२०१०–२०१९
के तिमी निको हुन चाहन्छौँ ?
अक्टोबर २०१८


के तिमि निको हुन चाहन्छौ?

येशू ख्रीष्टको प्रायश्चितका कारण, यदि हामीले पश्चाताप गर्ने निर्णय गर्यौँ र हाम्रा हृदय पूर्ण रुपमा मुक्तिदाता तिर मोड्यौं भने, उहाँले हामीलाई आत्मिक रुपमा निको पार्नुहुनेछ।

सुसमाचार प्रचारक्षेत्रमा गएको केहिमहिनामा, हाम्रोसबै भन्दा सानोछोरार उसकोसाथीले आफ्नोपढाई सकाउँदै थिए कि हाम्रो छोराले आफ्नो टाउकोमा मन्द दुखेको महसुसगर्यो । उस्लाई अचम्म लग्यो; पहिला उसले आफ्नो देब्रे हातको नियन्त्रण गुमायो, त्यस पछि उसको जिब्रो लाटोभयो। उसको देब्रेतिरको अनुहार झर्न थाल्यो।उस्लाई बोल्न अप्ठ्यारो भएको थियो। उस्लाई थाहा थियो कि केहि गडबड छ भनेर। उस्लाईके थाहा थिएन भने उ आफ्नोमस्तिस्कको तीन भागमा भयंकर स्ट्रोकको माझमा थियो। डर लाग्न थाल्यो जब आंशिक रुपमा पक्षघात भयो। स्ट्रोकको बिरामीले कति छिटो सेवा पाउँछ भन्ने कुराले उ कुन हदसम्म निको हुन्छ भन्ने कुरालाई ठूलोप्रभाव पार्दछ। उस्को आस्थावान पूर्णकालीनसुसमाचार प्रचारक साथीले निर्णायक कार्य गरे। ९११ लाई कल गरेपछि, उसलेआफ्नो साथीलाई आशिष दियो। चमत्कारको कुरा, एम्बुलेन्स मात्र पाँच मिनेटको दुरीमा थियो।

हाम्रो छोरालाई हस्पितलमा दौडाए पछि, मेडिकल कर्मचारीले त्यो अवस्थालाई छिटो मूल्याङ्कन गरे र निर्धारण गरे कि उनीहरुले हाम्रो छोरालाई औषधी दिनुपर्छ जसले स्ट्रोकले पक्षाघात बनाउने असरलाई समय बित्दै जाँदा उल्ट्याउन सक्ने हुनसक्छ । तर हाम्रो छोरालाई स्ट्रोक नभएकोभए त्यो औषधीले गम्भीर परिणाम ल्याउन सक्थ्यो जस्तै मस्तिकमा रक्तश्राव। हाम्रो छोराले छान्नु पर्यो। उसले औषधीलाई स्वीकार्ने निर्णय गर्यो। पूर्ण रुपमा निको हुनथप सल्यक्रिया गर्नुपर्यो र धेरै महिना लाग्यो। स्ट्रोकको परिणामहरु पर्याप्त रुपमा उल्टिएपछि, हाम्रो छोरा फर्कियो र आफ्नो सुसमाचार सेवा पुरा गर्यो।

हाम्रा स्वोर्गका पिता सर्वशक्तिमान र सबै जान्नुहुन्छ। उहाँलाई हाम्रो भौतिक संघर्षको बारेमा थाहा छ। उहाँलाई बिमारीबाट, रोग, उमेर, दुर्घटना वा जन्म विकारहरुका कारण हुने हाम्रो शारीरिक पिडाहरुका बारेमा अवगत छ। उहाँलाई चिन्ता, एक्लोपन, मानसिक चिन्ता, वा मानसिक रोगसँग सम्बन्धित हाम्रा भावनात्मक संघर्षहरुका बारेमा अवगत छ। अन्यायमा परेका वा दुर्व्यवहारमा परेका हरेक व्यक्तिलाई उहाँले चिन्नुहुन्छ। उहाँलाई हाम्रा कमजोरीहरु र हामीले सामना गर्ने प्रलोभनहरु र प्रवृत्तिहरु थाहा छ। हाम्रो मरणशील जीवनमा हामीले खराब छोडी असल छानछौँ कि छानदैनौं भन्ने परिक्षण गरिन्छ । उहाँका आज्ञाहरु पालना गर्नेहरु “कहिलेपनि नटुंगिने खुसीको अवस्थामा” उहाँसँग बस्नेछन्। उहाँ जस्तै बन्ने हाम्रो प्रगतिमा हामीलाई सहयोग गर्न, स्वोर्गका पिताले उहाँका पुत्र येशू ख्रीष्टलाई सबै शक्ति र ज्ञान दिनुभएको छ। त्यस्तो कुनै शारीरिक, मानसिक वा आत्मिक रोग छैन जसलाई ख्रीष्टले चंगाई गर्न सक्नुहुन्न।

