सडकको अगाडि हेर्नुहोस्
सबैभन्दा महत्त्वपूर्ण चीजहरूमा ध्यान केन्द्रित गर्दै - विशेष गरी ती चीजहरू “सडक अगाडि,” ती अनन्त चीजहरू - यो जीवनलाई अगाडि बढाउने साँचो हो।
जब म १५ वर्षको भएँ, मैले शिक्षार्थीको अनुमति प्राप्त गरेँ, जसले यदि मेरो आमा बुबा मध्ये एक जना मसँग भएमा मलाई कार चलाउन अनुमति दियो । जब मेरो बुबाले मलाई ड्राइभका लागि म जान चाहन्छुकि भनेर सोध्नुहुदा, म रोमाञ्चित भएँ।
उहाँले शहरको बाहिरी भागमा एक लामो, सीधा, दुई लेनको बाटोमा केही माईल चलाउनुभयो-थोरै मानिसहरूले प्रयोग गर्ने -सम्भवतः एकमात्र स्थान जहाँ उहाँले सुरक्षित महसुस गर्नुहुन्थ्यो। उहाँले बाटोको छेउ तिर लग्नुभयो, र हामीहरूले सिट परिवर्तन गर्यौं। उहाँले मलाई केही निर्देशन दिनुभयो र भन्नुभयो, “सडकमा सजिलै बाहिर जाऊ र जबसम्म म तिमीलाई रोक्न भन्दिन ड्राइभ गरिराख।”
मैले उहाँको आदेश ठ्याक्कै पालन गरेँ। तर करीब ६० सेकेन्ड पछि, उहाँले भन्नुभयो, “छोरा, कारलाई माथि तिर लग। तिमी मलाई वाकवाकी लाग्ने बनाउँदै छौ। तिमी सडक भरी घुमाउँदैछौं उहाँले सोध्नुभयो, “तिमी के हेर्दै छौ?”
केही निराशासँगै, मैले भने, “म बाटोमा हेर्दैछु।”
तब उहाँले भन्नुभयो: “म तिम्रा आँखालाई हेरिरहेको छु, र तिमी मात्र कारको हुडको अगाडि के छ भनेर हेर्दै छौ। यदि तिमीले तिम्रो अगाडि के छ भनेर मात्रै हेर्छौ भने तिमीले कहिल्यै सिधा ड्राइभ गर्नसक्दैनौ। त्यसपछि उहाँले जोड दिनुभयो, “बाटो अगाडि हेर। यसले तिमीलाई सिधा ड्राइभ गर्न मद्दत गर्दछ।”
१५ वर्षेका रुपमा, मलाई लग्यो कि यो राम्रो ड्राइभिङ पाठ थियो। त्यही समय देखि यो जीवनको एक महान पाठ पनि थियो भनेर मैले महसुस गरेको छु । सबैभन्दा महत्त्वपूर्ण चीजहरूमा ध्यान केन्द्रित गर्दै - विशेष गरी ती चीजहरू “सडक अगाडि,” ती अनन्त चीजहरू - यो जीवनलाई अगाडि बढाउने साँचो हो।
मुक्तिदाताको जीवनको एक अवसरमा, उहाँ एक्लै हुन चाहनुहुन्थ्यो, त्यसैले “उहाँ प्रार्थना गर्न एक पहाडमा एक्लै जानुभयो।”१ उहाँले आफ्ना चेलाहरूलाई समुद्र पार गर्न निर्देशन दिंदै पठाउनुभयो। रातको अँध्यारोमा, चेलाहरूलाई बोकेको जहाज एउटा भीषण आँधीबेहरीमा पुग्यो। येशू उनीहरूको उद्धारमा जानुभयो तर अपारंपरिक तरिकाले। धर्मशास्त्रमा लेखिएको छ, “रातको चौथो प्रहरमा येशू समुद्रमा हिंड्दै उनीहरूकहाँ जानुभयो।”२ जब तिनीहरूले उहाँलाई देखे, तिनीहरू डराउन थाले, किनकि उनीहरूलाई लाग्यो कि उनीहरूको नजिक आउनु भएको आकृति कुनै प्रकारको प्रेत वा भूत हो। येशू, तिनीहरूको डरको अनुभूति गर्दै र तिनीहरूको दिमाग र हृदयलाई शान्त बनाउन चाहँदै, उनीहरूलाई बोलाउनुभयो, “खुशी होऊ; यो म हुँ; नडराऊ। “३
