अङ्ग्रेजी सिक्ने
परिशिष्ट: वार्तालापका समूहका खेलहरू


“परिशिष्ट: वार्तालापका समूहका खेलहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“वार्तालापका समूहका खेलहरू,” सिकारूहरूका लागि EnglishConnect १

Appendix

Conversation Group Games

वार्तालापका समूह खेलहरू

यस पुस्तिकामा अङ्ग्रेजी अभ्यास गर्न रमाइला खेलहरूको सूची समावेश गरिएको छ । तपाईंहरू कुनै पनि समूह वैठकका समयमा यी खेलहरू खेल्न सक्नुहुन्छ । तपाईंहरूले पढेको पाठ वा अघिल्लो पाठबाट नमूना र शब्दावली प्रयोग गर्नुहोस् । यी धेरै जसो खेलहरूमा तपाईंहरूलाई सहपाठी वा सानो समूहसँग कार्य गर्न आवश्यक हुन्छ ।

Questions (10–15 minutes)

प्रश्नहरू (१०-१५ मिनेट)

तीन प्रश्न चिन्ह

Steps

चरणहरू

  1. सूचीबाट एउटा प्रश्न छनोट गर्नुहोस् । सम्झनुहोस् कि तपाईंहरूले रेखाङ्कित शब्दहरूलाई अन्य शब्दहरू र वाक्यांशहरूसँग परिवर्तन सक्नुहुन्छ ।

  2. आफ्नो उत्तर समूहमा बाँढ्नुहोस् ।

  3. पालैपालो प्रश्नहरू छनोट गर्नुहोस् र उत्तरहरू बाँढ्नुहोस् । तपाईंहरूले चाहनुभएको जति पनि प्रश्नहरूका सम्बन्धमा बोल्न सक्नुहुन्छ ।

Questions to Review Patterns:

नमूनाहरू समीक्षा गर्न प्रश्नहरू:

  • What do you like to do?

  • Why do you like to study English?

  • Can you tell me about your family?

  • What are you wearing?

  • What do you do before you come to the conversation group?

  • What do you do in the morning?

  • When do you work?

  • What’s the weather in New York?

  • Where do you work?

  • What do you do for work?

  • Do you like to teach people?

  • What do you eat for dinner?

  • What foods do you like?

  • What do you want for lunch?

  • What is your favorite food? How do you make it?

  • How much do groceries cost?

  • Where do you live?

  • Tell me about your house.

  • Where is your favorite place to eat?

More Questions:

थप प्रश्नहरू:

  • Tell me about your friends.

  • Tell me about your job.

  • Tell me about your city.

  • Tell me about your favorite place.

  • Tell me about your daily routine. What do you do every day?

  • What do you like to wear?

  • What do you do when you are sick?

  • What do you do when you are hurt?

  • What is expensive in your city?

  • What is cheap in your city?

Notes

सूचीहरू

  • तपाईंहरूले यो खेल सम्पूर्ण समूह वा तीन देखि पाँच व्यक्तिको सानो समूहमा खेल्न सक्नुहुन्छ ।

  • तपाईंहरू यस सूचीमा रहेका प्रश्नहरूमा सीमित हुनुहुँदैन । तपाईंहरू नयाँ प्रश्नहरू सिर्जना गर्न सक्नुहुन्छ । तपाईंहरू थप प्रश्नहरू सिर्जना गर्न रेखाङ्कित शब्दहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ ।

  • यदि तपाईंहरू यस खेललाई थप चुनौतीपूर्ण बनाउन चाहनुहुन्छ भने, समूहका प्रत्येक सदस्यबाट तपाईंहरूले सम्झनुभएका उत्तरहरू पालैपालो बाँढ्नुहोस् ।

  • तपाईंहरू यी प्रश्नहरू तलका अन्य खेलहरूमा प्रयोग गर्न सक्नुहुन्छ जस्तै “साइकलको चेन” अथवा “भकुण्डो फाल्नुहोस् ।”

Hot Seat (10–20 minutes)

तातो कुर्सी (१०-२० मिनेट)

कालो बोर्ड अगाडि बसेकी महिला

Steps

चरणहरू

  1. दुई टोलीमा विभाजन गर्नुहोस् ।

  2. दुई सिकारूहरू छनोट गर्नुहोस् (प्रत्येक टोलीबाट एक सिकारू) । यी सिकारूहरू समूहको सामना गर्दै (“तातो कुर्सी” मा) बोर्डतर्फ आफ्नो पीठ देखाएर बस्नुहुन्छ ।

