२०१०–२०१९
हामी आफैमा येशू ख्रिष्टको नाम लिने
अक्टोबर २०१८


येशू ख्रिष्टको नाम आफूमा लिनु

हामी आस्थावान भएर येशू ख्रिष्टको नाम अफुमा लिनेछौँ - उहाँले जस्तै हेरेर, उहाँले जस्तै सेवा गरेर र यो विस्वासका साथ कि उहाँको महिमा पर्याप्त छ ।

मेरा सहकारी दाजुभाई र दिदीबहिनीहरु,हालै, जब म अध्यक्ष नेल्सनले चर्चलाई प्रकाश गरिएको नामले बोलाउने आग्रहको बारेमा विचार गर्दै थिएँ, मैले मुक्तिदाताले नफीहरुलाई चर्चको नामको बारेमा दिनुभएको निर्देशनमा पल्टाएँ।जब मैले मुक्तिदाताका शब्दहरु पढें, म अचम्म भएँ जसरी उहाँले मानिसहरुलाई यो पनि भन्नुभएको थियो कि “तिमीहरुले आफूमा ख्रिष्टको नाम लिनुपर्छ ।”यस्ले मलाई आफैलाई हेर्न र सोध्ने बनायो, “के मैले येशू ख्रिष्टको नामलाई उहाँले चाहनु भएको जस्तै आफूमा लिइरहेको छुँ ?”आज मैले मेरो प्रश्नको उत्तरमा प्राप्त गरेको केहि विचारहरु बाँड्न चाहन्छु ।

पहिलो, ख्रिष्टको नामलाई आफूमा लिनु भनेको हामीले आस्थाका साथ परमप्रभुले जस्तै हेर्ने प्रयास गर्नु हो ।परमप्रभुले कसरी हेर्नुहुन्छ ? जोसेफ स्मिथले भन्नुभयो, “जबकी मानव जतिको एक भागले अर्कोलाई निर्दयी भएर मूल्यांकन गर्ने र सताउने गर्छन्, विश्वोका महान अविभावकले मानव परिवारका सबैको पितारुपी हेरचाहका साथ र बुबाले जस्तो ध्यान दिएर हेरचाह गर्नुहुन्छ” किनकी “उहाँको माया अगाध छ।”

केहि वर्ष अघि मेरी दिदी बित्नुभयो । उहाँको जीवन चुनौतीपूर्ण थियो । उहाँ सुसमाचारमा सङ्घर्ष गर्नुहुन्थ्यो र कहिले पनि सक्रिय हुनुभएन । उहाँको श्रीमानले उहाँहरुको विवालाई त्याग्नुभयो र उहाँलाई चारजना बच्चाहरु सहित छोड्नुभयो । उहाँको मृत्यु भएको दिनको साँझ, एउटाकोठामा उहाँका बच्चाहरुको साथमा, मैले उहाँलाई शान्तिपुर्ण घर फर्कने आशिष दिएँ । त्यो समयमा मैले महसुस गरेँ कि मैले मेरो दिदी को जीवनलाई चुनौती र निष्क्रीयताको रुपमा धेरै ब्याख्या गरेको रहेछु। जब मैले त्यो साँझ आफ्नो हात उहाँको शिरमा राखेँ मैले आत्मा द्वारा गम्भीर ज्ञान प्राप्त गरेँ । मलाई उहाँको असल पनाको तिब्र ज्ञान दियीयो र उहाँलाई परमप्रभुले जस्तै हेर्ने अवसर दियियो – नकी सुसमाचारमा र जीवनमा सङ्घर्ष गरेको तर जसले जीवनमा गाह्रो परिस्थिति भोगेको जुन मैले भोगेको थिएन । मैले उहाँलाई विशिष्ट आमाको रुपमा देखेँ जसले आफ्ना चार राम्रा, अद्भुत बच्चारुलाई ठुला बाधाहरुको बावजुद हुर्काए । मैले उहाँलाई हाम्रो आमाको साथीको रुपमा देखेँ जसले हाम्रो बुबाको मृत्यु पछि उहाँको साथ रहेर हेरचाह गर्थ्यो ।

मेरो दिदीसंगको त्यो अन्तिम साँझमा, मलाई लाग्छ कि परमप्रभुले मलाई सोध्दै हुनुहुन्थ्यो, “के तिमीले देख्न सक्दैनौ कि तिम्रा वोरीपरीका सबै पवित्र प्राणीहरु हुन् ?”

