२०१०–२०१९
अहिले नै समय हो
अक्टोबर २०१८


अहिले नै समय हो

तपाईको जीवनमा विचार गर्नु पर्ने कुनै कुरा छ भने, समय अहिले हो ।

धेरै वर्ष अगाडी, एउटा ब्यापारिक यात्राको तयारी गर्दा, मैले छाती दुखेको महसुस् गरें । चिन्ताले, मेरी श्रीमतीले मसँग आउने निधो गरिन् । उडानको पहिलो चरणमा त्यो दुखाइ यति बढ्यो कि मलाई सास फेर्न मुस्किल भएको थियो । जब हामी ल्याण्ड गर्यों, हामीले एरपोर्ट छोड्यौं र स्थानीय अस्पतालमा गयौं, जहाँ थुप्रै परिक्षणहरु गरे पछि, त्यहाँका फिजिसियनले हामीलाई हाम्रो यात्रालाई निरन्तरता दिन सुरक्षित रहेको घोषणा गरे ।

हामी एरपोर्टमा फर्कियौं र हाम्रो अन्तिम गन्तब्य तिर उड्यौं । जब हामी ल्याण्ड गर्दै थियौँ, पाइलट इन्तेर्कोम फोन मा आयो र मलाई आफ्नो पहिचान दिन भन्यो । फ्लाइट परिचालक आयो र भन्यो कि उनीहरुले भर्खरै एक आकस्मिक कल प्राप्त गरे र मलाई भने कि मलाई असपताल लैजान एरपोर्ट मा एउटा एम्बुलेन्स कुरिरहेको छ ।

चिन्तित डाक्टरहरु भेट्यौँ जसले भने कि मेरो परिक्षण गलत भएको थियो र वास्तवमा मेरो फोक्सोमा रगत जमेको थियो जसका लागि तुरुन्तै चिकित्सा ध्यान चाहिन्छ । ती डाक्टरले हामीलाई खबर गरे कि धेरै बिरामीले यो अबस्थामा बाँच्न सक्दैनन् । हामी घर देखी टाडा रहेको थाहा भएर र हामी त्यस्तो जीवन परिवर्तन हुने घटना का लागि तयार भएनभएको निश्चित नभएर, ती डाक्टरले भने कि यदी हामीले आफ्नो जीवनमा कुनै कुरालाई विचार गर्नुपर्नेछ भने, अहिले नै त्यो समय हो ।

मलाई राम्रोसँग याद छ कि त्यो चिन्तित समयमा कसरी मेरो सबै दृष्टिकोण परिवर्तन भयो । केहि समय अगाडी धेरै महत्वपूर्ण रहेको कुरा अहिले कम चासोको कुरा बन्यो । मेरो मन यो जीवनको सुख र चिन्ताबाट अनन्त दृष्टिकोण तिर गयो - परिवार, बच्चाहरु, मेरी श्रीमती र अन्त मा मेरो आफ्नो जीवनको मूल्याङ्कनका सोचहरु ।

पारिवारिक र व्यक्तिका रुपमा हामी कस्तो गरिरहेको छौँ ? के हामी हामीले गरेका करारहरूसँग मिल्ने गरि र परमप्रभुको अपेक्षा अनुसार आफ्नो जीवन जिएका छौँ त वा शायद हामीले अन्जानम संसारका चिन्तालाई सबै भन्दा महत्व राख्ने कुराहरुबाट हामीलाई विचलित गराउन दिएका त छैनौँ ?

यो अनुभवबाट सिकेको एउटा महत्वपूर्ण पाठका बारेमा विचार गर्न मा तपाइलाई आमन्त्रण गर्दछु : संसारबाट पछि हट्ने र आफ्नो जीवनको मूल्याङ्कन गर्ने । वा डाक्टरको शब्दमा, यदी हामीले आफ्नो जीवनमा कुनै कुरालाई विचार गर्नुपर्नेछ भने, अहिले नै त्यो समय हो ।

