धर्मशास्त्रहरू किन अध्ययन गर्ने? धर्मशास्त्र अध्ययनका तरिकाहरू (२०२१)
“धर्मशास्त्रहरू किन अध्ययन गर्ने?” धर्मशास्त्र अध्ययनका तरिकाहरू
धर्मशास्त्रहरू किन अध्ययन गर्ने?
हामीले धर्मशास्त्रहरू लगनशीलतापूर्वक अध्ययन गर्दा, हामी येशू ख्रीष्टको नजिक भयौं र उहाँको सुसमाचार र प्रायश्चितको बलिदानलाई अझै राम्रोसँग बुझ्यौं । अगमवक्ता नफीले हामीलाई यो तरिकाका लागि प्रोत्साहन गर्नुभएको छ :
”यसकारण, तिमीहरूले ख्रीष्टमा आशाको पूर्ण चमक र परमेश्वर र सबै मानिसहरूको प्रेमसँगै दृढताका साथ अगाडि बढ्नुपर्छ। त्यसकारण, यदि तिमी येशूको शब्दमा आनन्दित भएर अडिग रही अगाडि बढ्नेछौ र अन्तसम्म दृढ रहेनछौ, अवलोकन गर्नेछौ भने, पिता यसो भन्नुहुन्छ “तिमीले अनन्त जीवन प्राप्त गर्नेछौ” (२ नफी ३१:२०)
धर्मशास्त्रका शिक्षाहरूले हामीलाई हाम्रा स्वर्गका पितामा फर्कन मद्दत गर्नेछ। पछिल्ला दिनका हाम्रा अगमवक्ताहरूले हामीलाई व्यक्तिगत रुपमा र जहाँ उपयोग हुन्छ, परिवारका रुपमा नियमित अध्ययन गर्न आग्रह गर्नुभएको छ। १ नफि १९:२३ मा नफिले सल्लाह दिए जस्तै उहाँहरूले हामीलाई धर्मशास्त्रमा भएका ती अनुभवहरूबाट सिक्न र धर्मशास्त्रका विवरणहरू र शिक्षाहरूलाई आज हाम्रो जीवनमा लागू गर्न आमन्त्रण गर्नुभएको छ। प्राचीन र आधुनिक दुबै अगमवक्ताहरूले हामीलाई धर्मशास्त्र अध्ययन गर्न र “ख्रीष्टका वचनहरूमा भोज” गर्न आमन्त्रण गर्नुभएको छ। (२ नफी ३२:३) ।
अध्यक्ष रसेल एम. नेल्सनले पनि धर्मशास्त्रहरूमा “भोज” बारे यो महत्त्वपूर्ण सत्यता सिकाउनु भएको छ:
“”भोज खानुको अर्थ स्वाद लिनु भन्दा बढी हो। भोज खानुको अर्थ स्वाद लिनु हो। हामी आनन्ददायी खोज र विश्वासयोग्य आज्ञाकारिताको भावनामा अध्ययन गरेर धर्मशास्त्रहरूबाट स्वाद लिन्छौँ। हामी ख्रीष्टकावचनहरूमा दृढ रहँदा, तिनीहरू ‘मुटुका मांसपेशी टेबलहरू’ [२ कोरिन्थी ३:३] मा अन्तर्निहित हुन्छन्। तिनीहरू हाम्रो प्रकृतिका लाक्षणिक भाग बन्छन् ” (“धर्मशास्त्रको मार्गनिर्देशन अनुसार जीवनयापन,” Ensign, नोभेम्बर २०००, १७) ।
जब हामी निरन्तर व्यक्तिगत र पारिवारिक धर्मशास्त्र अध्ययनमा भाग लिन्छौं, हामी र हाम्रो परिवारलाई हाम्रा दिनका धेरै चुनौतीहरू विरुद्ध निर्देशित, सुरक्षित र बलियो बनाउन सकिन्छ।