अङ्ग्रेजी सिक्ने
पाठ १: परिचयात्मक पाठ


“पाठ १: परिचयात्मक पाठ,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १,” सिकारूहरूका लागि EnglishConnect १

मुस्कुराउँदै मानिसहरूको समूह

Lesson 1

Introductory Lesson

EnglishConnect मा स्वागत् छ! हामी धेरै खुसी छौँ तपाईंहरू यहाँ हुनुहुन्छ । हामी अङ्ग्रेजी सिकेर हाम्रा अवसरहरू विस्तार गर्न खोज्ने मानिसहरूको समुदाय हौँ । हामीहरू विभिन्न पृष्ठभूमिबाट आएका हुन सक्छौँ, विभिन्न भाषाहरू बोल्न सक्छौँ र अङ्ग्रेजी क्षमताका विभिन्न स्तरहरूमा हुन सक्छौँ तर सँगै हामी हाम्रा लक्ष्यहरू प्राप्त गर्न सक्छौँ ।

EnglishConnect अङ्ग्रेजी सिक्ने अन्य धेरै कार्यक्रमहरू भन्दा फरक छ । EnglishConnect को उद्देश्य व्यक्तिहरूलाई आस्था, साहचर्य र वृद्धिको परिवेशमा अङ्ग्रेजीका सीपहरू विकास गर्न सहयोग गर्नु हो । यसको अर्थ तपाईंहरू एक्लैले यसो गर्नुहुँदैन । तपाईंहरूका EnglishConnect समूहका प्रत्येक व्यक्तिले एकअर्कालाई समर्थन र प्रोत्साहन गर्नुहुने छ । यसको अर्थ यो पनि हो कि तपाईंहरूले अध्ययन र सिक्ने क्रममा सिकाइका आध्यात्मिक सिद्धान्तहरू उपयोग गरिरहनुभएको छ ।

यस पाठमा, हामी तपाईंहरूले व्यक्तिगत अध्ययन र तपाईंहरूका वार्तालापका समूहमा प्रत्येक पाठका लागि प्रयोग गर्ने प्रक्रियाको परिचय दिने छौँ ।

सुरु गरौँ!

Conversation Group

उद्देश्य: म आफूस्वयम् र अरूहरूको परिचय दिन सिक्ने छु ।

Discuss the Principle of Learning: You Are a Child of God

(10–20 minutes)

आत्मविश्वासी युवती महिला

यस पुस्तिकाको प्रत्येक पाठ सिकाइका सिद्धान्तबाट सुरु हुन्छ । यी आध्यात्मिक सिद्धान्तहरू हुन् जसले तपाईंहरूलाई अध्ययन र आस्थाद्वारा आफ्नो सिकाइमा सुधार गर्नका लागि सहयोग गर्न सक्छन् । प्रत्येक पाठमा, हामीहरूले यी गर्ने छौँ:

  • ठूलो स्वरले सिकाइका सिद्धान्त पढ्ने छौँ ।

  • प्रश्नहरूको छलफल गर्ने छौँ ।

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

के तपाईंहरूलाई जानकारी छ कि तपाईंहरूले लक्ष्य प्राप्त गर्नका लागि गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण विषयहरू मध्ये एक भनेको आफूस्वयम् का सम्बन्धमा आफ्नो विश्वासमा ध्यान केन्द्रित गर्नु हो? तपाईंहरूको क्षमताका सम्बन्धमा तपाईंहरूको विश्वासले तपाईंहरूको प्रयास र परिणामहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने छ । तपाईंहरूले अघिल्लो असफलताका कारण आफ्नो क्षमताहरूमा शङ्का गर्न सक्नुहुन्छ । सुसमाचार यो छ कि तपाईंहरूले आफ्नो विश्वास परिवर्तन गर्न सक्नुहुन्छ! जब तपाईंहरूस्वयम् का सम्बन्धमा तपाईंहरूले आफ्नो विश्वास परिवर्तन गर्नुहुन्छ, तपाईंहरूले आफ्ना परिणामहरू परिवर्तन गर्न सक्नुहुन्छ । तपाईंहरूस्वयम् का सम्बन्धमा तपाईंहरूको विश्वास परिवर्तन गर्ने शक्ति तपाईंहरूको वास्तविक प्रकृति बुझ्नुबाट आउँछ ।

