धर्मशास्त्रहरू
एतेर १५


अध्याय १५

लाखौं येरेदीहरूको लडाइँमा वध गरिन्छ—शिज र कोरियान्तुम्र अन्तिम लडाइँका निम्ति सबै जन जम्मा गर्छन्—परमप्रभुको आत्मा उनीहरूसँग रहन बन्दहुन्छ—येरेदी राष्ट्रको पूरै विनाश हुन्छ—कोरियान्तुम्रमात्र रहन्छन्।

अनि यस्तो हुन गयो जब कोरियान्तुम्रले उनका घाउहरूबाट चङ्गाइ पाए, उनले ती वचनहरू सम्झन थाले जुन एतेरले उनीसामु बोलेका थिए।

उनले देखे कि तरबारद्वारा बध गरिएका लगभग बीस लाख जन जति भैसकेका थिए र उनको हृदयमा दु:ख हुन थाल्यो; हो, त्यहाँ बीस लाख शक्तिशाली मानिसहरू र उनीहरूका पत्नीहरू र उनीहरूका बालबालिकाहरूको वध गरिएको थियो।

उनले ती दुष्टताको पश्चात्ताप गर्न थाले जुन उनले गरेका थिए; उनले ती वचनहरू सम्झन थाले जुन सबै अगमवक्ताहरूका मुखबाट बोलिएको थियो र उनले ती देखे कि ती सबै अहिलेसम्ममा, प्रत्येक कण, पूरा गरियो; र उनको आत्माले विलाप गर्न थाल्यो र सान्त्वना लिन अस्वीकार गऱ्यो।

अनि यस्तो हुन गयो कि उनले शिजलाई एक पत्र लेखे, उनीसँग चाहँदै कि उनले जनलाई छाडिदिऊन् र उनले जनको जीवनका निम्ति अधिराज्य दिनेछन्।

अनि यस्तो हुन गयो कि जब शिजले उनको पत्र प्राप्त गरे उनले कोरियान्तुम्रलाई पत्र लेखे, कि यदि उनले आफैँलाई समर्पण गर्छन्, कि उनले उनको आफ्नै तरबारले उनको बध गर्न सकून्, कि उनले जनका जीवनहरूलाई छाडिदिनेछन्।

अनि यस्तो हुन गयो कि जनले आफ्ना दुष्टताको पश्चात्ताप गरेनन्; र कोरियान्तुम्रका जन शिजका जनविरुद्ध क्रोधमा भड्किए; र शिजका जन कोरियान्तुम्रका जनविरुद्ध क्रोधमा भड्किए; यसकारण, शिजका जनले कोरियान्तुम्रका जनविरुद्ध लडे।

अनि जब कोरियान्तुम्रले देखे कि उनले हार्न लागे उनी शिजका जनदेखि फेरि भाग्न थाले।

अनि यस्तो हुन गयो कि उनी रिप्लियान्कुमका पानीसम्म आए, जुन, भाषान्तरणअनुसार, ठूलो हो, अथवा सबैलाई जित्ने हो। यसकारण, जब उनीहरू यी पानीमा आए उनीहरूले आफ्ना पालहरू टाँगे; र शिजले पनि आफ्ना पालहरू उनीहरू नजिकै टाँगे; र त्यसकारण भोलिपल्ट उनीहरू लडाइँ गर्न आए।

अनि यस्तो हुन गयो कि उनीहरूले अत्यन्त कष्टप्रद लडाइँ लडे, जुनमा कोरियान्तुम्र फेरि घाइते भए र उनी रगतको क्षतिले गर्दा बेहोस भए।

१० अनि यस्तो हुन गयो कि कोरियान्तुम्रका सेनाहरूले शिजका सेनाहरूमाथि दबाब दिए ताकि उनीहरूले तिनीहरूलाई हराए, ताकि उनीहरूले उनीहरूलाई आफूदेखि भगाए र उनीहरू दक्षिणतर्फ भागे र आफ्ना पालहरू एक स्थानमा टाँगे जुनलाई ओगत भनिन्थ्यो।

