अध्याय २
येशूले नफीका बाह्र शिष्यहरूलाई पवित्र आत्माको उपहार प्रदान गर्ने शक्ति दिनुभयो। लगभग ई.सं. ४०१–४२१।
१ ख्रीष्टका वचनहरू, जुन उहाँले आफ्ना बाह्र शिष्यहरूसामु बोल्नुभयो, जसलाई उहाँले चुन्नुभएको थियो, जब उहाँले उनीहरूमाथि आफ्ना हातहरू राख्नुभयो—
२ अनि उहाँले उनीहरूलाई नाउँद्वारा बोलाउनुभयो, यसो भन्दै: तिमीहरूले मेरा नाउँमा पितालाई पुकार्नेछौ, शक्तिशाली प्रार्थनामा; र तिमीहरूले त्यसो गरेपछि तिमीहरूसँग त्यो शक्ति हुनेछ कि उसलाई त्यो शक्ति दिनेछौ जसमाथि तिमीहरूले आफ्ना हातहरू राख्नेछौ, तिमीहरूले पवित्र आत्मा दिनेछौ र मेरा नाउँमा तिमीहरूले यो दिनेछौ, किनकि मेरा प्रेरितहरूले यसो गर्छन्।
३ अब ख्रीष्टले यी वचनहरू उनीहरूसामु उहाँको पहिलो भेटका समयमा बोल्नुभयो र भीडले यो सुनेन, तर शिष्यहरूले यो सुने र जतिका शिरहरूमाथि उनीहरूले आफ्ना हातहरू राखे, उनीहरूमाथि पवित्र आत्मा ओर्लियो।