“पाठ २४: स्वास्थ्य,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ २४,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 24
Health
उद्देश्य: बिरामी हुँदा कसैलाई कस्तो महसुस हुन्छ भनेर वर्णन गर्न म सिक्ने छु ।
Personal Study
क देखि ख सम्मका क्रियाकालपहरू पूरा गरेर आफ्ना वार्तालापका समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Press Forward
अगाडि बढ्नुहोस्
With God’s help, I can press forward even when I face obstacles.
परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।
मोर्मोनको पुस्तकमा अगमवक्ता लहीले एउटा सपना देखे जसले हामीहरूलाई कसरी अगाडि बढ्ने भनेर सिकाएको थियो । उनले धेरै मानिसहरूलाई स्वादिष्ट फलहरू भएको सुन्दर वृक्षको मार्गमा हिँडिरहेको देखे । त्यो फल परमेश्वरको प्रेम थियो । मार्गमा तिनीहरूको यात्रा कठीन थियो किनभने “अन्धकारको कुहिरो” ले मार्गलाई ढाकेको थियो (१ नफी ८:२३) । सौभाग्यवश, त्यहाँ “फलामको छड” थियो जसलाई तिनीहरूले मार्गमा रहिरहन समाउन सक्थे (१ नफी ८:२४) । फलामको छड परमेश्वरको वचन हो, जसमा धर्मशास्त्रहरू समावेश छन् । लहीले तिनीहरूको यात्राका सम्बन्धमा यसो भने:
“अनि तिनीहरू अगाडि आए र फलामको छडको छेउमा समाते; अनि अगाडि नआउँदासम्म फलामको छडलाई निरन्तर रूपमा दह्रिलोसँग समात्दै … अनि तिनीहरूले वृक्षको फल खाए” (१ नफी ८:३०) ।
परमेश्वरमा भरोसा राख्दैतिनीहरू छडमा समातेर अगाडि बढिरहेका कारण मानिसहरू, वृक्षसम्म पुगे । जब अन्धकार छायो तिनीहरू विचलित वा निरुत्साहित भएनन् । तपाईंहरू अङ्ग्रेजी सिक्न कठीन परिश्रम गर्दै हुनुहुन्छ । कहिलेकाहीँ तपाईंहरूलाई थकाइ लाग्छ र अध्ययन गर्न मन लाग्दैन । कहिलेकाहीँ त्यहाँ अन्य विषयहरू हुन्छन् जसलाई तपाईंहरूको ध्यान र समय आवश्यक हुन्छ । जे भए तापनि तपाईंहरूले अध्ययन गर्ने तरिकाहरू पत्ता लगाउनुभएको छ । अब नरोक्नुहोस् । येशू ख्रीष्टमा आशा सँगै अगाडि बढ्दै जाँदा तपाईंहरूले शिक्षा प्राप्त गर्न निरन्तरता दिन सक्नुहुन्छ ।
Ponder
-
अङ्ग्रेजी सिक्नमा तपाईंहरूको “अन्धकारको तुवाँला के-के हुन्?
-
पढाइ कठीन हुँदा पनि तपाईंहरूले कसरी अगाडि बढ्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्नका लागि फ्ल्याशकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंहरू कागज वा एप प्रयोग गर्न सक्नुहुन्छ ।
How do you feel? |
तपाईंहरू अहिले कस्तो महसुस गर्नु हुन्छ? |
Nouns
backache |
ढाड दुख्ने |
cold |
रुघा |
diarrhea |
पखाला |
earache |
कान दुख्ने |
headache |
टाउको दुख्ने |
sore throat |
घाँटी दुख्ने |
stomachache |
पेट दुख्ने |
toothache |
दाँत दुख्ने |
Adjectives
congested |
उकुस्मुकुस् हुनु |
dizzy |
रिङ्गटा लाग्नु |
nauseated |
वाकवाक लाग्नु |
sick |
बिरामी |
tired |
थकित |
weak |
कमजोर हुनु |
Verbs
breathe |
सास फेर्नु |
eat nuts |
काजुबदाम खानु |
run |
दौडनु |
stand up |
उठ्नु |
work |
काम |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: How do you feel?A: I have a (noun).