यो अनुभवबाट सिकेको एउटा महत्वपूर्ण पाठका बारेमा विचार गर्न मा तपाइलाई आमन्त्रण गर्दछु : संसारबाट पछि हट्ने र आफ्नो जीवनको मूल्याङ्कन गर्ने । वा डाक्टरको शब्दमा, यदी हामीले आफ्नो जीवनमा कुनै कुरालाई विचार गर्नुपर्नेछ भने, अहिले नै त्यो समय हो ।

हामि सूचनाले भरिएको संसारमा बसेका छौँ, बढ्दै गइरहेको बिचलनहरुले प्रभुत्व जमाएको छ जसले जीवनका होहल्लाबाट निस्कन र अनन्त मूल्यका चिजहरुमा ध्यान दिन झन्झन् अप्ठ्यारो बनाउँछ । तिब्र गतिमा परिवर्तन भइरहेका प्रविधिको सहयोगमा हाम्रो दैनिक जीवनलाई ध्यान खिज्ने शिर्षकहरुले बोमबारी गरिन्छ ।

हामीले मनन गर्न समय निकलेनौं भने, यो तिब्र गतिको बातावरणले हाम्रो दैनिक जीवनहरुमा र हामीले गर्ने छनौटहरुमा पर्ने प्रभावका बारेमा पत्तो नै पाउने छैनौँ । हामीले आफ्नो जीवनलाई चित्र, भिडीयो र चम्किला शीर्षकहरुका रुपमा प्याक गरिएको सूचनाको बिस्फोटनमा डुबेको पाउन सक्नेछौँ । रोचक र मनोरन्जनात्मक भएतापनि, यी सबै हाम्रो अनन्त प्रगातीसँग कमै सरोकार राक्दछ र पनि तिनीहरुले हामीले हाम्रो मरणशील जीवनको अनुभव हेर्ने तरिकालाई प्रभाव पार्दछ ।

यी संसारिक बिचलनहरुलाई लहीको सपनासँग तुलना गर्न सकिन्छ । हाम्रो हात फलामको छडमा कसिलोसँग समाती जब हामी करार मार्गमा प्रगति गर्दै जान्छौँ, हामीले त्यो महान र फराकिलो भवनबाट “मजाक उडाउने र औला ठडाउनेहरुलाई” सुन्न र देख्न सक्छौँ (१ नफी ८:२७) । हामीले जानीजानी त्यसो गर्ने हाम्रो उदेश्य नहोला तर कहिलेकाहीँ हामी रोकिन्छौँ र होहल्ला के रहेछ भनेर हाम्रो नजर परिवर्तन गर्छौँ । हामी कहिले त त्यो फलामको छड छोड्न सक्छौँ र राम्रोसँग हेर्न नजिक जान पनि सक्छौँ । अरु चाँही “उनीहरुलाई गिज्याउनेहरुको कारण” पूर्णरुपमा पतन हुनसक्छन् ((१ नफी ८:२८) ।

मुक्तिदाताले हामीलाई चेतावनी दिनुभयो “ध्यान दिनुहोस्...अन्यथा तपाइको हृदय कुनैपनि बेला संसारका चिन्ताले भरिनेछ” ( लुका २१:३४) । आधुनिक प्रकाशले हामीलाई सम्झाउछ कि धेरैलाई बोलावट हुन्छ तर कमै छानिन्छन । उनीहरु छानिदैनन् “किनभने उनीहरुका हृदयहरु संसारका चिजहरुमा छन् र मानिसका प्रशंसा खोज्दछन्” (सिदान्त र करार १२१:३५; ३४ पद्य पनि हेर्नुहोस्)। हाम्रो जीवनको मूल्याङ्कनले हामीलाई संसारबाट पछि हट्न, हामी करार मार्गमा कहाँ उभिएका छौँ भनि चिन्तन गर्न र आवस्यक परेमा बलियो पकड र सिधा नजर को सुनिश्चित गर्न समायोजनहरु गर्न एक अवसर दिन्छ ।

