“पाठ १३: मौसम,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १३,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 13
Weather
उद्देश्य: म मौसमका बारे प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहको लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Love and Teach One Another
एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्
I can learn from the Spirit as I love, teach, and learn with others.
जब म प्रेम गर्छु, सिकाउँछु र अरूहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।
परमेश्वरसँग महान विषयवस्तुहरू छन् जुन उहाँले हामीलाई सिकाउन चाहनुहुन्छ । उहाँले उहाँको आत्माद्वारा सत्य सिक्ने हाम्रो क्षमता बढाउन सक्नुहुन्छ । जब हामी एकअर्कालाई प्रेम गर्छौँ र सुन्छौँ तब हामी आत्मालाई आमन्त्रण गर्छौँ । जब हामी आत्माद्वारा सिकिरहेका हुन्छौँ तब कस्तो महसुस हुन्छ भनेर परमेश्वरले हामीलाई सिकाउनुहुन्छ:
सत्यको आत्माद्वारा वचनलाई ग्रहण गर्नेले सत्यको आत्माद्वारा प्रवचन गरिए जस्तै ग्रहण गर्छ [। ] यसकारण, ऊ जसले प्रवचन गर्छ र ऊ जसले ग्रहण गर्छ, एकअर्कालाई बुझ्छन् र दुबैको आत्मिक वृद्धि हुन्छ र सँगै आनन्दित हुन्छन् ।” (सिद्धान्त र करार ५०: २१– २२) ।
हामी जान्न सक्छौँ कि परमेश्वरले हामीलाई सिकाउँदै हुनुहुन्छ जब हामी आत्मा महसुस गर्छौँ र आत्मिक वृद्धि भएको महसुस गर्छौँ । आत्माले प्रेम, प्रसन्नता र शान्तिको भावना ल्याउँछ । हामी प्रत्येकले आत्माले सिकाउन सक्ने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छौँ । जब हामी आत्माद्वारा सिक्न खोज्छौँ, परमेश्वरले हामीलाई एकअर्कालाई बुझ्न र सँगै आनन्द महसुस गर्न सहयोग गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो EnglishConnect समूहसँग सिक्दै गर्दा, तपाईंहरूले कुन समयमा आत्माद्वारा सिक्दै हुनुहुन्छ पहिचान गर्नुहोस् । आत्मालाई धेरै भन्दा धेरै प्राप्त गर्न खोज्नुहोस् ।
Ponder
-
तपाईंले EnglishConnect मा आफ्ना अनुभवहरूद्वारा कहिले आत्मिक वृद्धि भएको महसुस गर्नुभएको छ ?
-
तपाईंहरूले आत्माद्वारा सिक्ने वातावरण सिर्जना गर्न के गर्न सक्नुहुन्छ ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
Will it … ? |
के यो … ? |
Will it be … ? |
के यो … हुने छ ? |
in Mexico |
मेक्सिकोमा |
Days
today |
आज |
tomorrow |
भोली |
on Monday* |
सोमबार |
Verbs/Verbs + ing
hail/hailing |
असिना/ असिना पर्दै |
rain/raining |
पानी/ पानी पर्दै |
snow/snowing |
हिउँ/ हिउँ पर्दै |
Adjectives
nice |
राम्रो |
cold |
चिसो |
hot |
गर्मी |
cloudy |
बादल लागेको |
foggy |
कुहिरो लागेको |
rainy |
झरी परेको |
snowy |
हिउँ परेको |
stormy |
आँधी चलेको |
sunny |
घाम लागेको |
windy |
हुरी चलेको |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: What’s the weather in London?A: It’s (adjective) in London.
Examples
Q: What’s the weather in London?A: It’s rainy in London.
Q: What’s the weather in Toronto?A: It’s snowing in Toronto.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नु अघि वार्तालाप समूह क्रियाकलापहरू १ र २ पूरा गर्ने प्रयास गर्नुहोस् ।
Q: Will it (verb) (day)?A: No, it won’t (verb) (day).
Examples
Q: Will it snow tomorrow?A: No, it won’t snow tomorrow.
Q: Will it be sunny tomorrow?A: No, it won’t. It will snow tomorrow.
Q: Will it be nice on Friday?A: Yes, it will.
Use the Patterns
तपाईंले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
कुनै सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ को लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
चार्टमा हेर्नुहोस् । प्रत्येक दिनको मौसमका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
Example
-
A: Will it be sunny on Monday?
-
B: No, it won’t be sunny on Monday.
-
A: What’s the weather on Monday?
-
B: It will be cloudy on Monday.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तपाईंहरूको स्थानको मौसमका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । एक हप्ताको प्रत्येक दिनको मौसमका सम्बन्धमा संवाद गर्नुहोस् । तपाईंहरूले भन्न सम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: What’s the weather in Bogotá?
-
B: It’s cloudy in Bogotá.
-
A: Will it be cloudy tomorrow?
-
B: Yes, it will.