ब्रिघम योङ्गले सिकाउनुभयो:

“म सन्तहरुलाई आग्रह गर्न चाहन्छु... मानिसहरुलाई उनीहरु जस्तो छ त्यही अनुसार बुझ्नु पर्छ आफु जस्तो छ त्यो अनुसार हैन।”

कति पटक भनिन्छ – ‘फलानोले गलत गरेको छ र उ सन्त हुन सक्दैन ।’ हामीले कसैले कसम खाएको र झुठो बोलेको सुन्छौँ ... [अथवा] सबाथलाई तोडेको ... तेस्ता व्यक्तिहरुको मूल्यांकन नगर, किककी उनीहरुको सम्बन्धमा परमप्रभुको योजना के छ भन्ने कुरा तिमीलाई थाहा छैन ...[बरु] उनीहरुलाई सहनु।”

के तिमीहरु कसैले हाम्रो मुक्तिदाताले थाहै नदिई तिमीहरु र तिमीहरुका बोझहरु आफुद्वारा पन्छाएको कल्पना गर्नसक्छौ ? मुक्तिदाताले समारी, व्यभिचारी, कर संग्रहकर्ता, कुष्ट रोगि, मानसिक रोगि, र पापीलाई समान आँखाहरुले हेर्नुहुन्थ्यो । सबैजना उहाँका पिताका सन्तान थिए। सबै उद्धार योग्य थिए ।

के तिमीहरुले परमेश्वरको राज्यमा उनीहरुको स्थानका बारेमा शंका भएको वा कुनै प्रकारले पिडीत भएको कसैबाट उहाँ टाढा जानुभएको कल्पना गर्न सक्छौ ? म सक्दिन । ख्रिष्टको नजरमा, हरेक आत्मा अनन्त योग्य हुन्छ । कोहीपनि असफलताको लागि पूर्वनिर्धारित हुँदैन । अनन्त जीवन सबैको लागि सम्भब छ ।

मेरो दिदीको पलंग छेउको आत्माको ज्ञानबाट, मैले ठुलो शिक्षा पाएँ: कि जसरी उहाँले देख्नुहुन्छ हामीले हेर्यौं भने, हाम्रो डबल जित हुन्छ – हामीले जसलाई छुन्छौँ त्यसको मुक्ति र हाम्रो अफ्नो मुक्ति ।

दोस्रो,ख्रिष्टको नाम आफूमा लिन, हामीले परमप्रभुले जस्तो हेर्ने मात्र नभई, हामीले उहाँको कार्य गर्नुपर्छ र उहाँले सेवा गर्नु भएको जस्तै सेवा गर्नुपर्छ । हामी दुई महान आज्ञाहरु जिउछौँ, परमप्रभुको इच्छामा समर्पित हुने, इस्राएललाई समेट्ने, र आफ्नो प्रकाशलाई “मानिसहरु सामु चम्काउने ।”१०हामीले उहाँको पुनर्स्थापित चर्चको करारहरु र विधिहरु प्राप्त गर्छौँ र जिउछौँ । ११जब हामी यो गर्छौँ, परमप्रभुले हामीलाई हामी आफैलाई, हाम्रो परिवारलाई, र अरुहरुको जीवनलाई अशिषित गर्ने शक्तिको वरदान दिनुहुन्छ । १२आफैलाई सोध, “के म कसैलाई चिन्दछु जसलाई स्वोर्गको शक्तिहरु उनीहरुको जीवनमा चाहिंदैन?”

परमप्रभुले हामी माझ चमत्कारी कार्यहरु गर्नुहुन्छ जब हामीले आफुलाई पवित्र राख्छौं । १३हामीले आफ्नो हृदयहरुलाई शुद्ध गरेर आफुलाई पवित्र राख्छौं । १४हामीले हाम्रो हृदयहरुलाई शुद्ध गर्छौँ जब हामी उहाँलाई सुन्छौँ, १५हाम्रो पापको प्रायश्चित गर्छौँ, १६परिबर्तित हुन्छौँ, १७र उहाँले माया गरेको जस्तै माया गर्छौँ । १८मुक्तिदाताले हामीलाई सोध्नुभयो, “एदी तिमीले तिनीहरुलाई माया गर्छौ जसले तिमीलाई माया गर्छ, तिमीले के पाउँछौ ?” १९