  3. तपाईंहरूका शिक्षकले बोर्डमा शब्दावलीका शब्द वा वाक्यांश लेख्नुहुन्छ । “तातो कुर्सी” मा सिकारूहरूले शब्द देख्न सक्नुहुँदैन ।

  4. समूहहरूसँग “तातो कुर्सी” मा आफ्नो समूहका साथीलाई शब्द नबोली बोर्डमा शब्द अनुमान गर्न सहयोग गर्न दुई मिनेट हुन्छ ।

  5. “तातो कुर्सी” मा रहेको व्यक्ति जसले पहिले शब्द भन्नुभयो उहाँले आफ्नो समूहका लागि एक अङ्क प्राप्त गर्नुहुन्छ । यदि कुनै समूहले आफ्नो समूहका साथीलाई अनुमान गर्न सहयोग गर्ने क्रममा बोर्डमा भएको शब्द भन्नुहुन्छ भने, उहाँहरूले अङ्क प्राप्त गर्दैनन् ।

  6. नयाँ शब्दहरू सहित दोहोर्याउनुहोस् ।

Notes

सूचीहरू

  • समूह सङ्ख्यालाई हेरेर एक देखि तीन समूहहरू निर्माण गर्नुहोस् ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, भिन्दाभिन्दै समूहमा भन्दा पनि एक सम्पूर्ण समूहको रूपमा खेल्नुहोस् । एक व्यक्ति “तातो कुर्सी” मा हुनुहुन्छ । यो व्यक्तिलाई शब्द जानकारी छैन । एक व्यक्ति “सुराग दिने” हुने छ । “तातो कुर्सी” मा भएको व्यक्तिले शब्द अनुमान गर्न सक्नुहुन्छ भनेर “सुराग दिने” ले एउटा शब्द छनोट गर्नुहुन्छ र अनुमान गर्नुहुन्छ ।

Ball Toss (10–15 minutes)

भकुण्डो फाल्नुहोस् (१०-१५ मिनेट)

भकुण्डो सहित जवान महिला

Steps

चरणहरू

  1. एउटा भकुण्डो, नरम वस्तु वा खुम्चाइएको कागज लिनुहोस् ।

  2. एउटा प्रश्न छनोट गर्नुहोस् । (पाठबाट प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  3. प्रश्न सोध्नुहोस् र सिकारूलाई भकुण्डो फाल्नुहोस् ।

  4. सिकारूले भकुण्डो समात्नुहुन्छ र प्रश्नको उत्तर दिनुहुन्छ ।

  5. सिकारूले पुनः प्रश्न सोध्नुहुन्छ र भकुण्डो अर्को सिकारूलाई फाल्नुहुन्छ ।

  6. तपाईंहरूको समूहमा प्रत्येक सिकारूले प्रश्नको जवाफ नदिएसम्म दोहोर्याउनुहोस् । त्यसपछि पुनः नयाँ प्रश्न सँगै सुरु गर्नुहोस् ।

Notes

सूचीहरू

  • यस खेललाई थप चुनौतीपूर्ण बनाउनका लागि, प्रत्येक पटक भकुण्डो फाल्दा प्रश्न परिवर्तन गर्नुहोस् ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, भकुण्डो फाल्नुको सट्टा नामहरू उच्चारण गर्नुहोस् ।

Dice Game (10–15 minutes)

पासा खेल (१०-१५ मिनेट)

दुई पासा

Steps

चरणहरू

  1. तपाईंहरूलाई एउटा पासा (वा सङ्ख्या भएका कार्डहरू १ देखि छ सम्म) आवश्यक छ ।

  2. छवटा क्रियापदहरू छान्नुहोस् र तिनीहरूलाई १ देखि ६को सङ्ख्यामा बोर्डमा लेख्नुहोस् ।

  3. एउटा सहपाठी सँग वा सानो समूहमा कार्य गर्नुहोस् । पासा गुडाउनुहोस् । तपाईंहरूले गुडाउँदा देखिएको सङ्ख्याको क्रिया प्रयोग गरेर एउटा वाक्य सिर्जना गर्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

उदाहरण

शिक्षक बोर्डमा लेख्नुहुन्छ:

  1. cook

  2. stir

  3. bake

  4. boil

  5. cut

  6. add

सिकारू १ ले पासा गुडाउनुहुन्छ र ६ प्राप्त गर्नुहुन्छ । addप्रयोग गरेर उहाँले वाक्य बनाउनुहुन्छ ।

  • I add sugar to my oatmeal.

