लियाहोना
परमेश्वरले हामीलाई समर्थन र रक्षा गर्नुहुने छ
अगष्ट २०२४


“परमेश्वरले हामीलाई समर्थन र रक्षा गर्नुहुने छ,” लियाहोना, अगष्ट २०२४ ।

मासिक लियाहोना सन्देश, अगष्ट २०२४

परमेश्वरले हामीलाई समर्थन र रक्षा गर्नुहुने छ

कप्तान मोरोनी जस्तै, हामीले जीवनमा सामना गर्नुपर्ने लडाइँहरूका लागि दैवी सहयोगर शक्ति प्राप्त गर्न सक्छौँ ।

छवि
कप्तान मोरोनी स्वतन्त्रताको ध्वजा उचाल्दै

एरिक चाउद्वारा चित्रण

जब मैले पहिलो पटक मोर्मोनको पुस्तक पढेँ, मैले नफीहरू र लमानीहरू बीचको युद्धको इतिहास पढेर आनन्द लिएँ । केवल २५ वर्षको हुँदा सबै नफीहरूका सेनाको अगुवामा नियुक्त भएका सैन्य कमाण्डर कप्तान मोरोनीले प्रयोग गरेका आस्था, चतुरता र रणनीतिबाट म मोहित भएँ । उनी बुद्धिमान्, बलिया र चतुर थिए । उनी आफ्ना जनताको स्वतन्त्रता र कल्याणका लागि पूर्ण रूपमा प्रतिवद्ध थिए । (हेर्नुहोस् अल्मा ४८:११–१२ ।)

सैन्य सफलताको श्रेय आफूस्वयम् लाई दिनुको सट्टा, मोरोनीले सफलताको श्रेय परमेश्वरलाई र आफ्ना सेनाहरूलाई गैर-लडाकू महिला र बालबालिकाहरूबाट प्राप्त भएको पवित्र समर्थनलाई दिए । उनले एक पराजित शत्रुहरूका अगुवालाई भने: “परमप्रभुले … तिमीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ । अनि अब म चाहन्छु कि तिमीहरूले बुझ्नु पर्छ कि यो … हाम्रो धर्म र ख्रीष्टमाथिको हाम्रो आस्थाका कारण गरिएको हो ।” मोरोनीले त्यसपछि यो भविष्यसूचक अन्तरदृष्टि बाँढ्नुभयो: “परमेश्वरले हामीलाई समर्थन गर्नुहुने छ र पाल्नुहुने छ र जोगाउनुहुने छ, जहाँसम्म हामी उहाँप्रति, हाम्रो आस्थाप्रति र हाम्रो धर्मप्रति आस्थावान् हुन्छौँ” (अल्मा ४४:३, ४)।

समय बित्दै जाँदा, मैले बुझेको छु कि मोरोनीले हाम्रो आधुनिक जीवनका चुनौतीहरू सामना गर्न हामीलाई सहयोग गर्नका लागि लागू गर्न सक्ने आधारभूत सत्यहरू प्रतिरूप गरेका छन् । जब हामीले संसारको मुक्तिदाता येशू ख्रीष्टमा आस्था राख्छौँ, उहाँले हामीलाई उहाँको शक्तिले आशीष दिनुहुने छ । परन्तु उहाँले त्यसो गर्नका लागि र उहाँको आशीर्वादलाई पहिचान गर्नका लागि, हामीले हाम्रो उद्देश्य बुझ्नु पर्छ, सफलताका लागि रणनीति बनाउनु पर्छ र हामीले सामना गर्ने रूपक लडाइँहरूका लागि तयारी गर्नु पर्छ, जसरी मोरोनीले आफ्नो जीवनका वास्तविक लडाइँहरूका लागि तयारी र सामना गरे । हामीले त्यसो गर्दा, स्वर्गका पिता र येशू ख्रीष्टले हामीलाई समर्थन र रक्षा गर्नुहुने छ ।

हाम्रो उद्देश्य बुझ्दै

मोरोनीले मानिसहरूलाई बारम्बार स्मरण गराए कि तिनीहरू को थिए (अब्राहमिक करारका उत्तराधिकारी), तिनीहरू कसका थिए (परमेश्वरका प्रिय सन्ततिहरू) र तिनीहरूले लडाइँ लड्नुका कारण (परिवार, आस्था र स्वतन्त्रता) थिए । मोरोनीले आफ्ना मानिसहरूलाई आफू जिउनका लागि अनि दमन र बन्धनबाट स्वतन्त्रताका लागि लडिरहेका थिए भनेर सिकाए । यसका विपरीत, तिनीहरूका शत्रुहरूले अरूलाई वशमा राखेर व्यक्तिगत उन्नति र शक्तिको लागि लडाइँ लडे ।

