२०१०–२०१९
पश्चात्तापबाट पखालिएका
अप्रिल २०१९ साधारण सम्मेलन


पश्चात्तापबाट पखालिएका

परमेश्वर योजना र येशू ख्रीष्टको प्रयाश्चित्तका कारण, पश्चात्तापको प्रक्रिया मार्फत हामी सफा बन्न सक्छौं|

हाम्रो पार्थिव संसारमा हामी मानिसका कानून र परमेश्वरका कानूनका अधिनमा हुन्छौं| पहिले युटाहको सर्बोच्च अदालतको न्यायधिसको रुपमा र अहिले चर्चको प्रथम अध्यक्षताको सदस्यको रुपमा मलाई गम्भीर गल्तिहरू गरेकाहरूको न्याय गर्ने असामान्य अनुभवहरू जम्मा गर्न पाएकोछु| मानिसका कानून र परमेश्वरका कानून बीचको भिन्नताले येशू ख्रीष्टको प्रयाश्चित्तको बास्तविकता र शक्ति सम्बन्धिको मेरो ज्ञानलाई अझ विस्तार गरेको छ| मानिसको कानूनमा, एक गम्भीर अपराधिलाई कुनै पनि परेलको सम्बाभना बिना आजीवन कारागारको संजाय तोक्न सकिन्छ} तर मायालु स्वर्गीय पिताको दयालु योजनामा यो भिन्न छ| तर स्वर्गीय पिताको दयालु योजनामा मैले देखेको छु कि “ती सबै चुर्ण हृदय र पछुताएको आत्मा भएका“(२ नफी २:७) को पापका निम्तिको हाम्रा मुक्तिदाताको प्रायश्चित्तका कारण तिनै गम्भीर पापको यो पार्थिव जीवनमै क्षमा दिइन्छ | ख्रीष्टले उद्धार गर्नुहुन्छ र उहाँको प्रयाश्चित्त वास्तविक हो|

हाम्रो मुक्तिदाताको दया भजन मण्डली भर्खरै गएको महान भजनले व्यक्त गर्दछ|

येशूसामु आऊ; उहाँले तिमीलाई सुन्नुहुन्छ|

अन्धकारमा बाटो हराए पनि|

उहाँले तिमीलाई फेला पार्नुहुन्छ र विस्तारै डोर्याउनुहुन्छ|

ढकमग्न अन्धकारको राति देखि उज्यालो दिन सम्म|1

येशू ख्रीष्टको प्रयाश्चित्त्को बलिदानले “सबै पश्चात्ताप गरेर उहाँ सामु आउने मानिसलाई“ ढोका खोल्छ“ (सिद्धान्त र करार १८:११; थप हेर्नुहोस मार्कुस ३:२८; १ नफी १०:१८; अल्मा ३४:८, १६). अल्माको पुस्तकले बताउँछ कि पश्चात्ताप र क्षमा रक्तपिपासु र दुष्ट जनहरूलाई समेत उपलब्ध छ (अल्मा २५:१६; २७:२७, ३०)| आजको मेरो संदेश हामी सबैका निम्तिको आशाको हो, तिनीहरूका निम्ति पनि जसले चर्चबाट निकाला गरिएर अथवा स्वेच्छाले आफ्नो सदस्यता गुमाएका छन्| हामी सबै पापी हौँ जसलाई पश्चात्तापबाट पखाल्न सक्छ| “पश्चात्ताप गर्न सजिलो छैन“, एल्डर रसल एम. नेल्सनले अघिल्लो साधारण सम्मेलनमा सिकाउनुभयो| “तर पुरस्कार मुल्यको योग्य छ|“2

I. पश्चात्ताप

पश्चात्ताप हाम्रो मुक्तिदाताबाट सुरु हुन्छ, र यो एक खुसियाली हो, बोझ हैन| गएको डिसेम्बरको क्रिस्मासको संदेशमा, अध्यक्ष नेल्सनले भन्नुभयो, “सच्चा पश्चात्ताप एउटा क्षणिक कुरा होइन| यो कहिले नसकिने एउटा विशेष अधिकार हो| यो दिमागमा सान्ति, सान्त्वना, र खुसियाली प्राप्त गर्न र प्रगतिको आधार हो|”