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सन्ततिका रूपमा, तपाईंहरू सँग अनन्त सम्भाव्यता र उद्देश्य छ । तपाईंहरू सँग सिक्ने र परिवर्तन गर्ने क्षमता छ । तपाईंहरू सँग प्रगति र सुधार गर्ने क्षमता छ । प्रगति गर्नका लागि परमेश्वरले तपाईंहरूलाई सहयोग गर्न चाहनुहुन्छ । उहाँ तपाईंहरू सँग तपाईंहरूको सम्भाव्यता प्राप्त गर्नका लागि सहयोग गर्न तपाईंहरू सँग सहकार्य गर्न चाहनुहुन्छ । अङ्ग्रेजी सिक्नमा परमेश्वरसँगको सहकार्यले तपाईंहरूलाई उहाँलाई अझै राम्रोसँग चिन्न सहयोग गर्ने छ । उहाँले तपाईंहरूलाई आफूस्वयम् लाई अझै राम्रोसँग चिन्न सहयोग गर्नुहुने छ ।

तपाईंहरू परमेश्वरलाई प्रार्थना गर्न सक्नुहुन्छ । उहाँले तपाईंलाई सुन्नुहुने छ । तपाईंहरूले अङ्ग्रेजी सिक्न सहयोग पाउन उहाँलाई सोध्न सक्नुहुन्छ । तपाईंहरू आफ्नो आशीर्वादहरूका लागि उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ । जब तपाईंहरू प्रार्थना गर्नुहुन्छ, आफ्नो विचार र भावनाहरूमा ध्यान दिनुहोस् । तपाईंहरूले जानकारी लिन सक्नुहुन्छ कि परमेश्वर त्यहाँ हुनुहुन्छ, उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाईंहरूलाई सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरू अनन्त सम्भाव्यता भएका परमेश्वरका सन्तति हुनुहुन्छ भनी विश्वास गर्न छनोट गर्न सक्नुहुन्छ र तपाईंहरूले अङ्ग्रेजी सिक्न उहाँको सहयोगको अपेक्षा गर्न सक्नुहुन्छ ।

Ponder

  • तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ भनी जानकारी प्राप्त गर्नाले तपाईंहरूस्वयम् का सम्बन्धमा तपाईंहरूको विश्वासलाई कसरी प्रभाव पार्छ?

  • तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ भनी जानकारी प्राप्त गर्दा तपाईंहरूलाई अङ्ग्रेजी सिक्न कसरी सहयोग गर्न सक्छ?

परिशिष्ट १
Activity 1: Practice the Pattern

(10–15 minutes)

Part 1सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

जब तपाईंहरू शब्दावली सिक्नुहुन्छ, प्रत्येक शब्दको अर्थ र उच्चारणमा ध्यान दिनुहोस् ।

I/my

म/मेरो

you/your

तिमी/तिम्रो

he/his

उहाँ/उहाँको; ऊ/उसको

she/her

उनी/उनको

no

होइन/छैन

yes

हो/छ

name

नाम

please

कृपया

thank you/thanks

तपाईंलाई धन्यवाद/धन्यवाद

What is … ?

… के हो?

Nice to meet you.

तपाईंलाई भेटेर खुशी लाग्यो ।

Part 2सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस् ।

सहपाठीहरू सँग नमूनाहरू अभ्यास गर्नुहोस् । तपाईंहरूको लक्ष्य भनेको आत्मविश्वासका साथ प्रश्नहरू सोध्नु र उत्तर दिनु हो र के भनिएको छ भन्ने बुझ्नु हो ।

प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

तपाईंहरू सम्भव भए सम्म धेरै प्रश्नहरू सिर्जना गर्नुहोस् ।

Example 1

What is your name?

नमूना प्रश्न तपाईंको नाम के हो
Example 2

What’s his name?

नमूना प्रश्न उसको नाम के हो
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

तपाईंहरू सम्भव भए सम्म धेरै उत्तरहरू सिर्जना गर्नुहोस् । तपाईंहरू तपाईंहरूका आफ्नै शब्दहरू सँग रेखाङ्कित शब्दहरूलाई प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Example 1

My name is Rosa.

नमूना उत्तर मेरो नाम रोजा हो
Example 2

His name is Niko.

नमूना उत्तर उसको नाम निको हो
नमूनाहरू प्रयोग गरेर वार्तालाप अभ्यास गर्नुहोस् ।

नमूनाहरू प्रयोग गरेर प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् ।

Questions

नमूना प्रश्न तपाईंको नाम के हो

Answers

नमूना उत्तर मेरो नाम रोजा हो
Example
दुईजना महिलाहरू वार्तालाप गर्दै
  • A: Hi! What is your name?

  • B: Hello! My name is .

  • A: Nice to meet you.

  • B: What’s your name?

  • A: My name is .

  • B: Nice to meet you.

  • A: What’s her name?