मैले हालै एल्डर जेम्स इ. तल्मेजको जीवनको एउटा अनुभबको बारेमा थाहा पाएँ जसले मलाई रुक्न र विचार गर्न लगायो कि म कसरी मेरा वोरिपरिकाहरुलाई माया गर्छु र सेवा गर्छु । जब उहाँ यूवा प्राध्यापक हुनुहुन्थ्यो, प्रेरित हुनु भन्दा अघि र १९८२को घातक भ्यागुते रोगको महामारी को चरम अवस्थामा, एल्डर तल्मेजले एक अपरिचित परिवार, चर्चका सदस्य नभएका, जो उहाँ नजिकै बस्थे, र जो रोगले विचलित भएको पत्ता लगाउनुभयो । कसैलाई पनि त्यो संक्रमित घर भित्र गएर आफुलाई जोखिममा पार्न मन थिएन । तथापि, एल्डर तल्मेज तुरुन्तै घरतिर लाग्नुभयो । उहाँले चारजना बच्चाहरु भेट्टाउनुभयो: डेढ वर्षको बच्चा पलङ्मा मृत अवस्थामा, पाँच बर्ष र दस बर्ष को ठुलो पिडामा, र तेह्र बर्षको कमजोर अवस्थामा । अविभावकहरु शोक र थकानले पिडित थिए ।

एल्डर तल्मेजले मृत र जीवितलाई लुगा लगाइदिनुभयो, कोठाहरु सफा गर्नुभयो, माटो लागेका लुगाहरु बोक्नुभयो, र रोगले भरिएको महिला थाङ्नाहरु जलाउनुभायो । उहाँले दिनभरी काम गर्नुभयो र अर्को बिहानी फर्कनु भयो । दस बर्षको बच्चा राती बित्यो । उहाँले पाँच वर्षको बच्चालाइ बोक्नुभयो । उसले उहाँको अनुहार र लुगा भरि रगतले भरिएको खकार छाड्यो । उहाँले लेख्नुभयो, “मैले उसलाई छोड्न सकिन,” र उहाँले तिनी नमरुन्जेल सम्म आफ्नो हातमा बोकिरहनुभयो । उहाँले तिनैजना बच्चाहरुलाई गाड्न सहयोग गर्नुभयो र शोकाकुल परिवारलाई खान र सफा कपडाको ब्यबस्था गरिदिनुभयो । घर फर्किएपछि, दाजु तल्मेजले आफ्नो लुगाहरु नस्ट गर्नुभयो, जिंक सोलूशनमा नुहाउनुभयो, परिवारसंग अलगिनु भयो, र रोगबाट हल्का अक्रमित हुनुभयो ।२०

हाम्रो वोरिपरीका धेरै जीवनहरु जोखिममा छन् । सन्तहरुले सबैलाई जुनसुकै अवस्थामा भएपनि पवित्र भएर र सेवा गरेर मुक्तिदाताको नाम आफूमा लिन्छन् – जीवनहरु बचाइन्छ जब हामीले गर्छौँ ।२१

अन्तत,म विस्वास गर्छु कि उहाँको नाम आफूमा लिनको लागि हामीले उहाँको विस्वास गर्नुपर्छ । मैले भाग लिएको एउटा आइतबारको सभामा, एउटी युवतीले येसो भनेर सोधिन्: “मेरो प्रेमी र म हालै छुट्टीयौं, र उसले चर्च छोड्ने छनोट गर्यो । उसले भन्यो कि उ कहिले पनि खुशी थिएन । यो कसरि हुनसक्छ ?”

मुक्तिदाताले यो प्रश्नको जवाफ दिनुभयो जब उहाँले नफिहरुलाई भन्नुभयो, “तर एदी तिमीहरुको जीवन मेरो सुसमाचारमा बनेको छैन भने, र मानिसहरुको कार्यमा बनेकोभए, अथवा शैतानको कार्यमा, म तिमीहरुलाई भन्छु तिमीहरुले केहि समयको लागि खुशी पाउनेछौ, र विस्तारै अन्त आउनेछ ।”२२ येशु ख्रिष्टको सुसमाचार बहिर कुनै स्थायी खुशी छैन ।