सिकारू २ ले गोटी गुडाउनुहुन्छ र ४ प्राप्त गर्नुहुन्छ । boilप्रयोग गरेर उहाँले वाक्य सिर्जना गर्नुहुन्छ ।

  • I boil eggs for lunch.

सिकारू ३ ले गोटी गुडाउनुहुन्छ र ३ प्राप्त गर्नुहुन्छ । bakeप्रयोग गरेर उसले वाक्य बनाउँछ ।

  • I like to bake cookies.

Notes

सूचीहरू

  • क्रियापदको सट्टामा अन्य शब्दहरू प्रयोग गर्न सकिन्छ ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, सम्पूर्ण समूहसँग कार्य गर्नुहोस् । भर्चुअल पासा प्रयोग गर्नुहोस् र वाक्यहरू सिर्जना गर्न पालो गर्नुहोस् ।

Give One, Get One (10–20 minutes)

एउटा दिनुहोस्, एउटा प्राप्त गर्नुहोस् (१०-२० मिनेट)

Steps

चरणहरू

  1. समूहका लागि विषय छान्नुहोस् (उदाहरणका लागि: परिवार, खेलकुद वा खाना) ।

  2. एक देखि दुई मिनेटको लागि विषयको बारेमा तपाईंहरूलाई जानकारी भएजति धेरै शब्दहरू लेख्नुहोस् ।

  3. उठ्नुहोस् र कोठा वरिपरि हिँड्नुहोस् । सहपाठी खोज्नुहोस् ।

  4. आफ्ना सहपाठी सँग आफ्नो सूचीको कुनै शब्द बाँढ्नुहोस् । तपाईंहरूका सहपाठीले तपाईंहरू सँग एउटा शब्द बाँढ्नुहुन्छ । यदि यो नयाँ शब्द हो भने, तपाईंहरूको सूचीमा शब्द थप्नुहोस् ।

  5. पुनः कोठा वरिपरि हिँड्नुहोस् । नयाँ सहपाठी खोज्नुहोस् । दोहोर्याउनुहोस् ।

Example

उदाहरण

विषय: परिवार

सहपाठी क लेख्नुहुन्छ:

  • mom

  • dad

  • sister

  • brother

सहपाठी ख लेख्नुहुन्छ:

  • grandfather

  • grandmother

  • mother

  • father

  • aunt

  • uncle

  • A: What’s one word from your list?

  • B: Grandmother.

  • A: I don’t have that word. I’ll add it to my list.

  • B: What’s a word from your list?

  • A: Mom.

  • B: I have mother. I will write mom next to mother.

दुबै सिकारूहरूले आफ्नो सूचीमा नयाँ शब्दहरू थप्नुहुन्छ ।

सहपाठी क को सूची:

  • mom

  • dad

  • sister

  • brother

  • grandmother

सहपाठी ख को सूची:

  • grandfather

  • grandmother

  • mother, mom

  • father

  • aunt

  • uncle

Notes

सूचीहरू

  • यो पाठमा नभएको नयाँ शब्दावली सिक्ने वा अभ्यास गर्ने उत्तम तरिका हो ।

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, प्रत्येक व्यक्तिलाई जोडीमा कार्य गर्नुको सट्टा सम्पूर्ण समूहसँग उहाँहरूको सूचीबाट एक शब्द बाँढ्न लगाउनुहोस् ।

Speculation (15–20 minutes)

अनुमान (१५-२० मिनेट)

दुईजना महिलाहरू हाँस्दै

Steps

चरणहरू

  1. क्रियापदका सम्बन्धमा सोच्नुहोस् ।

  2. त्यो क्रियापद ठूलो स्वरमा भन्नुहोस् ।

  3. क्रियापद प्रयोग गरेर, अर्को सिकारूका सम्बन्धमा एउटा सत्य वाक्य सिर्जना गर्नुहोस् । आफ्नो वाक्य सुरु गर्न भन्नुहोस्,“I think that you …।”

  4. तपाईंहरूको भनाइ सत्य हो वा होइन अर्को सिकारूले भन्नुहुन्छ ।

  5. यदि यो सत्य हो भने, तपाईंहरूले एक अङ्क प्राप्त गर्नुहुन्छ । यदि यो सत्य होइन भने, तपाईंहरूले अङ्क प्राप्त गर्नुहुँदैन ।

  6. पाँच अङ्कमा पुग्ने पहिलो सिकारू विजयी हुनुहुन्छ!

