अध्याय २
मोर्मोनले नफी सेनाहरूको अगुवाइ गर्छन्—रक्तपात र हिंसाले भूमि बढार्छ—नफीहरूले दोषीको दु:खका साथ शोक गर्छन् र विलाप गर्छन्—उनीहरूको अनुग्रहको दिन बितिसकेको छ—मोर्मोनले नफीका पाताहरू प्राप्त गर्छन्—युद्धहरू निरन्तर भइरहन्छन्। लगभग ई.सं. ३२७–३५०।
१ अनि यस्तो हुन गयो त्यही वर्षमा त्यहाँ नफीहरू र लमानीहरूबीच फेरि युद्ध हुन थाल्यो। अनि म कलिलो भए पनि, कदमा ठूलो थिएँ; त्यसकारण नफीका जनले मलाई नियुक्त गरे कि म उनीहरूको अगुवा, अर्थात् उनीहरूका सेनाहरूको अगुवा हुनुपर्दछ।
२ त्यसकारण यस्तो हुन गयो कि मेरो सोह्रौँ वर्षमा म नफीहरूका सेनाको अगुवामा लमानीहरूका विरुद्ध अघि गएँ; त्यसकारण तीनसय छब्बीस वर्ष बितेका थिए।
३ अनि यस्तो हुन गयो कि तीनसय सत्ताइसौँ वर्षमा लमानीहरू अत्यन्त महान् शक्तिका साथ हामीमाथि आए, यतिसम्म कि उनीहरूले मेरा सेनाहरूलाई तर्साए; त्यसकारण तिनीहरूले लडेनन र तिनीहरू उत्तर भेगतर्फ पछि हट्न थाले।
४ अनि यस्तो हुन गयो कि हामी अन्गोलाको सहरमा आयौँ र हामीले त्यो सहरलाई अधीनमा लियौँ र लमानीहरूविरुद्ध आफ्नो सुरक्षा गर्न तयार गऱ्यौँ। अनि यस्तो हुन गयो कि हामीले हाम्रो शक्तिका साथ त्यो सहरलाई बलियो बनायौँ; तर हाम्रो सम्पूर्ण शक्ति भए पनि लमानीहरू हामीमाथि आए र हामीलाई सहरबाट लखेटे।
५ अनि उनीहरूले हामीलाई दाउदको भूमिबाट पनि बाहिर लखेटे।
६ अनि हामी अघि बढ्यौँ र यहोशुको भूमिमा आयौँ, जुन पश्चिममा समुद्र किनारको सिमानामा थियो।
७ अनि यस्तो हुन गयो कि हामी हाम्रा जनहरूलाई सम्भव भएजति छिटो एक साथ भेला गऱ्यौँ, ताकि हामीले उनीहरूलाई एउटा समूहमा जम्मा गर्न सकूँ।
८ तर हेर, भूमि डाँकाहरू र लमानीहरूले भरिएको थियो; र मेरा जनमाथि झुन्डिएको त्यो भयानक विनाश हुँदाहुँदै पनि, उनीहरूले आफ्ना खराब कार्यहरूको पश्चात्ताप गरेनन्; त्यसकारण भूमिको सम्पूर्ण सतहभरि रक्तपात र हिँसा फैलिएको थियो, नफीहरूको भाग र लमानीहरूको भाग दुबैमा; र यो भूमिको सम्पूर्ण सतहभरी एउटा पूर्ण क्रान्ति थियो।
९ अनि अब, लमानीहरूको एउटा राजा थिए र उनको नाउँ हारुन थियो; र उनी चवालीस हजार सेनाका साथ हाम्रा विरुद्ध आए। अनि हेर, मैले बयालीस हजारका साथ उनलाई थामेँ। अनि यस्तो हुन गयो कि मैले मेरा सेनाका साथ उनलाई हराएँ कि उनीहरू मेरा अगाडिबाट भागे। अनि हेर, यो सबै गरियो र तीनसय तीस वर्ष बितेका थियो।
