धर्मशास्त्रहरू
तपाईंको परिवारको धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू


“तपाईंको परिवारको धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू,” धर्मशास्त्र अध्ययनका तरिकाहरू (२०२१)

“तपाईंको परिवारको धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू,” धर्मशास्त्र अध्ययनका तरिकाहरू

छवि
परिवारहरूले अध्ययन गर्ने धर्मशास्त्रहरू

तपाईंको परिवारको धर्मशास्त्र अध्ययनलाई सुधार गर्ने तरिकाहरू

नियमित पारिवारिक धर्मशास्त्र अध्ययन भनेको तपाईंको परिवारलाई सुसमाचार अध्ययन गर्नमा मद्दत गर्ने महत्वपूर्ण तरिका हो । परिवारको रूपमा तपाईं कति र कति लामो समयसम्म पढ्नुहुन्छ भन्ने कुरा तपाईंका प्रयासहरू निरन्तर हुँदासम्म महत्त्वपूर्ण हुँदैनन् । तपाईंले धर्मशास्त्रको अध्ययनलाई आफ्नो पारिवारिक जीवनको महत्त्वपूर्ण भाग बनाउँदा, तपाईंले आफ्ना परिवारका सदस्यहरूलाई येशू ख्रीष्टको अत्यन्तै निकट आउन र उहाँको शब्दको प्रतिष्ठानमा आफ्ना कथनहरू निर्माण गर्न मद्दत गर्नुहुनेछ ।

निम्न प्रश्नहरूबारे विचार गर्नुहोस्:

  • तपाईं परिवारका सदस्यहरूलाई आफैं धर्मशास्त्रहरू पढ्न कसरी प्रोत्साहन गर्न सक्नुहुन्छ ?

  • तपाईं आफ्ना परिवार सदस्यहरूलाई उनीहरूले अध्ययन गरिरहेका विचार बाँढ्नका लागि प्रोत्साहन गर्न के गर्न सक्नुहुन्छ ?

  • तपाईं प्रत्येक दिनका शिक्षण पलहरूमा धर्मशास्त्रहरूमा अध्ययन गरिरहेका सिद्धान्तहरूलाई कसरी महत्त्व दिन सक्नुहुन्छ ?

घर सुसमाचार अध्ययन र शिक्षणका लागि आदर्श हो भन्ने विषय स्मरण गर्नुहोस् । तपाईं चर्चका कक्षामा सम्भव नहुने तरिकाहरूमा घरमा सुसमाचार अध्ययन गर्न र शिक्षा दिन सक्नुहुन्छ । तपाईंले आफ्नो परिवारलाई धर्मशास्त्रहरूबाट अध्ययन गर्नमा मद्दत गर्ने तरिकाहरूबारे विचार गर्दा सिर्जनात्मक बन्नुहोस् । तपाईंको परिवारको धर्मशास्त्र अध्ययनलाई परिष्कृत गर्न निम्न केही उपायहरूबारे विचार गर्नुहोस् ।

सङ्गीत प्रयोग गर्ने

धर्मशास्त्रहरूमा पढाइएका सिद्धान्तहरूलाई सुदृढ बनाउने गीतहरू गाउनुहोस् ।

छवि
धर्मशास्त्रहरू अध्ययन गरिरहेको बालबालिकाहरू

अर्थपूर्ण धर्मशास्त्रहरू साझा गर्ने

परिवारका सदस्यहरूलाई उनीहरूले आफ्नो व्यक्तिगत अध्ययनको अवधिमा अर्थपूर्ण लागेका धर्मशास्त्र अनुच्छेदहरू बाँढ्न समय दिनुहोस् ।

तपाईंका आफ्नै शब्दहरू प्रयोग गर्ने

परिवारका सदस्यहरूले तपाईंले अध्ययन गर्नुभएका धर्मशास्त्रहरूबाट के कुरा थाहा पाउनुभयो भनी आफ्नै शब्दमा संक्षिप्त विवरण दिन उहाँहरूलाई निमन्त्रणा दिनुहोस् ।

धर्मशास्त्रहरूलाई आफ्नो जीवनमा लागू गर्ने

धर्मशास्त्रको अनुच्छेद पढेपछि, परिवारका सदस्यहरूलाई आफ्ना जीवनमा अनुच्छेद लागू हुने तरिकाहरूबारे सोध्नुहोस् ।

