२०१०–२०१९
आत्माहरुको गोठालो गर्ने
अक्टोबर २०१८


आत्माहरुको गोठालो गर्ने

हामीले अरुलाई मायाले सहयोगी हातहरु अगाडी बढाउछौँ किनभने हाम्रा मुक्तिदाताले त्यसो गर्न हामीलाई आज्ञ दिनुभएको छ।

मेरो एउटा साथीसँगको हालसालै भएको कुराकानीमा, उसले भन्यो कि जब उ भर्खरै बप्तिस्मा लिएको चर्चको नयाँ यूवा सदस्य थियो, उसलाई अचानक लाग्यो कि उ त्यो वार्डकोलागि अब ठिक छैन। उसलाई पढाएका सुसमाचार प्रचारकहरु सरुवा भएका थिए र उसलाई आफु परिधिमा रहेको जस्तो लाग्यो। वार्डमा साथीहरू नभएको हुँदा, उसले आफ्ना पुराना साथीहरू भेटायो र उनीहरुसँग त्यस्ता कृयाकलापहरुमा संलग्न भयो जसले उसलाई चर्चमा सहभागी हुनबाट टाडा लग्यो – यस्तो सम्म हुन गयो कि उ बथानबाट विचलित हुन थाल्यो । आखाँभरि आँसु राख्दै, उनि धेरै कृतग्य भएको व्याख्या गरे जब एक जना वार्डको सदस्यले उसलाई सेवाको हात अगाडी बढाए र उसलाई न्यानो र समाबेसी तरिकाले फर्किन आमन्त्रण गरे । अरुलाई तथा आफैलाई मजबुत बनाउदै केहि महिनामै उनि बथानको सुरक्षामा फर्के। के हामि ब्राजिलको त्यो गोठालो प्रति कृतग्य छैनौँ जसले यो यूवा एल्डर कार्लोस ए. गोदोएको खोजी गर्यो जो आज मेरो पछाडी सत्तरीको अध्यक्षताको सदस्यका रुपमा बसिरहनुभएको छ ?

के यो उल्लेखनीय छैन कि कसरि त्यस्ता साना प्रयासहरुले अनन्त परिणाहरु ल्याउछन्? यो सत्य चर्चको सेवागर्ने प्रयासहरुको मुटुमा रहेकोछ। स्वोर्गीय पिताले हाम्रो साधारण दैनिक प्रयासहरु लिनुहुन्छ र तिनीहरुलाई कुनै चमत्कारमा परिवर्तन गर्न सक्नुहुन्छ। “हामीले एक अर्कालाई हेरचाह गर्ने तरिकामा परमप्रभुले महत्वपूर्ण परिवर्तनहरु गर्नुभएकोछ” भनी अध्यक्ष रासल एम. नेल्सनले घोषणा गरेको छ महिना मात्र भएकोछ र भन्नुभयो कि, “हामीले अरुलाई हेरचाह र सेवा गर्ने तरिकामा एउटा अझ नयाँ, अझ पवित्र तरिका कार्यान्वयन गर्नेछौँ। हामीले यी प्रयासहरुलाई केवल ‘सेवा’ भन्नेछौँ।”

अध्यक्ष नेल्सनले यो पनि भन्नुभयो: “परमप्रभुको सत्य र जीवित चर्चको पहिचान सधै एउटा संगठित रुपमा परमेश्वरका हरेक सन्तान र उनीहरुका परिवारहरुलाई सेवा गर्ने प्रयासमा केन्द्रित हुनेछ। यो उहाँको चर्च भएकाले, हामी उहाँका सेवकका रुपमा उहाँले गरे जस्तै गरि सेवा गर्नेछौँ। हामीले उहाँको नाममा, उहाँको शक्ति र अधिकारले र उहाँको दया-मायाले सेवा गर्नेछौँ।”