पश्चात्ताप सम्बन्धिको महान शिक्षामध्ये केहि हामी मोर्मोन् को पुस्तकको अल्माले चर्चका सदस्याहरूसामु दिएको गवाहीमा पाउछौं जसलाई उनी पछि “धेरै अविश्वास“, ’घमण्डमा उचालिएका“ र हृदय “धन र संसारका व्यर्थका चिजमा“ गाडेका“ भनी बर्णन गरेका छन (अल्मा ७:६)| पुनर्स्थापित चर्चका प्रत्येक सदस्यसंग यी प्रेरित शिक्षाबाट सिक्नपर्ने धेरै छ|

हामी येशू ख्रीष्टमाथिको आस्थाबाट सुरु गर्छौं किनभने “यो उहाँ हुनुहुन्छ जो संसारका पापलाई लिन आउनुहुन्छ“ (अल्मा ५:४८)| हामीले पश्चात्ताप गर्नुपर्छ किनभने जसरी अल्माले सिकाए, “पश्चात्ताप नगरे तिमीले स्वर्गको अधिराज्य रिक्थामा पार्प्त गर्न सक्दैनौ:“ (अल्मा ५:५१) यो परमेश्वरको योजनाको एक नितान्त अंश हो| किनभने हामी सबैले हाम्रो पार्थिव अस्तित्वमा पापे गर्नेछौं र परमेश्वरको उपस्थितिबाट हटाइनेछ, पश्चात्ताप बिना मानिसले मुक्ति पाउन सक्दैन (अल्मा ५:३१; थप हेर्नुहोस हेलामन १२:२२)|

यो सुरुवात देखि नै सिकाइएको छ| आदमलाई प्रभुले आज्ञा दिनुभयो, “यसलाई आफ्ना सन्तासामु सिकाओ कि प्रत्येक मानिसले, जहाँ भए पनि, पश्चात्ताप गर्नुपर्छ, अन्यथा उनीहरूले कुनैपनि हालतमा परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनन्, किनभने कुनै पनि फोहोर कुरा त्यहाँ रहन सक्दैन, उहाँको उपस्थितिमा रहन सक्दैन (मोसा ६:५७)| हामीले हाम्रा सबै पापको पश्चात्ताप गर्नुपर्छ—हाम्रा सबैका परमेश्वरका आज्ञा विपरितका र निस्क्रियताका| कसैले पनि यसबाट क्षमा पाउदैन| हिजो बेलुका अध्यक्ष नेल्सनले हामीलाई चुनौती दिनुभयो, “दाजुभाई, हामी सबैलाई पश्चात्ताप आवाश्यक छ|“()

पश्चात्तापबाट सफा हुन, हामीले पाप त्याग्नु पर्छ र तिनलाई प्रभु र आवश्यक परेमा उहाँका पार्थिव न्यायकर्तासामु स्विकार्नुपर्छ (हेर्नुहोस सिद्धान्त र करार ५८:४३)| अल्माले पनि सिकाए कि जब हामी ख्रीष्टसामु आउँछौं हामीले “धर्मीकार्यहरू ल्याउनु“ पर्छ (अल्मा ५:३५)| यो सबै ख्रीष्टसामु आउन बारम्बार दिएको आत्मिक निम्तोको एकअंश हो|

हामीले प्रत्येक सबाथको दिनमा भाग लिन आवश्यक छ| त्यो सुभकार्यमा, हामीले करार गर्छौं र आशिष प्राप्त गर्छौं जसले हाम्रो मुक्तिदाताले भने जस्तै सिद्धता प्राप्त गर्नबाट रोक्ने ती कार्य र चाहनालाई जित्न हामीलाई सहयोग गर्छन् (मात्ति ५:४८; ३ नफी १२:४८)| जब हामी, “आँफैलाई सम्पूर्ण भक्तहिनतालाई अस्विकार गर्दछौं, र परमेश्वरलाई आफ्नो सम्पूर्ण शक्ति, मस्तिष्क र क्षमताका साथ् मायाँ गर्दछौ भने“ र उहाँको बगाइएको रगतबाट पवित्र हुन्छौ “दाग बिनाको पवित्र हुनेछौं|“ (मोरोनी १0:३२–३३)| कस्तो महान वाचा! कस्तो आश्चर्य! कस्तो आशिष!