१० अनि यस्तो हुन गयो कि नफीहरूले आफ्ना दुष्टताको पश्चात्ताप गर्न थाले र शमुएल अगमवक्ताद्वारा भनिएजस्तै कराउन थाले; किनकि हेर कुनै मानिसले त्यो राख्न सकेन जुन उसको आफ्नो थियो, भूमिमा भएका चोरहरू र डाँकाहरू र हत्याराहरू र जादु कलाका र तन्त्रमन्त्रका कारण।
११ यसरी यी कुराहरूका कारण सम्पूर्ण र अझ विशेष गरी नफीका जनमाझ भूमिमा शोक र विलाप हुन थाल्यो।
१२ अनि यस्तो हुन गयो कि जब म, मोर्मोनले उनीहरूका विलाप र उनीहरूका शोक र परमेश्वरअगाडिका उनीहरूको दु:ख देखे, मेरो हृदय ममा खुसियाली मनाउन थाल्यो, कृपा र परमप्रभुप्रतिको धीरतालाई जान्दै, त्यसकारण यो अनुमान गर्दै कि उहाँ उनीहरूप्रति कृपालु हुनुहुनेछ कि उनीहरू फेरि धर्मी जन बन्नेछन्।
१३ तर हेर मेरो यो खुसी व्यर्थ थियो, किनकि उनीहरूको दु:ख परमेश्वरको कृपाका कारण पश्चात्तापका निम्ति थिएन; तर यो दोषीको दु:खका निम्ति थियो, किनभने परमेश्वरले उनीहरूलाई पापमा खुसियाली लिन कहिल्यै दिनुभएन।
१४ अनि उनीहरू चूर्ण हृदयहरू र पछुताएका आत्माहरूका साथ येशूकहाँ आएनन्, तर उनीहरूले परमेश्वरलाई सरापे र मर्न चाहे। तैपनि उनीहरूले आफ्ना जीवनहरूका निम्ति तरबारका साथ सङ्घर्ष गर्दथे।
१५ अनि यस्तो हुन गयो कि मेरो दु:ख फेरि मकहाँ फर्क्यो र मैले देखेँ कि अनुग्रहको दिन उनीहरूबाट भाग्यो, संसारिक रुप र आत्मिक रुप दुबैमा; किनकि मैले उनीहरूमध्ये हजारौँलाई परमेश्वरविरुद्ध खुल्ला विद्रोहमा काटेर ढालिएको र गोवर झैँ भूमिको सतहमा थुपारिएको देखेँ। अनि यसरी तीनसय चवालीस वर्षहरू वितेका थिए।
१६ अनि यस्तो हुन गयो कि तीनसय पैँतालीसौँ वर्षमा नफीहरू लमानीहरू अघिबाट भाग्न थाले; र उनीहरूको प्रत्यागमनमा उनीहरूलाई रोक्न सम्भव हुनुभन्दा अगाडि उनीहरू यशोनको भूमि नआइन्जेलसम्म उनीहरूलाई लखेटियो।
१७ अनि अब, यशोनको सहर त्यो भूमिनजिक थियो जहाँ अम्मारोनले परमप्रभुकहाँ ती अभिलेखहरू थुपारेका थिए, ताकि तिनको विनाश नगरियोस्। अनि हेर मैले अम्मारोनका वचनहरूअनुसार गएको थिएँ र नफीका पाताहरू लिएको थिएँ र अम्मारोनका वचनहरूअनुसार अभिलेख बनाएँ।
१८ अनि मैले नफीका पाताहरूमाथि सबै दुष्टता र कुकर्महरूको पूरा विवरण बनाएँ; तर यी पाताहरूमाथि मैले उनीहरूका दुष्टता र कुकर्महरूको पूरा विवरण बनाउनबाट रोकेँ, किनकि हेर, मैले मानिसहरूका तरिकाहरू जान्न सक्ने भएदेखि मेरा आँखाहरूअगाडि दुष्टता र कुकर्महरूको निरन्तर दृश्य आएको छ।