११ अनि यस्तो हुन गयो कि कोरियान्तुम्रका सेनाले आफ्ना पालहरू रामा डाँडानजिक टाँगे; र यो सोही डाँडा थियो जहाँ मेरा पिता मोर्मोनले ती अभिलेखहरू परमप्रभुसामु लुकाउनुभयो, जुन पवित्र थिए।

१२ अनि यस्तो हुन गयो कि उनीहरूले एतेरबाहेक भूमिका सम्पूर्ण सतहमाथिका सबै जनलाई एक साथ जम्मा गरे, जसको बध गरिएको थिएन।

१३ अनि यस्तो हुन गयो कि एतेरले जनका सबै कार्यहरू देखे; र उनले देखे कि जो कोरियान्तुम्रका समर्थनमा थिए ती जन कोरियान्तुम्रका सेनामा एकसाथ जम्मा भएका थिए; र जो शिजका समर्थनमा थिए ती जन शिजका सेनामा एकसाथ भेला भएका थिए।

१४ यसकारण, उनीहरूले चार वर्षको अन्तरालसम्म जनलाई एकसाथ जम्मा गरिरहेका थिए, ताकि उनीहरूले सबैलाई पाउन सकून् जो भूमिको सतहमा थिए र उनले सबै शक्ति प्राप्त गर्न सकून् जुन यो सम्भव थियो कि उनीहरूले प्राप्त गर्न सक्थे।

१५ अनि यस्तो हुन गयो कि जब उनीहरू सबै एकसाथ जम्मा भए, प्रत्येक त्यो सेनामा जसमा ऊ चाहन्थ्यो, उनीहरूका पत्नीहरूका र उनीहरूका बालबालिकाहरूका साथ—पुरुष र स्त्री र बालबालिकाहरू दुबै युद्धका हतियारहरूसाथ सज्जित भएर, ढालहरू र वक्षकवचहरू र शिर-कवचहरू लिएर र युद्धका तरिकाले आभूषित भएर—उनीहरू एक अर्काविरुद्ध लडाइँ गर्न अघि बढे; र उनीहरूले त्यो दिनभरि लडे र जितेनन्।

१६ अनि यस्तो हुन गयो कि जब राति भयो उनीहरू थकित भए र आ-आफ्ना शिविरहरूतिर फर्के; र उनीहरू आफ्ना शिविरहरू तिर फर्केपछि बध गरिएका उनीहरूका जनको क्षतिका निम्ति उनीहरूले चिच्याहट र विलाप गर्न थाले; र उनीहरूका रोदनहरू, उनीहरूका चिच्याहटहरू र विलापहरू यति विशाल थिए, कि तिनले हावालाई अत्यन्त छेदन गरे।

१७ अनि यस्तो हुन गयो कि भोलिपल्ट उनीहरू फेरि लडाइँ गर्न गए र महान् र भयानक थियो त्यस दिन, तैपनि, उनीहरूले जितेनन् र जब फेरि राति भयो बध गरिएका उनीहरूका जनको क्षतिका कारण उनीहरूले आफ्ना रोदनहरू र आफ्ना चिच्याहटहरू र आफ्ना विलापहरूद्वारा हावाको छेदन गरे।

१८ अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले शिजलाई फेरि एक पत्र लेखे, यो चाहँदै कि उनी लडाइँ गर्न फेरि नआऊन्, तर कि उनले अधिराज्य लिऊन् र जनका जीवनहरूलाई छाडिदेऊन्।

१९ तर हेर, परमप्रभुको आत्मा उनीहरूसँग रहन रोकिएको थियो र सैतानसँग जनका हृदयहरूमाथि पूर्ण शक्ति थियो; किनकि उनीहरूलाई आफ्ना हृदयका कठोरता र आफ्ना मस्तिष्कको अन्धोपनाहरूमा दिइयो, ताकि उनीहरूको बिनास होस्; यसकारण उनीहरू फेरि लडाइँ गर्न गए।

२० अनि यस्तो हुन गयो कि उनीहरूले त्यस दिनभरि लडे र जब रात आयो उनीहरू आफ्ना तरबारहरूमाथि सुते।