II. जिम्मेवारी र पार्थिव न्याय

यो पार्थिव अनुभवका निम्ति परमेश्वरको योजनाको एक उद्धेश्य परमप्रभु परमेश्वरले दिने सबै आज्ञाहरू हामीले गर्छौं कि गर्दैनौ भनी प्रमाणित गर्नु हो| (अब्राहाम ३:२५)| योजनाको एक अंशको रूपमा, हामी परमेश्वर, र उहाँले छानेका सेवकहरू उत्तरदायी छौं, त्यो उत्तरदायित्वमा पार्थिव र स्वर्गीय दुवै जिम्मेवार छन्|

प्रभुको चर्चमा, सदस्यहरू र भावी सदस्यहरूको पार्थिव फैसला परमेश्वरको इच्छा खोज्ने अगुवाहरूद्व्वारा प्रशासन गरिन्छ| यो उनीहरूकै जिम्मेवारी हो कि ती व्यक्तिहरूको फैसला गर्नु जसले अनन्त जीवनसम्मको बाटोमा प्रयाश्चित्त प्राप्त गर्न ख्रीष्टसम्म आउन खोज्दैछन| पार्थिव फैसलाले एक व्यक्ति बप्तिस्माका लागि तयार छ कि छैन भनी निर्णय गर्छ| के उक्त व्यक्ति मन्दिरमा जानका लागि अनुमति पत्रको योग्य छ कि छैन? के त्यो व्यक्ति जसको नाम चर्चको रेकर्डबाट हटाइएको थियो उसले येशू ख्रीष्टको प्रयाश्चित्तमार्फत बप्तिस्मा द्वारा पुन: प्रवेश गर्न का लागि आवश्यक पश्चात्ताप गरे कि गरेन?

त्यो समयमा, जब एक परमेश्वरबाट बोलाइएका पार्थिव न्यायकर्ताले अरू थप प्रगतीका निम्ति जस्तै: मन्दिरमा जान, अनुमोदन गर्छ, उसले यो भनेको हैन कि त्यो व्यक्तिमा कुनै पाप छैन, र उसले कुनै पापको क्षमा गरेको हैन| एल्डर स्पेन्सर डब्लु. किम्बलले सिकाउनुभयो कि पार्थिवले “सजायबाट मुक्त गरे“ पछि उक्त व्यक्ति स्वर्गीका परमेश्वरबाट अन्तिम पश्चात्ताप खोज्नुपर्छ र प्राप्त गर्नुपर्छ र उहाँले मात्र त्यो पाप हटाउन सक्नुहुन्छ| अनि यदि पापमय कार्यहरू र चाहनाहरू अन्तिम फैसलाका दिनसम्म पश्चात्ताप रहित रहन्छन् भने त्यो व्यक्ति पापमाया नै रहन्छन| अन्तिम जिम्मेवारी, पश्चात्तापका सफाई गर्ने असरहरू हामी प्रत्येक र परमेश्वरबीच हो|

III. पुनरुत्थान र अन्तिम फैसला

धर्मशास्त्रमा भनिएको फैसला अक्सर गरेर अनितम फैसला हो जुन पुनरुत्थान पछि हुनेछ (हेर्नुहोस २ नफी ९:१५)| धेरै धर्मशास्त्र भन्छ कि “हामी सबै ख्रीष्टको न्यायको आशनअगाडी खडा हुनेछौं“ (रोमी १४:१०; थप यो पनि हेर्नुहोस २ नफी ९:१५; मोसियाह २७:३१) “पार्थिव शरीरमा गरिएका कार्यअनुसार फैसला गरिइन“ (अल्मा ५:१५; थप यी पनि हेर्हुनुह्स प्रकाश २०:१२; अल्मा ४१:३; ३ नफी २६:४)| हामी सबैको फैसला “हाम्रा काम अनुसार“ हुनेछ ( ३ नफी २७:१५) र “हाम्रा हृदयका चाहाना अनुसार पनि हुनेछ“ (सिद्धान्त र करार १३७:९; थप ये पनि हेर्नुहोस अल्मा ४१:६)|

