२०१०–२०१९
कोशिश गरौँ, कोशिस गरौँ, कोशिस गरौँ
अक्टोबर २०१८


कोशिश गरौँ, कोशिश गरौँ, कोशिश गरौँ

मुकिदाताले आफ्नो नाम तपाइँको हृदयमा राखिरहनुभएको छ | अनि तपाईंले आफ्ना निम्ति र अरुका निम्तिको ख्रीष्टको पवित्र प्रेमको अनुभव गरिरहनु भएको छ |

मेरा प्रिय दाजुभाइ दिदिबहिनी, तपाइँहरूसामु बोल्ने अवसरका निम्ति धेरै आभारी छु| यो सम्मेलन मेरा लागि प्रेरणादायी र उपदेशात्मक भएको छ| यहाँ गाइएका भजनहरू र बोलिएका बचनहरू पवित्र आत्मा द्वारा हाम्रो हृदयमा लागिएको छ| म प्रार्थना गर्छु कि म अहिले जे बोल्छु सो पनि सोहि आत्मा द्वारा तपाइँहरूसम्म पुर्याईयोस|

धेरै बर्ष अगाडी, म पूर्वी संयुक्त अधिराज्यमा एक जिल्ला अध्यक्षको प्रथम सल्लाहकार थिएँ| एक भन्दा धेरै पटक, हामी हाम्रा साना साखाहरूतिर जाँदा, उनले मलाई भन्थे: “हाल, जब तिमीले कसैलाई भेट्छौं यदि उनीहरूप्रति उनीहरू एक गम्भीर समस्यामा परेकाछन् भन्ने ठानी व्यवहार गर्यौं भने आधा भन्दा बढी समय तिमी सहि हुनेछौं” उनी सहि मात्र नभई त्यस पछिका वर्षहरूमा मैले थाहा पाउन पुगें कि उनको अनुमान वास्तविकता भन्दा थोरै रहेछ| आज म तपाइँहरूले मुकाबिला गर्नुपरेको समस्याहरूमा साहास दिन चाहान्छु|

हाम्रो यो पार्थिव जीवन हामीलाई माया गर्ने हाम्रो परमेश्वरले हामी प्रत्येकका निम्ति एक परिक्षा र प्रगतिको एक श्रोतका रुपमा रचना गर्नुभएको छ| संसारको सृष्टिका समयमा परमेश्वरका छोराछोरीहरूका बारेमा उहाँले बोलेका वचनहरू यसरि बोलिएको थियो: “अनि हामी यसबाट प्रमाणित गर्नेछौँ के उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरले उनीहरूलाई दिनुहुने सबै आज्ञाहरू पालना गर्नेछन् ”

हाम्रो यो पार्थिव जीवन हामीलाई माया गर्ने हाम्रो परमेश्वरले हामी प्रत्येकका निम्ति एक परिक्षा र प्रगतिको एक श्रोतका रुपमा रचना गर्नुभएको छ| संसारको सृष्टिका समयमा परमेश्वरका छोराछोरीहरूका बारेमा उहाँले बोलेका वचनहरू यसरि बोलिएको थियो: “अनि हामी यसबाट प्रमाणित गर्नेछौँ के उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरले उनीहरूलाई दिनुहुने सबै आज्ञाहरू पालना गर्नेछन् |”

मेरो आश्वासन यो हो: प्रेम गर्ने परमेश्वर जसले तिम्रा यी परिक्षणहरू तिमीमा आउन दिनुभयो उहाँले नै ती परिक्षा पार गर्ने एक पक्का बाटोको योजना गर्नुभयो| स्वर्गीय पिताले संसारलाई यति माया गर्नुभयो कि हामीलाई सहयोग गर्न उहाँले आफ्नो प्यारो पुत्रलाई पठाउनुभयो|उहाँको पुत्र येशू ख्रीष्टले आफ्नो जीवन हाम्रा लागि दिनुभयो| येशू ख्रीष्टले गेथसेमनेमा र क्रुसमा हाम्रा पापको भार बोक्नुभयो| उहाँले सबै दुख, पिडा, र पापका फलहरू भोग्नुभयो ताकि उहाँले हामीलाई जीवनका प्रत्येक परिक्षामा सान्त्वना र शक्ति प्रदान गर्नु सक्नुहुन्छ |

तपाइँहरू सम्झनुहुन्छ कि प्रभुले उहाँका सेवकहरूलाई भन्नुभएको थियो:

“पिता र म एक छौं| म पितामा छु, र पिता ममा हुनुहुन्छ; र जहाँसम्म तिमीहरूले मलाई प्राप्त गर्छौ, तिमीहरू ममा छौ र म तिमीहरूमा छु|

“यसकारण, म तिमीहरू माँझमा छु, र म असल गोठालो, इसराएलको चट्टान हुँ| जसले ममा बनाउँछ त्यो कहिले भत्किने छैन |”

हाम्रो अगमवक्ता, अध्यक्ष रसल एम. नेल्सनले त्यो आश्वासन दिनुभएको छ| अझ, उहाँले एक तरिकाको बिस्तार गर्नुभएको छ कि हाम्रा परिक्षाका समयमा हामीलाई बाटो देखाउन त्यो चट्टानमाथि बनाउन र प्रभुको नाउँ हाम्रा हिर्दयमा राख्न सक्छौं|

उहाँले भन्नुभयो: “तपाईंहरू जो क्षणिकरुपमा विक्षिप्त हुनुभएको छ, जीवन सजिलो हुनलाई हैन| जीवनमा परिक्षणको सामना गर्नुपर्छ, र दुख बेहोर्नु पर्छ| तपाइ सम्झुन्हुन्छ कि “परमेश्वरका निम्ति केही असम्भव छैन” (लुका १:३७), थाहापाउनुहोस् कि उहाँ तपाईंको पिता हुनुहुन्छा| तपाई उहाँको आकृतिमा सृष्टि गरिएको उहाँको छोरा वा छोरी हुनुहुन्छ, तपाईं आफ्नो योग्यतामार्फत आफ्ना असल प्रयासहरूमा सहयोग पाउनका निम्ति आवश्यक प्रकाश प्राप्त गर्ने हकदार हुनुहुन्छ| परमेश्वरको पवित्र नाउँमा बोल्न आफैंलाई योग्य बनाउन सक्नुहुन्छ (हेर्नुहोस् सि. र क. १:२०)”

अध्यक्ष नेल्सनका वचनहरूले हामीलाई प्रभु भोजको वाचा सम्झाउंछन्| त्यो वाचा जुन हाम्रो स्वर्गीय पिताले पूरा गर्नुहुन्छ जब हामी आफूँले गरेका वाचा पुरा गर्छौं |

सुन्नुहोस् यी वचनहरू: “हे परमेश्वर, अनन्त पिता, हामी हजुरको पुत्र येशु ख्रीष्टका नाउँमा यसको भाग लिनेहरू सबैका आत्माहरुका लागि यो रोटी आशिषित गर्न र पवित्र पार्न हजुरसामु विन्ती गर्दछौ, ताकि तिनीहरूले हजुरका पुत्रको शरीरको सम्झनामा खानेछन्, र हजुरका साक्षी हुनेछन्। हे परमेश्वर अनन्त पिता, तिनीहरु आफूमा हजुरका पुत्रको नाम लिन र उहाँलाई संधै सम्झन र उहाँले तिनीहरूलाई दिनुभएका उहाँका आज्ञाहरु पालन् गर्न इच्छुक छन्: ताकि उहाँको आत्मा तिनीहरूको साथमा संधै रहिरहनेछ। आमिन ।

प्रत्येक पटक हाम्रा निम्ति त्यो प्रार्थना चढाइंदाजब हामीआमिनशब्दको उच्चारण गर्छौं, प्रभुभोजको रोटि लिएर हामी वाचा गर्छौं कि हामी येशू ख्रीष्टको नाउँ आफूँमा लिन तयार छौं, उहाँलाई सदाका निम्ति सम्झन तयार छौं, र उहाँका आज्ञाहरू पालना गर्न तयार छौं| त्यसका निम्ति हामीसंग वाचा गरिन्छ कि हामीसंग उहाँको आत्मा सदैव रहनेछ| यी वाचाका कारण, मुक्तिदाता नै त्यो चट्टान हुनुहुन्छा जसमा हामीले व्यहोर्ने पर्ने जीवनका अधिबेहरी सुरक्षाका साथ् कुनै भय बिना खडा हुन सक्छौं|

करारका वचनहरू र ती सँग वाचा गरिएका आशिषहरूलाई जब म मनन गर्छु, येशू ख्रीष्टको नाउँ लिनु भन्नुको अर्थ के होला भनी मनन गरेको छु|

