लियाहोना
पवित्र पादरित्वको वस्त्र
सेप्टेम्बर २०२४


“पवित्र पादरित्वको वस्त्र,” Liahona, सेप्टेम्बर २०२४ ।

मासिक लियाहोना सन्देश, सेप्टेम्बर २०२४

पवित्र पादरित्वकोवस्त्र

मन्दिरका अभिदानको एक अंशका रूपमा—मुक्तिदाता स्वयम् को प्रतीकका रूपमा हामीलाई हाम्रा करारहरूको पवित्र भौतिक स्मरण गराइएको छ ।

आदम र हव्वा सँगै हिँड्दै

डगलस एम् फ्रायरद्वारा आदम र हव्वा को विवरण

जे भए तापनि निस्सन्देह तिनीहरूलाई दिइएका तयारीहरू र उनीहरूले सम्झन खोजेका आश्वासनहरूका बावजुद, तिनीहरूको स्वर्गको अदनको बगैँचा छोडेर पतन भएको संसारमा पाइला राख्नु आदम र हब्बाका लागि कोलाहलपूर्ण झटका भएको हुनु पर्छ ।

गम्भीर चेतना सँगै, तिनीहरूले विरोध र पसिना, काँडा र शोकको संसारका लागि आफ्नो शान्त, भयरहित जीवनको विक्रय—अन्ततः मृत्यु भनिने कुनै विषयले अनुशरण गर्नुको अर्थ के हो भनेर बुझे । तिनीहरूले सुरुमा यी सबैको अर्थ के हो भनेर जानकारी प्राप्त गर्न सकेका थिएनन् होला तर प्रत्येक दिनले नयाँ पीडा ल्याउन सक्छ भनेर तिनीहरूले छिट्टै जानकारी प्राप्त गरे । स्वर्गका आफ्ना पिताबाट भिन्न भएर “उहाँको उपस्थितिबाट बाहिर” तिनीहरूले यी सबैको सामना गर्ने छन् भनेर महसुस गर्नु —मोशाले पछि अभिलेख गर्नुभए जस्तै वास्तवमा, नै सबै भन्दा पीडादायी थियो ।

चिसो, भयानक संसारमा यो बिछोड र एक्लोपनलाई ध्यानमा राख्दै —पवित्र र अनन्त भनिने: ती करारहरू गरिएको थियो भनेर कुनै विषय स्मरण गर्न पाउनु आदम र हब्बाका लागि कत्ति सान्त्वनादायी भएको हुनु पर्छ । तिनीहरूले आफ्ना जीवनका सबै दिनहरू पिताका आज्ञा पालना गर्ने प्रतिज्ञा गरेका थिए र उहाँले एक मुक्तिदाता प्रदान गर्ने प्रतिज्ञा गर्नुभएको थियो, जसले तिनीहरूको पीडा र शोकलाई कम गर्नुहुने छ, तिनीहरूका गल्तीहरूका लागि प्रायश्चित गर्नुहुने छ र तिनीहरूलाई सुरक्षित रूपमा उहाँको उपस्थितिमा फिर्ता ल्याउनुहुने छ ।

परन्तु यी मरणशीलहरूले तिनीहरूले गरेका प्रतिज्ञा कसरी सम्झन्छन्? तिनीहरू कसरी आफ्नो सङ्कटमय अवस्थाका सम्बन्धमा सजग रहने छन्—सबै समय, दिन र रात सचेत हुन्छन्?!

