येशू ख्रीष्ट नै खजाना हुनुहुन्छ ।
ख्रीष्टमा केन्द्रित हुनुहोस् उहाँ हाम्रा मुक्तिदाता र उद्धारकर्ता, हामीले हेर्नु पर्ने “सङ्केत” र हाम्रो सबैभन्दा ठूलो खजाना हुनुहुन्छ ।
१९०७ मा, कार्नार्भोनका पाँचौँ अर्ल, जर्ज हर्बर्ट नामका एक धनी अङ्ग्रेज,१ मिश्र गए र पुरातत्त्वमा रूची देखाए । उनले एक प्रसिद्ध इजिप्टोलोजिस्ट, हावर्ड कार्टरलाई सम्पर्क गरे र साझेदारीको प्रस्ताव राखे । कार्टरले तिनीहरूको पुरातात्विक उत्खननको निरीक्षण गर्ने छन् र कार्नार्भनले रकम प्रदान गर्ने छन् ।
सँगै, तिनीहरूले सफलतापूर्वक विभिन्न स्थानहरूको अन्वेषण गरे । त्यसपछि तिनीहरूले आधुनिक लक्सर नजिकै अवस्थित राजाहरूको उपत्यकामा उत्खनन गर्न अनुमति प्राप्त गरे जहाँ धेरै फारोहरूका चिहानहरू पत्ता लगाइएको थियो । तिनीहरूले राजा तुतानखामुनको चिहान खोजी गर्ने निर्णय गरे । तुतानखामुन ३००० वर्षभन्दा पहिले मिश्रको सिंहासनमा आरोहण गरेका थिए र उनको अप्रत्याशित मृत्यु हुनुभन्दापूर्व १० वर्षसम्म शासन गरेका थिए ।२ उनलाई राजाहरूको उपत्यकामा दफनाइएको थियो भनेर जानकारी थियो३ तर उनको चिहान रहेको स्थान अज्ञात थियो ।
सफलता बिना नै कार्टर र कार्नार्भनले तुतानखामुनको चिहान खोज्नका लागि पाँच वर्ष बिताए । अन्ततः कार्नार्भनले कार्टरलाई उनको निरर्थक खोज समाप्त भएको जानकारी दिए । उत्खनन गर्ने थप एक सीजनका लागि कार्टरले बिन्ती गरे र कार्नार्भनले स्वीकार गरे र रकम दिनका लागि सहमत भए ।
कार्टरले तिनीहरूको आफ्नै आधार शिविरको क्षेत्र बाहेक राजाहरूको सम्पूर्ण उपत्यका विधिपूर्वक उत्खनन गरिएको महसुस गरे । त्यहाँ खन्ने क्रममा केही दिनमै उनीहरूले चिहानसम्म पुग्ने पहिलासीढीहरू भेट्टाए ।४
जब कार्टरले तुतानखामुनको चिहानको सुरूको सानो कक्षमा हेरे र सबैतिर सुन देखे । कक्षका सामग्रीहरू सूचीवद्ध गरेको लगभग तीन महिना पछि, तिनीहरूले फेब्रूवरी १९२३ मा—१०० वर्ष पहिले सिल गरिएको दफन कक्ष खोलेका थिए । यो बीसौँ शताब्दीको सबैभन्दा प्रसिद्ध पुरातात्विक अन्वेषण थियो ।
ती वर्षहरूको निरर्थक खोजका क्रममा, कार्टर र कार्नार्भनले वास्तविक रूपमा तिनीहरूको पाउमुनि भएको कुरालाई बेवास्ता गरेका थिए । उद्दारकर्ताको जन्म हुनुभन्दा करीब पाँच शताब्दीपूर्व, मोर्मोनको पुस्तकका अगमवक्ता याकूबले नजिकै भएकोलाई हल्का रूपमा लिनु वा कम महत्व दिनुलाई “सङ्केत भन्दा बाहिर हेर्ने” सन्दर्भमा उल्लेख गर्नुभएको छ । यरूशलेमका मानिसहरूले प्रतिज्ञा गरिएका मसीयाहलाई उहाँ आउनुहुँदा उहाँलाई चिन्ने छैनन् भनी याकूबले यसपूर्व नै बुझ्नु भएको थियो । याकूबले अगमवाणी गर्नुभयो कि तिनीहरू ती “मानिसहरू हुने छन् [जसले] साधारण वचनहरूलाई तिरस्कार गर्ने छन् … र तिनीहरूले बुझ्न नसक्ने बिषयहरूलाई [खोज्ने] छन् । यसकारण, तिनीहरूको अन्धोपनका कारण, जुन अन्धोपन [आउँने छ] निशान भन्दा पर हेरेका करण, तिनीहरूको पतन आवश्यक छ ।”५ अर्को शब्दमा, तिनीहरूले ठक्कर खाने छन् ।
