुन् । राजाले जवाफ प्राप्त गरे कि यो सत्य हो!

हारुनले सिकाएका विषयहरूमा राजाले विश्वास गरे । उनको घरमा पनि सबैले विश्वास गरे । तिनीहरूले बप्तिस्मा लिए र येशू ख्रीष्टलाई अनुशरण गर्ने छनोट गरे ।

रङ्ग भर्ने पाना

म प्रेम देखाएर येशूलाई अनुशरण गर्न सक्छु ।

छवि
बालबालिका र ठूलो हृदयहरूमा रङ्ग भर्ने पृष्ठ

एडम कोफोर्डद्वारा चित्रण

तपाईंहरू अरूहरूलाई कसरी प्रेम देखाउनुहुन्छ?

प्रिन्ट गर्नुहोस्