उहाँको अन्तिम फैसलाको उद्धेश्य हामीले अल्माले विस्तार गरे जस्तै हामीले “हाम्रो हृदयमा त्यो शक्तिशाली“ परिवर्तन प्राप्त गरौ के गरेनौं भनी निर्धारण गर्नु हो| (हेर्नुहोस अल्मा ५:१४), जहाँ हामी नया प्राणि बन्छौं र हामीमा “अरू दुष्ट्याई गर्ने रहर हुँदैन तर, निरन्तर असल गर्छौं“ (मोसियाह ५:२)| हाम्रो मुक्तिदाता येशू ख्रीष्ट नै हाम्रो अन्तिम न्यायकर्ता हुनुहुन्छ| (हेर्नुहोस यूहन्ना ५:२२ ; २ नफी ९:४) उहाँको फैसला पछि हामी सबैले स्वीकार्छौं “कि उहाँको फैसला न्यायिक छन्“(मोसियाह १६:१ ;थप हेर्नुहोस,२७:३१;अल्मा १२:१५);किनभने उहाँको सर्बज्ञान (हेर्नुहोस २ नफी ९:१५, २०) उहाँलाई हाम्रा सबै कार्य र चाहानाहरू दुवैको चाहे ती धर्मी र पश्चात्ताप गरिएका हुन् या ती पश्चात्ताप नगरिएका र परिवर्तन नगरिएका नै हुन्, परिपूर्ण ज्ञान छ|

धर्मशास्त्रले अन्तिम फैसलाको प्रक्रियाको विवरण दिन्छ| अल्माले सिकाउंछन् कि परमेश्वरको न्यायलाई आवश्यक छ कि पुनरुत्थानमा “सबै कुराहरू तिनीहरुको उचित क्रममा पुनर्स्थापित हुनुपर्छ“ (अल्मा ४१;२ ) यसको अर्थ हो कि “यदि उनीहरूको जीवनका कार्यहरू असल भए र उनीहरूका हृदयका चाहानाहरू असल भए ....त्यो अन्तिम् दिनमा [उनीहरूलाई] जे असल छ त्यसमै पुनर्स्थापना गरिनेछ“( अल्मा ४१:२) त्यसरी नै, “यदि उनीहरूको कार्य [अथवा उनीहरूको चाहना] दुष्ट भए उनीहरूलाई जे दुष्ट छ त्यसैमा पुनर्स्थापना गरिन्छ“( अल्मा ४१:४-५ ; थप हेर्नुहोस हेलामान १४:३१) त्यसरी नै, अगमवक्ता याकूबले सिकाए कि त्यो अन्तिम फैसलाको दिनमा, “जो धर्मी छन उनीहरू अझैं धर्मी रहनेछन, र जो घिनलाग्दा छन उनीहरू अझै घिनलाग्दा नै रहनेछन्“(२ नफी ९:१६ ; थप हेर्नुहोस मोर्मोन् ९:१४ ; १ नफी १५:३३) त्यसलाई मोरोनीले “जीवित र मृतक दुवैका अनन्त न्यायकर्ता महान यहोवाको चित्त बुज्दो अदालत“ अगाडीको प्रक्रिया हो भनी भनेका छन्( मोरोनी १०:३४; थप हेर्नुहोस३ नफी २७:१६)