याकूबको भविष्यवाणी सही प्रमाणित भयो । येशूको नश्वर सेवाका क्रममा, धेरैले निशान भन्दा पर, उहाँ भन्दा पर हेरे । तिनीहरूले संसारका मुक्तिदाता भन्दा पर हेरे। स्वर्गका पिताको योजना पूरा गर्नमा उहाँको भूमिकालाई मान्यता दिनुको सट्टा, तिनीहरूले उहाँलाई दोषी ठहर्याए र क्रूसमा टाँगे । तिनीहरूलाई मुक्ति प्रदान गराउन उनीहरूले अन्य कसैलाई खोजे र प्रतिक्षा गरे ।
यरूशलेमका मानिसहरूले जस्तै र कार्टर र कार्नार्भनले जस्तै, हामीहरूमा पनि निशान भन्दा पर हेर्ने सम्भावना हुन सक्छ । हामीले हाम्रो जीवनमा येशू ख्रीष्टलाई स्मरण गर्न र उहाँले हामीलाई प्रदान गर्नुहुने असङ्ख्य आशीर्वादहरूको पहिचान गर्न हामी असफल हुन्छौँ कि भनेर सचेत हुनु पर्छ । हामीलाई उहाँकोआवश्यकता छ | “उद्धार गर्न सक्ने उहाँको शक्तिमा पूर्ण रूपमा निर्भर रहन” हामीलाई सल्लाह दिइएको छ ।६
उहाँ हाम्रो निशान हुनुहुन्छ । यदि हामीले गलत रूपमा उहाँले प्रदान गर्नुभएका भन्दा बाहिरका कुनैपनि बिषयवस्तु आवश्यकता छ भनी कल्पना गर्यौं भने हामीले हाम्रो जीवनमा उहाँको परिधि र शक्तिलाई अस्वीकार वा अवमूल्यन गर्छौँ । उहाँले कृपाको अधिकार दावी गर्नुभएको छ र त्यो कृपा हामीलाई विस्तारित गर्नुभएको छ ।७ उहाँ अन्तिम “स्रोत हुनुहुन्छ [जसमा हामीले] [हाम्रा] पापहरूको छुट्कारा खोज्नु पर्छ ।८ उहाँ पितासँग हाम्रो अधिवक्ता हुनुहुन्छ र उत्तराधिकारीहरूका रूपमा हामी उहाँको अधिराज्यमा उहाँसामु फर्किने पिताले चाहनुभएक सबै बिषयलाई सदैव समर्थन गर्नुहुन्छ । हामीले, अगमवक्ता अल्माका वचनहरूमा, “[हाम्रा] नजर लगाउनु पर्छ र परमेश्वरका पुत्रमा विश्वास गर्न सुरू गर्नु पर्छ, कि उहाँ आफ्ना जनहरूलाई उद्धार गर्न आउनुहुने छ र उहाँले पीडा भोग्नु हुने छ र प्रायश्चित गर्न मृत्यु वरण गर्नु हुने छ । उहाँ पापहरू; र मृतकहरूबाट बौरी उठ्नुहुने छ, जसले पुनरुत्थान ल्याउने छ ।”९ येशू ख्रीष्ट हाम्रो खजाना हुनुहुन्छ ।
पश्चात्ताप गर्ने दैनिक अवसर सहित मुक्तिदाताले हामीलाई अभिप्रायपूर्वक उहाँमा ध्यान केन्द्रित गर्ने धेरै तरिकाहरू दिनुभएको छ । यदाकदा, हामी यो प्रस्तावित आशीर्वाद कत्ति महान् छ भनेर अवमूल्यन गर्छौं । म आठ वर्षको हुँदा मैले मेरो बुबाबाट बप्तिस्मा लिएको थिएँ । यस पश्चात्, व्यस्त सडक पार गर्न जाँदा मैले उहाँको हात समातेँ । मैले ध्यान दिएको थिइन र फुटपाथबाट पाइला चालेँ के थिएँ एउटा ठूलो ट्रक पाङ्ग्राहरूको आवाज सहित छेउमा आयो । मेरा बुबाले हतारमा मलाई सडकबाट फुटपाथमा तर्फ तान्नुभयो । उहाँले त्यसो नगरेको भए ट्रकले मलाई ठक्कर दिएको हुन्थ्यो । मेरो आफ्नै चक्चके प्रकृति बुझेर मैले महसुस गरेँ, “सम्भवत: मलाई ट्रकले मार्नु राम्रो हुन्थ्यो किनभने म मेरो बप्तिस्मा पछि अहिले जस्तो पवित्र कहिल्यै हुने छैन ।”
