धर्मशास्त्रहरू
तपाईंको व्यक्तिगत धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू


“तपाईंको व्यक्तिगत धर्मशास्त्र अध्ययन सुधार गर्ने तरिकाहरू,” धर्मशास्त्र अध्ययनका तरिकाहरू (२०२१)

“तपाईंको व्यक्तिगत धर्मशास्त्र अध्ययन सुधार गर्ने तरिकाहरू” धर्मशास्त्र अध्ययनका तरिकाहरू

छवि
धर्मशास्त्रहरू अध्ययन गरिरहेको महिला

तपाईंको व्यक्तिगत धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू

धर्मशास्त्रमा भगवानको शब्दको आफ्नो अध्ययन परिष्कृत गर्ने केही सामान्य तरिकाहरू यहाँ छन् ।

प्रेरणाका लागि प्रार्थना गर्ने

धर्मशास्त्रहरूमा परमेश्वरशब्द समावेश हुन्छ । तपाईंले तिनीहरूको अध्ययन गर्दा, उहाँको मार्गदर्शनका लागि र तिनीहरूलाई बुझ्न मद्दत गर्न उहाँको आत्मा प्राप्त गर्नका लागि स्वर्गमा रहनुहुने आफ्ना पितालाई अनुरोध गर्नुहोस् ।

येशू ख्रीष्टका बारेमा सत्यहरूको खोजिगर्नुहोस्

धर्मशास्त्रहरूले ख्रीष्ट प्रमाणित गर्ने सबै कुराहरू हामीलाई सिकाउँछन् (हेर्नुहोस् २ नफी ११:४; मोसा ६:६३), त्यसकारण उहाँलाई धर्मशास्त्रहरूका घटना, कथा र शिक्षाहरूमा हेर्नुहोस् । मुक्तिदाता र उहाँलाई कसरी अनुशरण गर्ने भन्नेबारे सिकाउने पदहरूमा ध्यान दिने वा तिनलाई चिन्ह लगाउन बारे विचार गर्नुहोस् ।

प्रेरणादायक शब्द र वाक्यांशहरू खोज्नुहोस्

तपाईं आफूलाई प्रभावित गर्ने धर्मशास्त्रहरूमा आफ्ना लागि विशेष रूपमा लेखिए जस्तै निश्चित शब्द र वाक्यांशहरू पत्ता लगाउन सक्नुहुन्छ । व्यक्तिगत रुपमा तिनीहरू तपाईंका लागि सान्दर्भिक लाग्न सक्छन् र तपाईंलाई प्रेरणा दिन अनि उत्प्रेरित गर्न सक्छन्। आफ्ना धर्मशास्त्रहरूमा तिनीहरूलाई चिह्न लागाउन वा तिनीहरूका बारे अध्ययन जर्नलमा लेख्ने बारे विचार गर्नुहोस् ।

सुसमाचारका सत्यहरू बारे खोजी गर्नुहोस्

कहिलेकाहीँ सुसमाचारका सत्यहरू (प्राय: शिक्षा वा सिद्धान्तहरू भनिन्छ) सिधैं उल्लेख गरिन्छ र कहिलेकाहीँ तिनीहरूलाई उदाहरण वा कथाबाट अन्तर्निहित गरिन्छ । “यी पदहरूमा कस्ता सुसमाचारका सत्यहरू सिकाइन्छ” भनी आफूलाई सोध्नुहोस् ?

आत्माको कुरा सुन्नुहोस्

तपाईंका विचार र अनुभवहरू तपाईंले अध्ययन गरिरहेका विषयहरूसँग असम्बन्धित देखिए तापनि तिनीहरूमा ध्यान दिनुहोस् । यी विचारहरू स्वर्गमा रहनुहुने तपाईंका पिता तपाईंलाई जान्न र महसुस गराउन चाहने पहिलो कुराहरू हुन सक्छन् ।

छवि
धर्मशास्त्रहरू अध्ययन गरिरहेकी महिला २

धर्मशास्त्रलाई तपाईंको जीवनसँग तुलना गर्नुहोस्

तपाईंले अध्ययन गरिरहेका कथा र शिक्षाहरू तपाईंको जीवनमा कसरी लागू हुन्छ भन्ने कुराको विचार गर्नुहोस् । उदाहरणका लागि, “मैले अनुभव गरेका कस्ता अनुभवहरू मैले अध्ययन गरिरहेको कुन कुरासँग समान छ” वा “धर्मशास्त्रहरूमा भएको यो व्यक्तिको उदाहरण कसरी अनुशरण सक्छु” ? भनी आफूलाई आफु स्वयंलाई सोध्न सक्नुहुन्छ