  7. १० देखि २० राउन्ड पूरा गर्नुहोस् । प्रत्येक राउन्डका लागि क्रिया परिवर्तन गर्नुहोस् ।

Example

उदाहरण

सिकारू क (बाट सिकारू ख लाई): The verb is like. I think that you like chocolate.

सिकारू ख: That’s true! (सिकारू क ले एक अङ्क प्राप्त गर्नहुन्छ ।)

सिकारू ख (बाट सिकारू ग लाई): I think that you like to play basketball.

सिकारू ग: That’s not true! (सिकारू ख ले अङ्क प्राप्त गर्नहुँदैन ।)

Notes

सूचीहरू

  • तीन देखि पाँच व्यक्तिको समूह बनाउनुहोस् ।

  • यो खेल १० देखि २० राउन्डसम्म हुने छ । तपाईंहरूलाई प्रत्येक राउन्डका लागि एउटा क्रियापद चाहिन्छ । प्रत्येक पटक तपाईंहरूले राउन्डको सुरु गर्दा नयाँ क्रियापद भन्दै पालैपालो गर्नुहोस् ।

Two Truths and One Lie (10–15 minutes)

दुई सत्य र एउटा झूट (१०-१५ मिनेट)

Steps

चरणहरू

  1. आफ्ना सम्बन्धमा सत्य दुई विषयहरू सोच्नुहोस् । सत्य नभएको एक विषय बनाउनुहोस् जुन होइन । पाठबाट शब्दावली र वाक्यांशहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

  2. आफ्नो समूहका लागि तपाईंहरूका कथनहरू ठूलो स्वरले पढ्नुहोस् ।

  3. कुन कथन सत्य होइन भन्ने अनुमान गर्नका लागि तपाईंहरूका समूहका सदस्यहरूले तपाईंहरूलाई प्रश्नहरू सोध्नुहोस् । उहाँहरूका प्रश्नहरूको उत्तर दिनुहोस् ।

Example

उदाहरण

समूह सदस्य १: I like pizza. I like French fries. I like chocolate. Which is not true?

समूहका अन्य सदस्यहरूले प्रश्नहरू सोध्छन्:

  • Q: What is your favorite kind of pizza?A: I like cheese pizza.Q: What is your favorite candy bar?A: I like chocolate and caramel.Q: Where do you like to get French fries?A: I don’t have a favorite place.

समूहका अन्य सदस्यहरूले अनुमान लगाउनुहुन्छ: “I think you don’t like French fries.

समूहका सदस्य १: “That’s right! I don’t like French fries.

Vocabulary Cards (10–15 minutes)

शब्दावली कार्डहरू (१०-१५ मिनेट)

आफ्नो निधारमा एक शब्द लेखेकी एक महिला

Steps

चरणहरू

  1. कागजको सानो टुक्रामा ५ देखि १० शब्दावली शब्दहरू लेख्नुहोस् (टाँसिने नोटहरूले राम्रो काम गर्छन्) । कागजका टुक्राहरूलाई खातमा राख्नुहोस् ।

  2. सहपाठी खोज्नुहोस् ।

  3. खात राखेका शब्दहरूलाई उल्टो पल्टाउनुहोस् ताकि तपाईंहरूले शब्दहरू देख्न सक्नुहुँदैन । आफ्नो सहपाठी सँग शब्दहरूको भण्डार परिवर्तन गर्नुहोस् ।

  4. एक भाषा छनोट गर्नुहोस् । शब्दलाई नहेर्नुहोस् । कागज आफ्नो निधारमा टाँसेर समात्नुहोस् । तपाईंहरूका सहपाठीले शब्द वर्णन गर्छ (वा अनुवाद दिन्छ), ताकि तपाईंहरूले कागजमा भएको शब्द अनुमान गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले सही अनुमान गर्नुहुन्छ भने, तपाईंहरूले एक अङ्क प्राप्त गर्नुहुन्छ ।

  5. पालैपालो गर्नुहोस् । तपाईंहरूले थुप्रो राखेका प्रत्येक शब्दहरूबाट दोहोर्याउनुहोस् ।