हाम्रो मरणशील जीवनमा हामीले खराब छोडी असल छानछौं कि छानदैनौं भन्ने परिक्षण गरिन्छ । उहाँका आज्ञाहरु पालना गर्नेहरु “कहिलेपनि नटुंगिने खुशीको अवस्थामा” उहाँसग बस्नेछन्। उहाँ जस्तै बन्ने हाम्रो प्रगतिमा हामीलाई सहयोग गर्न, स्वोर्गका पिताले उहाँका पुत्र येशू ख्रीष्टलाई सबै शक्ति र ज्ञान दिनुभएको छ। त्यस्तो कुनै शारीरिक, मानसिक वा आत्मिक रोग छैन जसलाई ख्रीष्टले चंगाई गर्न सक्नुहुन्न।

मुक्तिदाताको भौतिक सेवाकाइको समय देखि, धर्मशास्त्रहरुले धेरै चमत्कारी घटनाहरुको उल्लेख गरेकाछन् जहाँ येशू ख्रीष्टले आफ्नो दैवी शक्ति प्रोयोग गरी शारीरिक रुपमा बिरामी हुनेलाई चंगाई गर्नु भएको थियो।

यूहन्नाको सुसमाचारले एउटा मान्छेको बारेमा उल्लेख गरेको छ जसले ३८ वर्ष सम्म एक दुर्बल तुल्याउने रोग सहिरहेका थिए।

“जब येशूले उसलाई पल्टी रहेको देखे र उ त्यो अवस्थामा रहेको धेरै समय भएको थाहा पाए, उहाँले उसलाई भने, के तिमि निको हुन चाहन्छौ?”

त्यो दुर्बल व्यक्तिले भन्यो कि उसलाई सबै भन्दा आवश्यक परेका बेला उसलाई सहयोग गर्ने कोहि थिएनन् ।

“येशूले उस्लाई भन्नुभयो, उठ, आफ्नो ओछ्यान बोक, र हिँड ।

“ रतुरुन्तै त्यो व्यक्तिलाई निको भयो र आफ्नो ओछ्यान उठायो र हिँड्यो ।”4

यो व्यक्ति लामो समय -३८ वर्ष - एक्लै पिडामा रहेको तुलनामा मुक्तिदाताको संलग्न पछि कति छिटो चंगाई आयो भन्ने कुरालाई ख्याल गर्नुहोस्। उपचार “तुरुन्तै” थियो।

अर्को समयमा, १२ वर्ष देखि रगत बग्ने समस्या भएकी एक महिला, जसले आफ्नो सम्पूर्ण सम्पति चिकित्सकहरुमा खर्च गरेकी थिइन्, ...उहाँको पछाडी आइन र उहाँको लुगाको टुप्पोलाई छोइन; र तुरुन्तै उनको रगतको समस्या रोकियो। …

“ र येशूले भन्नुभयो, कसैले मलाई छोयो: किनभने मैले महसुस गरें कि नैतिक गुण मबाटगएको छ।

“र जब ति महिलाले देखिन् कि उनि लुक्न सक्दिनन्, उनिले सबै सामु आफु कसरि तुरुन्तै निको भईन् भन्ने उहाँलाई घोषणा गरिन्।”

