साधारण सम्मेलन
येशू ख्रीष्टको सुसमाचारका चमत्कारहरू
अक्टोवर २०२१ साधारण सम्मेलन


येशू ख्रीष्टको सुसमाचारका चमत्कारहरू

मलाई थाहा छ कि उहाँको सुसमाचारले हामीमा आशा, शान्ति र आनन्द ल्याउन सक्छ, अहिले मात्र नभई भविष्यका अरू पिँढीहरूमा पनि अनगिन्ती आशीषहरू ल्याउनेछ।

नमस्कार! म तपाईंहरूका लागि फिलिपिन्सका सन्तहरूको माया र न्यानो मुस्कान ल्याउँदछु । यो वर्ष फिलिपिन्सका टापूहरूमा पहिला धर्मप्रचारकहरू आएको साठ्ठी वर्ष भयो । आज यहाँ एक सय तेइस किलाहरूमा तेइस सुसमाचार क्षेत्रहरू छन् भने आठ लाख भन्दा बढी सदस्यहरू छन् । यहाँ सातवटा मन्दिरहरू चालु अवस्थामा यात निर्माण अवस्थामा यात घोषणा गरिएको अवस्थामा छन् । यो साँचै नै एक चमत्कार हो । हामी २ नफी १०:२१ मा गरिएको भविष्यवाणीको पूर्णताको प्रत्यक्षदर्शी भएका छौं : “तर परमप्रभुका प्रतिज्ञाहरू तिनीहरूका लागि महान् छन् जो समुद्रको टापुहरूमा छन् ।”

छवि
अध्यक्ष हिङ्क्ली फिलिपिन्समा

यो चमत्कार सन् १९६१ मा मनिलामा त्यतिबेला एल्डर गोर्डन बी हिङ्क्लीद्वारा गरिएको प्रार्थनामा दिइएको भविष्यवाणीको पूर्णताको चमत्कार पनि हो । त्यो प्रार्थनामा अध्यक्ष हिङ्क्लीले भन्नुभयो: “हामी हजुरका आशीषहरू यस भूमिका मानिसहरूका लागि माग्दछौं, कि उनीहरू तिनीहरू माथि मैत्रीपूर्ण र सत्कारशील र दयालु र उपकारी हुनेछन् जो यहाँ आउँनेछन्, अनि धेरैजना, हो, परमप्रभु, हामी प्रार्थना गर्दछौं कि यहाँ धेरैजना हुनेछन्, धेरै हजारहरू जसले यो संदेश स्वीकार गर्नेछन् र त्यसकारण अशिषित् हुनेछन्। तिनीहरूलाई ग्रहण गर्ने दिमाग, बुझ्न सक्ने हृदय, आस्थाका साथ ग्रहण गर्ने र सुसमाचारका सिद्धान्तहरू पालन गर्ने साहस दिनुहोस्” (गोर्डन बी हिङ्क्ली, अमेरिकन युद्ध स्मारक सेमेटरी, फिलिपिन्स, अप्रील २८, १९६१ को समर्पित प्रार्थनामा)।

छवि
रेभिलो परिवार

हजारौं आस्थावान् अन्तिम दिनका सन्तहरूका अतिरिक्त, यो सुसमाचारको चमत्कारले यस देशमा र देशवासीहरूमा निश्चित बदलावहरू ल्याएको छ । म यसको जीवित साक्षी हुँ ।” म छ वर्षको थिए जब मेरा आमावुवाले मिन्दनाको दक्षिणी टापूमा चर्चमा सहभागी हुन स्वीकार गर्नुभयो । त्यो समयमा पुरै देशमा केवल एकमात्र मिशन थियो र कुनै स्टेक थिएन । म मेरा आमावुवाप्रति मुक्तिदातालाई अनुसरण गर्ने साहस र प्रतिबद्धताका लागि सदैव कृतज्ञ छु । म उहाँहरूको र फिलिपिन्सक चर्चका सबै पथप्रदर्शकहरूको सम्मान गर्छु । तिनीहरूले पछिका युगका लागि मार्ग तयार पारिदिए ।

मर्मनको पुस्तकमा राजा बेन्जामिनले भने “अनि अरू, म चाहन्छु कि तिमीहरूले परमेश्वरको आज्ञा पालना गर्नेहरूका आशीष र खुसीयालीको अवस्थाका बारेमा सोच्नु पर्दछ। किनकि हेर, आत्मिक र पार्थिव दुबै, सबै कुराहरूमा उनीहरू आशीषित छन्” (मोसाया २:४१)।

