चयन गर्नुहोस् यो दिन तपाईले
हाम्रो अनन्त खुशीको परिणाम हामीले छनौट गर्ने जीवित परमप्रभु र उहाँको कार्यमा सहभागी हुनुमा भरपर्छ।
काल्पनिक पात्र मेरी पपिन्स एक साधारण अंग्रेजी स्याहारे हुन् - जो एक चमत्कारी थिइन् । समस्यामा परेका एडवार्डियन लन्डनको १७ नम्बर, चेरि ट्री लेनमा बस्ने ब्यांक्स परिवारलाई सहयोग गर्न उनी पूर्वबाट बहने हावा संगै आउँछिन् । उनलाई जेन र माइकल भन्ने दुई बालबालिकाको जिम्मा दिइन्छ । कडाइ तर दयाका तरिकामा उनले तिनीहरूलाई मन्त्रमुग्ध पार्ने स्पर्शका साथ् बहुमुल्य पाठहरू सिकाउन थाल्छिन् ।
जेन र माइकलले धेरै प्रगति गर्छन्, तर मेरीले निर्णय गर्छिन् कि उनका निम्ति त्यहाँबाट छाडेर हिड्ने समय भयो । मंचको प्रदर्शनमा मेरीको चिम्नी बढार्ने साथी वर्टले उनलाई छोडेर नजानकोलागि मनाउन प्रयास गर्छन् । उनले तर्क गर्छन्, “तर ती असल नानिहरू हुन्, मेरी ।”
मेरीले जवाफ दिन्छिन्, “यदि उनीहरू असल नभएको भए के मैले दुख गर्थें होला र? तर यदि उनीहरूले मेरो सहयोग स्वीकार्न चाहांदैनन् भने मैले उनीहरूलाई सहयोग गर्न सक्दिन,अनि सबै जानेका बालबालिकाहरू सिकाउन जति गार्हो अरु कसैलाई सिकाउन हुँदैन ।”
वर्टले सोध्छन, “त्यसो भए के त?”
मेरीले उत्तर दिन्छिन्, “अरू बाँकी उनीहरू आँफैले गर्नुपर्छ ।”
दाजुभाई दिदीबहिनी हो, जेन र माइकल ब्यांकस् जस्तै, हामी पनि “असल बालबालिका” हौँ जसका निमित्त चिन्तित हुन योग्य छ । हाम्रो स्वर्गीय पिता हामीलाई सहयोग गर्न र आशिष दिन चाहानुहुन्छ, तर हामी कहिलेकाही उहाँलाई येसो गर्न दिंदैनौं । कहिलेकाही हामी आफुलाई सबैकुराको ज्ञान भए जस्तो गर्छौं । अनि हामीले पनि “अरू बाँकि भाग” आँफै गर्नु पर्छ । त्यसैले हामी हाम्रो पूर्ब जीवनको स्वर्गीय घरबाट पृथ्वीमा आएका हौँ । हाम्रो “बाँकी भागमा” हामीले गर्नुपर्ने चयन पर्छन् ।
हाम्रो स्वर्गीय पिताका हेरविचार गर्नुको लक्ष्य जे सहि हो त्यो गर्न लगाउनु हैन; यो हो कि उहाँ आफ्ना सन्तानहरूलाई सहि के हो त्यसको चयन गर्न लगाउनु र अन्तत: उहाँ जस्तै बन्न लगाउनु हो । यदि उहाँले हामी आज्ञाकारी भएको मात्र देख्न चाहने भए, उहाँले हाम्रो व्यवहारलाई असर गर्न हामीलाई तत्कालिन पुरस्कार अथवा सजायको प्रयोग गर्नुहुन्थ्यो ।
तर परमेश्वरलाई उहाँका सन्तानलाई सिलेस्तीयल बैठककोठामा उहाँका चप्पल नचपाउने तालिम प्राप्त र आज्ञाकारी “पाल्तु जनावर” बनाउने कुरामा कुनै रुची छैन । होइन, परमेश्वरले उहाँका सन्तान आत्मिक रुपमा हुर्कियर पारिवारिक व्यावसायमा सामिल भएको चाहनुहुन्छ ।
