साधारण सम्मेलन
हाम्रो निरन्तरको मित्र
अक्टोबर २०२३ को साधारण सम्मेलन


हाम्रो निरन्तरको मित्र

तपाईंहरू र मसँग हाम्रो निरन्तर मित्रका रूपमा पवित्र आत्मा प्राप्त गर्ने अवसर छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यस सम्मेलनमा प्रकाशको वहाव सहित हामीहरूले आशीर्वाद प्राप्त गरेका छौँ । परमप्रभु येशू ख्रीष्टका सेवकहरूले सत्य, प्रोत्साहन र निर्देशनका वचनहरू बोल्नुभएको छ र बोल्नुहुने छ ।

व्यक्तिगत रूपमा परमप्रभुले हामीसँग पवित्र आत्माद्वारा बोल्नुहुन्छ भनेर यस सम्मेलनमा व्यक्त गरिएका गवाहीहरूले मलाई छोएको छ । जब हामी प्रार्थना गर्छौं र त्यसपछि आत्माको प्रोत्साहनलाई ध्यान दिन्छौँ, हामी आगामी दिनहरूमा वृद्धि हुँदै जाने कठिनाइमा मार्गनिर्देशन प्राप्त गर्न थप अन्तरदृष्टि र आशीर्वादहरू प्राप्त गर्छौं ।

हामीले अध्यक्ष रासल एम. नेल्सनको चेतावनीलाई पुन: सुनेका छौँ कि आगामी दिनहरूमा, पवित्र आत्माको मार्गदर्शन, निर्देशन, सान्त्वना र निरन्तर प्रभाव बिना आत्मिक रूपमा बाँच्न सम्भव हुने छैन ।“

त्यो भविष्यसूचक चेतावनीले मलाई आफ्ना छोराछोरी, नातिनातिना र पनातिपनातिनाहरूलाई आगामी कठिन दिनहरूमा कसरी त्यो महत्त्वपूर्ण मार्गनिर्देशन प्राप्त गर्ने भनेर सिकाउन मैले के गर्न सक्छु भनेर मनन गर्न प्रेरित गरेको छ ।

त्यसैले मेरा सन्ततिहरूका लागि आजको यो सन्देश म तिनीहरूसँग नहुँदा उनीहरूलाई आगामी रोमाञ्चक दिनहरूमा सहयोग गर्न सक्ने एक संक्षिप्त पत्र हो । मैले जे जानकारी प्राप्त गरेको छु त्यसले तिनीहरूलाई सहयोग गर्न सक्छ भनेर उनीहरूलाई जानकारी होस् भन्ने म चाहन्छु ।

उनीहरू जिउने दिनहरूमा पवित्र आत्माको निरन्तर प्रभाव प्राप्त गर्न तिनीहरूले केगर्नु पर्छ भनेर मैले राम्रोसँग बुझेको छु । अनि आज सम्भव भए सम्म, मैले मेरो निरन्तरको मित्र बन्न पवित्र आत्मालाई सम्भव भएसम्म समीपमा ल्याउन आमन्त्रण गर्ने मेरो व्यक्तिगत अनुभवका सम्बन्धमा बोल्न पाउँदा प्रभाव महसुस गरेको छु । मेरो प्रार्थना छ कि म तिनीहरूलाई प्रोत्साहन गर्न सक्षम हुन सक्छु ।

म तिनीहरूले हेलामानका छोराहरू, नफी र लही र उहाँहरूसँग कार्य गरिरहनु भएका परमप्रभुका अन्य सेवकहरूका सम्बन्धमा मनन र प्रार्थना गर्न सुरू गरून् भन्ने चाहना राख्छु । उहाँहरूले चर्को विपक्षको सामना गर्नु भएको थियो । उहाँहरूले क्षुद्र स्थानमा सेवा गरिरहनुभएको थियो र भयानक छलको सामना गर्नु भएको थियो । मैले र तपाईंहरूले पनि हेलामानको अभिलेखको यो एक पदबाट साहस प्राप्त गर्न सक्छौँ:

“अनि सत्तरी र नवौँ वर्षमा धेरै कलह हुन सुरू गर्यो । परन्तु यस्तो हुन गयो कि नफी र लहीले र उहाँहरूका बन्धुहरूमध्ये धेरै जसले दैनिक रूपमा धेरै प्रकाशहरू प्राप्त गर्नु भएकाले, सिद्धान्तका सत्य बुँदाहरूका सम्बन्धमा ज्ञान थियो, त्यसकारण उहाँहरूले जनहरूसामु प्रचार गर्नुभयो, यतिसम्म कि उहाँहरूले आफ्ना कलहहरूलाई त्यही वर्षमा अन्त्य गरे ।

यो अभिलेखले मलाई प्रोत्साहन गर्छ र यसले तपाईंहरूलाई पनि प्रोत्साहन दिन सक्छ । पवित्र आत्माद्वारा हेलामानका छोराहरूलाई अनुभवहरूको श्रृंखलाद्वारा सिकाइएको र निर्देशित गरिएको थियो । यसले मलाई आश्वस्त पार्छ कि हामीलाई आत्माबाट क्रममाथि क्रममा सिकाइन र सिक्न सकिन्छ, हामीलाई आवश्यक बिषयहरू प्राप्त गर्दै र त्यसपछि जब हामी तयार हुन्छौँ, हामीले अधिक प्राप्त गर्ने छौँ ।

लाबानका पाताहरूका लागि यरूशलेम फर्कन भनिएको नफीको विवरणबाट मलाई त्यसरी नै प्रोत्साहन प्रदान गरिएको छ । उहाँले गर्नुभएको छनोट तपाईंहरूले पनि स्मरण गर्न सक्नुहुन्छ । उहाँले भन्नुभयो: “म जाने छु र परमप्रभुले आज्ञा गर्नुभएका कार्यहरू गर्ने छु ।”

त्यस कार्यमा पवित्र आत्मासँगको नफीको अनुभवले मलाई धेरै पटक साहस दिएको छ जब मैले कार्यहरू सुरू गरेको छु जुन मलाई थाहा थियो कि परमप्रभुबाट प्रदान गरिएका कार्यभारहरू थिए तर जुन विगतका मेरा अनुभव र मेरो क्षमताका रूपमा मैले देखेको भन्दा धेरै परको जस्तो देखिन्थ्यो ।

नफीले आफ्नो अनुभवका सम्बन्धमा के भन्नुभएको थियो तपाईंहरूलाई स्मरण छ: “अनि यो रात थियो; अनि मैले [मेरा दाजुहरूलाई] बिना पर्खाल आफूस्वयम् लाई लुकाउनु पर्छ । अनि तिनीहरूले आफूस्वयम् लाई लुकाए पछि, म, नफी, सहरमा प्रवेश गरेँ र लाबानको घरतर्फ अघि बढेँ ।”

उहाँ अगाडि भन्नुहुन्छ: “अनि मैले के गर्नु पर्छ भनेर पूर्व जानकारी बिना नै म आत्माद्वारा अगुवाइ गरिएको थिएँ ।”

परमप्रभुको कार्यमा नफीलाई आत्माले मिनेट-मिनेटमा रातभरि निर्देशित गरेको जानकारी प्राप्त गर्दा मलाई प्रोत्साहन मिलेको छ ।

हामीहरूलाई आवश्यक छ र तपाईंहरूलाई पनि पवित्र आत्माको निरन्तर साथ आवश्यक हुने छ । अब, हामी यो चाहान्छौं, तर हामी अनुभवबाट जानकारी प्राप्त गर्छौँ कि यो प्राप्त गर्न सजिलो छैन । हाम्रो दैनिक जीवनमा हामी प्रत्येकले आत्मालाई अपमानित गर्न सक्ने कार्यहरू सोच्छौँ, बोल्छौँ र गर्छौं ।

जब त्यो हुन्छ, जसरी हुने छ, हामीले परमप्रभुबाट असम्मति महसुस गर्न सक्छौँ । अनि हामी एक्लो भएको महसुस गर्न प्रलोभित हुन सक्छौँ । हामीले पश्चात्ताप गर्दा र प्रभुभोज ग्रहण गर्दा हामीले प्रत्येक हप्ता प्राप्त गरेको निश्चित प्रतिज्ञालाई स्मरण गर्नु महत्त्वपूर्ण छ, “ताकि तिनीहरूसँग उहाँको आत्मा सधेँ रहिरहन सक्छ ।”