त्यो घोषणा पछि तपाईको प्रतिकृया अविश्वसनीय रहेको छ! हाम्रा जीवित अगम्बक्ताले निर्देशन गरे अनुसार प्राय संसारको हरेक किल्लाबाट यी परिवर्तनहरुको कार्यान्वयनमा ठूलो सफलताको प्रतिवेदनहरु प्राप्त गरेकाछौँ। उदाहरणका लागि, सेवा गर्ने दाजुभाई तथा दिदीबहिनीहरुलाई परिवारहरु खटाइएका छन्, यूवा र यूवती समेत गरि जोडीहरु संगठित गरिएको छ, र सेवा अन्तर्वार्ताहरु भैरहेका छन्।

मलाई लाग्दैन कि यो संजोग हो कि हिजोको प्रकाशमय घोषणा भन्दा छ महिना अघि- “सुसमाचार सुझावको नयाँ सन्तुलन र सम्बन्ध घर र चर्चको बीचमा”- - सेवाको बारेमा प्रकाशमय घोषणा दिइयो । जनावरीको सुरुवातमा जब हामी चर्चमा एक घण्टा कम आराधना गर्छौँ, हामीले सेवामा सिकेका जति सबै कुराले त्यो शून्यतालाई अझ उच्च र पवित्र, घर-केन्द्रित सबाथ दिनको अनुभब परिवार र माया गर्नेहरुसंग पुनसन्तुलित गर्न मदत गर्छ ।

यी सांगठनिक संरचनाहरु ठाउँमा भैसकेपछि, हामीले सोध्न सक्छौँ, हामीले परमप्रभुको तरिकामा सेवा गरिरहेका छौँ कि छैनौँ भनेर कसरि थाहा पाउने ? के हामीले असल गोठालोलाई उहाँले सोचेजस्तै गरि सहायता गरिरहेका छौँ ?

अध्यक्ष हेन्री बि. आइरिंगसंगको हालैको छलफलमा, उहाँले सन्तहरुलाई यी उल्लेखनीय परिवर्तनसँग समायोजन गरेकोमा प्रशंसा गर्नुभयो तर उहाँले आफ्नो सच्चा आशा पनि व्यक्त गर्नुभयो कि सदस्यहरुले बुझ्नेछन् कि सेवा गर्नु भनेको “राम्रो हुनु मात्र” होइन। यो भन्न खोजिएको होइन कि राम्रो हुँदा अपरिणाममुखी हुन्छ, तर सेवा को सत्य मर्मलाई बुझ्नेलाई थाहा छ कि यो केवल राम्रो हुनु भन्दा धेरै परको कुरा हो। परमप्रभुको तरिकाले गरेमा, सेवाले सधैका लागि टाडा सम्म पुग्ने प्रभाव छोड्न सक्छ, जसको लहर एल्डर गोडोएलाई जस्तै अनन्त सम्म जानेछ।

“मुक्तिदाताले उदाहरण मार्फत सेवा गर्नु भनेको के हो भन्ने देखाउनुभयो जब उहाँले मायाका कारण सेवा गर्नुभयो। ... सबैलाई आफ्नो अनुसरण गर्न आमन्त्रण गर्दै, उहाँले सिकाउनुभयो, प्रार्थना गर्नुभयो, सान्त्वना दिनुभयो र आफु वरिपरी हुनेलाई आशिषित गर्नुभयो। जब चर्चका सदस्यहरुले अझ उच्च र अझ पबित्र तरिकाले सेवा गर्छन्, उनीहरु प्रर्थनापुर्बक उहाँले गर्नुहुने जस्तै गरि सेवा गर्न खोज्छन् – ‘सधै चर्चलाई हेर्न र उनीहरुसँग हुन र उनीहरुलाई मजबुत पार्न,’ ‘हरेक सदस्यको घरमा भेट गर्न जान,’ र हरेकलाई येशू ख्रिष्टको सच्चा चेला बन्न सहयोग गर्न।”

