धर्मशास्त्रहरू
मोर्मोन ४


अध्याय ४

युद्ध र हिँसा जारी रहन्छ—दुष्टहरूलाई दुष्टहरूले सजायँ दिन्छन्—सम्पूर्ण इस्राएलमा यसअघि भन्दा झन् ठूलो दुष्टता फैलन्छ—आइमाईहरू र बालबालिकाहरूलाई मूर्तिहरूसामु बलि चढाइन्छ—लमानीहरूले उनीहरूअगाडि नफीहरूलाई बढार्न थाल्छन्। लगभग ई.सं. ३६३–३७५।

अनि अब यस्तो हुन गयो कि तीनसय त्रिसठ्ठीयौँ वर्षमा नफीहरू आफ्ना सेनाहरूका साथ लमानीहरूविरुद्ध लडाइँ गर्न उजाड भूमिबाहिर गए।

अनि यस्तो हुन गयो कि नफीहरूका सेनाहरूलाई उजाडको भूमितिर पुन: धपाइयो। अनि जब उनीहरू अझै थकित थिए, लमानीहरूको नया सेना उनीहरूमाथि आए; र उनीहरूसँग कष्टप्रद लडाइँ भयो, यतिसम्म कि लमानीहरूले उजाडको सहरलाई अधीनमा लिए र नफीहरूमध्ये धेरैको बध गरे र धेरैलाई कैदी लिए।

अनि बाँकी भागे र तेयान्कुम सहरका बासिन्दाहरूसँग सम्मिलित भए। अब तेयान्कुम सहर समुद्र किनारका सिमानाहरूमा थियो; र यो उजाड सहरको नजिक पनि थियो।

अनि यो किनभने नफीहरूका सेनाहरू लमानीहरूसामु गएका थिए कि उनीहरू प्रहारित हुन थाले; किनकि यदि त्यसो नभएको भए, लमानीहरूको उनीहरूमाथि कुनै शक्ति हुन सक्दैनथ्यो।

तर, हेर, परमेश्वरको न्यायले दुष्टलाई जित्नेछ; र यो दुष्टद्वारा हो कि दुष्टहरूले सजाय पाउँछन्; किनकि यो दुष्टले हो जसले मानिसका छोराछोरीहरूका हृदयहरूलाई रक्तपातमा भड़काउँछ।

अनि यस्तो हुन गयो कि लमानीहरूले तेयान्कुम सहरका विरुद्ध आउन तयारी गरे।

अनि यस्तो हुन गयो तीनसय चौसठ्ठीयौँ वर्षमा लमानीहरू तेयान्कुम सहरका विरुद्ध आए ताकि उनीहरूले तेयान्कुम सहरलाई पनि अधीनमा लिन सकून्।

अनि यस्तो हुन गयो कि उनीहरूलाई नफीहरूद्वारा पछाडि धकेलियो र लखेटियो। अनि जब नफीहरूले देखे कि उनीहरूले लमानीहरूलाई लखेटेका थिए उनीहरूले फेरि आफ्ना शक्तिमा घमण्ड गरे; र उनीहरू आफ्ना शक्तिमा अघि गए र उजाड सहरलाई अधीनमा लिए।

अनि अब यी सबै कुराहरू गरिएको थियो र दुबै पक्षहरूमा, नफीहरू र लमानीहरू दुबैका हजारौँको वध गरिएको थियो।

१० अनि यस्तो हुन गयो कि तीनसय छैसठ्ठीयौँ वर्ष बितेको थियो र लमानीहरू नफीहरूविरुद्ध लडाइँ गर्न फेरि आए; र अझै नफीहरूले आफूले गरेका दुष्टताको पश्चात्ताप गरेनन्, तर उनीहरूका दुष्टतामा निरन्तररुपमा रहे।

११ अनि जिब्रालाई यो वर्णन गर्न असम्भव छ, अथवा मानिसलाई त्यो रक्तपात र हिंसाको भयावह दृश्यको परिपूर्ण विवरण लेख्न जुन नफीहरू र लमानीहरू दुबैका जनमाझ थियो; अनि प्रत्येक हृदय कठोर पारिएको थियो, ताकि उनीहरू निरन्तर रगत बगाउनमा आनन्दित भए।