तिनीहरूका करारहरूको स्मरण

यस्तो स्मरणका लागि उहाँले तिनीहरूलाई “छालाको कोट” दिनुभयो । यो कस्तो उपहार र कत्तिको समय सापेक्ष थियो । निषेधित फल खाइसकेपछि, आदम र हब्बालाई करीब तत्काल जानकारी भयो कि तिनीहरू नाङ्गै थिए । पहिले, तिनीहरूले आफ्नो नग्नतालाई अन्जीरका पातले ढाक्न खोजे । त्यसपछि, अपर्याप्त हुने भयले, तिनीहरूले परमप्रभुबाट लुक्ने प्रयास गरे । (यस्तो मूर्खतापूर्ण प्रयासमा मरणशीलता बसिरहेको प्रमाण थियो!) त्यस क्षणदेखि हालसम्म, प्रिय पिताले आफ्ना सन्ततिहरूलाई लुकेका स्थानबाट बाहिर उहाँकहाँ आउन आमन्त्रण गर्नुभएको छ । अनि त्यस समयदेखि छालाको कोट र विभिन्न कपडाहरूले, उहाँले आफ्नो कृपामा हामीलाई नाङ्गो छोड्नुभएको छैन तर आज्ञाकारीहरूलाई हाम्रा प्रतिज्ञाहरू र करारहरूको सम्झना गराउने “धार्मिकताको पहिरन” पहिराउनुभएको छ । यी “मुक्तिका वस्त्रहरू” सबैमध्येको सबैभन्दा ठूलो वरदान, येशू ख्रीष्टको प्रायश्चितको प्रतीक हो ।

वस्त्र मुक्तिदाताको प्रतीक हो

ठीक छ, आदम र हब्बा र करारहरू र वस्त्रका सम्बन्धमा यो सबै सोच, निश्चय नै, केवल कुनै मानसिक व्यायाम भन्दा बढी हो । आदम र हब्बालाई कस्तो महसुस भयो भनेर कल्पना गर्न कठीन छैन, किनकि हामी पनि यस पतित संसारमा समस्याहरूको सामना गर्छौँ । हामी पनि परमेश्वरको उपस्थितिबाट अलग भएका छौँ र प्रत्येक पटक जब हामी उल्लङ्घन गर्छौँ हामीस्वयम् लाई टाढा लैजान्छौँ । आदम र हब्बा जस्तै, हामीलाई उही मुक्तिदाता, नासरतका येशू ख्रीष्ट, अल्फा र ओमेगा, जीवित परमेश्वरका पुत्र दिइएको छ । आदम र हब्बाले जस्तै हामीले पनि परमेश्वरसँग करार गरेका छौँ । अनि, मन्दिरका अभिदानको अंशका रूपमा, हामीलाई ती करारहरूको एक पवित्र भौतिक स्मरण —स्वयम् मुक्तिदाताको प्रतीक दिइएको छ । हाम्रो समयावधिमा यसलाई पवित्र पादरित्वको वस्त्र भनिन्छ ।

येशू ख्रीष्टको आकृति

ह्यारी एन्डरसनद्वारा दोस्रो आगमन बाट विवरण

हामी यो वस्त्र हाम्रो बाहिरी लुगा भित्र लगाउँछौँ । मसँग जस्तोसुकै उत्तरदायित्वहरू छन्, मैले जीवनमा जस्तोसुकै भूमिका खेलेको छु, दैनिक जीवनका जस्तोसुकै कर्तव्यहरू आवश्यक हुन्छ, यी सबै भित्र मेरा करारहरू छन्—सदैव र सदाका लागि । यस भित्र ती सबै पवित्र प्रतिज्ञाहरू छन् जसमा म दृढतापूर्वक समाहित भएको छु । वस्त्र संसारसामु देखाइँदैन वा प्रदर्शन गरिँदैन र न त मेरा करारहरू नै । परन्तु म दुबैलाई मेरो नजिक —सम्भव भए सम्म नजिक राख्छु । तिनीहरू उच्चतम रूपमा व्यक्तिगत र सर्वोच्च पवित्र छन् ।

ती करारहरू, ती दुई-तर्फी प्रतिज्ञाहरू सम्झँदै, हामी जीवनभर वस्त्र पहिरिन्छौँ । यो अभ्यासले मुक्तिदाताले हाम्रो जीवनमा निरन्तर प्रभाव पार्नुहुने हाम्रो चाहनालाई प्रतिबिम्बित गर्छ । अन्य अतिप्रिय प्रतीकहरू आवधिक छन् । हामी हाम्रो जीवनमा एक पटक बप्तिस्मा लिन्छौँ । हामी हप्तामा एक पटक प्रभुभोज ग्रहण गर्छौँ । परिस्थितिले अनुमति दिएअनुसार हामी मन्दिरमा सहभागी हुन्छौँ । परन्तु पवित्र पादरित्वको वस्त्र भिन्न छ: यो प्रतीकलाई हामी हरेक दिन र रात सम्मान गर्छौँ ।