यदि तपाईंहरूले आज पवित्र आत्माको प्रभाव महसुस गर्नुभएको छ भने,तपाईंहरूले यसलाई आफ्नो जीवनमा प्रायश्चितले कार्य गरिरहेको छ भन्ने प्रमाणका रूपमा लिन सक्नुहुन्छ ।

एल्डर जेफ्री आर. हल्यान्डले बताउनु भयो: “जब हाम्रा चरम सीमाहरू आउँछन्, हामीले परमेश्वरले हामीलाई परित्याग गर्नुभएको छ वा उहाँले हाम्रा प्रार्थना सुन्नुहुँदैन भनेर हामी भयमा वशीभूत हुनु हुँदैन । उहाँले हामीलाई सुन्नुहुन्छ । उहाँले हामीलाई देख्नुहुन्छ । उहाँले हामीलाई प्रेम गर्नुहुन्छ ।”

त्यो आश्वासनले मलाई सहयोग गरेको छ । जब म परमप्रभुबाट टाढा भएको महसुस गर्छु, जब मेरा प्रार्थनाको जवाफ ढिलो आएको जस्तो महसुस हुन्छ, पश्चात्ताप गर्ने अवसरहरूका लागि मेरो जीवनको समीक्षा गर्न मैले अध्यक्ष नेल्सनको सल्लाह पालना गर्न सिकेको छु । उहाँले हामीलाई स्मरण गराउनुहुन्छ, “दैनिक पश्चात्ताप पवित्रताको मार्ग हो र पवित्रताले शक्ति ल्याउँछ ।”

यदि तपाईंहरूले आफूलाई पवित्र आत्मा महसुस गर्न कठिनाइ भएको पाउनुभयो भने, तपाईंहरूले पश्चात्ताप गर्न र क्षमा प्राप्त गर्न आवश्यक कुनै पनि बिषय छ कि छैन भनेर मनन् गर्न सक्नुहुन्छ । विशुद्ध हुन के गर्नु पर्छ भनेर तपाईंहरूले आस्थाका साथ प्रार्थना गर्न सक्नुहुन्छ र यसरी पवित्र आत्माको निरन्तर सहचार्यका लागि सम्भवत: योग्य हुन सक्नुहुन्छ ।

यदि तपाईंहरूले पवित्र आत्माको सहचार्य प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंहरूले यसलाई सही कारणहरूका लागि चाहनु पर्छ । तपाईंहरूका उद्देश्य परमप्रभुका उद्देश्य हुनु पर्छ । यदि तपाईंहरूका अभिप्रायहरू धेरै स्वार्थी छन् भने, तपाईंहरूले आत्माका प्रोत्साहनहरू प्राप्त गर्न र महसुस गर्न कठीन महसुस गर्नुहुने छ ।

मुक्तिदाताले चाहना राख्नुभएको जस्तै चाहना राख्नु मेरो र तपाईंहरूका लागि प्रमुख बिषय हो । हाम्रा उद्देश्यहरू ख्रीष्टको विशुद्ध प्रेमद्वारा सञ्चालित हुनु पर्छ । हारा प्रार्थनाहरू हुनुपर्छ “तपाईं जे चाहनु हुन्छ म त्यही चाहन्छु । तपाईंको चाहना पूरा होस् ।”

म मुक्तिदाताको बलिदान र मेरा लागि उहाँको प्रेमलाई स्मरण गर्ने प्रयास गर्छु । त्यसपछि, जब म स्वर्गमा हुनुहुने पितालाई धन्यवाद दिनका लागि प्रार्थना गर्छु, म प्रेम र आश्वासन महसुस गर्छु कि मेरो प्रार्थना सुनिन्छ र मैले मेरा लागि र मैले प्रेम गर्नेहरूका लागि जे उत्तम छ त्यो प्राप्त गर्ने छु । यसले मेरो गवाहीलाई मजबुत बनाउँछ ।