हामीले बुझ्छौं कि एउटा सच्चा गोठालोले आफ्ना भेडाहरुलाई माया गर्दछ, हरेकलाई तिनीहरुको नामले चिन्दछ, र “उनीहरुमा व्यक्तिगत चासो छ।”

छवि
पहाडमा भेडाहरु

विषम चट्टानको पहाडमा बस्तु र भेडा पाल्ने गाह्रो काम गरेर मेरो धेरै वर्षको साथीले आफ्नो जीवन एउटा फार्म धनि भएर बितायो। उसले एक पटक मसँग भेडा पाल्दा हुने चुनौतीहरु र जोखिमहरुका बारेमा भनेको थियो। उसले भन्यो कि बसन्त ऋतुको सुरुवाततिर जब ठूलो पहाडको शृंखलामा हिउँ पग्लिसकेको थियो, उसले आफ्नो परिवारको करिब २००० भेडाको बथान गर्मीयामका लागि पहाडमा राख्यो । त्यहा उसले शिशिर ऋतुको पछिल्लो भाग सम्म भेडाहरु हेर्यो, त्यस पछि तिनीहरुलाई गर्मि समयको स्थान बाट जाडो समयको स्थानमा सारियो। उसले भन्यो कि कसरि एउटा ठूलो भेडाको बथान हेर्न गारो छ भनेर, दिनहरु चाडै सुरु गर्नु पर्छ र रातहरु ढिला हुन्छन् – सूर्योदय भन्दा धेरै अगाडी उठ्ने र रात परेको धेरै पछि सक्ने । उसले एक्लै गर्न सक्ने कुरा थिएन ।

छवि
भेडासंग गोठालो

बथानलाई हेर्न अरुले सहयोग गरे, मिश्रित अनुभवी गोठालाहरु सहित कम उमेरका हातहरुको सहायतामा जसले आफ्ना साथीहरुको बुद्धिबाट फाइदा लिइरहेका थिए। उहाँले दुई पुराना घोडा, तालिममा रहेका दुई बछेडा, दुई बुढा भेडा हेर्ने कुकुर, र दुई वा तीन भेडा हेर्ने कुकुरका छाउरा मा पनि भर पर्नुभयो। गर्मीयामभरि मेरो साथी र उसको भेडाहरुले हावा र हुरी, बिमारी, चोटपटक, खडेरी र सोच्न सकिने अरु सबै कष्टहरु सामना गर्नु पर्यो। केहि वर्ष उनीहरुले भेडाहरुलाई जीवित राख्न मात्र गर्मीयाम भरि पानी बोक्नु पर्थ्यो । र हरेक बार्ष शिशिरको अन्ततिर जब जाडो मौसमको खतरा हुन्थ्यो, भेडाहरुलाई पहाडबाट झरेर गनिन्थ्यो, त्यसमा २०० भन्दा बडी हराएका हुन्थे।

छवि
भेडा चरण
छवि
भेडाको बथान

बसन्तको सुरुवाततिर पहाडहरुमा सारिएका २००० भेडाहरुको बथान १८०० भन्दा कममा झरे । हराएका धेरैजसो भेडाहरु बिमारी वा प्राकृतिक मृत्यु बाट हराएका नभई पहाडी सिंहहरु वा कोयोतेस शिकारी बाट हराएका हुन्थे। यी शिकारीले प्रायजसो भेडाका ती बच्चाहरुलाई भेटाउथे जो उनीहरुको गोठालोको सुरक्षा बाट बाहिर निस्की बथानको सुरक्षबाट बाहिर जान्थे । मैले भर्खरै भनेको कुरालाई एकपटक आत्मिक प्रसंगमा विचार गर्नुहुन्छ ? को हो गोठालो? को हो बथान? गोठालोलाई सहायता गर्ने को हुन् ?