अनि यही तरिकामा करारहरू छन्—सुविधा वा असावधानीका लागि तयार पारिँदैन र समाजको शैली र फेसनहरू समायोजन गर्न परिमार्जन गरिँदैन । येशू ख्रीष्टको शिष्यको जीवनमा, अर्को तरिकाबाट नभई संसारका तरिकाहरूलाई हाम्रा करारहरूसँग वर्गीकरण गर्न परिमार्जन गरिनु पर्छ ।

जब हामी वस्त्र लगाउँछौँ, हामी प्रथम अध्यक्षताले सिकाएको जस्तै येशू ख्रीष्टको पवित्र प्रतीक लगाइरहेका हुन्छौँ । यो विषय हो भने, हामी किन त्यो प्रतीक हटाउने बहाना खोज्छौँ? वस्त्रले प्रतिनिधित्व गर्ने शक्ति, सुरक्षा र कृपाको प्रतिज्ञाबाट हामी किन वञ्चित हुने छौँ? यसको विपरित, जब हामीले अस्थायी रूपमा वस्त्र हटाउनु पर्छ, हामी यसलाई सम्भव भए सम्म छिट्टो पुनः लगाउन उत्सुक हुनु पर्छ, किनकि हामी हाम्रा करारहरूलाई अर्थ दिने प्रतिज्ञा र विपत्तिहरू दुबै सम्झन्छौँ । सबै भन्दा माथि, हामी क्रुस र ख्रीष्टको खाली चिहान सम्झन्छौँ ।

कसै-कसैले भन्न सक्नुहुन्छ, “मसँग येशूलाई सम्झने अन्य तरिकाहरू छन् ।” अनि म उत्तर दिने छु, त्यो अद्भुत छ । जति धेरै त्यति राम्रो । हामी सबैले “उहाँलाई सदैव सम्झिरहने” हाम्रो प्रतिवद्धता कायम राख्न सम्भव भए सम्म धेरै तरिकाहरू सोचौँ । परन्तु त्यसो गर्दा, परमप्रभु स्वयम् ले अभिदान लिएका व्यक्तिहरूलाई स्मरणका लागि दिनुभएको पवित्र पादरित्वको वस्त्रलाई अभिप्रायपूर्वक बेवास्ता गर्नु अविवेकीपना हुने छ ।

येशू ख्रीष्ट र उहाँको सुसमाचार मेरा लागि सबथोक हो । मेरा सबै अनन्त आशा र आकांक्षाहरू, मैले प्रिय महसुस गरेर ग्रहण गरेका हरेक विषय उहाँमा समाहित भएका छन् । उहाँ “मेरो मुक्तिको चट्टान” हुनुहुन्छ, स्वर्गका मेरा पितासम्म पुग्ने मेरो मार्ग, मसँग पहिले भएका र अन्य धेरै थप सहित अहिले पुनः प्राप्त गर्ने चाहना गरेका सहित फर्कने मेरो एक मात्र मार्ग हुनहुन्छ । हामीलाई उहाँको उपहार मैले अहिलेसम्म प्राप्त गरेका सबैभन्दा उदार उपहार हो, अहिलेसम्म दिइएको सबैभन्दा उदार उपहार हो—यो असीम पीडा सँगै किनिएको थियो, अनन्त सङ्ख्यामा विस्तारित, असीम प्रेम सहित प्रदान गरिएको थियो । काँडा र झाडीहरू, पीडा र वेदना, यस पतित संसारका शोक र पाप सबै “ख्रीष्टमा निलिएका छन् ।”

त्यसैले मैले ६४ वर्ष पहिले, १९ वर्षको उमेरमा अभिदान प्राप्त गरेदेखि हरेक दिन र रात उपयुक्त रूपमा पवित्र पादरित्वको वस्त्र पहिरिएको छु—किनकि म उहाँलाई प्रेम गर्छु र मलाई यसले प्रतिनिधित्व गर्ने प्रतिज्ञाहरू आवश्यक छन् ।

वस्त्र लगाउने सम्बन्धमा प्रश्नहरू?

