धर्मशास्त्रहरू
सुसमाचार पुस्तकालय एप प्रयोग गर्ने तरिका


“सुसमाचारको पुस्तकालय एप प्रयोग गर्ने तरिका,” धर्मशास्त्र अध्ययनका तरिकाहरू (२०२१)

“सुसमाचारको पुस्तकालय एप प्रयोग गर्ने तरिका,” धर्मशास्त्र अध्ययनका तरिकाहरू

छवि
ट्याब्लेटमा हेरिरहेकी महिला र बालक

सुसमाचार पुस्तकालय एप प्रयोग गर्ने तरिका

सुन्ने

धर्मशास्त्रहरूको अध्ययन गर्ने एउटा उत्कृष्ट तरिका भनेको रेकर्डिङहरू सुन्ने हो । तपाईंले यो कार्य आफ्नो घर वा कुनै पनि स्थानमा गर्न सक्नुहुन्छ । तपाईं फरकफरक गति र विभिन्न भाषाहरूमा पनि सुन्न सक्नुहुन्छ ।

विषय अनुसार अध्ययन गर्ने

तपाईं खोज फङ्शन प्रयोग गरेर र त्यसपछि सान्दर्भिक खोज नतिजाहरूको समीक्षा गरेर दिइएको विषयकसँग सम्बन्धित धर्मशास्त्रहरू पत्ता लगाउन सक्नुहुन्छ । तपाईं दिइएको विषयका लागि प्रमुख धर्मशास्त्रहरू उपलब्ध गराउने सुसमाचारका विषयहरू को प्रकाशन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

विषयअनुसार व्यवस्थित गर्ने

तपाईं “ट्यागहरू” र “नोटबुकहरू” प्रयोग गरेर विषय अनुसार सामग्री व्यवस्थित गर्न सक्नुहुन्छ । तपाईंले कुराकानी वा पाठको तयारी गर्दा यी विषयहरू उपयोगी हुन सक्छन् ।

हाइलाइट

तपाईं प्यासेज चयन गरेर अनि त्यसपछि शैली छनोट गरेर आफ्ना धर्मशास्त्रहरू हाइलाइट गर्न वा चिन्ह लगाउन सक्नुहुन्छ । शैली विभिन्न रङहरू र अन्डरलाइन वा हाइलाइटको सम्मिश्रण हुन सक्छ ।

लिङ्कहरू सिर्जना गर्नुहोस्

तपाईं धर्मशास्त्र, सामान्य सम्मेलनका सन्देशहरू र अन्य सामग्रीबीच लिङ्कहरू सिर्जना गर्न सक्नुहुन्छ । यसले तपाईंलाई सम्झन र तपाईंले बनाएका सम्बन्धहरूसम्म छिटो पुग्न मद्दत गर्न सक्छ।

परिभाषाहरू हेर्नुहोस्

तपाईंले “परिभाषित गर्नुहोस्” बटनमा ट्याप गरी यसलाई छनौट गरेर धर्मशास्त्रहरूमा शब्दको परिभाषा सजिलै हेर्न सक्नुहुन्छ ।

बुकमार्क र स्क्रिनहरू प्रयोग गर्नुहोस्

तपाईं निश्चित स्थान र स्क्रिनहरूको ट्र्याक राख्न बुकमार्कहरू प्रयोग गरेर सामग्री चयन गर्नका लागि द्रुत रूपमा पछाडि जान सक्नुहुन्छ । बुकमार्कहरू प्रयोग गर्नाले तपाईंलाई विभिन्न च्याप्टरहरू र अन्य सामग्ररी एउटै समयमा खोल्न अनुमति दिन सक्छ ।

तालिका सेट गर्नुहोस्

तपाईं आफूलाई धर्मशास्त्रहरूको अध्ययनको आफ्नो प्रगति ट्र्याक गर्न मद्दत गर्ने अध्ययन योजना सिर्जना गर्न सक्नुहुन्छ । तपाईं आफूलाई आफ्ना अध्ययन लक्ष्यहरू हासिल गर्नमा मद्दत गर्ने रिमाइन्डरहरू पनि सेट गर्न सक्नुहुन्छ । तालिकाले तपाईंलाई आऊ मलाई अनुसरण गर तालिका लाई अनुशरण गर्न वा मर्मोनको पुस्तक व्यक्तिगत रूपमा पढ्न मद्दत गर्न सक्छ ।

प्रिन्ट गर्नुहोस्