उहाँको सेवकाईद्वारा, ख्रीष्टले सिकाउनुभयो कि उहाँसंग भौतिक शरीर माथि शक्ति छ। ख्रीष्टले हाम्रो शारीरिक रोगहरुको उपचार कहिले गर्नुहुन्छ भन्ने समय हाम्रो हातमा हुँदैन। उहाँको समय र ज्ञान अनुसार चंगाई हुन्छ। धर्मशास्त्रमा केहिले दसकौँ पिडामा रहिरहे;अरु, उनीहरुको जीवनभर। भौतिक कमजोरीले हामीलाई निखार्न सक्छ र परमेश्वरमा हाम्रो निर्भरतालाइ गाढा बनाउँछ। तर जब हामी ख्रीष्टलाइ संलग्न हुन दिन्छौँ, उहाँले जहिले पनि हामीलाई आत्मिक रुपमा मजबुत पार्नुहुनेछ ताकि हामीसँग बोझहरु सहने बडी क्षमता होस्।

अन्तत:हामीलाई थाहा छ कि हरेक भौतिक रोग, खराबी, वा अपूर्णता पुनरुथानमा चंगाई हुनेछ। यो येशू ख्रीष्टको प्रायश्चितद्वारा सबै मानव जातिलाई उपहार हो।

येशू ख्रीष्टले हाम्रो भौतिक शरीरहरु भन्दा बडी चंगाई गर्न सक्नुहुन्छ। उहाँले हाम्रा आत्माहरु पनि चंगाई गर्न सक्नुहुन्छ। धर्मशास्त्रभरि हामीले सिक्छौँ कि कसरि आफ्ना आत्मा कम्जोर हुनेहरुलाई सहयोग गर्नुभयो र उनीहरुलाई निको पार्नुभयो। जब हामी यी अनुभवहरुलाई मनन् गर्छौं, हाम्रो जीवन आशिषित गर्ने मुक्तिदाताको शक्ति प्रति हाम्रो आशा र आस्था बढ्छ। येशू ख्रीष्टले हाम्रा जीवनका परीक्षाहरु भोग्न सहयोग गर्न हामीलाई शान्ति ल्याउँदै हाम्रा हृदयहरु परिवर्तन गर्न, हामीलाई अन्यायको परिणामबाट वा हामीले अनुभव गरेको दुर्व्यवहार बाट चंगाई गर्न, र हामीलाई भावनात्मक रुपमा चंगाई गर्दै क्षति र मनदुखाई सहन हाम्रो क्षमतालाई मजबुत पार्न सक्नुहुन्छ।

ख्रीष्टले हामीले पाप गर्दा पनि हामीलाई चंगाई गर्न सक्नुहुन्छ। हामीले तब पाप गर्छौं जब हामीले जानीजानी परमेश्वरको कुनै नियम तोड्छौं। जब हामी पाप गर्छौं, हाम्रो आत्मा अशुद्धहुन्छ। कुनैपनि अशुद्ध कुरा परमेश्वरको उपस्थितिमा बस्न सक्दैन।“पापबाट सफा हुनु भनेको आत्मिक रुपमा चंगाई हुनुहो।”१०

परमेश्वर पितालाई थाहा छ कि हामीले पाप गर्नेछौँ, तर उहाँले हामीलाई मुक्ति दिलाउन एउटा मार्ग तयार गर्नुभएकोछ। एल्डर लिन जि. रबिन्सले सिकाउनुभयो: “पश्चताप भनेको हामि असफल भएमा परमेश्वरको बैकल्पिक योजना होइन। हामीले असफल हुन्छौँ भन्ने थाहा भएकै कारण पश्चताप उहाँको योजना हो।”११जब हामि पाप गर्छौं, हामीलाई खराबको साटो असल छान्ने अवसर हुन्छ। हामीले असल छनौट गर्छौं जब हामीले पाप गरेपछि पश्चताप गर्छौं। येशू ख्रीष्ट र उहाँको बलिदानद्वारा हामी हाम्रा पापबाट उद्दार गरिन सक्छौँ र परमेश्वरको उपस्थितिमा ल्याइन सक्छौँ यदि हामीले पश्चताप गर्यौँ भने। आत्मिक चंगाई एकतर्फी होइन - यसका लागि मुक्तिदाताको उद्दार गर्ने शक्ति र पाप गर्नेको ईमान्दार पश्चताप चाहिन्छ।पश्चताप नगर्ने छनौट गर्नेहरुका लागि, उनीहरुले ख्रीष्टले प्रदान गरेको चंगाईलाइ अस्विकार गरिरहेका छन्। उनीहरुका लागि उद्दार नगरिएकोबराबर हो।१२