त्यो सभामा, तथापि, मैले धेरै राम्रा मानिसहरुको बारेमा सोचें जसलाई म चिन्दछु जो धेरै बोझहरुका साथ संघर्ष गरिरहेका छन् र आज्ञाहरु जुन कठिन छन् । मैले आफैलाई सोधें, “मुक्तिदाताले तिनीहरुलाई अरु के भन्नुहुन्छ होला त ?” २३मलाई लाग्छ उहाँले सोध्नुहुन्छ, “के तिमि मलाई विस्वाश गर्छौ ?” २४रगतको समस्या भएको महिलालाई, उहाँले भन्नुभयो, “तिम्रो आस्थाले तिमीलाई पूर्ण भनाएको छ, शान्तिले जाऊ ।” २५

मेरो सबैभन्दा मनपर्ने धर्मशास्त्र हो युहन्ना ४:४, जसले भन्छ, “उहाँलाई समरिया भएर जानुपर्थ्यो।”

मलाई त्यो धर्मशास्त्र किन मनपर्यो ? किनकी येशुलाई समारिया जान जरुरीथिएन । उहाँको समयको येहुदिहरुले समारिहरुलाई घृणा गर्थ्यो र समारिया वोरिपरिको बाटो हिड्थ्यो । तर येशुले पहिलो चोटी सबै संसार सामु उहाँ नै वाचा गरिएको मसिहा हुनुन्छ भनेर घोषणा गर्न त्यहाँ जाने छनौट गर्नुभयो । यो सन्देशको लागि, उहाँले बहिष्कार गरिएको समुहलाई मात्र नभई एउटी महिलालाई पनि छान्नु भयो -र कुनै महिलालाई मात्र नभई पापमा रहेकी महिला –जसलाई त्यो समयमा तुच्छ भन्दा तुच्छ मानिएको थियो । मलाई विस्वास छ कि येशुले हामी हरेकले उहाँको माया हाम्रो डर, हाम्रो घाउहरु, हाम्रो कुलत, हाम्रो दुविधा, हाम्रो प्रलोभन, हाम्रो पाप हाम्रो बिछड़ीएको परिवारहरु, हाम्रो चिन्ता र दुख, निरन्तर बिमारी, हाम्रो गरिबी, हाम्रो दुर्व्यवहार, हाम्रो निराशा र हाम्रो एक्लोपन भन्दा ठुलो छ भनेर सँधै बुझोस् भनेर एस्तो गर्नुभएको हो । २६उहाँले हामी सबैले उहाँले चंगाई गर्न नसक्ने र स्थाई खुशी दिन नसक्ने केहिपनि र कोहीपनि छैन भनेर जानोस् भन्ने चाहनुहुन्छ ।२७

उहाँको महिमा पर्याप्त छ । २८उहाँ एक्लै आउनुभयो । उहाँको प्रायश्चित्तको शक्ति हाम्रो जीवनको कुनैपनि बोझलाई सहने शक्ति हो । २९कुवामा भएकी महिलाको सन्देश यो हो कि उहाँले हाम्रो जीवनको अवस्था बुझ्नुहुन्छ३० र हामी जहाँ भएतापनि सँधै उहाँसंग हिड्न सक्छौँ । उनीलाई र हामी हरेकलाई, उहाँ भन्नुहुन्छ, “जसले मैले दिएको पानी पिउँछ उ कहिले पनि तिर्खाउँदैन; तर अनन्त जीवनसम्म रहिरहने कुवाको पानी पाउने छ ।”३१

जीवनको कुनैपनि यात्रामा तिमी किन एकमात्र मुक्तिदातासंग पर जान्छौ जोसंग तिम्रो चंगाई र मुक्तिको शक्ति छ ? उहाँमा विस्वास गर्न जति प्रयास गर्न सक्छ त्यो अमुल्य हुन्छ । मेरा दाजुभाई र दिदीबहिनीहरु, हामी सोर्गका पीता र येशु ख्रिष्टमा आस्था बढाउन छनोट गरौँ ।

मेरो आत्माको गहिराईबाट, म गवाही दिन्छु कि पछिल्ला दिनका सन्तहरुको येशु ख्रिष्टको चर्च सत्य अगम्बक्ता मार्फत जीवित ख्रिष्टद्वारा निर्देशित गरिएको मुक्तिदाताको चर्च हो । मेरो प्रार्थना यो छ कि हामीले आस्थावान भएर येशु ख्रिष्टको नाम अफुमा लिनेछौँ - उहाँले जस्तै हेरेर, उहाँले जस्तै सेवा गरेर र यो विस्वासका साथ कि उहाँको महिमा हामीलाई घर जान र अनन्त खुशी प्राप्त गर्नको लागि पर्याप्त छ । येशू ख्रिष्टको नाउँमा, आमिन ।