Notes

सूचीहरू

  • यदि तपाईंहरू भर्चुअल रूपमा भेट्दै हुनुहुन्छ भने, जोडीको सट्टामा सम्पूर्ण समूहसँग कार्य गर्नुहोस् । प्रत्येक व्यक्तिले शब्दहरूको सूची लेख्नुहुन्छ । समूहलाई आफ्नो सूची नदेखाउनुहोस् । आफ्नो सूचीबाट एउटा शब्द छनोट गरेर पालैपालो गर्नुहोस् । शब्द उच्चारण नगरी समूहमा वर्णन गर्नुहोस् । समूहका सदस्यहरूले शब्द अनुमान गर्छन् ।

Bicycle Chain (in person) (10–20 minutes)

साइकल चेन (व्यक्तिगत रूपमा) (१०-२० मिनेट)

यो क्रियाकलाप व्यक्तिगत रूपमा समूह वैठकमा भाग लिएमा मात्र काम लाग्छ ।

Steps

चरणहरू

  1. एउटा प्रश्न छान्नुहोस् । (पाठबाट एउटा प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  2. एक अर्काको सामना गरी दुई पङ्क्तिमा उभिनुहोस् ।

    एकअर्काको सामना गरेर दुई पङ्क्तिहरूमा उभिरहनु भएका व्यक्तिहरूको रेखाचित्र
  3. एक अर्काको सामना गरेर उभिरहेका व्यक्तिहरू सहपाठी हुनुहुन्छ ।

  4. सहपाठीहरूले प्रश्न सोध्नुहुन्छ र उत्तर दिनुहुन्छ ।

    मानिसहरूका २ पङ्क्तिहरूको रेखाचित्र जहाँ सबैजना आफ्नो दायाँतर्फको व्यक्तिको स्थानमा सर्नुहुन्छ
  5. गोलाकारमा सर्नुहोस् ताकि प्रत्येक व्यक्तिको नयाँ सहपाठी हुन्छ ।

    रेखाचित्रले उहाँहरूले सुरु गरेको भन्दा नयाँ व्यक्तिहरूको सामना गरिरहेका व्यक्तिहरूको दुई पङ्क्तिहरू प्रदर्शन गर्दै
  6. सहपाठीहरूले प्रश्न सोध्नुहुन्छ र उत्तर दिनुहुन्छ ।

  7. चरण ५ र ६ दोहोर्याउनुहोस् ।

Notes

सूचीहरू

  • यदि तपाईंहरू सँग बिजोर सङ्ख्यामा मानिसहरू हुनुहुन्छ भने, एउटा समूहमा तीनजना राख्नुहोस् ।

Mingle and Share (in person) (10–15 minutes)

मिल्नुहोस् र बाढ्नुहोस् (व्यक्तिगत रूपमा) (१०-१५ मिनेट)

यो क्रियाकिलाप व्यक्तिगत रूपमा समूह बैठकमा सहभागी भएमा मात्रै कार्य लाग्छ ।

दुई व्यक्तिहरू वार्तालाप गर्दै

Steps

चरणहरू

  1. एउटा प्रश्न छान्नुहोस् । (पाठबाट एउटा प्रयोग गर्नुहोस् वा यो परिशिष्टमा “प्रश्नहरू” हेर्नुहोस् ।)

  2. उठ्नुहोस् र एक सहपाठी खोज्नुहोस् ।

  3. आफ्नो सहपाठीलाई प्रश्न सोध्नुहोस् । आफ्नो सहपाठीको उत्तर सम्झनुहोस् । आफ्ना सहपाठीको प्रश्नको जवाफ दिनुहोस् ।

  4. कोठा वरिपरि हिँड्नुहोस् र नयाँ सहपाठी खोज्नुहोस् । सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । नयाँ सहपाठीहरूसँग धेरै पटक दोहोर्याउनुहोस् । आफ्ना सबै सहपाठीहरूको उत्तर सम्झनुहोस् ।

  5. आफ्नो कुर्सीमा फर्कनुहोस् । तपाईंहरूले सिकेका विषयहरू समूहमा बाँढ्नुहोस् ।

Example

उदाहरण

Question: How many people are in your family?

सिकारूहरू विभिन्न सहपाठीहरू सँग प्रश्न सोध्दै र जवाफ दिँदै हिँड्नुहुन्न् ।

  • Maria: How many people are in your family?

    Luna: There are four people in my family. How many people are in your family?

    Maria: Three.

सिकारूहरूले आफूले सिकेका विषयहरू बाँढ्न् ।

  • Teacher: How many people are in Maria’s family?

    Luna: There are three people in Maria’s family.