परमेश्वरले एक योजना स्थापना गर्नुभयो जसबाट हामी उहाँको आधिराज्यमा उत्तराधिकारी बन्न सक्छौं, एक करारले भरिएको बाटो जसले हामीलाई उहाँ जस्तै बन्न अगुवाई गर्छ, उहाँको जस्तै जीवन दिन्छ, र उहाँको उपस्थितिमा परिवारका साथ सदाका निम्ति बस्न सक्छौं । व्यक्तिगत चयन उहाँको योजनाका लागि’ महत्वपूर्ण थियो र छ, जसका बारेमा हामीले हाम्रो पूर्ब जीवनमा सिकेका थियौं । हामीले योजनालाई स्विकार्यौं र पृथ्वीमा आउनको लागि छनौट गर्यौं ।
हामीले हाम्रो आस्थाको अभ्यास गरेको र हाम्रो स्वतन्त्रतालाई सहि तरिकाबाट प्रायोग गरेको निश्चय गर्न, विष्मरणको पर्दाले हाम्रो मस्तिष्कलाई ढाकिएको छ ता कि परमेश्वरको योजनालाई हामीले बिर्सियोस् । त्यो पर्दा बिना, परमश्वोरको लक्ष्य प्राप्त हुँदैनथ्यो किनभने हामीले प्रगति गर्न सक्दैनथ्यौं र उहाँले चाहे जस्तै विश्वासिलो हकदार बन्न सक्दैन थियौं ।
अगमवक्ता लहिले भने: “यसकारण, परमप्रभु परमेश्वरले मानिसलाई क्षमता दिनुभयो कि उसले आफ्ना निम्ति काम गर्न सकोस । यसकारण, मानिसले एक या अर्काद्वारा प्रलोभित नभएसम्म आफ्नो लागि काम गर्न सकेन ।” एक आधारभूत तहमा हेर्दा, एक बाटो पिताको जेठो पुत्र, येशू ख्रीष्टद्वारा प्रतिनिधित्व गरिएको छ । अर्को बाटो स्वतन्त्रतालाई विनाश गर्दै शक्ति हत्याउन चाहाने सैतान, लुसिफ़रद्वारा प्रतिनितित्व गरिएको छ ।
येशू ख्रीष्टमा, “पिता संगको हाम्रो अधिबक्ता छ ।”आफ्नो प्रयाश्चितको वलिदान पुरा गरे पछि “ मानिसमाथिको उहाँको कृपाको अधिकारको दावा गर्न, स्वर्ग तिर लाग्नुभयो ।”अनि दयाको अधिकारको दावा गरेपछि, “उहाँले मानिसका सन्तानका तर्फबाट बोल्नुहुन्छ ।”
पितासामुको ख्रीष्टको हाम्रो तर्फबाटको वकालत विरोधात्मक हुदैन । येशू ख्रीष्ट जसले आफ्नो इच्छा पिताको इच्छामा निलिन दिनुभयो, उहाँले पिताले चाहे भन्दा बाहिरको केहि पनि अंगाल्नु हुँदैन । स्वर्गीय पिता निसन्देह हाम्रो सफलताको प्रसंसा गर्नुहुन्छ ।
ख्रीष्टको वकालत केहि हदसम्म हामीलाई यो सम्झाउन हो कि उहाँले हाम्रो पापको मूल्य तिर्नु भएको छ र कि परमेश्वरको कृपाको पहुँचबाट बाहिर कोहि पनि छैन ।ती जसले येशू ख्रीष्टमा विश्वास गर्छ, पश्चात्ताप गर्छ, बप्तिस्मा लिन्छ, र अन्त्यसम्म सहन्छ — एक प्रकिया जसबाट मेलमिलाप सुरुहुन्छ — उनीहरूलाई मुक्तिदाताले क्षमा दिनुहुन्छ, चंगाई दिनुहुन्छ, र उसका तर्फबाट वकालत गर्नुहुन्छ । हाम्रा निम्ति परमेश्वर सँगको मेलमिलापमा जमानत बस्न उहाँ हाम्रो मद्दत गर्ने, सल्लाहकार र मध्यस्थकर्ता हुनुहुन्छ ।