१२ अनि लहीका छोराछोरीहरूमाझ कहिल्यै त्यस्तो भयङ्कर दुष्टता भएको थिएन, न त इस्राएलका सम्पूर्ण घरानामा समेत भएको थियो, परमप्रभुका वचनहरूअनुसार, जस्तो यी जनमाझ थियो।

१३ अनि यस्तो हुन गयो कि लमानीहरूले त्यो उजाड सहरलाई अधीनमा लिए र यो किनभने उनीहरूको सङ्ख्याले नफीहरूको संख्यालाई उछिन्यो।

१४ अनि उनीहरू तेयान्कुम सहरको विरुद्ध पनि अघि बढे र बासिन्दाहरूलाई त्यहाँबाट लखेटे र आइमाइहरू र बालबालिकाहरू दुबैलाई धेरै कैदी लिए र उनीहरूलाई आफ्ना मूर्तिका देवताहरूसामु बलिका रुपमा अर्पण गरे।

१५ अनि यस्तो हुन गयो कि तीनसय सत्सठ्ठीयौँ वर्षमा, नफीहरू धेरै रिसाएकाले किनभने लमानीहरूले उनीहरूका आइमाइहरू र उनीहरूका बालबालिकाहरूको बलि चढाएका थिए, कि उनीहरू लमानीहरूविरुद्ध भयानक क्रोधका साथ गए, यतिसम्म कि उनीहरूले लमानीहरूलाई फेरि हराए र उनीहरूलाई आफ्ना भूमिहरूबाट लखेटे।

१६ अनि लमानीहरू नफीहरूविरुद्ध तीनसय पचहत्तरौँ वर्षसम्म फेरि आएनन्।

१७ अनि यो वर्षमा उनीहरू नफीहरूविरुद्ध उनीहरूको सम्पूर्ण शक्तिका साथ तल आए; र उनीहरूको सङ्ख्या ठूलो भएका कारण उनीहरूको गणना गरिएन।

१८ अनि यस समयदेखि अघि नफीहरूले लमानीहरूमाथि शक्ति प्राप्त गरेनन्, तर सूर्यअगाडिको शीतजस्तै उनीहरूद्वारा बढारिन थाले।

१९ अनि यस्तो हुन गयो कि लमानीहरू उजाड सहरका विरुद्ध तल आए; र उजाड सहरमा अत्यन्त कष्टप्रद लडाइँ लडिएको थियो, जुनमा उनीहरूले नफीहरूलाई हराए।

२० अनि उनीहरू फेरि तिनीहरू अगाडिबाट भागे र उनीहरू बोअज सहर आए र त्यहाँ उनीहरू लमानीहरूविरुद्ध अत्यन्त साहासका साथ खडा भए, यतिसम्म कि लमानीहरूले उनीहरूलाई तिनीहरू दोस्रो पटक फेरि नआइन्जेलसम्म हराएनन्।

२१ अनि जब तिनीहरू दोस्रो पटक आएका थिए, नफीहरूलाई लखेटे र महान् संहारका साथ उनीहरूको संहार गरे, उनीहरूका आइमाईहरूलाई र उनीहरूका बालबालिकाहरूलाई मूर्तिहरूसामु फेरि बलि चढाए।

२२ अनि यस्तो हुन गयो कि नफीहरू उनीहरू अगाडिदेखि, सहरहरू र गाउँहरू दुबैमा सबै बासिन्दाहरूलाई लिएर उनीहरूसाथ फेरि भागे।

२३ अनि अब म, मोर्मोनले यो देखेर कि लमानीहरूले भूमिलाई हराउन लागेका थिए, त्यसकारण म शिम डाँडामा गएँ र ती सबै अभिलेखहरू लगेँ जुन अम्मारोनले परमप्रभुमा लुकाएका थिए।