पत्रुसलाले राहत मात्र दभई हौसला पनि पायो। सधैँ साहसी र प्राय: आवेगपूर्ण, पत्रुसले येशूलाई चिच्याए, “परमप्रभु, यदि तपाईं हुनुहुन्छ भने, मलाई पानीमा तपाईंकहाँ आउन भन्नुहोस्।४ येशूले आफ्नो परिचित र अनन्त निमन्त्रणासँगै जवाफ दिनुभयो: “आऊ”५
पत्रुस, पक्कै सम्भावनाबाट रोमाञ्चित, डुङ्गाबाट पानीमा होइन तर पानी माथि चढे। जब उनले मुक्तिदातामा ध्यान केन्द्रित गरे, पानीमा हिड्नका लागि समेत उनी असम्भव चीज पनि गर्न सक्थे। सुरुमा, पत्रुस तूफानद्वारा व्याकुल थिए। तर “सक्रिय”६ हावाले अन्ततः उनलाई विचलित बनायो, र उनले आफ्नो ध्यान गुमाए। डर फर्कियो। फलस्वरूप, उनको विश्वास कम भयो, र उनी डुब्न थाले। “उनले रोएर भने, परमप्रभु, मलाई बचाउनुहोस्।” मुक्तिदाता, जो बचाउनका लागि सधैँ उत्सुक हुनुहुन्छ, त्यहाँ पुग्नुभयो र उनलाई सुरक्षाका लागि उठाउनुभयो।
यो चमत्कारिक अभिलेखबाट सिक्नका लागि असङ्ख्य पाठहरू छन्, तर म तीन उल्लेख गर्दछु।
ख्रीष्टमा ध्यान केन्द्रित गर्नुहोस्
पहिलो पाठ: ख्रीष्टमा ध्यान केन्द्रित गर्नुहोस्। जब पत्रुसले आफ्ना आँखा येशूमा केन्द्रित गरे, उनी पानीमा हिंड्न सक्थे। आँधीबेहरी, छालहरू, र हावाले उसलाई बाधा पुर्याउन सकेन जब सम्म उनले मुक्तिदातामा आफ्नो ध्यान केन्द्रित गरे।
हाम्रो अन्तिम उद्देश्य बुझ्न हामीलाई हाम्रो जोड के हुनुपर्छ निर्धारण गर्न मद्दत गर्दछ। लक्ष्य बिना हामी सफल खेल खेल्न सक्दैनौँ, न त हामी यसको उद्देश्य थाहा पाए बिना सार्थक जीवन बिताउन सक्छौँ। येशू ख्रीष्टको पूनर्स्थापित सुसमाचारको एक महान आशीष यो हो कि यसले अन्य चीजहरू सहित, “जीवनको उद्देश्य के हो?” भन्ने प्रश्नको उत्तर दिन्छ। “यस जीवनमा हाम्रो उद्देश्य खुशी प्राप्त गर्नु हो र परमेश्वरको उपस्थितिमा फर्कनका लागि तयार गर्नु हो ।”८ यो स्मरण गर्दै कि हामी यहाँ परमेश्वरसँगै बस्नका लागि फर्कन तयारी गर्न पृथ्वीमा छौँ, हामीलाई ती चीजहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ जसले हामीलाई ख्रीष्टमा लैजान्छ।