आठ वर्षको उमेरमा, मैले बप्तिस्माको पानीले पापहरू पखलेर लाग्यो भनेर गलत अनुमान गरेको थिएँ । त्यस्तो होइन । मेरो बप्तिस्मा पछिका वर्षहरूमा मैले सिके कि हामीले बप्तिस्माका करार गरेर पालन गर्दा येशू ख्रीष्टको प्रायश्चितको बलिदानका माध्यमद्वारा उहाँको शक्तिद्वारा पापहरू शुद्ध हुन्छन् ।१० त्यसपछि, पश्चात्तापको वरदानद्वारा, हामी स्वच्छ रहन सक्छौँ । मैले यो पनि सिकेको छु कि प्रभुभोजले हाम्रो जीवनमा एक शक्तिशाली सद्गुणको चक्र ल्याउँछ, जसले हामीलाई हाम्रा पापहरूबाट छुट्काराका प्राप्त गरीरहनका लागि सक्षम बनाउँछ ।११
कार्टर र कार्नार्भनको पाउमुनि रहेको खजाना जस्तै, प्रभुभोजको अनमोल आशीर्वाद हामीलाई प्रत्येक पटक प्रभुभोज सभामा उपस्थित हुँदा उपलब्ध हुन्छ । चूर्ण हृदय र पछुताएको आत्माले बप्तिस्माको करारमा जिउने दृढ सङ्कल्प सहित परिवर्तन भएका नयाँ व्यक्तिले बप्तिस्मा र प्रमाणीकरणलाई आत्मसात गरे जस्तै गरी यदि हामीले प्रभुभोजलाई आत्मसात गर्यौं भने पवित्र आत्मा हाम्रो निरन्तरको मित्र हुने छ भनेर हामीलाई प्रतिज्ञा गरिएको छ । पवित्र आत्माले हामीलाई उसको पवित्र शक्ति सहित आशीर्वाद दिन्छ ताकि हामी सदैव हाम्रा पापहरूबाट छुट्कारा प्राप्त गरीरहन सकौं, हरेक हप्ता ।१२
इमान्दारितापूर्वक तयारी गरेर र योग्यतापूर्वक प्रभुभोज ग्रहण गरेर पश्चात्तापद्वारा हाम्रो आध्यात्मिक आधार मजबुत बनाइन्छ । केवल एक मजबुत आध्यात्मिक आधार सहित मात्र हाम्रो जीवनमा हामीले सामना गर्ने प्रतीकात्मक वर्षा, हावा र बाढीहरूलाई नियन्त्रण गर्न सक्छौँ ।१३ यसका विपरित, जब हामी स्वेच्छाले प्रभुभोज सभा छोड्छौँ वा जब हामी प्रभुभोजको समयमा मुक्तिदातामा ध्यान केन्द्रित गर्दैनौँ, हाम्रो आध्यात्मिक आधार कमजोर हुन्छ । हामी अञ्जानमा “परमप्रभुको आत्माबाट [आफूस्वयम् लाई] टाढा पुर्याँउन सक्छौं, ताकि [हामीलाई] ज्ञानका मार्गहरूमा अगुवाइ गर्ने [हामीमा] यसको कुनै स्थान नरहन सक्छ जसले [हामीलाई] आशीर्वाद दिने, समृद्ध बनाउने र संरक्षण गर्न सक्छ ।”१४
जब हामीसँग पवित्र आत्मा हुन्छ, हामीले मन्दिरहरूमा गर्ने गरेका करारहरू जस्तै अन्य करारहरू गर्ने र पालना गर्नका लागि हामी प्रेरित र निर्देशित हुने छौँ । यसो गर्दा परमेश्वरसँगको हाम्रो सम्बन्ध गहन हुन्छ ।१५ तपाईंले देख्नुभएको हुन सक्छ कि हालैका वर्षहरूमा धेरै नयाँ मन्दिरहरूको घोषणा गरिएको छ, जसले मन्दिरहरूलाई सदस्यहरूको अझै नजिक ल्याएको छ ।१६ विडम्वना स्वरूप, मन्दिरहरू थप पहुँचयोग्य हुन सुरू गरेपछि, मन्दिरमा उपस्थित हुने सन्दर्भ हाम्राले सामान्य रुपमा लिने बन्न सक्छौँ । जब मन्दिरहरू टाढा हुन्छन्, हामी मन्दिरमा आराधना गर्न जाने यात्राका लागि हाम्रो समय र स्रोतहरूको योजना बनाउछौँ । हामी यी यात्राहरूलाई प्राथमिकता दिन्छौँ ।