नोटहरू

  1. ३ नफी २७:३-८ हेर्नुहोस्

  2. ३ नफी २७:५-६ हेर्नुहोस्; सिद्धान्त र करार २०-७७ पनि हेर्नुहोस् र प्रभु भोजको करार

  3. हेर्नुहोस् डालिन एच. ओक्स, His Holy Name (१९९८) येशु ख्रिष्टको नाम आफूमा लिनको लागि र येशु ख्रिष्टको नामको गवाही बन्नको लागि विस्तृत अध्ययन।

  4. मोसियाह ५:२-३ । राजा बेन्जामिनका मानिसहरु जसले आफूमा ख्रिष्टको नाम लिए उनीहरु माझ हृदय परिबर्तन हुनुको कारण उनीहरुका “उत्कृष्ट विचार” को बुझाई थियो । ति जसले सेलेस्तियल राज्य प्राप्त गर्छन तिनीहरु “जस्तो देखिन्छ तेस्तै देख्ने” व्यक्तिहरु हुन् । (सिद्धान्त र करार ७६:९४)।

  5. Teachings of Presidents of the Church: Joseph Smith (2007), 39.

  6. Brigham Young, in Journal of Discourses, 8:37.

  7. Discourses of Brigham Young, sel. John A. Widtsoe (1954), 278.

  8. ३ नफी १७:७हेर्नुहोस्।

  9. हेर्नुहोस् यूहन्ना ३:१४-१७; प्रेरित १०:३४;१ नफी १७;३५; २ नफी २६:३३; सिद्धान्त र करार ५०: ४१-४२; मोशा १;३९। एल्डर डी. टड. क्रिस्तोफरसनले पनि सिकाउनुभयो: “हामी निर्धक्क भएर गवाही दिन्छौँ कि येशु ख्रिष्टको प्रायस्चित्त प्रत्याशित भैसक्यो र अन्तमा, जसले उहाँमा फर्किन्छन्, सबैको अभाब र क्षतिको क्षतिपूर्ति गरिनेछ ।” पितासंग आफ्ना सन्तानका लागि भएको भन्दा कम प्राप्त हुन्छ भनेर कसैलाई पूर्वनिर्धारित गरिएको छैन” (Why Marriage, Why Family,” Liahona, May 2015, 52)

  10. हेर्नुहोस् मत्ती ५:१४-१६;२२:३५-४०; मोसियाह ३:१९; सिद्धान्त र करार ५०:१३-१४;१३३:५; see also Russell M. Nelson, “The Gathering of Scattered Israel,” Liahona, Nov. 2006, 79–81

  11. हेर्नुहोस् लेवीहरु १८:४;२ नफी ३१:५-१२; सिद्धान्त र करार १:१२-१६;१३६;४; आस्थाका बुंदाहरु १:३-४

  12. हेर्नुहोस् सिद्धान्त र करार ८४:२०-२१; ११०:९

  13. हेर्नुहोस् यशैया ३:५; सिद्धान्त र करार ४३:१६; यूहन्ना १७:१९ पनि हेर्नुहोस् । मुक्तिदाताले हामीलाई आशिष दिनको निम्ति शक्ति प्राप्त गर्न आफुलाई पवित्र बनाउनुभयो ।

  14. हेर्नुहोस् हेलामान ३:३५; सिद्धान्त र करार १२:६-९; ८८:७४

  15. हेर्नुहोस् जोसेफ स्मिथ – इतिहास १:१७, अगम्बक्ता जोसेफ स्मिथलाई परमप्रभुद्वारा प्रकाशमा दियिएको पहिलो आज्ञा; २ नफी ९:२९; ३ नफी २८:३४ पनि हेर्नुहोस् ।

