धर्मशास्त्रहरू
एतेर १०


अध्याय १०

एकपछि अर्को राजा बन्छन्—राजाहरूमध्ये केही धर्मी हुन्छन्, अरु दुष्ट हुन्छन्—जब धार्मिकताको विजय हुन्छ, जनलाई परमप्रभुद्वारा आशीषित र उन्नति गराइन्छ।

अनि यस्तो हुन गयो कि शेज, जो हितिका सन्तति थिए—किनकि शेज बाहेक हितिका सबै गृहस्थको अनिकालद्वारा नाश भएको थियो—यसकारण उनले टुक्रिएका जनलाई फेरि जोड्न थाले।

अनि यस्तो हुन गयो कि शेजले उनका पितापुर्खाहरुको विनाशलाई सम्झे र उनले एक धर्मी अधिराज्य बनाए; किनकि येरेद र उनका दाजुलाई गहिराइ पार गराउनमा परमप्रभुले के गर्नुभएको थियो भनी उनले सम्झे; र उनी परमप्रभुको मार्गहरूमा हिँडे; र उनले छोराहरू र छोरीहरू जन्माए।

अनि उनको जेठो छोराले जसको नाउँ शेज थियो उनका विरुद्ध विद्रोह गऱ्यो; तैपनि, शेजलाई उसको अत्यन्त धनका कारण डाँकाहरूका हातद्वारा प्रहार गरियो, जुनले उनका पितासामु फेरि शान्ति ल्यायो।

अनि यस्तो हुन गयो कि उनका पिताले भूमिको सतहमा धेरै सहरहरू बनाए र जन भूमिको सम्पूर्ण सतहभरि फैलिन थाले। अनि शेज अत्यन्त बूढो उमेरसम्म बाँचे; र उनले रिप्लाकिशलाई जन्माए। अनि उनी मरे र रिप्लाकिशले उनको सट्टामा शासन गरे।

अनि यस्तो हुन गयो कि रिप्लाकिशले त्यो गरेनन् जुन परमप्रभुका दृष्टिमा सही थियो; किनकि उनका धेरै पत्नी र रखौटीहरू थिए र मानिसहरूका काँधहरूमाथि त्यो लादे जुन सहन कष्टकर थियो; हो, उनले उनीहरूलाई उच्च करहरू तिर्न लगाए; र ती करहरूबाट उनले धेरै फराकिला भवनहरू बनाए।

अनि उनले एक अत्यन्त सुन्दर सिंहासन बनाए; र उनले धेरै कारागारहरू बनाए; र जसले कर तिर्न सम्झौता गरेन उसलाई कारागारमा फ्याँके; र जसले कर तिर्न सकेन उसलाई कारागारमा फ्याँके; र उनले अह्राए कि उनीहरूले उनीहरूको जीविकाका निम्ति निरन्तर कडा दु:ख गर्नुपर्छ र जसले कडा मेहनत गर्न अस्वीकार गर्दछ उसलाई मृत्यदण्ड दिन उनले अह्राए।

यसकारण उनले उनका सबै असली कार्यहरू प्राप्त गरे, हो उनका उत्कृष्ट सुन समेत उनले कारागारमा प्रसोधन गर्न लगाए; र सबै प्रकारका असली शिल्पकला उनले कारागारमा बनाउन अह्राए। अनि यस्तो हुन गयो कि उनले उनका वेश्यावृत्तिहरू र कुकर्महरूद्वारा जनलाई कष्ट दिए।

अनि जब उनले बयालीस वर्षको अन्तरालसम्म शासन गरेका थिए जन उनका विरुद्ध विद्रोहमा उठे; र भूमिमा फेरि युद्ध हुन थाल्यो, यतिसम्म कि रिप्लाकिशलाई मारियो र उनका सन्ततिलाई भूमिबाट बाहिर लखेटियो।

अनि यस्तो हुन गयो कि धेरै वर्षको अन्तराल पछि, मोरियान्तोन, (ऊ रिप्लाकिशको सन्तति भएकाले) बहिस्कृतहरूको सेना एकसाथ जम्मा गऱ्यो र जनसामु लडाइँ गर्न गयो; र उसले धेरै सहरहरूमाथि शक्ति प्राप्त गऱ्यो; र युद्ध अत्यन्त कष्टप्रद बन्यो र धेरै वर्षहरूको अन्तरालसम्म रह्यो; र उसले सम्पूर्ण भूमिमाथि शक्ति प्राप्त गऱ्यो र आफैँलाई सम्पूर्ण भूमिमाथि राजा स्थापित गऱ्यो।