जब केही नफीहरूले व्यक्तिगत लाभका लागि अधिकार अनधिकार रूपमा लिन प्रयास गरे, मोरोनीले आफ्नो कोट च्याते र त्यसको एउटा टुक्रामा आफ्नो सन्देशको प्रमुख आशयहरू लेखे: “हाम्रा परमेश्वर, हाम्रो धर्म र स्वतन्त्रता र हाम्रो शान्ति, हाम्रा पत्नीहरू र हाम्रा छोराछोरीहरूका सम्झनामा ।” उनले यो झण्डा उठाए, जसलाई उनले एक टुप्पाको छेउमा “स्वतन्त्रताको ध्वजा” भनेर लेखे र यो लडाइँ के हो भनेर मानिसहरूलाई स्मरण गराउन र उनीहरूलाई त्यस कारणमा जुटाउन यसको प्रयोग गरे । (हेर्नुहोस् अल्मा ४६:१२–१३ ।)

जीवनका आत्मिक लडाइँहरूमा, “हामीहरू शरीर र रगतका विरुद्ध होइन, तर … अन्धकारका शासकहरू … [र] आत्मिक दुष्टताका विरुद्धमा लड्छौँ” (एफिसी ६:१२)। हामीलाई पनि लडाइँ के हो भनेर स्मरण गराइनु आवश्यक छ । एल्डर नील ए. म्याक्सवेल (१९२६–२००४), बाह्र प्रेरितहरूका गणका पूर्व सदस्यले यो विचारलाई प्रभावकारी, यद्यपि संक्षिप्त वार्तालापमा व्यक्त गर्नुभयो ।

२००४ मा, मैले एल्डर म्याक्सवेललाई उहाँको अस्पतालको कोठामा उहाँको मृत्यु हुनुभन्दा केही समय अघि भेटेँ । उहाँलाई भेट्न आउने वा सहयोग गर्ने सबैप्रति उहाँ दयालु हुनुहुन्थ्यो । स्वास्थ्यकर्मीहरू उहाँको कोठामा जान्थे र विलाप गर्दै बाहिर निस्कन्थे । मैले उहाँलाई भनेँ, “एल्डर म्याक्सवेल, यो वास्तवमा नै कठीन छ ।” उहाँ मुस्कुराउनुभयो र भन्नुभयो, “ओहो, डेल, हामी मरणशील संसारमा रहने अनन्त प्राणी हौँ । पानी बाहिर माछा भए जस्तै हामी हाम्रो तत्व बाहिर छौँ । जब हामीसँग एक अनन्त परिप्रेक्ष्य हुन्छ तब मात्र यी मध्ये कुनै पनि अर्थपूर्ण हुन्छ ।”

हामीले हाम्रो दैवी प्रकृति र अनन्त गन्तव्य र हाम्रो विरोध गर्ने सैतानी शक्तिहरूको विशाल संयोजनका दृश्यलाई कहिल्यै बिर्सनु हुँदैन । स्वर्गका पिताको योजनालाई सही रूपमा बुझ्दा हामीलाई हाम्रो अनन्त मुक्ति र आत्मिक बन्धनबाट मुक्तिका लागि लडिरहन उत्प्रेरित गर्ने छ ।

छवि
मानिसहरू सुदृढीकरणको तयारी गर्दै

सफलताका लागि योजना गर्दै

उनका सेनाहरूले लडेका लडाइँहरूमा मोरोनीले सफलता सुनिश्चित गर्न रणनीति बनाए । उनले आफ्ना सत्रुहरूका क्रियाकिलापहरू र अभिप्रायहरू पत्ता लगाउन जासूसहरू प्रयोग गरे । उनले अगमवक्ता अल्माबाट निर्देशन खोजे । मोरोनीले त्यस प्रेरित निर्देशनहरूलाई युद्धको आफ्नो दृष्टिकोणमा प्रयोग गरे । उनले आवश्यकताअनुसार स्रोतहरू तैनाथ गरे, कम किल्ला भएका शहरहरूमा थप सिपाहीहरू राखे । उनले रणनीतिक रूपमा अद्यावधिक जानकारीका आधारमा परिचालन गर्न योजनाहरू तयार पारे ।

यसरी उनले शत्रुका सेनाहरूमाथि लाभ उठाए । उनी विगतका विजयहरूबाट कहिल्यै सन्तुष्ट थिएनन्; बरु, उनले भविष्यका चुनौतीहरूको सामना गर्न आफ्नो र आफ्नो सेनाको क्षमतामा सुधार गर्न निरन्तरता दिए ।

हामी आध्यात्मिक विरोधीहरूसँग व्यवहार गर्न समान दृष्टिकोणहरू प्रयोग गर्न सक्छौँ । हामी शैतानले हाम्रो जीवनमा के गर्न प्रयास गरिरहेको छ भन्ने पत्ता लगाएर सुरु गर्न सक्छौँ । उसले हामीलाई हाम्रो उद्देश्यबाट विचलित गर्न प्रयास गर्छ । प्रलोभनको सामना गर्दा, हामीले आफूस्वयम् लाई सोध्नु पर्छ:

  • मेरो तर्फबाट गरिएको यो क्रियाकलाप कसरी प्रकट गरिएको परमेश्वरको वचनको विरुद्धमा तुलना गरिन्छ?