छवि
असल गोठालो

परमप्रभु येशू ख्रिष्ट आफैले भन्नुभयो, “ म असल गोठालो हुँ र मेरो भेडालाई चिन्छु, ... र म मेरा भेडाहरुका लागि आफ्नो ज्यान दिनेछु।”

छवि
येशू आफ्ना भेडालाई खुवाउँदै

अगम्बक्ता नफीले पनि तेस्तै पढाउनुभयो कि येशूले आफ्ना भेडाहरूलाई खुवाउनुहुनेछ र उहाँमा तिनीहरुले चरण पाउनेछन्।”8 “परमप्रभु मेरो गोठालो हुनुहुन्छ” भन्ने थाहा पाउँदा मलाई शान्ति मिल्छ र उहाँले हामि हरेकलाई चिन्नुहुन्छ र उहाँको रेखदेखमा छौँ । जब हामी जीवनका हावा र हुरी, बिमारी, चोटपटक र खडेरी को सामना गर्छौँ, परमप्रभु – हाम्रा गोठालो- ले हाम्रो सेवा गर्नुहुनेछ। उहाँले हाम्रा आत्माहरुलाई पुनस्थापना गर्नुहुनेछ ।

जसरी मेरो साथीले कम उमेरका र पाका हातहरु, घोडाहरु र भेडा हेर्ने कुकुरहरुको सहायताले आफ्ना भेडाहरु हेर्यो, परमप्रभुलाई पनि उहाँको बथानका भेडाहरुको स्याहार गर्ने चुनौतिहरुमा सहायता चाहिन्छ।

छवि
येशू ख्रिष्ट सेवामा

माया गर्ने स्वोर्गीय पिताका सन्तानका रुपमा र उहाँको बथानका भेडाहरुका रुपमा, हामीले व्यक्तिगत रुपमा येशू ख्रिष्टको सेवाको आशिषको मज्जा लिन पाएकाछौँ । साथसाथै, हामी आफै गोठालाका रुपमा हामी वरिपरी हुनेलाई सेवाको सहायता दिने जिम्मेवारी छ। हामीले परमप्रभुका “मलाई सेवा गर र मेरो नाम मा अगाडी बढ, र ... मेरा भेडाहरुलाई जम्मा गर” भन्ने शब्दहरुलाई सुन्छौँ ।१०

को हो गोठालो? परमेश्वरको राज्यमा हरेक पुरुष, महिला र बच्चा गोठालो हो। कुनै बोलावट चाहिँदैन। हामी बप्तिस्मको पानी बाट निस्किनासाथ हामीलाई यो कार्यका लागि साधिकार दिईन्छ। हामी अरुलाई मायामा सहयोग गर्छौँ किनभने हाम्रा मुक्तिदाताले हामिलाई त्यसो गर्न आज्ञा दिनुभएकोछ। आल्माले जोड दिनुभयो: “किनकी तिमीहरुमाझ त्यहाँ कस्तो गोठालो छ जसले धेरै भेडाहरु तिनीहरुको हेरचाह गर्दैन, कि ब्वाँसो नपसोस् र उसका बथानको नास नगरोस्?… के उसले त्यसलाई लखेट्दैन?”११जब हाम्रा छिमेकीहरु भौतिक वा आत्मिक रुपमा व्यथित हुन्छन्, हामी उनीहरुको सहायतामा कुद्छौँ । हामीले एकअर्काको बोझलाई बहन गर्छौँ ताकी त्यो हलुका हओस । हामी शोकमा पर्नेहरुसँग शोकमा बस्छौँ । सान्त्वना चाहिनेहरुलाई सान्त्वना दिन्छौँ ।12परमप्रभुले मायाले हामीबाट यसको आशा गर्नुभएको छ। र त्यो दिन आउँछ जब उहाँले हामीलाई उहाँको बथानको रेखदेखमा पुर्याको सेवाका लागि उत्तरदायी ठहर्यानुहुनेछ।१३