१० अनि उसले आफैँलाई राजा स्थापित गरेपछि उसले जनको बोझलाई हलुका बनायो, जसबाट उसले जनका दृष्टिमा समर्थन प्राप्त गऱ्यो र उनीहरूले उसलाई उनीहरूको राजा हुन अभिषेक गरे।

११ अनि उसले जनसामु न्याय गऱ्यो, तर उसका धेरै वेश्यावृत्तिहरूका कारण आफैँलाई होइन, यसकारण उसलाई परमप्रभुका उपस्थितिबाट अलग्याइयो।

१२ अनि यस्तो हुन गयो कि मोरियान्तोनले धेरै सहरहरू बनाए; र जन उनका शासनमुनि अत्यन्त धनी बने, भवनहरूमा र सुन र चाँदीमा र अन्न उब्जाउनमा र बथानमा र झुण्डहरू र त्यस्ता कुराहरू सबैमा जुन उनीहरूसामु पुनर्स्थापित गरिएको थियो।

१३ अनि मोरियान्तोम अत्यन्त बूढो उमेरसम्म बाँच्यो र तब उनले कीमलाई जन्मायो; र कीमले उनका पिताको सट्टामा शासन गरे; र उनले आठ वर्ष शासन गरे र उनका पिता मरे। अनि यस्तो हुन गयो कि कीमले धार्मिकतामा शासन गरेनन्, यसकारण उनीमाथि परमप्रभूको कृपा भएन।

१४ अनि उनका भाइ उनका विरुद्ध विद्रोहमा उठे, जसद्वारा उनले उनलाई बन्धनमा ल्याए; र उनी उनका सबै दिनहरूमा बन्धनमा रहे; र उनले बन्धनमा छोरा र छोरीहरू जन्माए र उनको बूढो उमेरमा उनले लेवीलाई जन्माए र उनी मरे।

१५ अनि यस्तो हुन गयो कि लेवीले उनका पिताको मृत्युपछि बन्धनमा सेवा गरे, बयालीस वर्षको अन्तरालसम्म। अनि उनले भूमिका राजाविरुद्ध युद्ध गरे, जुनबाट उनले आफ्ना निम्त अधिराज्य प्राप्त गरे।

१६ अनि उनले आफ्ना निम्ति अधिराज्य प्राप्त गरेपछि उनले त्यो गरे जुन परमप्रभुका दृष्टिमा सही थियो र जनले भूमिमा उन्नति गरे; र उनी राम्ररी बूढो उमेरसम्म बाँचे र छोराहरू र छोरीहरू जन्माए; र उनले कोरोमलाई जन्माए, जसलाई आफ्नो सट्टामा राजा हुन अभिषेक गरे।

१७ अनि यस्तो हुन गयो कि कोरोमले आफ्ना सबै दिनहरूमा त्यो गरे जुन परमप्रभुका दृष्टिमा असल थियो; र उनले धेरै छोरा र छोरीहरू जन्माए; र उनले धेरै दिनहरू देखेपछि उनी बिते, पृथ्वीका अरुजस्तै समेत; र कीशले उनका सट्टामा शासन गरे।

१८ अनि यस्तो हुन गयो कि कीश पनि बिते र लीबले उनको सट्टामा शासन गरे।

१९ अनि यस्तो हुन गयो कि लीबले पनि त्यो गरे जुन परमप्रभुको दृष्टिमा असल थियो। अनि लीबका दिनहरूमा विषालु सर्पहरूको विनाश गरियो। यसकारण उनीहरू दक्षिण तर्फको भूमितिर गए, भूमिका जनको खानाको शिकार गर्न, किनकि त्यस भूमि बनका जनावरहरूले ढाकिएको थियो। अनि लीब आफैँ पनि एक ठूलो शिकारी बने।

२० अनि उनीहरूले भूमिको साँघुरो घाँटी नजिक एउटा महान् सहर बनाए, त्यस स्थान नजिक जहाँ समुन्द्रले भूमिलाई विभाजन गर्दछ।

२१ अनि दक्षिणतर्फको भूमिलाई शिकार पाउनका लागि उनीहरूले उजाड स्थानका निम्ति संरक्षण गरे। अनि उत्तरतर्फको भूमिको सम्पूर्ण सतह बासिन्दाहरूले ढाकियो।