त्यो भन्दा धेरै फरक, लुसिफ़र एउटा दोष लगाउने र फन्दामा पार्ने हो । प्रकाशक यूहन्नाले लुसिफ़रको अन्तिम पराजयको विवरण दिए: “तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, अब हाम्रा परमेश्वरको मुक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ ।” किन? किनकि, “ हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याकिएको छ । र तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको कारण त्यसलाई जितेका छन् ।
लुसिफ़र यो दोषी हो । उसले हाम्रो पूर्ब जीवनमा हाम्रा विरुद्ध बोलेको थियो, र यो जीवनमा पनि हामि प्रतिको उसको निन्दा जारि छ । उसले हामीलाई घिसारेर तल झार्न खोज्दछ । उसले हामीलाई सदाको लागि दुख भोग्न परोस भन्ने चाहन्छ । ऊ नै त्यो हो जसले हामीलाई भन्दछ कि हामी पर्याप्त छैनौ, जसले हामीलाई भन्दछ कि हामी चाहिने जति असल छैनौं, जसले भन्दछ कि हामीलाई गल्तिबाट सुध्रने बाटो छैन । ऊ मुख्य मिचाहा हो, हामी तल परेको बेलामा हामीलाई गोदने ऊ नै हो ।
यदि लुसिफ़रले एक बालकलाई हिड्न सिकीरहेको भए र त्यो बालक लडेमा, ऊ त्यो बालकलाई हपार्थ्यो सजाँय दिन्थ्यो र प्रयास गर्न छाड भन्थ्यो । लुसिफ़रका व्यवहारले निराशा ल्याउँछ र अन्ततः सधै दुखि हुन्छ । यो झुठको पिता गलतको प्रचारक हो र उसले हामीलाई छल्न र पथभ्रम्श गर्न दुष्टताका साथ् लागि पर्छ, “किनकि ऊ खोज्छ कि सबै मानिस ऊ जस्तै दयनीय अवस्थामा होऊन् ।”
यदि ख्रीष्टले त्यो बालकलाई हिड्न सिकाउने हो भने त्यो बालक लड्दा उसलाई उठ्न सहयोग गर्नुहुन्थ्यो र अर्को कदम लिन प्रोत्साहन गर्नु हुन्थ्यो ।ख्रीष्ट सहयोगी र सल्लाहकार हुनुहुन्छ । उहाँका बाटाहरूले सदैव खुसियाली र आशा ल्याउँछन् ।
परमेश्वरको योजनामा हाम्रोलागि निर्देशनहरू शमावेष गरिएको छ, धर्मशास्त्रमा तिनलाई आज्ञाहरू भनिएको छ । यी आज्ञाहरू न त विचित्र छन्, न त हामीलाई आज्ञाकारी हुन तालिम दिनका निम्ति लाद्न भनी बनाइएका मनपर्दी नियमहरू हुन् । स्वर्गीय पितासामु फर्कनका लागि, र अनन्त खुसियाली प्राप्त गर्नका लागि आवश्यक र इश्वरियताका गुणहरूको विकाश गर्नसंग ती सम्बन्धित छन् । उहाँका आज्ञाहरू प्रतिको आज्ञाकारिता अन्धो हैन; हामी जानकारीका साथ् परमेश्वर र उहाँको बासस्थानसम्मको बाटो रोज्छौं। हम्रोलागि पनि आदम र हब्बाको जस्तै योजना हो, जसमा, “मुक्तिको योजनाको उनीहरूलाई जानकारी दिए पछि परमेश्वरले उनीहरूलाई आज्ञा दिनुभयो|” परमेश्वर हामी करारको बाटोमा हिंडेको देख्न चाहे पनि उहाँले हामीलाई चयन गर्ने सम्मान दिनुहुन्छ|
