साधारण सम्मेलन
परमप्रभुलाई पवित्रता दिने
अक्टोवर २०२१ साधारण सम्मेलन


परमप्रभुलाई पवित्रता दिने

“वलिदान “त्याग गर्ने” का बारेमा कम र परमप्रभुलाई “दिने” का बारेमा अधिक हो।

मैले गत वर्ष, एसिया नर्थ एरिया अध्यक्षतामा सेवा गर्दा, विशप्रिक अध्यक्षतामा दोस्रो सल्लाहकारका रुपमा सेवा गर्नका लागि आमन्त्रण गर्दै मलाई अध्यक्ष रसल एम् नेल्सनबाट एउटा फोन आयो । उहाँले दयापूर्वक मेरी श्रीमती लोरीलाई कुराकानीमा सामेल हुन आमन्त्रित गर्नुभयो। कल समाप्त भएपछि, हामी अझै अविश्वासको स्थितिमा थियौँ जब मेरी श्रीमतीले सोधिन्,” जे भएपनि अध्यक्षता गर्ने विशप्रिकले के गर्छ?” केही समयको प्रतिविम्वि पछि, मैले जवाफ दिए, “मलाई ठ्याक्कै थाहा छैन!”

एक वर्ष पछि - अनि विनम्रता र कृतज्ञताका गहन अनुभूतिहरू पछि - म धेरै समझदारीका साथ मेरी श्रीमतीको प्रश्नको जवाफ दिन सक्छु। अन्य धेरै चीजहरूका अलवा, अध्यक्षता गर्ने विशप्रिकले चर्चका कल्याण र मानवीय कामको सुपरीवेक्षण गर्दछ। यो काम अब सारा संसारमा फैलिएको छ र परमेश्वरका पहिले भन्दा धेरै सन्ततिहरूलाई आशीषित गर्दछ।

एक अध्यक्षता गर्ने विशप्रिकका रुपमा हामीलाई चर्चका अद्भभूत कर्मचारीहरू र राहत समाज साधारण अध्यक्षता सहित अन्यले हामीलाई सहयोग पुर्याउनुभएको छ, जो चर्चको कल्याण र आत्मनिर्भर कार्यकारी समितिमा हाम्रो साथमा सेवा गरिरहनुभएको छ । त्यो समितिको सदस्यहरूका रुपमा , प्रथम अध्यक्षताले मलाई साथै दिदी शारोनयुबैंक, जसले हिजो साँझ हामीसँग बोल्नुभएको थियो - तपाईंसँग चर्चको हालको मानवीय प्रयासहरूका बारेमा अध्यावधिक गर्नका लागि अनुरोध गर्नुभायो। उनीहरूले विशेष गरी अनुरोध गरेका छन् कि हामीले उनीहरूको गहिरो कृतज्ञता ब्यक्त गरौँ किनकि, दाजुभाइ तथा दिदीबहिनीहरू, यो तपाईंहरू नै हो जसले ती मानवीय प्रयासहरूलाई सम्भव बनाउनुभएको छ।

छवि
मानवीय दानहरू
छवि
थप मानवीय दानहरू

जब हामी चिन्तासँगै कोभिड -१९ को सङ्कटका प्रारम्भिक आर्थिक प्रभावहरूलाई विश्वव्यापी देखेका छौँ, हामी सजिलै मौद्रिक योगदानमा गिरावटको आशा गर्न सक्थ्यौँ जो सन्तहरू दिनका लागि सक्षम हुनुहुन्थ्यो। जे भएपनि , हाम्रा आफ्नै सदस्यहरू महामारीका झट्काहरूबाट सुरक्षित थिएनन्। त्यसको ठीक विपरीत देख्दाका हाम्रा भावनाहरूलाई कल्पना गर्नुहोस् ! २०२० मा मानवीय दान अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ - र यो वर्ष झनै उच्च प्रवृत्तिमा छ। तपाईंहरूको उदारताको परिणाम स्वरुप, चर्चले १५० भन्दा बढी देशहरूमा १,५०० भन्दा बढी कोभिड राहत परियोजनाहरू सँगै मानवीय कोषको स्थापना पछि यसको सबैभन्दा व्यापक प्रतिक्रिया महसुस गर्न सक्षम भएको छ। यी दानहरू, जुन तपाईंहरूले परमप्रभुलाई यति नि:स्वार्थ रुपमा दिनुभएको छ, ती व्यक्तिहरुका लागि जीवन निर्वाह गर्ने खाना, अक्सिजन, चिकित्सा आपूर्ति, र खोप लगाउनका लागि रूपान्तरण गरिएको छ जुन अन्यथा उपलब्ध हुनेथिएन ।