२२ अनि उनीहरू अत्यन्त उद्यमी थिए र उनीहरूले किने र बेचे र एक अर्कासँग व्यापार गरे, ताकि उनीहरूले फाइदा पाउन सकून्।

२३ अनि उनीहरूले सबै प्रकारका कच्चा धातुका कामहरू गरे र उनीहरूले सुन र चाँदी र फलाम र काँस र सबै प्रकारका धातुहरू बनाए; र उनीहरूले पृथ्वीमा खने; यसकारण, उनीहरूले सुनको, चाँदीको र फलामको र तामाको कच्चा धातु पाउन माटाका शक्तिशाली थुप्राहरू थुपारे। अनि उनीहरूले सबै प्रकारका असली कार्यहरू गरे।

२४ अनि उनीहरूसँग रेशमहरू र मसिनो गरी बाटीएका सुती कपडाहरू थिए; अनि उनीहरूले सबै प्रकारका वस्त्रहरूको कार्यहरू गरे, ताकि उनीहरूले आफ्ना नग्नता ढाक्न वस्त्र लगाउन सकून्।

२५ अनि उनीहरूले पृथ्वीमा जोत्न, जोत्न र छर्न दुबै, टिप्न र गोडमेल गर्न र झाँट्न पनि सबै प्रकारका औजारहरू बनाए।

२६ अनि उनीहरूले सबै प्रकारका औजारहरू बनाए जसबाट उनीहरूले तिनीहरूका जनावरहरूसँग कार्य गरे।

२७ अनि उनीहरूले सबै प्रकारका युद्धका हतियारहरू बनाए। अनि उनीहरूले सबै प्रकारका अत्यन्त चाखलाग्दा शिल्पकलाका कार्यहरू गरे।

२८ अनि उनीहरू भन्दा बढी परमप्रभुका हातहरूद्वारा आशीषित र अझ उन्नतिशील जन कहिल्यै थिएनन्। अनि उनीहरू त्यस भूमिमा थिए जुन सबै भूमि भन्दा उत्तम थियो, किनकि परमप्रभुले यो बोल्नुभएको थियो।

२९ अनि यस्तो हुन गयो कि लीब धेरै वर्ष बाँचे र छोरा र छोरीहरू जन्माए; अनि उनले हेर्थोमलाई जन्माए।

३० अनि यस्तो हुन गयो कि हेर्थोमले उनका पिताका सट्टामा शासन गरे। अनि हेर्थोमले जब चौबीस वर्ष शासन गरेका थिए, हेर, अधिराज्य उनीबाट खोसियो। अनि उनले धेरै वर्षहरूसम्म बन्धनमा सेवा गरे, हो, उनका बाँकी सबै दिनहरूमा समेत।

३१ अनि उनले हितिलाई जन्माए र हितिले उनका सबै दिनहरू बन्धनमा बिताए। अनि हितिले हारुनलाई जन्माए र हारुनले पनि उनका सबै दिनहरू बन्धनमा बिताए र उनले अम्निगद्दाहलाई जन्माए र अम्निगद्दाहले पनि उनका सबै दिनहरू बन्धनमा बिताए; र उनले कोरियान्तुमलाई जन्माए र कोरियान्तुमले पनि उनका सबै दिनहरू बन्धनमा बिताए; र उनले कोमलाई जन्माए।

३२ अनि यस्तो हुन गयो कि कोमले आधा अधिराज्य तानेर लगे। अनि उनले आधा अधिराज्यमा बयालीस वर्ष शासन गरे; र उनले अम्गिद राजाविरुद्ध लडाइँ गर्न गए र उनीहरू धेरै वर्षहरूको अन्तरालसम्म लडे, जुन समयमा कोमले अम्गिदमाथि शक्ति जमाए र बाँकी अधिराज्यमाथि शक्ति प्राप्त गरे।

३३ अनि कोमका दिनहरूमा भूमिमा डाँकाहरू हुन थाले; र उनीहरूले पुराना योजनाहरूलाई अँगाले र प्राचीन कालका प्रकारले सपथहरू दिन थाले र अधिराज्यको विनाश गर्न खोजे।

३४ अनि कोम उनीहरूविरुद्ध धेरै लडे; तैपनि, उनले उनीहरूलाई जित्न सकेनन्।

प्रिन्ट गर्नुहोस्