वास्तवमा, परमेश्वर चाहानु हुन्छ, अपेक्षा गर्नु हुन्छ, र निर्देशन दिनुहुन्छ कि उहाँका प्रत्येक सन्तानले आफ्ना निम्ति आँफै चयन गरून् । उहाँले हामीलाई दबाब दिनुहुन्न् । स्वतन्त्रताको उपहार मार्फत, परमेश्वरले आफ्ना सन्तानलाई “आफ्ना निम्ति कार्य गरिइन नभई कार्य गर्न अनुमति दिनुहुन्छ ।” स्वतन्त्रताले हामीलाई बाटोमा लाग्ने कि नलाग्ने भनि चयन गर्न दिन्छ । यसले बाटोबाट निस्किन अथवा ननिस्किन अनुमति दिन्छ । जसरि हामीलाई आज्ञाकारी बन्न दबाब छैन त्यसरी नै अनाज्ञाकारी बन्न पनि दबाब छैन । हाम्रो सहयोग बिना कसैले पनि हामीलाई बाटोबाट हटाउन सक्दैन । (अब, तीसँग भ्रमित नहुनुहोस् जसको स्वोतान्त्रता भङ्ग भएको छ । उनीहरु पथभ्रष्ट भएका छैनन्; उनीहरु पिडित हुन्। उनीहरुले परमप्रभुको, बुझाई, माया र करुणा प्राप्त गर्छन् ।
तर जब हामी त्यो बाटोबाट हराउँछौं, परमेश्वर दुखि हुनुहुन्छ किनभने उहाँलाई थाहा छ कि यसले अन्तत: अवश्य नै हाम्रो खुशियाली घटाउनेछ, र आशिषहरू खोस्नेछ । धर्मशास्त्रमा बाटोबाट हराउनुलाई पाप भनिन्छ, र त्यसबाट खोसिएको खुशी र हराइएको आशिषलाई सजाय भनिन्छ । त्यसरी सोच्दा, परमेश्वरले हामीलाई सजायं दिनु भएको हैन; सजाय त हाम्रो चयनको फल हो र उहाँको हैन ।
जब हामी पत्ता लगाउँछौँ कि हामीले बाटो बिराएका छौँ, हामी हराइरहन सक्छौं, अथवा येशू ख्रीष्टको प्रायश्चित्तका कारण, हामी हाम्रा कदमहरू उल्ट्याउन सक्छौं र फेरी त्यो बाटोमा लाग्न सक्छौं । धर्मशास्त्रमा, त्यो परिवर्तनको निर्णय र बाटोमा फर्कनुलाई पश्चात्ताप भनिन्छ । पश्चात्ताप नगर्नुको अर्थ हामीले परमेश्वरले हामीलाई दिन चाहेको आशिषबाट आँफैलाई अयोग्य बनाउन चयन गरेका हौँ । यदि हामीले “प्राप्त गर्न सक्ने जे छ त्यो लिन चाहँदैनौ भने” हामी, “जे प्राप्त गर्न चाहान्छौं त्यो प्राप्त गर्न फर्कनेछौँ,”- यो हाम्रो चयन हौ, परमेश्वरको हैन ।
बाटोबाट जतिसुकै लामो समयसम्म हराए पनि, जति सुकै पर गए पनि, बाटोमा फर्कने निर्णय गरेको क्षण देखि नै परमेश्वरले हामीलाई सहयोग गर्नुहुनेछ ।परमेश्वरको दृष्टिकोणमा, सच्चा पश्चात्ताप मार्फत र ख्रीष्टमा अडिग भई अगाडी बढेमा, बाटोमा फर्किएपछि. यो यस्तो हुन्छ कि हामी कहिले पनि बाटो हराएका थिएनौं ।मुक्तिदाताले पापको चुक्ता गरिदिनुहुन्छ, र भविष्यमा हाम्रो खुशियालीमा आउने कमीबाट हामीलाई मुक्त गर्नुहुन्छ । यसलाई धर्मशास्त्रमा क्षमा भनिन्छ । बप्तिस्मा लिए पछि सबै सदस्यहरू बाटोबाट खुस्कन्छन, कोहि त बाटोबाट हाम्फाल्छन् । त्यसैले ख्रीष्टलाई प्राप्त गर्नु, पश्चात्ताप गर्नु, उहाँबाट सहयोग पाउनु, र क्षमा प्राप्त गर्नु एक चोटी मात्र गरिने काम नभई जीवन भरिका प्रक्रिया हुन्, जुन प्रकिया पटक पटक दोहोर्याइन्छ । यसरि हामी अन्त्यसम्म सहन्छौँ ।