१९ अनि उनीहरूका दुष्टताका कारण मलाई धिक्कार छ; किनकि मेरो हृदय मेरा सबै दिनहरूमा उनीहरूका दुष्टताका कारण दु:खले भरिएको छ; तैपनि, मलाई थाहा छ कि त्यो अन्तिम दिनमा मलाई उत्थान गरिनेछ।
२० अनि यस्तो हुन गयो कि यो वर्षमा नफीका जनको फेरि सिकार खेलियो र लखेटियो। अनि यस्तो हुन गयो कि हामीहरूलाई शेम भन्ने उत्तरको भूमिमा नपुऱ्याइन्जेलसम्म लखेटियो।
२१ अनि यस्तो हुन गयो कि हामीले शेमको सहरलाई बलियो बनायौँ र हामीले हाम्रा जनलाई सम्भव भएसम्म जम्मा गऱ्यौँ, ताकि हुनसक्छ हामीले उनीहरूलाई विनाशबाट बचाउन सकौँ।
२२ अनि यस्तो हुन गयो तीनसय छयालीसौँ वर्षमा उनीहरू फेरि हामीमाथि आउन थाले।
२३ अनि यस्तो हुन गयो कि मैले मेरा जनसामु बोलेँ र महान् शक्तिका साथ उनीहरूलाई उक्साएँ, कि उनीहरू सहासपूर्वक लमानीहरूअगाडि खडा हुनुपर्दछ र उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरू र उनीहरूका भवनहरू र उनीहरूका घरहरूका निम्ति लड्नुपर्दछ।
२४ अनि मेरा वचनहरूले उनीहरूलाई केही हदसम्म उत्साह दियो, यतिसम्म कि उनीहरू लमानीहरूअगाडिबाट भागेनन्, तर उनीहरूका विरुद्ध सहासका साथ खडा भए।
२५ अनि यस्तो हुन गयो कि हामीले तीसहजारको सेनाले पचासहजारको सेनाविरुद्ध लड्यौँ। अनि यस्तो हुन गयो कि हामी उनीहरूअगाडि यति अडिग भएर खडा भयौँ कि उनीहरू हाम्रा अगाडिबाट भागे।
२६ अनि यस्तो हुन गयो कि जब उनीहरू भागेका थिए हामीले उनीहरूलाई हाम्रा सेनाहरूका साथ फेरि पछ्यायौँ र उनीहरूलाई हरायौँ; तैपनि परमप्रभुको शक्ति हामीसँग थिएन; हो, हामीलाई हामीमै छाडिएको थियो, कि परमप्रभुको आत्मा हामीमा बसेन; त्यसकारण हामी हाम्रा बन्धुहरूजस्तै कमजोर भएका थियौँ।
२७ अनि मेरो हृदय मेरा जनमाथिको प्रकोपका कारण, उनीहरूका दुष्टताका कारण र उनीहरूका कुकर्महरूका कारण दुखित भयो। तर हेर, हाम्रा रिक्थका भूमि फेरि अधीनमा नलिइन्जेलसम्म हामी लमानीहरू र गादियान्तोन डाँकाहरूका विरुद्ध गयौँ।
२८ अनि तीनसय उनान्पचासौँ वर्ष बितेको थियो। अनि तीनसय पचासौँ वर्षमा हामीले लमानीहरू र गादियान्तोन डाँकाहरूसँग एउटा सन्धि गऱ्यौँ, जुनमा हामीले हाम्रो रिक्थको भूमिलाई विभाजित भएको पायौँ।
२९ अनि लमानीहरूले हामीलाई उत्तरतर्फको भूमि दिए, हो, त्यो साँघुरो घाँटीसम्म समेत जसले दक्षिणतर्फको भूमिसम्म लैजान्छ। अनि हामीले लमानीहरूलाई दक्षिणतर्फको सबै भूमि दियौँ।