पश्चताप गर्न चाहने अरुसँग सल्लाह गर्दा, मलाई अचम्म लग्यो कि पापमा जिउनेहरुलाई सहि निर्णय गर्न कठिन हुँदोरहेछ। पबित्र आत्माले उनीहरुलाई छोड्छ, र उनीहरुलाई परमेश्वरको नजिक ल्याउने छनौटहरु गर्ने निर्णयहरु गर्न प्रायजसो संघर्ष गर्दछन्। आफ्ना पापरुको परिणामहरु देखि लज्जित वा डराइ उनीहरु महिनौँ वा वर्षौं पनि संघर्ष गरिरहन्छन्। प्राय उनीहरुले यो महसुस गर्छन् कि उनीहरु कहिले पनि परिवर्तन हुन सक्दैनन् वा क्षमापाउनेछैनन्। मैले प्राय उनीहरुले आफ्नो डर सुनाइरहेको सुन्थें कि यदी उनीहरुलाई माया गर्नेहरुले आफुले गरेको थाहा पाए भने, तिनीहरुले उनीहरुलाई माया गर्न छोड्नेछन् वा उनीहरुलाई छोड्ने छन्। जब उनीहरुले यो धारको सोच पछ्याउँछन्, उनीहरु त्यतिकै चुप रहने र पश्चतापलाई ढिला गर्ने निश्चय गर्छन्। उनीहरुले गलत तरिकाले यो सोच्छन् कि अहिले पश्चताप नगर्नु उचित छ ताकि आफुले माया गर्नेहरुलाई उनीहरुले थप चोट नपुर्याउन्। उनीहरुको मनमा अहिले पश्चतापको प्रक्रियामा जानुभन्दा यो जीवन पश्चात दुख पाउनु राम्रो लाग्छ । दाजुभाई तथा दिदीबहिनीहरु तपाईको पश्चतापलाई ढिला गर्नु कहिले पनि राम्रो विचार होइन। सैतानले प्राय हामीलाई येशू ख्रीष्ट प्रति हाम्रो आस्थामा तुरुन्तै कार्य गर्नबाट रोक्न हाम्रो डरलाई प्रोयोग गर्छ।

जब माया गर्नेहरुले पापी व्यवहारको सत्यताको सामना गर्छन, उनीहरुले गहिरो चोट लागेको महसुस गरे पनि, उनीहरुले प्राय इमान्दार पश्चातापी पापीलाई परिवर्तन हुन र परमेश्वरसँग पुनर्मिलन हुन सहयोग गर्न चाहन्छन्। वास्तवमा, आत्मिक चंगाईको गति बढ्छ जब पापीले स्वीकार्छ र उनीहरुलाई माया गर्नेले घेरछन् र उनीहरुलाई आफ्ना पापहरु त्याग्न सहयोग गर्छन्। कृपया याद राख्नुहोस् कि येशू ख्रीष्टतिर फर्कने पापका निर्दोष पिडितहरुलाई चंगाई गर्ने कुरामा उहाँ महान हुनुहुन्छ।१३

अध्यक्ष बोयड के. प्याकरले भन्नुभयो: “हाम्रा आत्माहरु क्षतिग्रस्त हुन्छन् जब हामीले गल्तिहरु र पापहरु गर्छौँ। तर हाम्रो भौतिक शरीर भन्दा बेग्लै , जब पश्चतापको प्रकृया पुरा हुन्छ, येशू ख्रीष्टको प्रायश्चितका कारण कुनै पनि दाग रहदैन। प्रतिज्ञा यो हो : ‘हेर, जसले आफ्नो पापको पश्चताप गरिसकेको छ, उसलाई माफ गरिन्छ, र म परमप्रभुले ती कहिले पनि सम्झने छैन’ सिद्धान्त र करार ५८:४२]।”१४