छवि
शरणार्थीहरू
छवि
शरणार्थीहरू
छवि
शरणार्थीहरू

सामानहरूको योगदान गर्नु जस्तै समय र ऊर्जा को आपूर्ति पनि अति नै महत्वपूर्ण छ जुन चर्चका सदस्यहरू मानवीय कारणहरूमा दान गर्छन्। महामारी फैलिदै गर्दा, प्राकृतिक प्रकोप, नागरिक द्वन्द्व, र आर्थिक अस्थिरता निर्दयी बनिरहेको छ र लाखौँ मानिसहरूलाई उनीहरूका घरहरूबाट विस्थापित गरिरहेको छ। संयुक्त राष्ट्रसंघले अहिले प्रतिवेदन प्रस्तुत गरेको छ कि संसारमा ८२ मिलियन मानिसहरू जबरजस्ती विस्थापित भएका छन्। लाखौँ अरूलाई यसमा जोड्नुहोस् जो उनीहरू स्वयं वा उनीहरूका सन्ततिहरूका लागि अझ राम्रो जीवनको खोजीमा गरीबी वा उत्पीडनबाट भाग्न रोजेका छन् अनि तपाईं यो विश्वव्यापी स्थितिको परिमाणको एक झलकलाई पाउन शुरू गर्न सक्नुहुन्छ।

म यो प्रतिवेदन प्रस्तुत गर्न पाउँदा खुशी छु स्वयंसेवका समय र धेरैको प्रतिभाका लागि धन्यवाद, चर्चले संयुक्त राज्य र यूरोपका धेरै स्थानहरूमा शरणार्थी र आप्रवासी स्वागत् केन्द्रहरू सञ्चालिन गर्दछ। अनि तपाईंको योगदानका लागि धन्यवाद, हामी संसारभरका यस्तै संगठनहरूद्वारा सञ्चालित कार्यक्रमहरूलाई सहयोग गर्नका लागि सामानरू, कोष, र स्वयंसेवकहरू प्रदान गर्दछौँ।

खाना, कपडा प्रदान गर्ने, मित्रता बन्ने, र यी शरणार्थीहरूलाई स्थापित र आत्मनिर्भर बन्न सहयोग पुर्याउने ती सन्तहरूलाई प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु।

हिजो साँझ, दिदी यूबान्कले तपाईंहरूसँग यस सम्बन्धमा सन्तहरूको अद्भूत प्रयासहरूका केही कुराहरू बाँढ्नुभयो। जब म यी प्रयासहरूमा प्रतिविम्वित गर्दछु, मेरा विचारहरू प्राय: वलिदानको सिद्धान्त र यस सिद्धान्तको सिधा सम्बन्ध परमेश्वरलाई माया गर्ने र हाम्रो छिमेकीलाई माया गर्ने दुई महान आज्ञाहरूका तर्फ जान्छ।

आधुनिक उपयोगमा, वलिदान शब्द परमप्रभु र उहाँको राज्यका लागि चीजहरू ”त्याग्ने” को अवधारणाको अर्थमा आएकोछ। यद्यपि, पूरातन दिनहरूमा बलिदान शब्दको, अर्थ अझ नजिकबाट दुई ल्याटिन हाँगासँग जोडिएको थियो: सेकर, शब्दको अर्थ “धार्मिक” वा “पवित्र,” अनि फेसर, को अर्थ “बनाउनु।” , यस प्रकार, पूरातन बलिदानको शाब्दिक अर्थ “केही चीज वा कसैलाई पवित्र बनाउनु” थियो। त्यसरी हेर्दा, बलिदान पवित्र बन्ने र परमेश्वरलाई जान्नका लागि एक प्रक्रिया हो, एक घटना वा परमप्रभुका लागि चीजबिजहरूको विधिपूर्वक “त्याग” होइन।