जब हामी सुसमाचारका सिद्धान्त र करारहरू निर्वाह र पालना गर्छौं, हामीआशीषित हुन्छौं, बदलिन्छौँ र अझै येशू ख्रीस्ट झैं हुन परिवर्तित हुन्छौं । यसरी सुसमाचारले मेरो परिवार लगायत फिलिपिनो सन्तहरुमा बदलाव र आशीष ल्यायो। यो सुसमाचार साँचै नै खुशी र भरिपूर्ण जीवनको मार्ग हो।

सुसमाचारको प्रथम सिद्धान्त प्रभु येशू ख्रीष्टमा आस्था हो। धेरै फिलिपिनीहरूमा परमेश्वरमा प्राकृतिक विश्वास छ। येशू ख्रीष्टमा भरोसा गर्न र हाम्रा प्रार्थनाहरूको उत्तर हामीले पाउन सक्छौं भनेर जान्न हाम्रो लागि सजिलो छ।

छवि
ओबेडोजा परिवार

ओबेडोजा परिवार यसको महान उदाहरण हुन्। जब म एक कलिलो केटा थिएँ, दाजु ओबेडोजा मेरो शाखा अध्यक्ष हुनुहुन्थ्यो। दाजु र दिदी ओबेडोजाको महान इच्छा मनिला मन्दिरमा गएर आफ्नो परिवारका साथ बाँधिनु थियो। उनीहरू जेनेरल सान्टोस शहरमा बस्थे जुन् मनिला शहरबाट एक हजार कोस (१,६०० किलोमीटर) टाढा थियो। त्यसपछिका ४० वर्षसम्म, उनी बिरलै एक्लै मन्दिर गइन्। तर एक व्यापारी जसले बहुमूल्य मोती (मत्ती १३:४५-४६ हेर्नुहोस्) किन्नका लागि आफूसँग भएको सबै गएर बेचे झैं यो दम्पतीले त्यो यात्राको खर्चका लागि आफ्नो घर बेच्ने निर्णय गरे। दिदी ओबेडोजा चिन्तित हुनुभयो किनकि फर्केर आउँदा उनीहरूसँग बस्ने घर थिएन। तर दाजु ओबेडोजाले उहाँलाई विश्वास दिलाउनुभयो कि परमप्रभुले प्रबन्ध गर्नुहुनेछ।

उनीहरू परिवारका साथ सन् १९८५ मा मन्दिरमा समय र अनन्तकालका लागि बाँधिए। मन्दिरमा उनीहरूले तुलना गर्न नसक्ने खुशी - उनीहरूको बहुमूल्य मोती प्राप्त गरे । दाजु ओबेडोजाले भन्नुभएको शब्द साँचो भए झैं परमप्रभुले प्रबन्ध गर्नुभयो। मनिलाबाट फर्केपछि दयालु परिचित व्यक्तिहरूले उनीहरूलाई बस्ने ठाउँ दिए, र अन्ततः उनीहरूले आफ्नै घर बनाए। परमप्रभुले उहाँ माथि आस्था देखाउनेहरुरूको हेरविचार गर्नुहुन्छ र उनीहरूलाई आशीष दिनुहुन्छ।

सुसमाचारको दोश्रो सिद्धान्त पश्चात्ताप हो। पश्चात्ताप भनेको पापबाट फर्कनु हो र क्षमाको लागि परमेश्वर तर्फ फर्किनु हो। यो बुद्धि र हृदयको बदलाव हो। अध्यक्ष नेल्सन सिकाउनुहुन्छ, यो भनेको “हरेक दिन अलिकति राम्रो गर्नु र राम्रो हुनु हो” (“रसल एम नेल्सन, “हामी राम्रो गर्न र राम्रो हुन सक्छौं ,” लियाहोना, मे २०१९, ६७)।

पश्चात्ताप साबुन झैं हुन्छ। एक युवावस्थाको रासायनिक इन्जिनियर भएकोले मैले फिलिपिन्सको एक साबुनको कारखानामा काम गरेको थिए। मैले साबुन कसरी बनाउने र यसले कसरी काम गर्छ भनेर सिकें। जब तपाईं क्षारमा तेल मिसाउनुहुन्छ र जीवाणु हटाउन साधन थप्नुहुन्छ, यसले एउटा शक्तिशाली पदार्थ उत्पादन गर्दछ जसले जीवाणु र भाइरसहरुलाई हटाउन सक्छ। साबुन जस्तै पश्चात्ताप एक सफा गर्ने साधन हो। यसले हाम्रा अशुद्धता र हाम्रा पुराना कचराहरू फन्काउन अवसर दिन्छ, जसकारण हामी परमेश्वरको योग्य हुन सक्छौं, किनकि “परमेश्वरको राज्यमा कुनै अपवित्र चीज प्रवेश गर्न सक्दैन” (आल्मा ११:३७)।