अध्यक्ष डालिन् एच. ओक्सले वर्णन गर्नुभएको छ: “यो महत्वपूर्ण छ कि जब हामी प्रभुभोज लिन्छौं हामी ले गवाही दिदैनौं कि हामीले येशू ख्रीष्टको नाउँ लिएका छौं | हामी गवाही दिन्छौं कि हामी त्यसो गर्न तयार छौं (हेर्नुहोस् सि & क, २०:७७). हामी हाम्रो तयारीको गवाही दिन्छौं भन्ने तत्थ्यले यो जनाउँछकि महत्वपूर्ण सोंचमा हेर्दा त्यो पवित्र नाउँलाई आँफूमा लिनु भन्दा पहिले हामीमा अरू केहि नै हुनुपर्छ|”

हामी उहाँको नाउँ “आँफूमा लिन तयार छौ” भन्ने भनाइले यो भन्छ कि हामीले बप्तिस्मा लिंदा पहिलो पटक उहाँको नाउ लियौं र उहाँको लिने काम अझै सकिएको छैन| उहाँको नाउँ लिने काम प्रभुभोजको टेबलमा करारको नवीकरण गर्दा र प्रभुको पवित्र मन्दिरमा करार गर्दा समेत हाम्रो जीवनमा लगातार गरिराख्नुपर्छ|

“उहाँको नाउँ लिन मैले के गर्नु पर्छ?” र “हामिलाई कसरि थाह हुन्छ कि हामीले प्रगति गरिरहेका छौं?” भन्ने यी दुइ प्रश्न हामी प्रत्यकेका निम्ति संबेदनशिल बन्छन|

अध्यक्ष नेल्सनको बक्तब्यले एक सहयोगी उत्तर दिन्छा| उहाँले भन्नुभयो कि हामीले येशू ख्रीष्टको नाउँ आँफूमा लिन सक्छौं ताकि हामी उहाँका निम्ति बोल्न सक्छौं| जब हामी उहाँका निम्ति बोल्छौं, हामी उहाँको सेवा गर्छौं| “किनकि एक मानिसले कसरी त्यो मालिकलाई चिन्छ जसलाई उसले सेवा गरेको छैन र जो उसका निम्ति बिरानो छ र उसको हृदयका विचारहरू र इच्छाहरू भन्दा पर छ?”

त्यसका निम्ति आस्थाको प्रार्थना आवश्यक छ| मुक्तिदातालाई उहाँको कार्यमा सहयोग गर्नका लागि हामी के बोल्न पर्छ भन्ने थाहा पाउन स्वर्गीय पितासामु भित्रि हृदय देखिकै प्रार्थना चाहिन्छ| हामी वाचाका निम्ति योग्य हुनुपर्छ| “चाहे मेरो आफ्नै वचनले होस् या मेरा सेवकको वचनले होस्, यो उही हो|”

तैपनि, उहाँको नाउँ आँफूमा लिन उहाँका लागि बोल्न भन्दा बढी अरू कुराको आवश्यक छ| हाम्रा हृदयका भावनाहरू उहाँको सेवक हुनका निम्ति पनि योग्य हुनुपर्छ|

अगमवक्ता मोर्मोनले हामीलाई उहाँको नाउँ आँफूमा लिन योग्य बनाउने भावनालाई यसरी वर्णन गरे| ती भावनाहरूमा आस्था, आशा, र ख्रीष्टिय प्रेम पर्दछन्|

मोर्मोनले भने:

“तर हेर, मेरा प्रिय बन्धुहरू, म तिमीहरूबाट झन् राम्रा कुराहरू मूल्याङ्कन गर्छु, किनकि म तिमीहरूको विनम्रताका कारण मूल्याङ्कन गर्दछु कि तिमीहरूसँग ख्रीष्टमा आस्था छ; किनकि यदि तिमीहरूसँग उहाँमा आस्था नभए तब तिमीहरू उहाँको चर्चका जनमाझ गणना गरिन योग्य छैनौ।

“अनि फेरि, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु आशाका बारेमा बोल्दछु। यो कसरी हो कि तिमीहरूले आस्था प्राप्त गर्न सक्छौ, यदि तिमीहरूसँग आशा नभए?