  16. हेर्नुहोस्मर्कूस १:१५;प्रेरित ३:१९; आल्मा ५:३३; ४२:२३; सिद्धान्त र करार १९:४-२०। पापका बारेमा यी दुई विचारहरु मनन गर्नुहोस् । पहिलो, हग निबले लेख्नुहुन्छ: “ पाप अनावश्यक हो । एसले एक काम गरिरहेको हुन्छ जब कि तिमीले अर्को काम गर्नुपर्ने थियो जसको क्षमता तिमीमा छ” {Approaching Zioned. Don E. Norton [1989], 66) जोन वेस्ली का आमा, सुसाना वेस्लीले आफ्नो छोरालाई लेख्नुभयो: “यो नियमलाई लिउ: जेसुकै कुराले तिम्रो कारणलाई कमजोर पार्छ, अन्तस्करणका विनम्रतालाई बिगार्छ, तिम्रो परमप्रभुको भावनालाई अस्पष्ट पार्छ, आत्मिक कुराहरु प्रतिको चाहनालाई मेटाउँछ, जेसुकै कुराले मस्तिष्क माथि शरीरको अधिकारलाई बढाउँछ, त्यो कुरा तिम्रोलागि पाप हो, जतिसुकै निर्दोष देखिएपनि” (Susanna Wesley: The Complete Writings,ed. Charles Wallace Jr. [1997], 109)।

  17. हेर्नुहोस् लूका २२:३२;३ नफी ९:११

  18. हेर्नुहोस् यूहन्ना १३;२-५, ३४ । उहाँको प्रयेस्चित्तको साँझ, मुक्तिदाताले तेस्को पैताला धुनुभयो जसले उहाँलाई धोखा दिएको थियो, र अर्को जसले उहाँलाई अस्विकार गरेकोथियो, अनि अझै अरुहरु जो उहाँको सबैभन्दा आवश्यक समयमा निदाएका थिए । त्यसपछि उहाँले सिकाउनुभयो, “एउटा नयाँ आज्ञा म तिमीहरुलाई दिन्छु कि तिमीहरुले एकअर्कालाई माया गर जसरी मैले तिमीहरुलाई गरें ।”

  19. मत्ती ५:४६

  20. See John R. Talmage, The Talmage Story: Life of James E. Talmage—Educator, Scientist, Apostle (1972), 112–14.

  21. हेर्नुहोस् आल्मा १०:२२;६२;४०

  22. ३ नफी २७:११

  23. मेथिउ ११:२८-३० मा, परमप्रभुले भन्नुहुन्छ: “हे थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीलाई बिश्राम दिनेछु । ...किनभने मेरो जुवा कमलो छ र मेरो भारि हलुका छ।” २ कोरिन्थी १२:७-९पनि हेर्नुहोस् । पाउलले पिडालाई शरीरमा एउटा शक्तिशाली कादको रुपमा व्याख्या गरेकाछन्,” जुन उनले हटाइदिन प्रार्थना गरेका थिए । ख्रिष्टले उनलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बल्तामा नै सिद्द हुन्छ।” एतेर १२:२७ पनि हेर्नुहोस्

  24. मोसीयाह ७:३३; २९:२०; हेलामान १२:१; सिद्धान्त र करार १२४:८७ हेर्नुहोस् ।

  25. लूका ८:४३-४८; मर्कुस ५:२५-३४हेर्नुहोस्। रगत बग्ने समस्या भएकी महिला अति आवस्यकतामा थिइन् र विकल्प थिएन। उनिले १२ वर्ष पीडामा परेकी थिइन्, सबै सम्पति चिकित्सकहरुमा खर्च गरिन् र अझै नराम्रो हुँदैथियो। आफ्ना मानिसहरु र परिवारबाट निकालिएकी, उनिले जानीजानी ठूलो भिड हुँदै गईन् र आफैलाई मुक्तिदाता सामु फालिन। उनिलाई मुक्तिदतामा पूर्ण बिश्वास र आस्था थियो र उहाँलाई उनिले आफ्नो लुगाको टुप्पो छोएको महसुस् गर्नुभयो। उहाँको चंगाई शारीरिक, सामाजिक, मानसिक र आत्मिक थियो। चुनौतीहरु धेरै वर्ष सम्म वा जीवनभर तन्किन सक्छ तर उहाँको चंगाईको प्रतिज्ञा पक्का र पूर्ण छ।