  • यो क्रियाकलापको नतिजा के हो?

  • के यो क्रियाकलापले मलाई पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न सहयोग गर्ने छ?

स-साना प्रलोभनहरूका अघि झुक्दा आउने अन्तिम परिणामलाई पनि हामीले पहिचान गर्नु पर्छ । जब हामी प्रलोभनको अघि झुक्छौँ, हामी “थोरै थोरै विष” उपभोग गर्छौं (अल्मा ४७:१८), दुष्टताका शक्तिहरूले प्रयोग गर्ने सबैभन्दा प्रभावकारी रणनीति जसले आध्यात्मिक रूपमा घातक परिणामहरू निम्त्याउन सक्छ ।

हामीले पछिल्ला दिनका हाम्रा अगमवक्ताबाट प्राप्त गर्ने निर्देशनलाई अनुशरण गरेर शैतानको प्रलोभनहरूका विरुद्धमा आफूलाई मजबुत बनाउन सक्छौँ । त्यसो गर्दा हामीलाई हाम्रा क्रियाकलापहरूको मूल्याङ्कन गर्ने अनन्त दृष्टिकोण राख्न सहयोग गर्छ । हाम्रो जीवनका विभिन्न क्षेत्रहरूमा उत्पन्न हुने प्रलोभनहरूको सामना कसरी गर्ने भन्ने योजना गर्नाले हामीलाई यस क्षणमा अझै सही छनोटहरू गर्न सहयोग गर्ने छ । पूर्वनियोजित योजनाहरू र दृष्टिकोणहरूले हामीलाई हाम्रो अनन्त उद्देश्यबाट विचलित हुनबाट बचाउन सहयोग गर्ने छ ।

एउटा उदाहरण प्रविधिको हो । उपयोगी र हानिकारक दुबै, हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने आधारमा प्रविधि एक दुईधारयुक्त तरवार हुन सक्छ । हाम्रा यन्त्रहरूका सम्बन्धमा बुद्धिमानी छनोटहरू गर्न हामीलाई सहयोग गर्न, युवा र वयस्कहरूले “Taking Charge of Technology”For the Strength of Youth: A Guide for Making Choicesलाई सन्दर्भ गर्न सक्नुहुन्छ । यसले हामीलाई हाम्रो उद्देश्यको स्मरण गराउँछ, हामीलाई येशू ख्रीष्ट तर्फ केन्द्रित गराउँछ र हामीलाई हाम्रो जीवनमा पवित्र आत्मालाई आमन्त्रित गर्न सहयोग गर्छ । हामीले कसरी, कहिले र कहाँ प्रविधिको प्रयोग गर्ने भन्ने योजनाले हामीलाई आधारभूत, सांसारिक कौशलहरू विरुद्ध मजबुत बनाउने छ ।

छवि
नफीहरूका किल्लाहरू आक्रमण गर्दै लमानीहरू

रूपक लडाइँहरूका लागि तयारी गर्दै

आगामी लडाइँहरूको अनुमान गर्दै, मोरोनीले आफ्ना मानिसहरूलाई व्यक्तिगत रूपमा कवचहरू, ढालहरू, शिरस्त्राणहरू र बाक्ला पोसाक लगाएर तयार पारे । किल्लाहरूले शहरहरू घेरेर, तिनीहरूको वरिपरि जमीनका किनारहरूमा ठाडो भीर बनाएर उनले आफ्ना मानिसहरूलाई सामूहिक रूपमा तयार पारे ।