पवित्र आत्माले प्रमाणित गर्ने सम्पूर्ण बिषयहरू मध्ये हाम्रा लागि सबैभन्दा बहुमूल्य बिषय परमेश्वरका जीवित पुत्र येशू ख्रीष्ट हुनुहुन्छ । मुक्तिदाताले प्रतिज्ञा गर्नुभयो: “जब आश्वासी आउने छ, सत्यको आत्मा , जसलाई म पिताबाट तिमीहरूकहाँ पठाउने छु, जो पिताबाट निस्कन्छ, उसले मेरो प्रमाणित गर्ने छ ।”

वर्षौंपूर्व, मलाई एक उदास आमाको फोन आयो । उहाँले मलाई आफ्नी छोरी घरबाट टाढा सरेको बताउनु भयो । उहाँले आफ्नी छोरीसँग गरेको छोटो सम्पर्कबाट केही भयानक गडबड भएको महसुस गर्नुभयो । उहाँले मलाई सहयोग गर्नका लागि अनुरोध गर्नुभयो

छोरीको गृह शिक्षिका को हुनुहुन्थ्यो भनेर मैले जानकारी प्राप्त गरेँ । तपाईंहरूले त्यो नामबाट भन्न सक्नुहुन्छ कि यो धेरै समय पहिले थियो । मैले उहाँलाई बोलाएँ । उहाँ जवान हुनुहुन्थ्यो! तैपनि उहाँले मलाई भन्नुभयो कि उहाँ र उहाँका मित्र दुबैले छोरीको चिन्ता मात्र नभई उहाँले दु: ख र पीडा निमत्याउने छनोटहरू गर्न लागेको प्रेरणाको साथ रातमा ब्यूँझिनु भएको थियो । उहाँहरू आत्माको त्यही प्रेरणाले उहाँलाई भेट्न जानु भयो ।

सुरूमा, उहाँले आफ्नो अवस्थाका सम्बन्धमा उहाँहरूलाई बताउन चाहनु भएन । प्रेरणा प्राप्त गरेपछि उहाँहरूले उहाँलाई पश्चात्ताप गर्न र परमप्रभुले उहाँका लागि प्रदान गर्नुएको मार्ग छनोट गर्न बिन्ती गर्नुभयो । म विश्वास गर्छु, कि उहाँले एक मात्र तरिका आत्माद्वारा परमेश्वरबाट आफ्नो जीवनका सम्बन्धमा के जानकारी प्राप्त गर्नु भएको थियो भन्ने उहाँले तब मात्रै महसुस गर्नुभयो । एउटी आमाले आफ्नो प्रेमयुक्त चासो स्वर्गका पिता र मुक्तिदातामा सुम्पिदिनुभयो । पवित्र आत्मा ती गृह शिक्षकहरूलाई पठाइएको थियो किनभने तिनीहरू परमप्रभुको सेवा गर्न इच्छुक थिए । तिनीहरूले सिद्धान्त र करारहरूमा पाइने सल्लाह र अनुशरण गरेका थिए:

“सबै मानिसहरू र आस्थाका घरानाका लागि तपाईंहरूका आन्द्राभुँडी पनि करुणाले भरिपूर्ण हुन दिनुहोस् र तपाईंहरूका विचारलाई सद्गुणले निरन्तर रूपमा सुशोभित हुन दिनुहोस्; तब परमेश्वरको उपस्थितिमा तपाईंहरूको विश्वास मजबुत हुने छ; र पादरित्वको सिद्धान्त स्वर्गबाट शीत जस्तै तपाईंहरूको आत्मामा फैलिने छ ।

“पवित्र आत्मा तपाईंहरूको निरन्तरको मित्र हुने छ र तपाईंहरूको प्रभुत्व धार्मिकता र सत्यको अपरिवर्तनीय प्रभुत्व हुने छ; र तपाईंहरूको अधिराज्य एक अनन्त अधिराज्य हुने छ र अनिवार्य माध्यम बिना नै यो सदैव तपाईंहरूमा प्रवाह हुने छ ।”१०