हालसालैको एउटा विश्वस्तरीय युवा आरधना कार्यक्रममा, अध्यक्ष रासल एम. नेल्सनले युवालाई सामाजिग सञ्जालबाट अलगिएर संसारबाट पछि हटी सात दिनको उपवास लिन आमन्त्रण गर्नुभएको थियो । अनि हिजो मात्र उहाँले महिलाको सम्मेलन मा दिदीबहिनीहरुलाई त्यस्तै आमन्त्रण गर्नुभयो। त्यस पछि उहाँले युवाहरुलाई उनीहरुले महसुस् गर्ने कुरामा, सोच्ने कुरा वो सोच्ने तरिकामा केहि परिवर्तन देखिन्छ कि भनेर हेर्न भन्नुभयो । त्यस पछि उहाँले उनीहरुलाई “आफ्नो खुट्टा करार मार्गमा दरिलोसँग गाडिएकोछ भन्ने निश्चित गर्न परमप्रभुसँग बिस्तृत जीवन मूल्याङ्कन गर्न” आमन्त्रण गर्नुभयो । उहाँले उनीहरुलाई प्रोत्साहन गर्नुभयो कि यदी उनीहरुको जीवनमा केहि कुराको परिवर्तन गर्नुछ भने, “आज नै परिवर्तन गर्ने उत्तम समय हो ।”

हाम्रो जीवनमा परिवर्तन गर्नुपर्ने कुराहरुको मूल्याङ्कन गर्दा, हामीले आफैलाई एउटा व्यवहारिक प्रश्न सोध्न सक्छौँ: हामी कसरि यो संसारका बिचलनहरु भन्दा माथी उठ्न सक्छौँ र हाम्रो अगाडी रहेको अनन्त दृष्टिमा रहिरहन सक्छौँ?

२००७ को एउटा सम्मलेन सम्बोधनमा जसको शिर्षक थियो “राम्रो, अझ राम्रो, सब भन्दा राम्रो,” अध्यक्ष डालिन एच. ओक्सले हामी कसरि विरोधाभासपूर्ण संसारिक मागहरुको छनौटलाई प्राथमिकीकरण गर्ने भन्ने सिकाउनुभयो । उहाँले सल्लाह दिनुभयो, “हामीले अझ राम्रा वा सब भन्दा राम्रा छान्न केहि राम्रा कुराहरु छोड्नु पर्छ किनभने तिनीहरुले परमप्रभु येशू ख्रिष्टमा आस्था विकास गर्छ र हाम्रा परिवारहरुलाई मजबुत पार्छ ।”

म सुझाब दिन चाहन्छु कि जीवनमा सबभन्दा राम्रा कुराहरु येशू ख्रिष्ट र उहाँ को हो र उहाँसँग को सम्बन्धमा हामी को हौँ भन्ने अनन्त सत्यहरुको बुझाई मा केन्द्रित हुन्छन् ।

सत्यको खोजी गर

जब हामी मुक्तिदातालाई चिन्ने प्रयास गर्छौँ, हामीले हामी को हौँ र हामी किन यहाँ छौँ भन्ने आधारभूत सत्यलाई बेवास्ता गर्नु हुँदैन । आमुलेकले हामीलाई सम्झाउनुहुन्छ कि “यो जीवन परमेश्वरसँग भेट्न तयार गर्ने समय हो,” त्यो समय “जुन हामीलाई अनन्तका लागि तयार गर्न दिएको छ” (आलमा ३४:३२-३३) । एउटा चर्चित भनाइले हामीलाई सम्झाए जस्तै, हामी आत्मिक अनुभव गर्दै गरेको मानव होइन । हामि मानव अनुभव गर्दै गरेका आत्मा हौँ ।”

हाम्रो दैवी उत्पति लाई बुझ्नु हाम्रो अनन्त प्रगतिका लागि आवस्यक छ र यो जीवनका बिचलनहरुबाट हामीलाई मुक्त गर्न सक्छ । मुक्तिदाताले सिकाउनुभयो:

“यदी तिमिले मेरो शब्दमा निरन्तरता दियौ भने तिमि वास्तवमै मेरा चेला हौँ;

“अनि तिमीले सत्य थाहा पाउनेछौ र त्यो सत्यले तिमीलाई मुक्त गर्नेछ” (यूहन्ना ८:३१-३२) ।

