“पाठ २३: स्वास्थ्य,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ २३,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 23
Health
उद्देश्य: म शरीरका अङ्गहरूको नाम जान्न र तिनीहरू किन दुख्छन् भन्न सिक्ने छु ।
Personal Study
क्रियाकलापहरू क देखि ङ पूरा गरेर आफ्ना वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Exercise Faith in Jesus Christ
येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्
Jesus Christ can help me do all things as I exercise faith in Him.
येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।
बाइबलमा हामी एउटी महिलाका सम्बन्ध सिक्छौँ जो धेरै वर्षदेखि बिरामी थिइन् । उनले आफ्नो सबै पैसा औषधिउपचार खोज्नका लागि खर्च गरिन् । उनी धेरै डाक्टरकहाँ गएकी थिइन् तर उनको रोग झनै बढ्दै गयो । तब स्त्रीले येशूका सम्बन्धमा सुनिन् । तिनले मानिसहरूको भीडमा उहाँलाई देखिन् । तिनले विश्वास गरिन् कि येशूमा तिनलाई चङ्गाइ प्रदान गर्ने शक्ति छ । तिनले विश्वास गरिन् कि यदि तिनले उहाँको वस्त्र छुन पाएमा, उनी निको हुने छिन् । तिनी येशूको पछाडि आइन् र उहाँको वस्त्र छोईन् । उनले आफ्नो शरीर निको भएको महसुस गरिन् । येशूले आफ्नो शरीरबाट शक्ति निस्केको महसुस गर्नुभयो । जब उहाँले सोध्नुभयो कि उहाँको वस्त्र कसले छोयो, तिनी सुरुमा उनले छोएको हो भनेर स्वीकार गर्न डराइन् तर पछि तिनले स्वीकार गरिन् कि यो उनी नै थिइन् ।
येशूले भन्नुभयो, “सान्त्वना प्राप्त गरे: तिम्रो आस्थाले तिमीलाई निको पारेको छ; शान्तिमा जाऊ” (लूका ८:४८)।
यी महिलाले विश्वास गर्नुभयो र उहाँले आस्थामा कार्य गर्नुभयो । येशूकहाँ पुग्नु एउटा सानो कार्य थियो तर यसले तिनको जीवनमा उहाँको शक्ति ल्यायो । परमेश्वरसँग सहयोग माँग्न तपाईंहरू लज्जित हुनु वा डराउनु पर्दैन । उहाँले तपाईंहरूलाई सहयोग गर्न चाहनुहुन्छ । जब तपाईंहरू आस्थाको अभ्यास गर्नुहुन्छ, सानो तरिकामा भएपनि, यसले तपाईंहरूको जीवनमा येशू ख्रीष्टको शक्ति ल्याउन सक्छ ।
Ponder
-
तपाईंहरूले अङ्ग्रेजी सिक्दा कसरी मजबुत महसुस गर्नुभएको छ?
-
तपाईंहरूले आफ्नो जीवनका अन्य पक्षहरूमा आस्थाको अभ्यास कसरी गर्नुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले आफ्ना दैनिक अभ्यासमा यी शब्द प्रयोग गर्नुहुँदा परिस्थितिहरूका सम्बन्धमा सोच्नुहोस् ।
What happened to … ? |
… लाई के भयो? |
What is wrong?/What’s wrong? |
के गलत भयो?/के गलत भयो? |
Nouns
arm/arms |
पाखुरा/पाखुराहरू |
back |
पछाडि |
ear/ears |
कान/कानहरू |
eye/eyes |
आँखा/आँखाहरू |
finger/fingers |
औँला/औँलाहरू |
foot/feet |
खुट्टा/खुट्टाहरू |
hand/hands |
हात/हातहरू |
head |
टाउको |
knee/knees |
घुँडा/घुँडाहरू |
leg/legs |
गोडा/गोडाहरू |
mouth |
मुख |
neck |
घाँटी |
stomach |
पेट |
tooth/teeth |
दाँत/दाँतहरू |
Verbs Present /Verbs Past
break/broke |
भाँचिनु/भाँचियो |
burn/burned |
जलाउनु/जलायो |
cut/cut |
काट्नु/काट्यो |
hurt/hurt |
चोट पुर्याउनु/चोट पुर्यायो |
hit/hit |
हिर्काउनु/हिर्कायो |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहे का शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: What is wrong?A: My (noun) hurts.
Examples
Q: What’s wrong?A: His knees hurt.
Q: What’s wrong?A: My stomach hurts.
Q: What’s wrong?A: Her head hurts.
Practice Pattern 2
जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन सक्नुहुँदैन नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठमा भएका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिन प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्न ध्यान दिनुहोस् ।
Q: What happened to your (noun)?A: I (verb past) my (noun).
Examples
Q: What happened to your finger?A: I cut my finger.
Q: What happened to his leg?A: He broke his leg.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । हरेक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
आफ्नो सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
तस्वीरहरूमा हेर्नुहोस् । हरेक तस्वीरमा भएका व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: What’s wrong?
-
B: Her head hurts.
-
A: What happened to her head?
-
B: She hit her head.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
भूमिका निर्वाह । सहपाठी क तस्वीरमा भएका व्यक्ति हुनुहुन्छ । सहपाठी ख एउटा साथी हुनुहुन्छ । हरेक तस्वीरका बारेमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सिर्जनशील हुनुहोस् । भूमिका परिवर्तन गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
New Vocabulary
fall/fell |
खस्नु/खस्यो |
Example
-
A: What’s wrong?
-
B: My knee hurts.
-
A: What happened to your knee?
-
B: I fell and I hit my knee.