आत्मिक रूपमा, हामी परमेश्वरका आज्ञाहरू पालना गरेर व्यक्तिगत रूपमा तयार गर्छौँ । हामी परमेश्वरसँग करारहरू निर्माण गर्छौँ र पालना गर्छौँ जसले येशू ख्रीष्टको शक्तिलाई हाम्रो जीवनमा आकर्षण गर्छ । हामी भक्तिकाव्यक्तिगत, निजी कार्यहरूमा संलग्न हुन्छौँ, जस्तै प्रार्थना, उपवास र धर्मशास्त्रको अध्ययन । हामीले प्राप्त गर्ने आत्मिक निर्देशनको प्रतिक्रिया दिँदै हामी आस्थामा पनि कार्य गर्छौँ । हामी इमानदारितापूर्वक प्रभुभोजका लागि तयारी गर्छौँ र यसलाई उचित रूपमा ग्रहण गर्छौँ । जब हामी त्यसो गर्छौँ, मुक्तिदाता हाम्रो जीवनमा अझै वास्तविक बन्नुहुन्छ, जसरी उहाँ मोरोनीका लागि वास्तविक हुनुहुन्थ्यो, जो येशू ख्रीष्टमा आफ्नो आस्थामा दृढ थिए । मोरोनीलाई जानकारी थियो कि उनी निर्देशन र मुक्तिका लागि मुक्तिदातामा निर्भर रहन सक्छन् (हेर्नुहोस् अल्मा ४८:१६)। हामी पनि, निर्देशन र मुक्तिका लागि येशू ख्रीष्टमा निर्भर रहन सक्छौँ ।

हामी हाम्रो परिवारलाई मजबुतबनाएर थप तयारी गर्न सक्छौँ । हाम्रा स्वर्गका पिताले हामीलाई खुशी हुन सहयोग गर्न र उहाँमा कसरी फर्कने भनेर सिक्न हामीलाई परिवारहरूमा व्यवस्थित गर्नुभयो । हाम्रो परिवार हाम्रा लागि सहयोगको स्रोत हुन सक्छ । हाम्रो परिवारको व्यक्तिगत परिस्थिति जस्तोसुकै भए पनि हामी परमेश्वरको महान् परिवारको अंश हौँ भन्ने सम्झेर हामी सबैले प्रसन्नता र प्रेम महसुस गर्न सक्छौँ ।

जब हामी सन्तहरूको समुदायमा सहभागी हुन्छौँ हामीले सामुहिक रूपमा शक्ति प्राप्त गर्न सक्छौँ र हाम्रा आत्मिक लडाइँहरूका लागि तयार हुन सक्छौँ । हाम्रा किला र जिल्लाहरूले शरण र रक्षाका यस्ता स्थान प्रदान गर्छन् । हामी एकअर्कालाई आत्मिक रूपमा पोषण गर्न सक्छौँ, परमेश्वरका आज्ञाहरू पालना गर्न एकअर्कालाई सहयोग गर्न सक्छौँ र एकअर्कालाई सदैव र विशेष गरी चुनौतीको समयमा ख्रीष्टमा निर्भर रहन प्रोत्साहन गर्न सक्छौँ । जब हामी एकत्रित हुन्छौँ, हामीले बुझ्छौँ कि हामी हाम्रो लडाइँ एक्लै लड्दैनौँ । हामीसँग साथीहरू, शिक्षकहरू र अगुवाहरू छन् जसले हामीलाई सहयोग गर्न र सुरक्षा गर्न सक्छन् । हामी सँगै तयारी गर्दा हामी सबै मजबुत हुन्छौँ ।

उल्लेखनीय विषय के छ भने, मोरोनीले आफ्ना मानिसहरूको सबै खुसीको श्रेय परमेश्वर र तिनीहरूको धर्ममा उनीहरूको आस्थामा सत्य भएकोमा दिए । मोरोनीले जस्तै, हामीले बुझ्नु पर्छ कि प्रसन्नता स्वर्गका पिता र उहाँको योजना र येशू ख्रीष्ट र उहाँको प्रायश्चितको कारणले आउँछ । जब हामी हाम्रो उद्देश्य बुझ्छौँ, सफलताकालागि योजना बनाउँछौँ र रूपक लडाइँहरूका लागि तयारी गर्छौँ, हामी दैवी सहायता र शक्ति प्राप्त गर्छौँ ।

मोरोनी जस्तै, मलाई जानकारी छ कि स्वर्गका पिता र येशू ख्रीष्टले बन्धनबाट अन्तिम स्वतन्त्रता ल्याउनुहुन्छ—मृत्यु र पापबाट स्वतन्त्रता । उहाँहरूले हामीलाई उहाँहरूको शक्तिले आशीर्वाद दिनुहुन्छ जब हामी उहाँहरूमा सबै कार्यका लागि निर्भर रहन्र्छौँ ।

सूचीहरू

  1. Taking Charge of Technology,” सुसमाचारको पुस्तकालय ।

  2. For the Strength of Youth: A Guide for Making Choices (२०२२), सुसमाचारको पुस्तकालय ।

  3. हेर्नुहोस् रसल एम्. नेल्सन, “Joy and Spiritual Survival,” लियाहोना,नोभेम्बर २०१६, ८२ ।

प्रिन्ट गर्नुहोस्