लियाहोना
नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ
सेप्टेम्बर २०२४


“नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ” साथी, सेप्टेम्बर २०२४, २६–२७ ।

मासिक साथी सन्देश, सेप्टेम्बर २०२४

नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ

अगमवक्ता नफी

एन्ड्रू बस्लीद्वारा चित्रण

नफी एक अगमवक्ता हुनुहुन्थ्यो । काँसका पाताहरू प्राप्त गर्ने नफीको नामबाट उहाँको नाम राखिएको थियो । उहाँलाई जनहरूको चिन्ता थियो । तिनीहरूले परमेश्वरलाई अनुशरण गर्न छोडेका थिए ।

नफी आफ्नो बगैँचामा प्रार्थना गर्दै

नफी आफ्नो बगैँचामा जानुभयो । उहाँ बगैँचाको एउटा धरहरामा चढ्नुभयो र त्यहाँ परमेश्वरलाई प्रार्थना गर्नुभयो । उहाँले जनहरूका लागि प्रार्थना गर्नुभयो ।

नफीलाई प्रार्थना गरिरहेको हेरिरहेका मानिसहरू; नफी जनहरूलाई सिकाउँदै

केही मानिसहरूले धरहरामा नफीलाई देखे । तिनीहरू सुन्नका लागि रोकिए र सुन्नका लागि अरूहरूलाई एकत्रित गरे । नफीले प्रार्थना गरेपछि, उहाँले तिनीहरूले हेरिरहेको देख्नुभयो र तिनीहरूलाई सिकाउन सुरु गर्नुभयो ।

मानिसहरू प्रार्थना गर्दै

नफीले मानिसहरूलाई पश्चात्ताप गर्न आग्रह गरे । कतिपयलाई नफीले सिकाएका विषय मन परेन । परन्तु अन्य धेरैले सुने! तिनीहरूले पश्चात्ताप गर्ने छनोट गरे र आफ्नो मार्ग परिवर्तन गरे ।

रङ्ग भर्ने पाना

कुखुरीले आफ्ना चल्लाहरू जम्मा गरे जस्तै येशूले हामीलाई एकत्रित गर्नुहुन्छ

alt text

एडम कोफोर्डद्वारा चित्रण

तपाईंहरू येशू ख्रीष्टबाट कसरी प्रेम महसुस गर्नुहुन्छ?