हामीले कसको सेवा गर्ने चयन गर्नुपर्छ । हाम्रो अनन्त खुसियालीको परिमाण जीवित परमेश्वरको चयन गर्नमा र उहाँको कार्यमा उहाँसंग सहभागी हुनमा भर पर्छ । जब हामी बाँकी केहि आँफै गर्न प्रयास गर्छौं, हामीले स्वतन्त्रताको प्रयोग गर्न अभ्यास गर्छौं । जसरी बिगतका दुइ राहत समाजका साधारण अध्यक्षले भन्नुभएका थिए, हामी सदैब सुधार चाहिने र “ढाप दिइराख्नुपर्ने सानु बालक”हुनुहुँदैन|हैन, परमप्रभुले हामीलाई परिपक्व वयस्क भएर आफ्नो जिम्मेवारी आफै लियोस् भन्ने चाहनुहुन्छ ।
पिताको योजनाको अनुसरणगर्न चयन गर्नु नै एक मात्र बाटो हो जसले हामीलाई उहाँको अधिराज्यको हकदार बनाउँछ; त्यसपछि मात्र उहाँमा हामीले उहाँको इच्छा विपरितका कुनै पनि अनुरोध गर्ने छैनौं भनी विश्वास हुनेछ ।तर हामीले यो सम्झन जरुरि छ कि “त्यहाँ त्यस्तो कोहि छैन जसलाई सिकाउन सबै जानेको बालकलाई सिकाउन जत्तिकै कठिन छ।”त्यसैले हामी प्रभुको तरिकामा प्रभु र उहाँका सेवकहरूद्वारा सिकाइनका लागि तयार हुनुपर्छ । हामी विश्वास गर्न सक्छौं कि हामी स्वोर्गमा रहेका अविभावककाप्रिय छोराछोरी हौँ र उहाँको हेरविचारका योग्य छौं, र निश्चित हौँ कि ‘हामी आँफैले”भन्नुको अर्थ “एक्लै” होइन ।
मोर्मोनको पुस्तकका याकूबले भनेजस्तै, म उहाँसंग भन्दछु:
“यसकारण आफ्ना हृदयहरूलाई खुशी तुल्याऊँ, र सम्झ कि तिमीहरू आफ्ना लागि कार्य गर्न स्वतन्त्र छौ”_अनन्त मृत्युको मार्ग अथवा अनन्त जीवनको मार्ग रोज्न ।
“यसकारण, मेरा प्रिय दाजुभाई [र दिदिबहिनिहरू], परमेश्वरको इच्छासंग आफूलाई मिलाप गर र सैतानको … इच्छा संग होइन; र सम्झ, परमेश्वरसंग तिम्रो मिलन भएपछि, यो केवल परमेश्वरको अनुग्रहमा र उहाँको अनुग्रहमार्फत तिमिहरूलाई बचाइनेछ”
त्यसैले, ख्रीष्टमाथिको आस्थाको चयन गर्नुहोस; पश्चात्ताप चयन गर्नुहोस; बप्तिस्मा लिन र पवित्र आत्मा प्राप्त गर्न चयन गर्नुहोस; सचेतनाका साथ् प्रभुभोजका निम्ति तयारि गर्न र योग्यताका साथ प्रभुभोज लिन चयन गर्नुहोस; मन्दिरमा करार गर्न चयन गर्नुहोस; जिउँदो परमेश्वर र उहाँका सन्तानको सेवा गर्न चयन गर्नुहोस । हाम्रो चयनले हामी को हौँ र के बन्नेछौं भन्ने निर्णय गर्नेछन ।
याकूबका बाँकी आशिषका साथ अन्त्यमा म भन्दछु: “त्यसकारण, परमेश्वरले तिमीहरूलाई उठाऊन्. …. …..प्रायश्चित्तको शक्तिद्वारा अनन्त मृत्युबाट पनि ताकि तिमीहरूलाई परमेश्वरको आफ्नो अधिराज्यमा ग्रहण गरियोस|” येशू ख्रीष्टको नाउँमा| आमिन|