२१ अनि भोलिपल्ट उनीहरू रात नआइन्जेलसम्म समेत लडे।

२२ अनि जब राति आयो उनीहरू क्रोधले मातिए, मदिराले मातिने मानिसजस्तै गरी; र उनीहरू फेरि आफ्ना तरबारहरूमाथि सुते।

२३ अनि भोलिपल्ट उनीहरू फेरि लडे र जब रात आयो कोरियान्तुम्रका जनमध्ये बाउन्न जना र शिजका जनमध्ये उनान्सत्तरी जना बाहेक उनीहरू सबै तरबारद्वारा ढलेका थिए।

२४ अनि यस्तो हुन गयो कि उनीहरू त्यो रात उनीहरूका तरबारहरूमाथि सुते र भोलिपल्ट उनीहरू फेरि लडे र उनीहरूले आफ्ना शक्तिमा उनीहरूका तरबारहरू र आफ्ना ढालहरूका साथ, त्यो दिनभरि लडे।

२५ अनि जब राति आयो त्यहाँ शिजका जनमध्ये बत्तीस जना र कोरियान्तुम्रका जनमध्ये सत्ताईस जना थिए।

२६ अनि यस्तो हुन गयो कि उनीहरूले खाए र सुते र भोलिपल्ट मृत्युका लागि तयारी गरे। अनि उनीहरू मानिसहरूको शक्तिमा ठूलो र शक्तिशाली मानिसहरू थिए।

२७ अनि यस्तो हुन गयो कि उनीहरू तीन घण्टाको अन्तरालसम्म लडे र रगतको क्षतिका कारण उनीहरू बेहोस भए।

२८ अनि यस्तो हुन गयो कि जब कोरियान्तुम्रका मानिसहरूले पर्याप्त शक्ति प्राप्त गरेका थिए कि उनीहरू हिड्न सक्थे, उनीहरू आफ्ना जीवनका निम्ति भाग्न लागेका थिए; तर हेर, शिज उठे र उसका मानिसहरू पनि उठे र उनले आफ्ना क्रोधमा कसम खाए कि उनले कोरियान्तुम्रको बध गर्नेछन् अन्यथा उनी तरबारद्वारा नाश हुनेछन्।

२९ यसकारण, उनले उनीहरूलाई लखेटे र भोलिपल्ट उनले उनीहरूलाई उछिने; र उनीहरू फेरि तरबारका साथ लडे। अनि यस्तो हुन गयो कि जब कोरियान्तुम्र र शिजबाहेक उनीहरू सबै तरबारद्वारा ढलेका थिए, हेर, शिज रगतको क्षतिका कारण बेहोस भए।

३० अनि यस्तो हुन गयो कि जब कोरियान्तुम्र आफ्ना तरबारमा अडेसा लाएका थिए, ताकि उनले एकछिन आराम लिए, उनले शिजको शिर काटे।

३१ अनि यस्तो हुन गयो कि उनले शिजको शिर काटेपछि, कि शिजले आफ्ना हातहरू उठाए र ढले; र त्यसपछि उनले शास फेर्नका निम्ति सङ्घर्ष गरे, उनी मरे।

३२ अनि यस्तो हुन गयो कि कोरियान्तुम्र पृथ्वीमा ढले र जीवन नभए जस्तै बने।

३३ अनि परमप्रभुले एतेरसामु बोल्नुभयो र उनलाई भन्नुभयो: अघि जाऊ। अनि उनी अघि गए र देखे कि परमप्रभुका वचनहरू सबै पूरा भएका थिए; र उनले आफ्ना अभिलेख सिध्याए; (र सयांश पनि मैले लेखेको छैन) र उनले त्यस तरिकाले ती लुकाए कि लिम्हीका जनले ती फेला पारे।

३४ अब यी हुन् ती अन्तिम वचनहरू जुन एतेरले लेखेका थिए: परमप्रभु चाहनुहुन्छ कि म रुपान्तरित होऊँ, अथवा कि मैले परमप्रभुको इच्छा शरीरमा भोगु, यसको मतलब छैन, यदि यस्तो भए कि म परमेश्वरको अधिराज्यमा मुक्त हुन्छु। आमिन।