मोर्मोनको पुस्तक
अध्याय १
अम्मारोनले मोर्मोनलाई पवित्र अभिलेखहरूका बारेमा निर्देशन दिन्छन्—नफीहरू र लमानीहरूबीच युद्ध आरम्भ हुन्छ—तीन नफीहरूलाई लगिन्छ—दुष्टता, अविश्वास, जादुगरीहरू र तन्त्रमन्त्र फैलिन्छ। लगभग ई.सं. ३२१–३२६।
१ अनि अब म, मोर्मोन, मैले देखेका र सुनेका कुराहरूको एउटा अभिलेख बनाउँछु र त्यसलाई मोर्मोनको पुस्तक भन्दछु।
२ अनि लगभग त्यस समयतिर जब अम्मारोनले परमप्रभुमा ती अभिलेखहरू लुकाए, उनी मकहाँ आए, (म दश वर्षको उमेरको भएकाले र मैले मेरा जनका शिक्षाको तरिकामा केही शिक्षित हुन थालेँ) र अम्मारोनले मलाई भने: म अनुमान गर्छु कि तिमी एक गम्भीर बालक हौ र ध्यान दिनमा तीव्र छौ;
३ त्यसकारण, जब तिमी चौबीस वर्षका हुन्छौ म चाहान्छु कि तिमीले यी कुराहरू सम्झनु पर्छ जुन तिमीले यी जनका बारेमा देखेका छौ; र जब तिमी त्यो उमेरका हुन्छौ अन्तुमको भूमितिर पहाडमा जाऊ जसलाई शिम भनिनेछ; र त्यहाँ मैले यी जनका बारेका सबै पवित्र कुँदाइहरू जम्मा गरेको छु।
४ अनि हेर, तिमीले नफीका पाताहरू आफ्नो साथ लैजानेछौ र बाँकीलाई तिमीले जहाँ छन् त्यही स्थानमा छाड्नेछौ; अनि तिमीले नफीका पाताहरूमा ती सबै कुराहरू कुँद्नेछौ जुन तिमीले यी जनका बारेमा देखेका छौ।
५ अनि म, मोर्मोन, नफीको सन्तति भएकाले, (र मेरा पिताको नाउँ मोर्मोन थियो) मैले यी कुराहरू सम्झेँ जुन अम्मारोनले मलाई आज्ञा दिए।
६ अनि यस्तो हुन गयो कि मलाई, एघार वर्षको भएकाले, मेरा पिताद्वारा दक्षिणतर्फको भूमिमा, जरहेम्लाको भूमिमा समेत लगियो।
७ भूमिको सम्पूर्ण सतह भवनहरूले भरिएका थिए र जन लगभग समुद्रका बालुवा जत्तिकै अनगिन्ती थिए।
८ अनि यो वर्षमा यस्तो हुन गयो नफीहरूबीच युद्ध हुन थाल्यो, जो नफीहरू र याकूबीहरू र योसेफीहरू र जोरामीहरूद्वारा बनेका थिए; र यो युद्ध नफीहरू र लमानीहरू र लमुएलीहरू र इश्माएलीहरूबीच थियो।
९ अब लमानीहरू र लमुएलीहरू र इश्माएलीहरूलाई लमानीहरू भनिन्थ्यो र दुई पक्षहरू नफीहरू र लमानीहरू थिए।
१० अनि यस्तो हुन गयो कि युद्ध सिदोनको पानीनजिक जरहेम्लाका सिमानाहरूमा उनीहरूमाझ हुन थाल्यो।
११ अनि यस्तो हुन गयो कि नफीहरूले मानिसहरूको एक महान् सङ्ख्या, तीस हजारभन्दा बढी संख्या समेत एकसाथ जम्मा गरेका थिए। अनि यस्तो हुन गयो कि उनीहरूसँग त्यो सोही वर्षमा थुप्रै लडाइँहरू भए, जुनमा नफीहरूले लमानीहरूलाई हराए र उनीहरूमध्ये धेरैको बध गरे।
१२ अनि यस्तो हुन गयो कि लमानीहरूले आफ्ना योजनालाई त्यागे र भूमिमा शान्ति स्थापित भयो; र लगभग चारवर्षको अन्तरालसम्म शान्ति रह्यो, कि त्यहाँ कुनै रक्तपात भएन।
१३ तर सम्पूर्ण भूमिको सतहमाथि दुष्टता फैलियो, यतिसम्म कि परमप्रभुले आफ्ना प्रिय शिष्यहरूलाई लैजानुभयो र आश्चर्यजनक कर्महरूका र चङ्गाइका कार्यहरू जनका दुष्टताका कारण रोकिए।
१४ अनि परमप्रभुबाट त्यहाँ कुनै उपहारहरू थिएनन् र पवित्र आत्मा उनीहरूको दुष्टता र अविश्वासका कारण कसैमा आएनन्।
१५ अनि म, पन्ध्र वर्षको उमेरको भएकाले र केही गम्भीर सोचको भएकाले, त्यसकारण मलाई परमप्रभुद्वारा भेटियो र मैले येशूको कृपालाई चाखेँ र थाहा पाएँ।
१६ अनि मैले यी जनसामु प्रवचन दिने प्रयास गरेँ, तर मेरो मुख बन्द भयो र मलाई निषेध गरियो कि मैले उनीहरूमाझ प्रचार गर्नहुँदैन; किनकि हेर उनीहरूले इच्छापूर्वक उनीहरूका परमेश्वरविरुद्ध विद्रोह गरेका थिए; र उनीहरूका दुष्टताका कारण, प्रिय शिष्यहरूलाई भूमिबाट लगियो।
१७ तर म उनीहरूमाझ रहेँ, तर मलाई उनीहरूसामु प्रवचन दिन निषेधित गरिएको थियो, उनीहरूका हृदयका कठोरताका कारण; र उनीहरूका हृदयका कठोरताका कारण भूमि उनीहरूका निम्ति श्रापित भयो।
१८ अनि ती गादियान्तोन डाँकाहरूले, जो लमानीहरूमाझ थिए, भूमि ढाके, यतिसम्म कि त्यहाँका बासिन्दाहरूले आफ्ना खरखजानाहरू पृथ्वीमा लुकाउन थाले; र ती चिप्ला भए, किनभने परमेश्वरले भूमिलाई श्राप दिनुभएको थियो, कि तिनले ती समात्न सकेनन्, न त ती राख्न नै सके।
१९ अनि यस्तो हुन गयो कि त्यहाँ जादुगरीहरू र तन्त्रमन्त्रहरू र जादुहरू थिए; र दुष्ट चाहिँको शक्ति भूमिको सम्पूर्ण सतहमाथि आएको थियो, अबिनादीका र लमानी शमुएलका पनि वचनहरू पूरा हुनमा समेत।