ख्रीष्टमा ध्यान केन्द्रित गर्न अनुशासन चाहिन्छ, विशेष गरी साना र सरल आध्यात्मिक बानीहरूका बारेमा जसले हामीलाई राम्रो चेला बन्न मद्दत गर्दछ। अनुशासन बिना कुनै शिष्य हुँदैन।
ख्रीष्टमा हाम्रो ध्यान अझ स्पष्ट हुन्छ जब हामी बाटो अगाडि हेर्छौं जहाँ हामी हुन चाहन्छौँ र हामी को बन्न चाहन्छौँ र त्यसपछि हरेक दिन समय दिनुहोस् ती चीजहरू गर्नका लागि जसले हामीलाई त्यहाँ पुग्न मद्दत गर्दछ। ख्रीष्टमा ध्यान केन्द्रित गर्नाले हाम्रा निर्णयहरूलाई सरल बनाउन सक्छौं अनि हामी कसरी हाम्रो समय र स्रोतहरुको सर्वोत्तम खर्च गर्ने भनेर निर्देशन प्रदान गर्न सक्छौँ।
जब कि हाम्रो ध्यान केद्रित गर्ने त्यहाँ धेरै महत्वपूर्ण चीजहरू छन्, हामी पत्रुसको उदाहरणबाट सधैँ हाम्रो ध्यानको केन्द्रमा ख्रीष्टलाई राख्नुको महत्व जान्दछौँ। यो केवल येशू ख्रीष्टको माध्यमबाट हो कि हामी परमेश्वरसँग बस्नका लागि फर्कन सक्छौँ। हामी उहाँ जस्तै बन्ने प्रयासमा ख्रीष्टको अनुग्रहमा भरोसा गर्दछौँ र उहाँको क्षमा र बलियो बन्ने शक्ति खोज्छौँ जब हामी कम्जोर हुन्छौं।
ध्यानभङ्ग हुनबाट सावधान रहनुहोस्
दोस्रो पाठ: ध्यानभङ्ग हुनबाट सावधान रहनुहोस्। जब पत्रुसले आफ्नो ध्यान येशूबाट टाढा बनाई हावा र आफ्नो खुट्टालाई हान्दै गरेको छालमा केन्द्रित गरे, उनी डुब्न थाले।
त्यहाँ थुप्रै चीजहरू छन् “हुड को अगाडि” जसले हामीलाई ख्रीष्ट र अनन्त चीजहरूलाई “बाटो अगाडि” ध्यान केन्द्रित गर्नबाट ध्यानभङ्ग गर्न सक्छ। शैतान महान विचलितकर्ता हो। हामी लेहीको सपनाबाट जान्दछौँ कि महान र विशाल भवनबाट आउने आवाजहरूले हामीलाई त्यस्ता चीजहरूमा आकर्षित गर्न खोज्छन् जसले हामीलाई परमेश्वरसँगै बस्नका लागि तयारी गर्ने कार्यबाट हटाउनेछन्।९
तर त्यहाँ अन्य कम स्पष्ट ध्यानभङ्ग गर्ने कुराहरु छन् जुन त्यस्तै खतरनाक हुन्छन्। कथनका रुपमा भनिएको छ, “दुष्टको विजयका लागि आवश्यक एक मात्र चीज हो असल मानिसहरूले केही पनि नगर्ने।” शत्रु असल मानिसहरूलाई केही नगर्नका लागि, वा कम से कम ती चीजहरूमा आफ्नो समय बर्बाद गर्नका लागि उनीहरूको उच्च उद्देश्य र लक्ष्यबाट विचलित गराउन दृढ सङ्कल्पित देखिन्छ। उदाहरणका लागि, केही चीजहरू जुन कि समभावमा स्वस्थ विचलन हुन्, अनुशासन बिना अस्वस्थ ध्यानभङ्ग हुन सक्छन्। शत्रुले त्यो बुझेको छ कि बाधाव्यवधानहरू नराम्रो वा अनैतिक हुनका लागि प्रभावकारी हुनु पर्दैन।
हामी बचाइन सक्छौँ