  26. लूका ४:२१; यूहन्ना ४:६-२६ हेर्नुहोस् । यूहन्नले होइन, लुकाले लेखेकाछन् कि येशूको सेवाकाइको सुरुवातमा उहाँ नाजरेथमा आफ्नै उपासनागृहमा जानुभयो, यशैयाबाट मसिहका बारेमा भविष्यवाणी गरेको एक अंश पढ्नुभयो र घोषणा गर्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरुले सुन्दासुन्दै पुरा भएकोछ।” मुक्तिदाताले आफैलाई मसिह भनेर बोलेको यो पहिलो अभिलेख हो। तथापी याकूबको इनारमा, येशूले खुला फोरममा आफ्नो मसिह्त्वका बारेमा गरेको पहिलो घोषणालाई यूहन्नाले अभिलेख गरेका छन्। यो अवस्थामा, समारीहरुलाई गैर यहूदी मानिने भएकाले, येशूले यो पनि सिकाउनुभयो कि उहाँको सुसमाचार सबैका लागि हो, यहूदी र गैर यहूदी दुबै। यो घोषणा छैठौं घन्टी वा मध्यान्ह तिर आउँछ, जुनबेला पृथ्वीले सूर्यबाट सबैभन्दा धेरै प्रकाश प्राप्त गर्छ। याकूबको इनार पनि उपत्यकाको त्यही ठाउँ नजिक छ जहाँ प्राचिन इस्राएलले प्रतिज्ञाको भूमी छिरेपछि विधिवत् रुपमा परमप्रभुसँग करार गरेका थिए। रोचकको कुरा के छ भने, उपत्यकाको एकतिर सुक्खा पहाड छ भने अर्कोतिर जीवन दिने पानीका श्रोतहरु भरिभराउ भएको पहाड छ।

  27. एल्डर निल ए. मेक्सवेलले सिकाउनुभयो: “जब हामी तनावमा हुन्छौँ हामीमा दिनका लागि केहि बाँकि छ भनेर सोच्दछौँ । हामी यो थाहा पाउँदा सान्त्वना लिन सक्छौँ कि हाम्रो क्षमता पुर्णरुपमा थाहा पाउने परमेश्वरले हामीलाई यहाँ सफल हुन राख्नुभएको हो । कोसैलाई पनि असफल वा दुष्ट हुन पूर्वनिर्धारण गारिएको छैन। जब हामीलाई भारी महसुस हुन्छ, हामी यो कुरामा ढुक्क हौँ कि परमेश्वरले हामीलाई चाहिने भन्दा बडी दिनुहुने छैन”(“ Meeting the Challenges of Today” [Brigham Young University devotional, Oct. 10, 1978], speeches.byu.edu).

  28. अध्यक्ष रासल एम. नेलसनले सिकाउनुभयो:

    “कुनै दिन तपाईले आफैलाई मुक्तिदाताको अगाडी प्रस्तुत गर्नुहुनेछ। तपाई उहाँको पबित्र उपस्थितिमा रहन पाउँदा अति खुसीले आँसु आउनेछ। तपाईका पापहरुका लागि तिरेकोमा, अरु प्रति निर्दयी बनेको कुरालाई क्षमा गरेकोमा, तपाईलाई जीवनका चोटहरु र अन्यायहरु बाट चंगाई गरेकोमा उहाँलाई धन्यवाद दिन शब्दहरु खोज्न तपाईले संघर्ष गर्नुपर्नेछ ।

    “असम्भव गर्न मजबुत परेकोमा, तपाईका कमजोरीहरुलाई शक्तिमा परिवर्तन गरेकोम र उहाँसँग र तपाइको परिवारसँग अनन्तका लागि जिउन सम्भव बनाएकोमा तपाईले उहाँलाई धन्यवाद दिनुहुनेछ। उहाँको पहिचान, उहाँको प्रायश्चित, र उहाँका गुणहरु तपाईलाई व्यक्तिगत र वास्तविक हुनेछ” (“Prophets, Leadership, and Divine Law” [worldwide devotional for youth adults, Jan. 8, 2017], broadcasts.lds.org).

  29. यशैया५३:३-५; आल्मा ७:११; ; सिद्धान्त र करार १२२:५-९ हेर्नुहोस्

  30. जोसेफ स्मिथ- इतिहास १:१७ हेर्नुहोस्; Elaine S. Dalton, “He Knows You by Name,” Liahona, May 2005, 109–11.

  31. यूहन्ना ४:१४

प्रिन्ट गर्नुहोस्