पश्चात्तापद्वारा हामी येशू ख्रीस्टको शुद्ध गर्ने, पवित्र गर्ने शक्तितर्फ खिचिन्छौं। यो परिवर्तनको एक मुख्य क्रम हो। मोर्मोनको पुस्तकमा अन्टी-नफी-लहीहरूलाई यस्तै भयो। तिनीहरू लमानीहरू थिए जो पूर्णरूपमा परिवर्तित भएका थिए कि तिनीहरूको पून: कहिल्यै पतन भएन (आल्मा २३ :६-८ हेर्नुहोस्)। उनीहरूले आफ्ना युद्धका हतियारहरू गाढ़े र पून: त्यसको उपयोग गरेनन्। उनीहरू करार तोड्नुभन्दा मर्न तयार थिए। अनि उनीहरूले प्रमाणित गरेर देखाए। हामीलाई थाहा छ कि तिनीहरुका बलिदानले चमत्कारहरू ल्यायो; उनीहरू विरुद्ध लड्ने हजारौंले आफ्ना हतियारहरू फ्याँके र परिवर्तित भए। वर्षौंपछि, तिनीहरूका छोराहरू जसलाई हामी वीर किशोर योद्धाहरू भनेर चिन्छौं, उनीहरूलाई युद्धमा अविश्वनिय विचित्रताका वावजुद रक्षा गरियो।

छवि
एल्डर रेभिलोको पिता

मेरा परिवार लगायत धेरै फिलिपिनो सन्तहरूले त्यस्तै किसिमको परिवर्तनको विधि झेल्नुपर्यो। जब हामीले येशू ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्यौं र चर्चमा सम्मिलित भयौं, हामीले सुसमाचारको पंक्तिमा रहन आफ्ना मार्ग र परम्पराहरू बदलियौं। हामीले गलत परम्पराहरूलाई त्याग्नुपर्यो। मैले यस्तो मेरो वुवामा देखें जब उहाँले सुसमाचार सिक्नुभयो र पश्चात्ताप गर्नुभयो। उहाँ एक ज्यादै धुम्रपान गर्ने मानिस हुनुहुन्थ्यो तर उहाँले आफ्नो चुरोट फ्याँकीदिनुभयो र कहिल्यै फेरि छुनुभएन। परिवर्तन हुने उहाँको निश्चयले उहाँको चार पुर्खाले आशीष पाएका छन्।

छवि
रेभिलो परिवारको पुस्ता

पश्चात्तापले पवित्र विधिद्वारा हामीलाई करारहरू बनाउन अनि पालना गर्न अगुवाइ गर्दछ। मुक्ति र उन्नयनको पहिलो बिधि पापहरूको छुट्काराका लागि डुबुल्कीमरीकन बप्तिष्मा लिनु हो। बप्तिस्माले हामीलाई पवित्र आत्माको उपहार प्राप्त गर्न र परमप्रभुका साथ करारमा बाँधिन अनुमति दिन्छ। जब हामी हरेक हप्ता प्रभुभोज लिन्छौं, हामी बप्तिस्माका करारहरू नवीकरण गर्न सक्छौं। यो पनि एक चमत्कार हो।

दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाइँहरूलाई यो चमत्कार आफ्नो जीवनमा ल्याउन निमंत्रणा गर्दछु। येशू ख्रीस्टमा आउनुहोस् र उहाँमा भएको आस्थाको अभ्यास गर्न रोज्नुहोस् , पश्चाताप गर्नुहोस्, र बिधिहरू पाइने करारहरू बनाउनुहोस् र पालना गर्नुहोस्। यी बिधि र करारहरूले तपाईंहरूलाई ख्रीष्टसँग हुन र इश्वरताको शक्ति र आशीषहरू ग्रहण गर्न स्वीकृति दिनेछ (सिद्धान्त र करारहरू ८४:२० हेर्नुहोस्)।

म येशू ख्रीष्टको अस्तित्वको गवाही दिन्छु, कि उहाँ जिउनुहुन्छ र हामी हरेकलाई माया गर्नुहुन्छ। मलाई थाहा छ कि उहाँको सुसमाचारले हामीमा आशा, शान्ति र आनन्द ल्याउन सक्छ, अहिले मात्र नभई भविष्यका अरू पिँढीहरूमा पनि अनगिन्ती आशीषहरू ल्याउनेछ। फिलिपिनो सन्तहरूको सुन्दर र न्यानो मुस्कानको कारण यहि नै हो। यो सुसमाचारको र ख्रीष्टको सिद्धान्तको चमत्कार हो । म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन।

प्रिन्ट गर्नुहोस्