“अनि यो केका निम्ति हो कि तिमीहरूले आशा गर्नुपर्छ? हेर म तिमीहरूसामु भन्छु कि तिमीहरूले ख्रीष्टको प्रायश्चित्त र उहाँको पुनरुत्थानको शक्तिमार्फत्, अनन्त जीवनमा उठ्न आशा गर्नेछौ र यो प्रतिज्ञाअनुसार तिमीहरूको उहाँ माथिको आस्थाका कारण हो।

“त्यसकारण, यदि मानिससँग आस्था छ भने ऊसँग आशा हुन आवश्यक छ; किनकि आस्था बिना कुनै आशा हुन सक्दैन।

“अनि फेरि, हेर म तिमीहरूसामु भन्छु कि यदि ऊ विनम्र र हृदयको कोमल नभए उससँग कुनै आस्था र आशा हुन सक्दैन।

“यदि त्यसो भए, उसको आस्था र आशा व्यर्थ छ, किनकि हृदयमा कोमल र विनम्र नभए परमेश्वरअगाडि कोहि पनि स्वीकार्य छैन; र यदि मानिस हृदयमा कोमल र विनम्र भए र पवित्र आत्माद्वारा स्वीकार्दछ कि येशू नै ख्रीष्ट हुनुहुन्छ भने ऊसँग ख्रीष्टिय प्रेम हुन आवश्यक छ; किनकि यदि ऊसँग ख्रीष्टिय प्रेम नभए ऊ केही होइन; यसकारण ऊसँग ख्रीष्टिय प्रेम हुन आवश्यक छ।“

ख्रीष्टिय प्रेमको विवरण दिएपछि, मोर्मोन अरू थप्छन्:

“तर ख्रीष्टिय प्रेम ख्रीष्टको पवित्र माया हो र यो सदासर्वदा रहन्छ; र अन्तिम दिनमा जोसँग यो भएको फेला पारिन्छ, उसलाई असल हुनेछ।

“यसकारण, मेरा प्रिय बन्धुहरू, पितासामु तिमीहरूका हृदयहरूका सम्पूर्ण शक्तिका साथ प्रार्थना गर, कि तिमीहरू यो प्रेमले पूर्ण होऊ, जुन उहाँले सबैमाथि खन्याउनुभएको छ जो उहाँका पुत्र येशू ख्रीष्टका सच्चा अनुयायीहरू हुन्; कि तिमीहरू परमेश्वरका छोराहरू बन्न सक; ताकि जब उहाँ देखापर्नुहुन्छ हामी उहाँ जस्तै हुनेछौ, किनकि हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौ; ताकि हामीसँग यो आशा हुन सकोस्; कि हामी उहाँ जस्तै पवित्र हुन सकौँ। आमिन ।१०

मेरो गवाही यो हो कि मुक्तिदाताले आफ्नो नाम तपाईंको हृदयमा राख्न चाहनुहुन्छ| तपाइँमध्ये धेरैका निम्ति उहाँमाथिको तपाईंको आस्था बढ्दो छ| तपाईले थप्दो आशाको अनुभव गरिरहनु भएको छ र अरू आशावादी बन्नुभएको छ| आरूका निम्ति र आफ्ना निम्ति तपाइँले ख्रीष्टको पवित्र प्रेमको अनुभव गरिरहनुभएको छ|

म यो संसारभरि सेवा गरिरहेका मिसनरीहरूमा देख्दछु| सदस्यहरूले आफ्ना मित्र र आफन्तहरूलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका बारेमा सुनाइरहेका छन्| पुरुष, महिला, युवा अनि बालबालिकाहरू समेत मुक्तिदाता र छिमेकीप्रतिको आफ्नो प्रेमका कारण सेवा गरिरहेका छन्|

संसारको जहाँकाँही बाट पनि बिपत्तिको समाचार आउँदा सदस्यहरू कसैको अनुरोध बिना समुन्द्र पारि भए पनि उद्धार गर्न जान योजना बनाउँछन्| उनीहरूलाई कहिलेकाँही विक्षिप्त क्षेत्रहरु तयारि नभइन्जेलसम्म पर्खन कठिन हुन्छ|

म महसूस गर्दछु कि मेरो आवाज सुनिरहेका तपाइँहरू मध्ये केहिले आज यो अनुभव गर्न सक्नुहुन्छ कि तपाइँका आस्था र आशाहरूलाई तपाइँका समस्याले पराजय गरेको छ| तपाइँ प्रेमको अनुभव गर्न चाहनुहुन्छ|