  • B: Her name is Rosa.

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(5–10 minutes)

यस क्रियाकलापको उद्देश्य तपाईंहरूको आफ्नै वाक्यहरू निर्माण गर्न नमूनाहरू र शब्दावली प्रयोग गर्नु हो ।

तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिको नामका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Talia

समुद्र तटमा मुस्कुराउँदै बालिका
  • A: What’s her name?

  • B: Her name is Talia.

मार्को

मानिस मुस्कुराउँदै

न्याट

महिला मुस्कुराउँदै

मारी

महिला मुस्कुराउँदै

जीन

बैजनी सर्ट र टाईमा मुस्कुराउँदै मानिस

स्याम

मुस्कुराउँदै वयश्क मानिस

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(10–15 minutes)

यस क्रियाकलापको उद्देश्य अङ्ग्रेजीमा वार्तालाप गर्नु हो ।

Part 1

आफ्नो समूहलाई भेट्नुहोस् । तपाईंहरूको समूहमा प्रत्येक सिकारूको नाम सोध्नुहोस् । सिर्जनशील बन्नुहोस् । तपाईंहरूलाई जानकारी भएजति धेरै शब्दहरू प्रयोग गर्नुहोस् ।

Example
  • A: Hi, what’s your name?

  • B: My name is Mei. What is your name?

  • A: My name is Sione. Nice to meet you.

  • B: Nice to meet you. Goodbye.

  • A: Bye!

Part 2

कुनै सहपाठी खोज्नुहोस् र आफ्नो समूहमा आफ्नो सहपाठीको परिचय दिनुहोस् ।

Example
  • A: Hi, what’s her name?

  • B: Her name is Luna. What is his name?

  • A: His name is Seth.

Evaluate

(5–10 minutes)

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ र सिक्न र प्रगति गर्नका लागि असीमित सम्भावना छ । प्रार्थनापूर्वक आफ्नो कार्यसम्पादन र प्रयासको मूल्याङ्कन गरेर तपाईंहरूले सुधार गर्ने तरिका सिक्न सक्नुहुन्छ । प्रत्येक पाठ पछि, प्रत्येक उद्देश्य पूरा गर्न आफ्नो प्रगतिको मूल्याङ्कन गर्नुहोस् । त्यसपछि, आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गरेर र अर्को पाठ अघि सुधार गर्ने एउटा तरिका छनोट गरेर आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस् ।

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say my name and others’ names.

    मेरो नाम र अरूहरूको नाम भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say hello and goodbye.

    नमस्ते र बिदाइ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Understand how EnglishConnect can help me learn English.

    EnglishConnect ले मलाई कसरी अङ्ग्रेजी सिक्न सहयोग गर्न सक्छ भनेर बुझ्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहकर्मी सँग बाढ्नुहोस् ।

अर्को पाठका लागि तयारी गर्दै

(5 minutes)

हामीहरूलाई समर्थन गर्न परमेश्वर सदैव त्यहाँ हुनुहुन्छ । उहाँले पनि हामीबाट हामीले सक्दो गरेको अपेक्षा राख्नुहुन्छ । तपाईंहरूले पाठका लागि तयारी गर्ने हरेक प्रयासबाट लाभ उठाउनुहुने छ । तपाईंहरूको वार्तालाप समूहमा सहभागी हुनुपूर्व प्रत्येक पाठका लागि यहाँ गर्नु पर्ने तीनवटा विषयहरू छन्:

  • सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  • शब्दावली स्मरण गर्नुहोस् ।

  • नमूनाहरू अभ्यास गर्नुहोस् ।

तपाईंहरूले यी तीन विषयहरू प्रत्येक पाठको सुरुमा “व्यक्तिगत अध्ययन” खण्डमा भेटाउन सक्नुहुन्छ । हरेक दिन अध्ययन र अभ्यास गर्न सम्झनुहोस् ।

Act in Faith to Practice English Daily

प्रत्येक पाठको अन्त्यमा, “अङ्ग्रेजी दैनिक अभ्यास गर्न आस्थामा कार्य” खण्ड छ । तपाईंहरूको समूहसँग ठूलो स्वरले उद्धरण पढ्न एक मिनेट समय बिताउनुहोस् ।

“हामी प्रत्येकमा दैवी क्षमता छ किनभने प्रत्येक परमेश्वरका सन्तति हौँ । प्रत्येक मानिस उहाँको नजरमा बराबर छन् । यस सत्यको निहितार्थ गहिरो छ” (रसल एम्. नेल्सन, “Let God Prevail,” लियाहोना, नोभेम्बर २०२०, ९४) ।