मैले वस्त्रका सम्बन्धमा एक विशेष प्रश्नको उत्तर दिने छु भन्ने अपेक्षा गरेर तपाईंहरू मध्ये कतिले यो लेख पढिरहनु भएको हुन सक्छ । तपाईंहरूले आफ्नो हृदयको नजिकको विषयमा “तसर्थ परमप्रभु यसो भन्नुहुन्छ”—वा “तसर्थ उहाँका सेवकहरू यसो भन्नुहुन्छ” भनेर अपेक्षा गर्न सक्नुहुन्छ । तपाईंहरूको प्रश्न रोजगारी, व्यायाम, सरसफाइ, जलवायु, विनम्रता, आरोग्य सुविधाहरू वा चिकित्सा अवस्था सँग सम्बन्धित व्यक्तिगत परिस्थितिबाट उत्पन्न हुन सक्छ ।

यस प्रकारका प्रश्नहरूका केही उत्तरहरू temples.ChurchofJesusChrist.org र साधारण पुस्तिका को खण्ड ३८.५ मा प्राप्त गर्न सकिन्छ । व्यक्तिगत विषयमा विश्वासयोग्य परिवारका सदस्यहरू र अगुवाहरू सँग परामर्श लिन सकिन्छ । तथापि, प्रारम्भिक विधिहरूमा धेरै स्पष्ट निर्देशन दिइएको छ र त्यहाँ सदा र सदैव स्वर्गमा तपाईंहरूका पिता हुनुहुन्छ, जसले तपाईंहरूलाई चिन्नुहुन्छ र तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूको परिस्थितिका सम्बन्धमा सबै विषयवस्तु बुझ्नुहुन्छ । तपाईंहरूले उहाँलाई व्यक्तिगत रूपमा यी प्रश्नहरू सोध्नु भएमा उहाँ रोमाञ्चित हुनुहुने छ ।

सेन्ट जर्ज यूटा मन्दिरको गजुर

सेन्ट जर्ज यूटा मन्दिरको गजुरको फोटो

कृपया गलत नबुझ्नुहोस् । जब तपाईंहरूले दैवी मार्गदर्शनका लागि पुग्नुहुन्छ, आत्माले तपाईंहरूलाई मन्दिरमा प्राप्त निर्देशनहरू र उहाँहरूको भर्खरैको कथनमा प्रथम अध्यक्षताद्वारा बाँढिएको भविष्यसूचक सल्लाहलाई पालना गर्नु भन्दा कम गर्न प्रेरित गर्दैन । प्रिय पिताले तपाईंहरूलाई अहिले र सदाका लागि आशीष दिने उहाँको भक्ति र विनम्रताका स्तरहरूसँग मिलाउन तपाईंहरूले गर्न सक्ने भन्दा कम गर्न तर्कसङ्गत बनाउन सहयोग गर्नुहुने छैन । परन्तु के उहाँले तपाईंहरूका प्रश्नहरू बुझ्नुहुन्छ र के उहाँले तपाईंहरूलाई वस्त्रको सम्मान गर्ने र तपाईंहरूका करारहरू पालना गर्ने आशीर्वादहरू प्राप्त गर्न सहयोग गर्नुहुन्छ? हुन्छ! के तपाईंहरूले आवश्यक पर्दा सक्षम चिकित्सा र स्वास्थ्यकर्मीहरू सँग पनि परामर्श लिनु पर्छ? निश्चय नै! के तपाईंहरूले सामान्य ज्ञानलाई बेवास्ता गर्नु पर्छ वा चिन्हभन्दा बाहिर हेर्नु पर्छ? म प्रार्थना गर्छु कि तपाईंहरूले गर्नुहुने छैन ।

म तपाईंहरूका हरेक प्रश्नको उत्तर दिन सक्दिन । म मेरा हरेक प्रश्नको उत्तर दिन पनि सक्दिन । परन्तु म, परमप्रभु येशू ख्रीष्टको एक प्रेरितका रूपमा, तपाईंहरूलाई प्रिय परमेश्वरको सहयोगको प्रतिज्ञा गर्न सक्छु, जसले तपाईंहरूको हरेक सफलता र आशीर्वाद चाहनुहुन्छ, त्यस्ता तरिकाहरूमा जुन तपाईंहरूले अहिले बुझ्न वा अनुमान गर्न सक्नुहुँदैन, जब तपाईंहरूले उहाँसँग गर्नुभएका करारहरूको पालना गर्नुहुन्छ ।