तेस्रो पाठ: हामी बचाइन सक्छौँ। जब पत्रुस डुब्न थाले, “उनले कराए, परमप्रभु, मलाई बचाउनुहोस्।” अनि तुरुन्तै येशूले हात फैलाएर उनलाई पक्रनुभयो।”१० जब हामी आफैँ डुब्न खोज्छौँ, जब हामी कष्टको सामना गर्छौँ, वा जब हामी झुक्छौँ, हामी पनि उहाँबाट बचाइन सक्छौँ।
पीडा वा परीक्षणको स्वरूपमा, तपाईं म जस्तै हुन सक्नुहुन्छ र उद्धार तत्काल हुनेछ भनेर आशा गर्नुहुन्छ। तर याद गर्नुहोस् कि - तिनीहरूले अधिकांश रात तूफानमा सङ्घर्ष गर्दै बिताए पछि मुक्तिदाता रातको चौथो प्रहरमा प्रेरितहरूको सहायतामा आउनुभयो ।११ हामी प्रार्थना गर्न सक्छौँ कि यदि मद्दत तुरुन्तै आउँदैन, यो कम्तिमा दोस्रो प्रहर वा हितोपदेशका अनुसार रातको तेस्रो प्रहरमा आउनेछ। जब हामीले प्रतिक्षा गर्नुपर्छ, हामीले सहन सक्ने भन्दा धेरै सहन पर्दैन भनेर सुनिश्चित गर्दै मुक्तिदाताले सधैँ हेरिरहनुभएको छ भनेर आश्वस्थ हुनुहोस्।१२ ती जो रातको चौथो प्रहरमा पर्खिरहेका छन्, सायद अझै पीडाका बीचमा, आशा नगुमाउनुहोस्। उद्धार सधैँ वफादारका लागि आउँछ, चाहे मरणशील समयमा वा अनन्तकालमा।
कहिलेकाँही हाम्रा गल्तीहरू र अपराधहरूका कारणले हाम्रो पतन आउँछ। यदि तपाईं आफैँलाई ती कारणहरूमा डुबेको पाउनुहुन्छ भने पश्चात्ताप गर्नका लागि रमाइलो छनौट गर्नुहोस्।१३ म विश्वास गर्दछु कि केही चीजहरूले उनीहरूलाई फर्काउने, वा फर्कनेहरूलाई बचाउनु भन्दा धेरै खुशी मुक्तिदातालाई दिन्छन्।१४ धर्मशास्त्रहरू ती मानिसहरूका कथाहरूबाट भरिएका छन् जो एक पटक पतीत र दोषी थिए तर तिनीहरूले पश्चात्ताप गरे र ख्रीष्टको आस्थामा दृढ बने। मलाई लाग्छ कि ती कथाहरू धर्मशास्त्रमा छन् हामीलाई सम्झाउनका लागि कि मुक्तिदाताको माया हाम्रो लागि छ र उहाँको मुक्तिको शक्ति अनन्त छ। हामीले पश्चात्ताप गर्दा, मुक्तिदाता मात्र खुशी हुँदैन, हामीले पनि ठूलो आनन्द प्राप्त गर्दछौँ।
निष्कर्ष
म तपाईंलाई “सडक अगाडि हेर्ने” का बारेमा जान्नका लागि आमन्त्रित गर्दछु र ती चीजहरूमा तपाईंको ध्यान केन्द्र बढाउनुहोस् जुन साँच्चै महत्त्वपूर्ण छन्। हामी हाम्रो ध्यानको केन्द्रमा ख्रीष्टलाई राख्न सकौँ। सबै ध्यानभङ्ग गर्ने कुराहरुका बीचमा, चीजहरू “हुड को अगाडि”, र आँधीबेहरी जसले हामीलाई घेरेको छ, म गवाही दिन्छु कि येशू हाम्रो मुक्तिदाता र हाम्रो मुक्तिदाता र हाम्रो उद्धारक हुनुहुन्छ। येशू ख्रीष्टको नाउँमा, आमीन |