धर्मशास्त्रहरू
मोरोनी २


अध्याय २

येशूले नफीका बाह्र शिष्यहरूलाई पवित्र आत्माको उपहार प्रदान गर्ने शक्ति दिनुभयो। लगभग ई.सं. ४०१–४२१।

ख्रीष्टका वचनहरू, जुन उहाँले आफ्ना बाह्र शिष्यहरूसामु बोल्नुभयो, जसलाई उहाँले चुन्नुभएको थियो, जब उहाँले उनीहरूमाथि आफ्ना हातहरू राख्नुभयो—

अनि उहाँले उनीहरूलाई नाउँद्वारा बोलाउनुभयो, यसो भन्दै: तिमीहरूले मेरा नाउँमा पितालाई पुकार्नेछौ, शक्तिशाली प्रार्थनामा; र तिमीहरूले त्यसो गरेपछि तिमीहरूसँग त्यो शक्ति हुनेछ कि उसलाई त्यो शक्ति दिनेछौ जसमाथि तिमीहरूले आफ्ना हातहरू राख्नेछौ, तिमीहरूले पवित्र आत्मा दिनेछौ र मेरा नाउँमा तिमीहरूले यो दिनेछौ, किनकि मेरा प्रेरितहरूले यसो गर्छन्।

अब ख्रीष्टले यी वचनहरू उनीहरूसामु उहाँको पहिलो भेटका समयमा बोल्नुभयो र भीडले यो सुनेन, तर शिष्यहरूले यो सुने र जतिका शिरहरूमाथि उनीहरूले आफ्ना हातहरू राखे, उनीहरूमाथि पवित्र आत्मा ओर्लियो।

प्रिन्ट गर्नुहोस्