परमेश्वर अगाडी हामी सफा हुन्छौं भनी निश्चय गर्न हामीले पश्चात्ताप गर्नुपर्छ, अन्तिम फैसला भन्दा अगाडी नै (हेर्नुहोस मोर्मोन ३:२२) जसरी अल्माले आफ्ना पापमय छोरालाई भने, हामीले आफ्ना पाप परमेश्वरअगाडी लुकाउन सक्दैनौं, “ र पश्चात्ताप नगरे ती हामी विरुद्ध अन्तिम दिनमा गवाहीको रुपमा खडा हुनेछन“( अल्मा ३९:८ ) येशू ख्रीष्टको प्रयाश्चित्त पश्चात्तापमार्फत आवश्यक हामीलाई सफाई प्राप्त गर्ने एउटा मात्रै बाटो हो, र यो पार्थिव जीवन नै त्यसो गर्ने समय हो| पश्चात्ताप आत्मिक संसारमा पनि हुनसक्छ भनी सिकाइएको भए पनि (हेर्नुहोस सिद्धान्त र करार १३८:३१, ३३ , ५८ ), त्यो त्यति निस्चय छैन| एल्डर मेल्भिन जे. बालार्डले सिकाउनुभयो, “शरीर र आत्मा एक भएको बेलामा परित्याग गर्न र प्रभुको सेवा गर्न सजिलो छ|“ यो नै समय हो जब मानिस धेरै नै लचिला र संबेदनशिल हुन्छन| यो जीवन पश्चात्ताप गर्ने समय हो“6

जब हामी पश्चात्ताप गछौं, हामीसंग प्रभुको आश्वासन छ कि हाम्रा पापहरू, हाम्रा कार्य र चाहनाहरू दुवै, सफा हुनेछन् र हाम्रा दयालु अन्तिम न्यायकर्ता “तिनलाई अरू सम्झानुहुनेछैना“ ( सिद्धान्त र करार ५८:४२ ; थप हेर्नुहोस यसैया १:१८; यर्मिया ३१:३४;हिब्रु ८:१२ ; अल्मा ४१:६; हेलामान १४:१८-१९) पश्चातापबाट सफा गरिएर, हामी अनन्त जीवनका लागि योग्य हुनसक्छौं, जसलाई बेन्यामिन् राजाले “कहिल्य अन्त्य नहुने खुसियालीको अवस्थामा परमेश्वरसंग बस्नुहो“ भनी विवरण दिएका थिए“ ( मोसियाह २:४१ ; थप हेर्नुहोस सिद्धान्त र करार १४:७ )

परमेश्वरको “पुनर्स्थापनाको योजना“ को अर्को अंशको रुपमा (अल्मा ४१:२), पुनरुत्थानले “सबै कुराहरूलाई ... तिनीहरूको उचित र परिपूर्ण आकारमा“ पुनर्स्थापित गर्दछ| ( अल्मा ४०:२३ ) यसमा यो पार्थिव जीवनमा जन्म या रोग र दुर्घटनाबाट आइपुगेका हाम्रा सबै भौतिक कमजोरी र विकृतिहरू पर्दछन्|

के यो सफाईले हाम्रा अपवित्र र विच्छेदन नगरिएका चाहाना र लतहरूलाई सफा गर्छ? त्यसो हुन सक्दैन| हामी आधुनिक प्रकाश मार्फत थाहापाउंछौं कि हामी हाम्रा चाहानाहरूका साथसाथै हाम्रा कार्यहरूका निम्ति फैसला गरिनेछ (हेर्नुहोस अल्मा ४१:५ ; सिद्धान्त र करार १७३:९) र कि हाम्रा विचारहरू समेतले हामीलाई तिरस्कार गर्नेछन् (हेर्नुहोस अल्मा १२:१४ ) हामीले “[हाम्रो ] पश्चात्तापको दिनलाई “ मृत्यु नआइन्जेलसम्म अरू लम्ब्याउनु हुन्न्, अल्माले सिकाए ( अल्मा ३४;३३ ); किनभने हाम्रो शरीरमा यो जीवनमा अहिले बसेको जुन आत्मा छ - चाहे त्यो प्रभुको होस् या दुष्टको होस्- “त्यो संग त्यो अनन्त संसारमा पनि हाम्रो शरीर लिन सक्ने शक्ति हुन्छ“ ( अल्मा ३४:३४ ) हाम्रो मुक्तिदातासंग शक्ति छ र हामीलाई दुष्टताबाट सफा गर्न तयारि हुनुहुन्छ| आफ्ना दुष्ट्याई र अज्ञात चाहना र विचारहरूको पश्चात्ताप गरी सफा भएर अन्तिम फैसलामा परमेश्वर अगाडी खडा हुन उहाँको सहयोग खोज्ने समय अहिले नै हो|

