लियाहोना
नवयुवक योद्धाहरू
अगष्ट २०२४


“नवयुवक सिपाहीहरू,” साथी, अगष्ट २०२४, २६-२७ ।

मासिक साथी सन्देशहरू, अगष्ट २०२४

नवयुवक सिपाहीहरू

छवि
मानिसहरू खाडलमा आफ्ना हतियारहरू गाड्दै

एन्ड्रू बस्लीद्वारा चित्रण

अम्मोन र तिनका भाइहरूले सिकाएका मानिसहरू येशू ख्रीष्टलाई अनुशरण गर्न चाहन्थे । तिनीहरूले आफ्ना हतियारहरू गाडे र उनीहरूले पुन: कहिल्यै लड्ने छैनन् भनी परमेश्वरसँग प्रतिज्ञा गरे ।

छवि
युवकहरूको एउटा समूह एउटा घरमा पुग्छ जहाँ वयश्कहरू वार्तालाप गरिरहेका थिए

परन्तु तिनीहरूले छिट्टै आफ्ना परिवारको सुरक्षा गर्न आवश्यक थियो । आफ्ना हतियारहरू गाड्ने पिताहरू परमेश्वरसँगको आफ्नो प्रतिज्ञा तोड्न चाहँदैनन् । त्यसैले तिनीहरूका छोराहरू उनीहरूकै स्थानमा लड्न तयार भए । तिनीहरूलाई दुई हजार नवयुवकहरू भनियो । नवयुवक भनेको “युवा” हो ।

छवि
युवक आफ्नी आमासँग प्रार्थना गर्दै गर्दा अन्य युवाहरू हतियार लिएर एकत्रित हुन्छन्

नवयुवक योद्धाहरू पहिले कहिल्यै युद्धमा लडेका थिएनन् । परन्तु उनीहरूका आमाहरूले तिनीहरूलाई तयार पार्न सहयोग गरे र तिनीहरूलाई परमेश्वरमा भरोसा गर्न सिकाए ।

छवि
हेलामान नवयुवकहरूलाई अघि बढ्न नेतृत्व गर्दै; एक युवकले अर्को घाइते युवकलाई हिँड्न सहयोग गर्छन्

तिनीहरूले हेलामानलाई आफ्नो अगुवाका रूपमा छनोट गरे । तिनीहरू साहसी थिए र परमेश्वरले उनीहरूलाई सहयोग गर्नुभयो । तिनीहरू सबै घाइते भए तर उनीहरूले एकअर्कालाई सहयोग गरे । परमेश्वरले तिनीहरूको आस्थालाई सम्मान गर्नुभयो र उनीहरू सबै जीवित रहे!

रङ्ग भर्ने पाना

धर्मशास्त्रले मलाई हरेक दिन सहयोग गर्न सक्छ ।

छवि
खुल्ला किताबका पानाहरूबाट बाहिर निस्केका मोर्मोनको पुस्तकका आकृतिहरूको रङ्ग भर्ने पाना

एडम कोफोर्डद्वारा चित्रण

तपाईंलाई धर्मशास्त्रको कुन कथा मन पर्छ?

प्रिन्ट गर्नुहोस्