Examples
Q: How do you feel?A: I have a sore throat.
Q: How does he feel?A: He has diarrhea.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।
Q: Do you feel (adjective)?A: I feel (adjective) when I (verb).
Examples
Q: Do you feel dizzy?A: I feel dizzy when I stand up.
Q: Does she feel nauseated?A: She feels nauseated when she eats nuts.
Use the Patterns
तपाईंहरूले सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । हरेक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
एउटा मानिस छनौट गर्नुहोस् । आफ्नो सहपाठीलाई आफूले छनोट गरेको व्यक्ति नभन्नुहोस् । व्यक्ति अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
cough |
खोकी |
fever |
ज्वारो |
runny nose |
नाक बगेको |
sneeze |
हाच्छ्युँ गर्नु |
throw up |
बान्ता गर्नु |
Example
सहपाठी क ले भर्जिल छनोट गर्नुहुन्छ ।
-
B: Does he or she feel dizzy?
-
A: Yes, he feels dizzy.
-
B: Does he have a cough?
-
A: No, he doesn’t have a cough.
-
B: Is it Virgil?
-
A: Yes.
Sun Wen
-
She feels dizzy.
-
She is tired.
-
She feels nauseated.
-
She has a fever.
-
She throws up a lot.
Virgil
-
He feels weak.
-
He is tired.
-
He feels dizzy.
-
He has a fever.
-
He has diarrhea.
Aamir
-
He feels congested.
-
He has a fever.
-
He sneezes a lot.
-
He has a cough.
-
He has a sore throat.
Frida
-
She feels congested.
-
She has a sore throat.
-
She sneezes a lot.
-
She has a cold.
-
She has a cough.
Franz
-
He feels weak.
-
He is tired.
-
He feels nauseated.
-
He has a fever.
-
He has diarrhea.
Louis
-
He can’t breathe well.
-
He has a fever.
-
He sneezes a lot.
-
He has a cough.
-
He has a runny nose.
Sarai
-
She can’t breathe well.
-
She has a sore throat.
-
She sneezes a lot.
-
She has a cold.
-
She has a runny nose.
Anja
-
She is weak.
-
She is tired.
-
She is nauseated.
-
She has a fever.
-
She throws up a lot.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तल दिइएका परिस्थितिका आधारमा भूमिका निर्वाह गर्नुहोस् । सहपाठी क ले प्रश्नहरू सोध्नुहुन्छ । सहपाठी ख ले जवाफ दिनुहुन्छ । यस पाठ वा पाठ २३बाट नमूना र शब्दावली प्रयोग गर्नुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । भूमिका परिवर्तन गर्नुहोस् ।
Example
सहपाठी क एक नर्स हुनुहुन्छ । सहपाठी ख पखाला लागेका बिरामी हुनुहुन्छ।
-
A: How do you feel?
-
B: My stomach hurts.
-
A: Do you have a fever?
-
B: No, I don’t.
-
A: Do you have diarrhea?
-
B: Yes, I have diarrhea.
-
A: Do you feel nauseated?
-
B: I feel nauseated when I eat.
Situation 1
सहपाठी क साथी हुनुहुन्छ । साथीलाई रुघा लागेको कारण सहपाठी ख ले आफ्नो साथीलाई फोन गर्नुहुन्छ ।
Situation 2
सहपाठी क डाक्टर हुनुहुन्छ । सहपाठी ख डाक्टरकहाँ जानुहुन्छ किनभने उहाँले बिरामी र कमजोर भएको महसुस गर्नुहुन्छ ।
Situation 3
सहपाठी क परिवारको एक सदस्य हुनुहुन्छ । सहपाठी ख बिरामी भएको महसुस गर्नुहुन्छ र परिवारका सदस्यसँग संवाद गर्नुहुन्छ ।
Situation 4
सहपाठी क एक नर्स हुनुहुन्छ जसले टेलिफोनमा उत्तर दिनुहुन्छ । सहपाठी ख ले फोन गर्नुहुन्छ किनभने उहाँको ढाड दुखेको छ र राम्रोसँग सास फेर्न सक्नुहुँदैन ।