जब हामीले “सम्पूर्ण हृदयले पश्चताप गर्छौँ, १५तुरुन्तै उद्धारको महान योजना लागु हुनेछ” हाम्रो जीवनमा । १६मुक्तिदाताले हामीलाई चंगाई गर्नुहुनेछ।

स्ट्रोकले ग्रस्त हाम्रो छोरालाई सहयोग गर्ने सुसमाचार प्रचारक साथीले र चिकित्सा पेशेवरहरूले तुरुन्तै कार्यमा लागे। हाम्रो छोराले स्ट्रोक उल्ट्याउने औषधि लिने छनौट गर्यो। उसको बाँकि भौतिक जीवनभर उसलाई पछ्याईरहन सक्ने उसको स्ट्रोकका शक्तिहीन बनाउने असरहरुलाई उल्ट्याइयो। त्यसरी नै जति छिटो हामीले पश्चताप गर्छौं र येशू ख्रीष्टको प्रायश्चितलाई हाम्रो जीवनमा ल्याउछौँ, त्यति छिटो हामी पापका असरहरुबाट निको हुनेछौँ।

अध्यक्ष रासल एम. नेल्सनले यो आमन्त्रण गर्नुभयो: “यदी तपाईले मार्गबाट बाहिर जानुभएकोछभने, … मतपाईलाई कृपया फर्केर आउँन आमन्त्रण गर्दछु। तपाईका जेजति चिन्ताहरू भएपनि, तपाईका जेजति चुनौतिहरु भएपनि, यो परमप्रभुको चर्चमा तपाईलाई स्थान छ। करार मार्गमा फर्कने तपाईका कार्यहरुले तपाई र अहिले नजन्मेका पुस्ताहरु आशिषित हुनेछन्।”१७

हाम्रो आत्मिक चंगाई हुन हामीले हाम्रा मुक्तिदाताले उल्लेख गर्नुभएका सर्तहरुमा आफैलाई समर्पित गर्नुपर्नेछ। हामीले ढिलो गर्नु हुदैन! हामीले आजै गर्नुपर्छ !! अहिले केहि गर्नुहोस् ताकि आत्मिक पक्षघातले तपाइको अनन्त प्रगति नरोकोस। मैले बोल्दै गर्दा, तपाइले गल्ति गरेको कसैसँग माफ माग्न आवस्यक महसुस गर्नुभएकोछ भने, म तपाइलाई कार्य गर्न आमन्त्रण गर्दछु। उनीहरुलाई तपाईले के गर्नुभयो भन्नुहोस। उनीहरुसँग माफ माग्नुहोस। यदी तपाईले आफ्नो मन्दिर योग्यतालाई प्रभाव पर्ने पाप गर्नुभएकोछ भने, म तपाईलाई आफ्नो बिशपसँग सल्लाह गर्न आमन्त्रण गर्दछु। आज। ढिलो नगर्नुहोस।

मेरा दाजुभाई तथा दिदीबहिनीहरु, परमेश्वर हाम्रा मायालु स्वोर्गमा रहनुहुने पिता हुनुहुन्छ।उहाँले सबै शक्ति र ज्ञान उहाँका प्रिय पुत्र, येशू ख्रीष्टलाई दिनुभएको छ। उहाँका कारण, सबै मानव जाति एक दिन संधैका लागि हरेक शारीरिक रोग व्याधिहरुबाट चंगाई हुनेछौँ। येशू ख्रीष्टको प्रायश्चितका कारण, यदी हामीले पश्चताप गर्ने निर्णय गर्यौँ र हाम्रो हृदय पूर्ण रुपमा मुक्तिदाता तिर फर्कायौं भने, उहाँले हामीलाई आत्मिक रुपमा चंगाई गर्नुहुनेछ। त्यो चंगाई तुरुन्तै सुरु हुनसक्छ। छनौट हाम्रो हो।के हामी निको हुन चाहन्छौँ ?