म गवाही दिन्छु कि परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ । पवित्र आत्मा येशू ख्रीष्टको चर्चका आस्थावान् करारवद्ध सदस्यहरूलाई पठाइँदै छ । अब, तपाईंहरूका अनुभवहरू अद्वित्तीय हुने छन् र आत्माले तपाईंहरूको आस्था र क्षमतालाई तपाईंहरूका लागि र तपाईंहरूले प्रेम गर्ने र सेवा गर्नेहरूका लागि प्रकाश प्राप्त गर्नका लागि उत्तम तरिकामा मार्गदर्शन गर्ने छ । म मेरो सम्पूर्ण हृदयले प्रार्थना गर्छु कि तपाईंहरूको आत्मविश्वास बढ्ने छ ।

म गवाही दिन्छु कि परमेश्वर पिता जीवित हुनुहुन्छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईंका हरेक प्रार्थना सुन्नुहुन्छ । येशू ख्रीष्टले हामीलाई मार्गदर्शन गर्न, सान्त्वना दिन र सत्यको गवाही दिनका लागि पवित्र आत्मा पठाउन पितालाई प्रार्थना गर्नुभयो । वृक्षहरूको वाटिकामा पिता र उहाँका प्रिय पुत्र जोसेफ स्मिथसामु प्रकट हुनुभयो । अगमवक्ता जोसेफ स्मिथले परमेश्वरको उपहार र शक्तिद्वारा मोर्मोनको पुस्तक अनुवाद गर्नुभयो ।

स्वर्गका सन्देशवाहकहरूले पादरित्वका साँचाहरू पुनर्स्थापित गर्नुभयो । सारा पृथ्वीका लागि अध्यक्ष रसेल एम्. नेल्सन परमेश्वरका अगमवक्ता हुनुहुन्छ ।

येशू ख्रीष्टको साक्षीका रूपमा, मलाई थाहा छ कि उहाँ जीवित हुनुहुन्छ र आफ्नो चर्चको नेतृत्व गर्नुहुन्छ । तपाईं र मसँग पवित्र आत्मालाई हाम्रो निरन्तरको मित्रका रूपमा प्राप्त गर्ने ती सत्यहरूलाई पुष्टि गर्ने अवसर छ जब हामीले मुक्तिदातालाई सम्झने र प्रेम गर्ने, पश्चात्ताप गर्ने र उहाँको प्रेम हाम्रो हृदयमा रहोस् भनी अनुरोध गर्छौँ । म प्रार्थना गर्छु कि हामीसँग त्यो आशीर्वाद र पवित्र आत्माको साहचर्य आजको दिनमा र हाम्रो जीवनको हरेक दिनमा हुन सकोस् । म तपाईंहरूलाई प्रेम गर्छु । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।

सूचीहरू:

  1. Russell M. Nelson, “Revelation for the Church, Revelation for Our Lives,” Liahona, May 2018, 96.

  2. हेलामान ११:२३

  3. १नफी ३:७

  4. १-नफी ४:५-६

  5. सिद्धान्त र करार २०:७७

  6. जेफ्री आर हल्याण्ड, “Lessons from Liberty Jail” (Brigham Young University devotional address, सेप्टेम्वर ७, २००८), ५, speeches.byu.edu

  7. रसल एम्. नेल्सन, “We Can Do Better and Be Better,” लियाहोनामे २०१९, ६८ ।

  8. “आत्मालाई महसुस गर्न असमर्थता वा उदासीनता वा साधारण सून्य अनुभूति, कमजोर मानसिक स्वास्थ्यका लक्षण [हुन सक्छन्]“ (“कहिलेकाहीँ मलाई आत्मा महसुस गर्न गाह्रो हुन्छ किनभने म सुन्य महसुस गर्छु … ,”मा “मानसिक स्वास्थ्य: मेरा लागि सहयोग,” जीवनको सहयोग, सुसमाचार पुस्तकालय) । यदि तपाईंहरू आफ्नो मानसिक वा संवेगात्मक स्वास्थ्यमा कठिनाइहरू अनुभव गर्नुहुन्छ भने, कृपया तपाईंहरूका लागि स्वर्गका पिताको प्रेममा आश्वस्त हुनुहोस् र उहाँलाई प्रार्थना गर्न र उहाँमा भरोसा राख्न निरन्तरता दिनुहोस् ।

  9. यूहन्ना १५:२६

  10. सिद्धान्त र करार १२१:४५-४६

प्रिन्ट गर्नुहोस्