अध्यक्ष जोसेफ एफ. स्मिथले भन्नुभयो, “मानवले यो संसारमा गर्न सक्ने सब भन्दा ठूलो उपलब्धी भनेको दैवी सत्यसँग आफैलाई एकदमै विस्तृत रुपमा, एकदमै निपूर्ण तरिकाले परिचित गर्नु हो, कि यो संसारमा कुनै प्राणी रहनेछैन भन्ने कुराले उनीहरुले प्राप्त गरेको ज्ञानलाई शंका गर्ने छैनन् ।”

आज संसारमा सत्यमाथिको बहस उत्कर्षमा पुगेको छ जहाँ सबै पक्षले व्यक्तिगत ब्याख्याका लागि खुल्ला रहेको सापेक्ष अवधारणा भए जस्तै गरि सत्यताको दाबी गर्छन । युवा जोसेफ स्मिथले पाउनुभयो कि उहाँको जीवनमा “दुविदा र संघर्षहरु यति धेरै थिए कि को सहि थियो र को गलत थियो भन्ने कुनै निस्कर्षमा आउन असम्भव थियो” (जोसेफ स्मिथ-इतिहास १:८) । “ यो शब्दहरुको लडाईं र विचारहरुको कोलाहलका बिच” उहाँले सत्यको खोजी गर्दै दैवी सहायता खोज्नुभयो (जोसेफ स्मिथ-इतिहास १:१०)

अप्रिल सम्मेलनमा, अध्यक्ष नेल्सनले सिकाउनभयो, “यदी हामीले सत्यलाई आक्रमण गर्ने हजारौँ आवाजहरु र मानिसका दर्शनहरु बिच केलाउने कुनै आशा राख्छौँ भने हामीले प्रकाश प्राप्त गर्न सिक्न पर्छ।” हामी सत्यको आत्मामा भर पर्न सिक्नु’ पर्छ, जुन “संसारले प्राप्त गर्न सक्दैन किनभने त्यसले उहाँलाई देख्दैन् नत उहाँलाई चिन्छ” (यूहन्ना १४:१७) ।

यो संसार बैकल्पिक सत्यतातिर तीव्र गतिमा सर्दै गर्दा, हामीले याकूबका शब्दहरु सम्झनु पर्छ कि “आत्माले सत्य बोल्दछ र ढाँट्दैन । यसकारण, यसले अहिलेका वास्तविक कुराहरुका, अनि वास्तवमा हुने कुराहरुका बारेमा बोल्दछ; यसकारण, हाम्रो जीवात्माको मुक्तिका निम्ति, यी कुराहरु सरलताका साथ हामीहरुसामु प्रकट गरिएको हो” (याकूब ४:१३)।

जब हामी संसारबाट पछि हट्छौं र हाम्रो जीवनको मूल्याङ्कन गर्छौ, हामीले गर्नुपर्ने परिवर्तनका बारेमा विचार गर्ने समय अहिले हो । हाम्रा आदर्श येशू ख्रिष्टले फेरी पनि एकपटक बाटोको नेतृत्व गर्नुभएकोछ भन्ने थाहा पाउदा ठुलो आशा लिन सक्छौँ । उहाँको मृत्यु र पुनरुत्थान पहिले जब उहाँले आफु वोरिपरी हुनेलाई उहाँको दैवी भूमिका बारेमा बुझाउन कोशिश गर्दै हुनुहुन्थ्यो, उहाँले उनीहरुलाई सम्झाउनुभयो,“कि ममा तिमीहरुलाई शान्ति होस् । संसारमा तिमीहरुलाई कष्ट हुनेछ: तर प्रसन्न रह; मैले संसारलाई जितेको छु” (यूहन्ना १६:३३) । उहाँको, येशू ख्रिष्टको नाममा म गवाही दिन्छु, आमिन ।

नोटहरू

  1. Russell M. Nelson, “Hope of Israel” (worldwide youth devotional, June 3, 2018), HopeofIsrael.lds.org.

  2. Dallin H. Oaks, “Good, Better, Best,” Liahona, Nov. 2007, 107.

  3. श्रेय प्राय पेरी तिल्हार्ड डे चारडीनलाई दिएको छ ।

  4. Teachings of Presidents of the Church: Joseph F. Smith (1998), 42.

  5. Russell M. Nelson, “Revelation for the Church, Revelation for Our Lives,” Liahona, May 2018, 96.

प्रिन्ट गर्नुहोस्