मेरो गठालो साथिले फर्ममा भेडाको रेखदेखमा अर्को धेरै महत्वपूर्ण तत्वका बारेमा भन्नुभयो। उसले भन्यो कि हराएका भेडाहरु खासगरी शिकारी जनावरहरु खतरामा रहन्छन् । वास्तवमा, उसको र उसको समुहको १५ प्रतिसत समय हराएका भेडाहरु खोज्नमा लाग्थ्यो। जति छिटो हराएका भेडाहरु भेटियो, बथान भन्दा धेरै टाडा जानु भन्दा अगाडी, भेडाहरुलाई हानि हुने त्यतिनै कम सम्भावना रहन्छ। हराएका भेडाहरु खोज्न धेरै धैर्यता र अनुशासन चाहिन्छ ।

केहि वर्ष अगाडी मैले एउटा स्थानीय पत्रिकामा एउटा लेख अति रोचक लाग्यो कि मैले सुरक्षित राखेँ। पहिलो पृष्ठ सिर्षकमा यसो लेखिएको थियो, “प्रतिबद्ध क़ुकुरले हराएका भेडाहरु छाड्दैन।”१४ यो लेखले एउटा भेडाको सानो समुहको बारेमा व्याख्या गर्छ जुन एउटा अपरेशनको थियो जुन मेरो साथीको सम्पत्तिको नजिक थियो जसलाई केहि गरि गर्मीयाममा छुटेका थिए। दुई वा तीन महिना पछि तिनीहरु अड्किए र हिऊले पहाडमा रोक्यो। जब ती भेडाहरु पछाडी छोडिए, भेडा हेर्ने कुकुर तिनीहरुसँग बस्यो किनभने भेडाहरु हेर्ने र उनीहरुको रक्षा गर्ने उसको काम थियो। उसले हेर्न छोड्दैनथ्यो। उ त्यहाँ धेरै महिना सम्म त्यो जाडो र बर्फिलो मौसममा हराएका भेडाहरुको वरिपरी घुम्दै कोयोतेस, पहाडी सिंहहरु, वा ती भेडाहरुलाई चोट पुर्याउन सक्ने अरु कुनै शिकारीबाट सुरक्षा दिदै बस्यो। गोठालो र बथानको सुरक्षा सम्म ती भेडाहरुलाई नेतृत्व वा नपुर्याए सम्म उ त्यहाँ रहिरह्यो। यो लेखको अगाडीको पृष्ठमा कैत गरिएको चित्रले हामीलाई यो भेडा हेर्ने कुकुरको आँखा र रुपमा चरित्र देख्न दिन्छ।

छवि
भेडा हेर्ने कुकुरको आँखा र रुपमा चरित्र

नयाँ करारमा हराएका भेडाहरुका गोठालाका,सेवा गर्ने दाजुभाई तथा दिदीबहिनीहरुको रुपमा हाम्रो जिम्मेवारीका सम्बन्धमा मुक्तिदाताबाट थप अन्तर्दृष्टि दिने दृष्टान्त र निर्देशन पाउछौँ:

“तिमीहरुमध्य कुन मानिस होला जसको एक सय भेडामध्य एउटा हराउँदा उनान्सयलाई वनमै छोडेर हराएको भेडा नपाउन्जेल त्यसको खोजी गर्दैन ?

“हराएको भेडा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ।

“र घरमा आएर उसले आफ्ना मित्रहरु र छिमेकिहरुलाई बोलाउँछ, र तिनीहरुलाई भन्छ, मसँग रमाओ, किनभने मैले आफ्ना हराएका भेडा पाएको छु।”१५

हामीले यो दृष्टान्तमा सिकाएको पाठलाई संक्षेपीकरण गर्दा हामीले यो मुल्यवान सल्लाह पाउछौँ:

  1. हामीले हराएका भेडा पहिचान गर्नुपर्नेछ।

  2. तिनीहरु नभेटिएसम्म हामीले उनीहरुको खोजी गर्छौं।

  3. जब तिनीहरु भेटिन्छन् हामीले उनीहरुलाई घरमा ल्याउन हाम्रो काँधमा राख्नुपर्ने हुनसक्छ।