IV. दयाका बाहुहरू

परमेश्वरको ब्यापक योजना र उहाँका सबै आज्ञाहरू हामी प्रत्येक प्रति को उहाँको प्रेम हो, जुन “सबै कुराहरू भन्दा चाहना योग्य र जीवात्माका निम्ति अत्याधिक खुसियाली दिने“ छ| ( १ नफी ११:२२-२३ ) अगमवक्ता यसैयाले दुष्टलाई समेत आश्वासन दिए कि जब उनीहरू “प्रभुमा फर्कन्छन् … उहाँमा दया हुनेछ … [र] प्रचुर क्षमा दिनुहुनेछ“ ( यसैया ५५:७ ) अल्माले सिकाए, “हेर, उहाँले सबै मानिसलाई निम्ता पठाउनुहुन्छ, किनकि दयाका बाहुहरू उनीहरू तर्फ फैलेका छन्“ ( अल्मा ५:३३ ; थप हेर्नुहोस २ नफी २६:२५-३३ ) ब्युतानु भएका प्रभुले नफीहरूलाई भन्नुभयो, “ हेर, मेरा दयाका बाहुहरू तिमीहरू तर्फ फैलेका छन्, र जो आउँछ, उसैलाई म प्राप्त गर्नेछु“ ( ३ नफी ९:१४ ) यी र अरू धरै आत्मिक शिक्षाहरूबाट हामीलाई थाहा छ कि मायालु मुक्तिदाताले आफ्ना बाहुहरू सबै पुरुष र स्त्रीहरूलाई प्राप्त गर्न खोल्नुभएको छ , त्यो प्यारो सर्तमा जुन उहाँले परमेश्वरका सन्तानले उहाँबाट सबभन्दा महान आशिष पाउन सकून भनी हामीलाई दिनुभएको छ| 7

परमेश्वरको योजना र येशू ख्रीष्टको प्रयाश्चित्तका कारण, म “आशाको परिपूर्ण प्रकाशका साथ्“ गवाही दिन्छु कि परमेश्वरले हामीलाई माया गर्नुहुन्छ र हामीले पश्चातापको प्रक्रियाबाट सफाई पाउन सक्छौं | हामीलाई वाचा गरिएको छ कि, “यसकारण यदि ख्रीष्टका वचनहरूमा भोज गर्दै अगाडि बढ्यौ र अन्त्यसम्म नै सह्यौ भने, हेर, पिता यसो भन्नुहुन्छ: तिमीले अनन्त जीवन प्राप्त गर्नेछौ।“ (२ नफी ३१:२०). हामी सवैले त्यसै गर्न सकौं, म प्रार्थना र विन्ती गर्दछु, येशू ख्रीष्टको नाउँमा, आमिन|

सूचीहरुः

  1. “येशूमा आऊ“ भजन संग्रह नं. - ११७.

  2. रसल एम. नेल्सन “ पश्चात्ताप र परिवर्तन लियाहोना मे २००७, १०२.

  3. रसल एम. नेल्सन, “ येशू ख्रीष्टले तपाइँलाई दिने चार उपहारहरू “(२०१८ प्रथम अध्यक्षता क्रिस्मास संदेश डिसेम्बर २, २०१८), broadcasts.ChurchofJesusChrist.org.

  4. रसल एम. नेल्सन , “हामी अझ राम्रो गर्न सक्छौं र अझ राम्रो बन्न सक्छौंलियाहोना मे २०१९, ६९.

  5. स्पेन्सर डब्लु. किम्बलका शिक्षाहरू, एडवार्ड एल. किम्बलद्वारा परिमार्जित, १०१.

  6. मेल्भिन जे. बालार्ड, मेल्भिन जे. बालार्डमा मेल्भिन जे. बालार्ड; धार्मिकताका प्रचारक (१९६६), २१२-१३.

  7. हेर्नुहोस, ट्याड आर. कालिस्टर अनन्त प्रयाश्चित्त (२०००) २७-२९.

प्रिन्ट गर्नुहोस्