प्रश्न सोध्ने

परिवार सदस्यहरूलाई सुसमाचार प्रश्न सोध्न निमन्त्रणा गर्नुहोस् र त्यसपछि प्रश्नको जवाफ दिन मद्दत गर्न सक्ने पदहरू खोज्दै समय बिताउनुहोस् ।

कुनै धर्मशास्त्र देखाउने

तपाईंलाई अर्थपूर्ण लाग्ने पद चयन गर्नुहोस् र परिवार सदस्यहरूले यसलाई प्राय: देख्ने ठाउँमा राखेर प्रदर्शन गर्नुहोस् । परिवारका सदस्यहरूलाई प्रदर्शन गर्नका लागि पालैपालो धर्मशास्त्र चयन गर्न निमन्त्रणा गर्नुहोस् ।

धर्मशास्त्रको सूची बनाउने

परिवारको रूपमा, तपाईंले आउँदो हप्ताको अवधिमा छलफल गर्न चाहने विभिन्न पद हरूको छनोट गर्नुहोस् ।

धर्मशास्त्रहरू स्मरण राख्ने

तपाईंको परिवारलाई अर्थपूर्ण हुने धर्मशास्त्रको अनुच्छेद चयन गर्नुहोस् र परिवार सदस्यहरूलाई स्मरण गर्नका लागि यसलाई दैनिक दोहोर्याएर वा खेल खेलेर यसलाई स्मरण गर्न निमन्त्रणा दिनुहोस् ।

वस्तुका पाठहरू साझा गर्ने

पारिवारिक रुपमा तपाईंले गरिरहनुभएका अध्याय र पदहरूसँग सम्बन्धित हुने विषयवस्तुहरू पत्तालगाउनुहोस् । प्रत्येक वस्तु धर्मशास्त्रहरूका शिक्षाहरूसँग कसरी सम्बन्धित छन् भन्नेबारे कुराकानी गर्न परिवार सदस्यहरूलाई आमन्त्रण गर्नुहोस् ।

छवि
बालकलाई सिकाउँदै महिला

शीर्षक अनुसार खोजी गर्नुहोस्

परिवारका सदस्यहरूलाई पालै-पालो परिवारले एकसाथ अध्ययन गर्ने विषय छनोट गरेर गर्न दिनुहोस् । विषयबारे धर्मशास्त्रका अनुच्छेदहरू पत्ता लगाउनका लागि प्रासङ्गिक मार्गदर्शक, बाइबल शब्दकोष वा धर्मशास्त्रहरू सम्बन्धी मार्गदर्शक (scriptures.ChurchofJesusChrist.org) प्रयोग गर्नुहोस् ।

तस्बिर कोर्ने

पारिवारिक रुपमा केही पदहरू अध्यन गर्नुहोस् त्यसपछि परिवारका सदस्यहरूलाई तपाईंले अध्यन विषयहरूसँग सम्बन्धित केही विचारहरू लेख्न समय दिनुहोस् । एक-अर्काका चित्रहरू बारे छलफल गरेर समय बिताउनुहोस् ।

कुनै कथाको अभिनय गर्नुहोस् ।

कथा अध्यन गरिसकेपछि, परिवारका सदस्यहरूलाई त्यसको अभिनय गर्न आमन्त्रण दिनुहोस् । त्यसपछि, तपाईंले व्यक्तिगत र पारिवारिक रुपमा अनुभव गरिरहेका विषयवस्तुहरूसँग कथा कसरी सम्बन्धित हुन्छ भन्नेबारे छलफल गर्नुहोस् ।

एल्डर डेभिड ए. बेडनारले: “प्रत्येक परिवारको प्रार्थना, परिवार धर्मशास्त्र अध्ययनको प्रत्येक प्रसङ्ग र प्रत्येक गृह साँझ हाम्रा आत्माहरूका कान्भाहरूमा ब्रशस्ट्रोकमा हो । कसैको पनि घटना एकदमै गम्भीर वा स्मरणीय हुन सक्दैन । तर जसरी पहेंलो र सुन अनि खैरो रङ्गका स्ट्रोकहरूले एकअर्कालाई पूरक बनाउँछन् अनि प्रभावशाली उत्कृष्ट कृति उत्पादन गर्छन्, त्यसैगरी साना देखिने कुराहरूमा हाम्रो निरन्तरताले महत्त्वपूर्ण आध्यात्मिक परिणामहरू ल्याउन सक्छन्। (“घरमा थप उद्यमी र चिन्तित,” लियाहोना, नोभेम्बर २००९, १९–२०) ।

प्रिन्ट गर्नुहोस्