दाजुभाई दिदीबहिनीहरू, प्रभुसंग तपाइँ वरिपरी उहाँको प्रेमको अनुभव गर्ने र उहाँको प्रेमबारे सुनाउने अवसरहरू छन्| तपाइँ उहाँका निम्ति कसैलाई माया गर्न आँफूलाई अगुवाई गर्न निर्धक्क भै प्रार्थना गर्न सक्नुहुन्छ| उहाँ तपाइँ जस्तै स्वयम्सेवकको प्रार्थनाको उत्तर दिनुहुन्छ| तपाइँ आफ्ना निम्ति र तपाइँले सेवा गर्ने व्यक्तिका निम्ति उहाँको प्रेमको अनुभव गर्नुहुन्छ| जब तपाइँ परमेश्वरका सन्तानलाई उनीहरूका समस्याका समयमा सहयोग गर्नुहुन्छ, तपाइँका आफ्ना समस्या साना देखिन थाल्छन् | तपाइँको आस्था र आशा बलियो हुनेछन्|

म त्यो सत्यको प्रत्यक्ष गवाही हुँ| जीवन भरि मेरी श्रीमतीले प्रभुका निम्ति बोलेकी छन् र उहाँका निम्ति सेवा गरेकी छन्| मैले यस भन्दा पहिले भने जस्तै हाम्रा एक विषपले मलाइ एक पटक यसो भने: “म चकित छु| प्रत्येक पटक जब हाम्रो वार्डको कोहि समस्यामा परेको खबर पाएर हतारिंदै त्यहा पुग्छु, यस्तो हुन्छ कि तपाइँकि श्रीमती पहिले नै त्यहाँ पुगेको पाउँछु|” विगत ५६ वर्षमा हामी बसेको सबै ठाउँमा त्यस्तो भएको छ|

अहिले उनी केहि शब्द मात्र बोल्न सक्छिन| उनलाई उनीले प्रभुका निम्ति प्रेम गरेका मानिसहरू भेट्न आउँछन्| प्रत्येक राति र बिहानमा म उनीसँग भजन गाउँछु र हामी प्रार्थना गर्छौं| प्राथना र गीतहरुमा मैले स्वर दिनु पर्छ | कहिलेकाँही म उनले भजनका शब्दहरूको मुख चलाएको देख्छु| उनलाई बाल गितहरू मन पर्छ| उनलाई मनपर्ने गितका भावनाहरू यो गितमा छ: “ म येशूजस्तो हुन कोशिस गरिरहेको छु|”११

एक दिन, कोरस गाए पछि: “येशूले तिमीलाई माया गरे जस्तै एक आर्कालाई माया गर्नू| आँफूले गर्ने सबै काममा दया देखाउनू|” उनले सानो तर स्पष्ट स्वरमा भनिन्, “कोशिस गर, कोशिस गर, कोशिस गर” मलाई लाग्छ कि उनले पाउने छन्, जब उनले उहाँलाई देख्छीन्, कि हाम्रो मुक्तिदाताले आफ्नो नाउँ उनको हृदयमा राख्नुभएको छ र कि उनी उहाँ जस्तै भएकी छिन्| उहाँले उनलाई उनको अहिलेको समस्याको समयमा बोकिरहनुभेको छ जसरी उहाँले तपाईलाई तपाइँका समस्यामा बोक्नुहुनेछ|

म तपाइँलाई मेरो गवाही दिन्छु कि मुक्तिदाता तपाइँलाई चिन्नुहुन्छ र तपाइँलाई माया गर्नुहुन्छ| जसरी तपाईंले उहाँलाई चिन्नुहुन्छ त्यसरीनै उहाँले तपाइँलाई चिन्नुहुन्छ| उहाँलाई तपाईका समस्याहरु थाहा छ। उहाँले अनुभव गरिसक्नुभएकोछ। प्रयाश्चित्त मार्फत, उहाँले संसारमाथि विजय गर्नुभयो| तपाइँ उहाँको नाउँ आफूँमा लिन तयार भएकोले तपाइँले अनगिन्तिको बोझ हलुका गर्नुहुनेछ| समयमा तपाइँले यो पत्तालगाउनुहुनेछ कि तपाइँले मुक्तिदातालाई अझ बढी चिन्नुहुनेछ र अझ बढी प्रेम गर्नुहुनेछ| उहाँको नाम तपाइँको हृदयमा हुनेछ र तपाइँको सम्झनामा कोरिनेछ| यो त्यही नाम हो जसबाट तपाइलाई बोलाइनेछ । म उहाँको मप्रतिको, र मेरा आफन्त प्रतिको र तपाइँहरूप्रतिको प्रेमको गवाही दिन्छु, येशू ख्रीष्टको नाउँमा| आमिन

प्रिन्ट गर्नुहोस्