परमप्रभुले भन्नुभयो, “म [करुणा] चाहन्छु र वलिदान होइन; र होमवलि भन्दा परमेश्वरको ज्ञान।” परमप्रभुले हामी पवित्र बनेको , करुणाले भरिएको र उहाँलाई चिनेको चाहनुहुन्छ । प्रेरित पावलले सिकाए जस्तै,”अनि मैले गरीबहरूलाई खुवाउनका लागि मेरा सबै सामान दिएपनि, अनि मैले मेरो शरीरलाई जलाउन दिएपनि र करुणा छैन भने, यसले मलाई केही लाभ गर्दैन।” अन्ततः, परमप्रभु हाम्रो हृदय चाहनुहुन्छ; उहाँ ख्रीष्टमा हामी नयाँ सृष्टि बनून् भन्ने चाहनुहुन्छ। उहाँले नाफिका जनहरूलाई निर्देशन दिनुभए अनुसार, “तिमीले मेरा लागि एक चूर्ण हृदय र पश्चात्ताप युक्त आत्माको वलिदान गर्नेछौ।” १०

छवि
परमप्रभुलाई पवित्रता

बलिदान “”त्याग्ने बारेमा कम र परमप्रभु “लाई दिने” का बारेमा अधिक हो। हाम्रा प्रत्येक मन्दिरका प्रवेश द्वारमा खोपिएका शब्दहरू “परमप्रभुलाई पवित्रता, परमप्रभूका गृह भन्ने छन्।” जब हामी वलिदानद्वारा हाम्रो करारको पालन गर्दछौँ, हामी येशू ख्रीष्टको अनुग्रहका माध्यमबाट पवित्र बनाइन्छौँ, र पवित्र मन्दिरका वेदीहरूमा, चूर्ण हृदय र पश्चात्ताप युक्त आत्माहरू सहित, हामी परमप्रभुलाई हाम्रो पवित्रता दिन्छौँ। एल्डर निल ए. म्याक्सवेलले सिकाउनुभयो: “हाम्रो चाहना [वा हृदय११ ] को समर्पण वास्तवमा नै एक विशिष्ट व्यक्तिगत चीज हो जुन हामीले परमेश्वरको वेदीमा राख्न सक्छौं। … यद्यपि, जब तपाईं अनि म अन्ततः हाम्रो व्यक्तिगत चाहना परमेश्वरको चाहनामा निल्न दिई आफैँलाई समर्पण गर्दछौँ, , तब हामी वास्तवमा नै उहाँलाई केही दिइरहेका हुन्छौँ !” १२

जब अरूहरूको तर्फबाट हाम्रो वलिदानलाई “त्याग” को परिप्रेक्ष्यबाट हेरिन्छ, हामी उनीहरूका लागि एक बोझका रुपमा देख्न सक्छौँ र जब हाम्रो वलिदानलाई मान्यता दिइँदैन वा पुरस्कृत हुदैन तब निराश हुन्छौँ। यद्यपि, जब परमप्रभुलाई “दिने” को परिप्रेक्ष्यबाट हेरिन्छ, अरूको तर्फबाट हाम्रो वलिदान उपहार बन्छ, र उदारतापूर्वक दिने खुशी यसको आफ्नै इनाम बन्छ। माया, अनुमोदन, वा अरुबाट प्रशंसाको आवश्यकताबाट , हाम्रो वलिदान मुक्तिदाता र हाम्रा मित्रहरूका लागि हाम्रो कृतज्ञता र प्रेमको विशुद्ध र गहिरो अभिव्यक्ति बन्छ। आत्म-वलिदानको गर्वको कुनैपनि भावनाले कृतज्ञता, उदारता, सन्तुष्टि, र आनन्दका भावनाहका लागि बाटो दिन्छ।१३

चाहे यो हाम्रो जीवन होस्, हाम्रो सम्पत्ति होस्, हाम्रो समय होस्, वा हाम्रो प्रतिभा होस् - यसलाई त्यागेर मात्र होइन बरू परमप्रभुलाई समर्पित गरेर - केही चीज पवित्र बनाइएको छ।१४ चर्चको मानवीय कार्य यस्तो उपहार हो। यो सन्तहरूको सामूहिक, सन्तहरूको पवित्र उपहार हो, परमेश्वर र उहाँका सन्ततिहरूका लागि हाम्रो प्रेमको एक अभिव्यक्ति हो।१५