  4. उनीहरु फर्केपछि साथीहरुले उनीहरुलाई घेर्छौं।

दाजुभाई तथा दिदीबहिनीहरु, हाम्रो सबभन्दा ठूला चुनौतिहरु र हाम्रो सबभन्दा ठूला पुरस्कारहरु हामीले हराएका भेडाहरुको सेवा गर्दा आउन सक्छन्। मोर्मोनको पुस्तकमा चर्चका सदस्यहरुले उनीहरुका मानिसहरुलाई हेरचाह गरे र पवित्रतासँग सम्बन्धित कुराहरुले पोषित गरे।”16 जब हामीले सम्झन्छौं कि सेवालाई आत्माको अगुवाई, लचिलो र सदस्यहरुको आवस्यकता अनुसार अनुकुलित बनाइन्छ, हामीले उनीहरुको उदाहरण अनुसरण गर्न सक्छौँ। यो पनि महत्वपूर्ण छ कि “हामीले व्यक्तिहरु र परिवारहरुलाई उनीहरुको अर्को विधिका लागि तयार हुन, उनीहरुले गरेका करारहरु… , पालना गर्न र आत्मा निर्भर हुन सहयोग गर्न खोज्नु पर्छ।”१७

हरेक व्यक्ति स्वोर्गका पितालाई मुल्यवान छन्। सेवा गर्न उहाँको व्यक्तिगत आमन्त्रण उहाँलाई धेरै मुल्य र महत्वको छ किनभने यो उहाँको कार्य र महिमा हो। यो वास्तवमा अनन्तताको कार्य हो। उहाँक हरेक सन्तान उहाँको नजरमा अनगिन्ति क्षमताका छन्। उहाँले तपाईलाई त्यस्तो मायाले माया गार्नुहुन्छ जसको तपाईले बुझ्न सुरुवात पनि गर्न सक्नुहुन्न। भेडा हेर्ने समर्पित कुकुरले जस्तै, परमप्रभु तपाईलाई हावा, हुरीबतास, हिऊ, र अरु थपबाट बचाउन पहाडमा बस्नुहुनेछ।

अध्यक्ष रासल एम. नेलसनले अघिल्लो सम्मेलनमा सिकाउनुभयो: “संसारलाई हाम्रो सन्देश र म यो पनि थपौ, “हाम्रो सेवा गर्ने बथानलाई” सरल र इमान्दार छ : हामीले पर्दाका दुवै तर्फ परमेश्वरका सन्तानहरुलाई मुक्तिदतामा आउन, पवित्र मन्दिरका आशिषहरु प्राप्त गर्न, धेरै टिक्ने खुसी प्राप्त गर्न, र अनन्त जीवनका लागि योग्य बन्न आमन्त्रण गर्छौं।१८

हामी हाम्रो दृष्टि यो भविष्यवाणी सम्म माथी उठाउन सकौँ, ताकि हामीले आत्माहरुलाई मन्दिर र अन्तत: हाम्रा मुक्तिदाता येशू ख्रीष्ट सम्म गोठालो गरि लैजान सकौँ। उहाँले हामीबाट चमत्कार खोज्नुभएको छैन। उहाँले मात्र हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई उहाँ समक्ष ल्याउन भन्नुभएको छ किनभने उहाँसँगआत्माहरुलाइ मुक्ति दिलाउने शक्ति छ। जब हामी यसो गर्छौं हामीले यो प्रतिज्ञाको निश्चित गर्न सक्छौँ र गर्नेछौँ: “र जब मुख्य गोठालो आउनुहुनेछ, तिमीले नहराउने महिमाको मुकुट प्राप्त गर्नेछौ।” १९म यसको र येशू ख्रीष्ट हाम्रो मुक्तिदाता र उद्दारकर्ता भएको गवाही दिन्छु - येशू ख्रीष्टको नाममा, आमिन।

प्रिन्ट गर्नुहोस्