म गवाही दिन चाहन्छु कि येशू ख्रीष्टले मुल्य चुकाउनुभयो ताकि हामी निको हुन् सकौँ। तर हामीले उहाँले दिने त्यो चंगाईको औषधि लिने छनौट गर्नुपर्छ। आज लिनुहोस्।ढिला नगर्नुहोस्। येशु ख्रीष्टको नाममा, आमिन।

नोटहरू

  1. त्यो औषधिलाई टिपिए (तिसिउ प्लास्मिनोजेन अक्टीवेटर) भनिन्091B ।

  2. मोसियाह २:४१

  3. मात्ति ४:२४हेर्नुहोस्। ख्रिष्ट सबै बिरामीहरुलाई चंगाई गर्दै हिड्नुभयो, धेरै थरिका रोगहरु भएकाहरुलाई पनि,” “सातवटहरु,” “सैतानले बास गरेका” र “पागल हुनेहरुलाई पनि।”

  4. यूहन्न ५:५-९हेर्नुहोस्; जोड दिएको।

  5. लूका ८:४३-४७ हेर्नुहोस्; जोड दिएको।

  6. आल्मा ४०:२३हेर्नुहोस्;हेलामान १४:१७

  7. लूका ५:२०, २३-२५ हेर्नुहोस्; योसेफ स्मिथ अनुवाद, लुका ५:२३( लुका ५:२३, फुटनोटमा )पनि हेर्नुहोस्: “के बिरामीलाई उठाएर हिड्न लगाउनु भन्दा पापहरु माफ गर्न बडी शक्ति चाहिन्छ ?”

  8. १ यूहन्ना ३:४ हेर्नुहोस्।

  9. ३ नफी २७:१९ हेर्नुहोस्

  10. The Gospel of Jesus Christ,” Preach My Gospel: A Guide to Missionary Service, rev. ed. (2018), lds.org/manual/missionary.

  11. Lynn G. Robbins, “Until Seventy Times Seven,” Liahona, May 2018, 22.

  12. मोसीयाह१६:५ हेर्नुहोस् ।

  13. धेरै अवसरहरुमा मैले तिब्र गतिमा व्यक्तिहरु चंगाई भएको देखेँ जब परिवारका सदस्यहरुले निष्ठा र विश्वासका प्रतिज्ञाहरु तोड्नेहरुको वरिपरि जुटेका थिए, उनीहरुको जीवनमा येशू ख्रिष्टको चंगाई गर्ने शक्तिका लागि उनीहरुलाई उहाँ तर्फ पूर्ण रुपमा फर्कन सहयोग गर्दै ।यदी साँच्चै नै पश्चातापी आत्माले इमादरका साथ परिवर्तन हुन खोज्छ भने, उनीहरुलाई सुसमाचार अध्ययन, इमान्दार प्रार्थना र येशू रुपी सेवामा सहयोग गर्ने परिवारका सदस्यहरुले पापीलाई मात्र सहयोग गर्दैनन् तर आफ्ना जीवनहरुमा मुक्तिदाता बाट आउने चंगाईमा बृद्दी हुने ढोका खोल्दछन्। जब योग्य निर्दोष पिडितहरुले भौतारिएको पापीलाई के सँगै पढ्ने, कसरी सेवा गर्ने र स्वोर्गका मार्गदर्शन खोजि गर्दै कसरी परिवारका सदस्यहरुलाई पश्चातापी आत्मालाई परिवर्तन हुन र येशू ख्रीष्टको उद्दार गर्ने शक्तिबाट फाइदा लिन समर्थन गर्न र मजबुत पार्न समाबेश गराउने भन्ने सहयोग गर्न सक्छ।

  14. Boyd K. Packer, “The Plan of Happiness,” Liahona, May 2015, 28.

  15. ३ नफी १८:३२

  16. आल्मा ३४:३१; जोड दिइएको

  17. Russell M. Nelson, “As We Go Forward Together,” Liahona, Apr. 2018, 7.

प्रिन्ट गर्नुहोस्