छवि
दिदी कन्फिल्डले आफुले सेवा गर्नेहरूसँग

स्टीव र अनीता क्यानफिल्ड संसारभरी पछिल्ला दिनका सन्तहरूका प्रतिनिधि हुन् जसले आफैँले परमप्रभुलाई दिदा पाउने परिवर्तनकारी आशीषहरूको अनुभव गरेका छन्। कल्याण र आत्मनिर्भर सुसमाचार प्रचारकहरूका रुपमा, क्यानफिल्डहरूलाई शरणार्थी शिविरहरू र यूरोप भरमा आप्रवासी केन्द्रहरूमा सहायता प्रदान गर्न भनिएको थियो। उनको व्यावसायिक जीवनमा, दिदी क्यानफिल्ड एक विश्वस्तरीय आन्तरिक डिजाइनर हुनुहुन्थ्यो, धनी ग्राहकहरूद्वारा आफ्नो लक्जरी घरहरू सुशोभित गर्न अनुबन्ध गर्थे। अचानक उनी आफैँलाई एक यस्तो संसारमा लागेका थिइन् जुन बिल्कुल विपरीत थियो, किनकि उनले ती मानिसहरू बीच सेवा गर्नुभयो जसले पृथ्वीको सम्पत्तिको मामलामा लगभग सबै कुरा गुमाएका थिए। उनका शब्दहरूमा, उनले “मार्बलले बनेको बाटोसँग माटोले बनेको बाटोसँग,” आदान प्रदान गरिन, अनि यसो गर्दा उनले एक अतुलनीय स्तरको सन्तुष्टि भेटिन् जब उनी र उनका पति उनीहरूको हेरचाहको आवश्यक हुनेहरूसँग मित्र बन्न थाले - अनि छिट्टै उनीहरूलाई माया र अङ्कमालगर्न थाले।

क्यानफिल्ड्सले अवलोकन गरे, “हामीले परमप्रभुको सेवा गर्न केही ‘त्याग’ गरेका छौँ जस्तो लागेन। हाम्रो इच्छा उहाँलाई उहाँका सन्ततिहरूलाई आशीर्वाद दिनका लागि उहाँले हामीलाई जुन रुपमा उपयोग गर्न उपयुक्त देख्नुहुन्छ सोही रुपमा दिनु मात्र हो। जब हामी हाम्रा दाजुभाइ दिदीबहिनीहरूसँगै काम गर्यौँ, कुनै पनि बाहिरी आवरण- पृष्ठभूमि वा सम्पत्तिमा भएको भिन्नता—हाम्रा लागि बिलायो , र हामीले मात्र एक अर्काको हृदय देख्यौं। जीवनवृति सफलता वा भौतिक लाभको कुनै तह छैन जसले यी अनुभवहरूले, परमेश्वरका विनम्र सन्ततिहरूका बीचमा सेवा गर्दा, हामीलाई समृद्ध बनाउन बराबर गर्न सकोस् ।”

क्यानफिल्डहरूको कहानी र यो जस्तै धेरै अन्यले मलाई एक साधारण तर गहिरो प्राथमिक गीतको बोलको सराहना गर्न सहयोग गरेको छ।

“’दिनुहोस्,” सानो खोलाले भन्यो,

जब ऊ पहाडबाट हतार गरी तल झर्यो

“म सानो छु, मलाई थाहा छ, तर म जहाँ गएपनि

खेतहरू अझै हरियाली हुन्छन्।”

हो, हामी प्रत्येक साना छौँ, तर सँगै, जब हामीले परमेश्वर र हाम्रा साथीहरूलाई दिन तत्पर हुन्छौं, हामी जहाँपनि जान्छौँ जीवनहरू समृद्ध र आशीषित हुन्छन् ।

यो गीतको तेस्रो पद कम प्रसिद्ध छ तर यो प्रिय निमन्त्रणासँग समाप्त हुन्छ:

त्यसोभए येशूले दिनुभए जस्तै दिनुहोस्;

सबैले केही चीज दिन सक्छन्।

साना खोलाहरू र फूलहरू जस्तै गर्नुहोस्:

परमेश्वर र अरूहरूका लागि जिउ। १६

प्रिय दाजुभाइ तथा बहिनीहरू, जब हामी हाम्रा साधन, हाम्रो समय, अनि हो, आफु स्वयमलाई दिएर परमेश्वर र अर्काका लागि जिउछौँ हामी संसारलाई थोरै हरियाली छोडेर, परमेश्वरका सन्ततिहरूलाई थोरै खुसी छोडेर, र, त्यो प्रक्रियामा, थोरै पवित्र हुन्छौं ।

तपाईले परमप्रभु लाई यति स्वतन्त्र रुपले दिनुभएका त्यागहरूका लागि उहाँले तपाईलाई आशीर्वाद दिनुहोस् ।

म गवाही दिन्छु कि परमेश्वर जीवित हुनुहुन्छ । “पवित्रताको मानिस उहाँको नाम हो।”१७ येशू ख्रीष्ट उहाँको पुत्र हुनुहुन्छ र उहाँ सबै राम्रा उपहारहरू प्रदान गर्ने व्यक्ति हुनुहुन्छ।१८ उहाँको अनुग्रह र त्यागद्वारा हाम्रा करारहरूको पालनका माध्यमबाट हामी पवित्र बनाइन सकौँ र सधैँ परमप्रभुलाई अधिक प्रेम र पवित्रता दिन सकौं।१९ येशू ख्रीष्टको पवित्र नाउँमा, आमिन |

सूचीहरू:

  1. See “Global Trends: Forced Displacement in 2020,” UNHCR report, June 18, 2021, unhcr.org.

  2. वलिदान, ल्याटिनको सेक्रीफिसियमबाट लिइएको हो, जुन दुई ल्याटिन हाँगा सेकरफेसियर ले बनेको छ, मेरियम-वेबस्टर शब्दकोष का अनुसार ( merriam-webster.com हेर्नुहोस्)। सासर शब्दको अर्थ “धार्मिक” वा “पवित्र” हो,र फेसियर शब्दको अर्थ “बनाउन” वा “गर्न” हो, ल्याटिन अङ्ग्रेजी शब्दकोश अनुसार। (हेर्नुहोस् latin-english.com).

  3. Guide to the Scriptures, “Sacrifice,” scriptures.ChurchofJesusChrist.org.

  4. होशे ६:६हिब्रु भाषामा दया भनेको ख्रीष्ट रुपी माया वा मायालुपना भन्ने अर्थ हुन्छ । हेर्नुहोस मत्ती ९:१०-१३; १२:७

  5. हेर्नुहोस लेभीहरू ११:४४

  6. हेर्नुहोस मोरोनी ७:४७

  7. हेर्नुहोस् मोसीयाह ५:१३

  8. १ कोरेन्थि १३:३; पनि हेर्नुहोस मोसीयाह २:१२

  9. हेर्नुहोस २ कोरिन्थी ५:१७

  10. ३ नफि ९:२०, जोड दिएर थपिएको; पनि हेर्नुहोस् पद १९

  11. हृदय शब्द यहाँ इच्छा को एक पर्यायबाचिका रुपमा थपिएको छ

  12. Neal A. Maxwell, “Swallowed Up in the Will of the Father,” Ensign, नोभेम्वर १९९५, २४; जोड दिएर थपिएको। पनि हेर्नुहोस ओम्नी १:२६;; रोमीहरू १२:१

  13. हेर्नुहोस् मोरोनी १०:३

  14. समर्पण को अर्थ “घोषणा वा पवित्र रुपमा नियुक्त गर्नु,” अमेरिकी हेरिटेज शब्दकोश का अनुसार

  15. हेर्नुहोस् मत्ती २२:३६-४०

  16. “’दिनुहोस्,’ सानो खोलाले भन्यो,” Children’s Songbook, २३६

  17. मोसा ६:५७

  18. हेर्नुहोस मोरोनी १०:१८

  19. सिद्धान्त र करार ९७:८ हेर्नुहोस्।

प्रिन्ट गर्नुहोस्