प्रश्नहरू सोध्ने

सुसमाचारका सिद्धान्तहरू बारे प्रश्नहरू सोध्नाले के अध्ययन गर्ने भनी निर्णय गर्नमा मद्दत गर्न सक्छ । तपाईंले धर्मशास्त्रहरूको अध्ययन गर्दा, प्रश्नहरू मष्तिस्कमा पनि आउन सक्छन् । यी प्रश्नहरू तपाईंले पढिरहेको वा तपाईंको सामान्यतया जीवनसँग सम्बन्धित हुन सक्छन् । यी प्रश्नहरूलाई मनन गर्नुहोस् र तपाईं धर्मशास्त्रहरूको अध्ययन गर्न जारी राख्दा जवाफहरू खोज्नुहोस् । तपाईंको अध्ययनपछि, भगवानलाई तपाईंलाई थप के सिकाउनुहुन्छ भनी सोध्नुहोस् र आउँदो घण्टा र दिनमा जवाफहरू हेर्नुहोस् ।

धर्मशास्त्र अध्ययनका मद्दतहरू प्रयोग गर्नुहोस्

तपाईंले अध्ययन गर्दा पदहरूमा अतिरिक्त अन्तरदृष्टिहरू हासिल गर्नका लागि, फुटनोट, स्थानिक मार्गदर्शक, बाइबल शब्दकोष, धर्मशास्त्रहरूमा मार्गदर्शक (scriptures.ChurchofJesusChrist.org) र अन्य अध्ययन मद्दतहरू प्रयोग गर्नुहोस् ।

धर्मशास्त्रका सन्दर्भलाई विचार गर्नुहोस्

तपाईंले धर्मशास्त्रको कुनै सन्दर्भ-परिस्थिति वा धर्मशास्त्रको सेटिङलाई विचार गर्नुभयो भने तपाईंले त्यसबारे अर्थपूर्ण अन्तरदृष्टि पाउन सक्नुहुन्छ। उदाहरणका लागि, अगमवक्ताले उल्लेख गरेका मानिसहरूको पृष्ठभूमि र विश्वासहरू बुझ्नाले तपाईंलाई उहाँका सन्देशहरूको उद्देश्य बुझ्न मद्दत गर्न सक्छ।

छवि
धर्मशास्त्रहरू अध्ययन गरिरहेको मानिस

आफ्ना विचार र अनुभवहरूलाई रेकर्ड गर्नुहोस्

तपाईंले अध्ययन गर्दै गर्दा आउने विचारहरू रेकर्ड गर्ने धेरै तरिकाहरू छन् । उदाहरणका लागि, तपाईं अर्थपूर्ण शब्द वा वाक्यांश चिन्हित गर्न र आफ्ना धर्मशास्त्रहरूमा आफ्ना विचारहरू नोटका रूपमाा रेकर्ड गर्न सक्नुहुन्छ । तपाईं आफूले प्राप्त गर्ने अन्तरदृष्टि, विचारर अनुभव हरूको जर्नल पनि राख्न सक्नुहुन्छ वा तपाईंलाई मार्गदर्शन गरिएका जवाफहरू सँगैतपाईंको अध्ययन सुरु गर्नुभन्दा अगाडि तपाईंलाई सोधिएका प्रश्न तपाईं रेकर्ड गर्न सक्नुहुन्छ ।

पछिल्ला दिनका अगमवक्ता र प्रेरितहरूका वचनहरू अध्ययन गर्नुहोस्

पछिल्ला दिनका अगमवक्ताहरू र प्रेरितहरूले तपाईंले धर्मशास्त्रमा पत्ता लगाएका सिद्धान्तहरूका बारेमा के सिकाउनुभएको छ अध्ययन गर्नुहोस्। उहाँहरूका सन्देशहरू “साधारणसम्मेलन,” “पत्रपत्रिका” र सुसमाचार पुस्तकालयका अन्य सङ्कलनहरूमा उपलब्ध छन् ।

कथाहरू पढ्ने

धर्मशास्त्रहरूमा कथाहरूका विषय (समय, स्थान, वक्ता र दर्शक) बुझ्न खोज्दै ती कथाहरू अध्ययन गर्नुहोस् । चित्रण गरिएका धर्मशास्त्रका कथाहरू यसका लागि उत्कृष्ट स्रोत हुन्, विशेषगरी धर्मशास्त्रहरूसँग कम परिचित भएका बालबालिका र सदस्यहरूका लागि ।

अन्तरदृष्टिहरू साझा गर्ने

तपाईंको व्यक्तिगत अध्ययनका निरीक्षणहरू छलफल गर्ने भनेको अन्य व्यक्तिहरूलाई सिकाउने र तपाईंले अध्ययन गर्नुभएका विषयहरूका बारेमा तपाईंको बुझाइलाई मजबुत बनाउन मद्दत गर्ने राम्रो तरिका हो ।

आफ्नो अध्ययनअनुसार जिउने

धर्मशास्त्र अध्ययनले हामीलाई प्रेरित गर्न सक्छ र हामीले जिउने तरिका परिवर्तन गर्नमा हामीलाई नेतृत्व गर्न सक्छ । अध्ययन गर्दै जाँदा आत्माले तपाईंलाई के गर्न प्रेरित गर्छ भन्ने कुरा सुन्नुहोस् र त्यसपछि ती प्रोत्साहनका आधारमा कार्य गर्नुहोस् ।

प्रिन्ट गर्नुहोस्