नजिकै मन्दिर भएपछि, आफूस्वयम् लाई “ठीक छ, म अर्को पटक जान्छु” भन्दै, सहभगी हुने सन्दर्भमा सानातिना व्यवधानहरू बीचमा आउने बिषय सहज बन्न सक्छ । मन्दिरको नजिक बस्दा मन्दिरमा उपस्थित हुने समय तालिकामा थप सहजता आउँछ, तर त्यो सहजताले मन्दिरलाई हल्का रूपमा लिने बिषयलाई सहज बनाउन सक्छ । जब हामी यसो गर्छौं, हामीले उहाँको पवित्र गृहमा मुक्तिदातासँग नजिक हुने अवसरलाई बेवास्ता गर्दै “निशानलाई चुकाउछौँ ।” मन्दिर नजिक हुँदा उपस्थित हुने हाम्रो प्रतिवद्धता कम्तिमा त्यति नै मजबुत हुनुपर्छ जति टाढा हुँदा हुन्छ ।
कार्टर र कार्नार्भनले तुतानखामुनको चिहान खोज्दै राजाहरूको उपत्यकामा अन्यत्र उत्खनन गरेपछि, उनीहरूले आफ्नो गल्ती महसुस गरे । हाम्रो खजाना खोज्नका लागि केही समयका लागि तिनीहरूले गरे जस्तै असफल परिश्रम हामीले गर्नु पर्दैन । न त हामीले स्रोतको वास्तविकताको मूल्याङ्कन गर्दैअन्य स्रोतहरूबाट सल्लाह खोज्नु, न त यस्तो सल्लाह हामीले परमेश्वरका विनम्र अगमवक्ताबाट प्राप्त गर्न सक्ने भन्दा बढी ज्ञान प्रादन गर्ने छ भन्ने सोच्नु नै आवश्यक छ ।
पुरानो करारमा अभिलेख गरिए जस्तै, जब नामानले आफ्नो कुष्ठरोगको उपचार खोजे, नजिकैको साधारण नदीमा उनी स्वयम् लाई सात पटक डुब्न भनिएकोमा उनी क्रोधित भए । परन्तु चमत्कार कसरी हुनु पर्छ भन्ने आफ्नै पूर्व-कल्पनामा निर्भर रहनुको सट्टा एलिशाको सल्लाह पालना गर्न उनी सहमत भए । फलस्वरूप, उहाँले चङ्गाइ प्राप्त गर्नुभयो ।१७ जब आज हामीले पृथ्वीमा परमेश्वरका अगमवक्तालाई विश्वास गर्छौं र उहाँको सल्लाहमा कार्य गर्छौं, हामीले खुशी प्राप्त गर्ने छौँ र हामी पनि चङ्गाइ प्राप्त गर्न सक्छौँ । हामीले थप अन्यत्र हेर्नु पर्दैन ।
दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई सदैव येशू ख्रीष्टलाई सम्झन र ध्यान केन्द्रित गर्न प्रोत्साहन दिन्छुगर्छु । उहाँ हाम्रो मुक्तिदाता र उद्धारकर्ता, हामीले हेर्नु पर्ने “निशान” र हाम्रो सबैभन्दा ठूलो खजाना हुनुहुन्छ । जब तपाईं उहाँकहाँ आउनुहुन्छ, तपाईंलाई जीवनका चुनौतीहरूको सामना गर्ने शक्ति, सही कुरा गर्ने साहस र मरणशीलतामा तपाईंको उद्देश्य पूरा गर्ने क्षमता सहित पुरस्कृत गरिने छ । पश्चात्ताप गर्ने अवसर, प्रभुभोजमा सहभगी हुने सुअवसर, मन्दिरका करारहरू निर्माण र पालना गर्ने आशीर्वाद, मन्दिरमा आराधना गर्नुको आनन्द र जीवित अगमवक्ता प्राप्त गर्नुको प्रसन्नताको सम्मान गर्नुहोस् ।
म मेरो गम्भिर र सुनिश्चित साक्षी दिन्छु कि परमेश्वर, अनन्त पिता, स्वर्गका हाम्रा पिता हुनुहुन्छ र उहाँ जीवित हुनुहुन्छ; येशू ख्रीष्ट हुनुहुन्छ; उहाँ हाम्रा दयालु, बुद्धिमान स्वर्गका मित्र हुनुहुन्छ, १८ र यो उहाँको पुनर्स्थापित चर्च हो । तपाईंको आस्था र आस्थावादिताका लागि धन्यवाद । तपाईंहरूलाई आशीर्वाद, समृद्धि र संरक्षण मिल्ने छ भनी येशू ख्रीष्टको नाममा म प्रार्थना पार्छौँ, आमीन ।