२०१०–२०१९
हरेक आवश्यक कुरा प्राप्त गर्ने तयारी
अप्रिल २०१९ साधारण सम्मेलन


हरेक आवश्यक कुरा प्राप्त गर्ने तयारी हुनुहोस्|

जब हामीले येशू ख्रीष्टको सुसमाचारलाई सिक्ने र प्रेम गर्ने हाम्रो व्यक्तिगत जीम्मेवारीलाई पूरा गर्ने प्रयास गर्छौं तब आशीषहरू आउनेछन् ।

हालैका साधारण सम्मेलनहरुमा घोषणा गरिएका समायोजनका श्रृंखला अनुसार पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चका कार्यक्रमहरु र क्रियाकलापहरु अझ बढी घर केन्द्रित र चर्च समर्थित हुँदैछ । अध्यक्ष नेल्सनले हामीलाई सल्लाह दिनुभयो: “ अरु धेरै आउँदैछन्. … तपाईका भिटामिनका चक्कीहरू खानुहोस् । आराम लिनुहोस् यो रोचक हुनेवाला छ।“

परमप्रभुको चर्चमा हुँदै गरेका यी समायोजनहरुका केही आधारभूत प्रभावका बारेमा हामी कुरा गर्दा म पवित्र आत्माको सहयोगका लागि निमन्त्रणा र प्रार्थना गर्दछु ।

घर-केन्द्रित र चर्च-समर्थित सुसमाचार सिकाइ

हालैको एउटा पदारित्व नेतृत्व सम्मेलनमा एल्डर क्रेग सी क्रिस्टनसन जो मेरो साथी हुनुहुन्थ्यो उहाँले घर केन्द्रित र चर्च समर्थित सिद्धान्तलाई जोड दिन दुई सरल प्रश्नहरु प्रयोग गर्नुभयो । उहाँले सल्लाह दिनुभयो कि आइतबार चर्चका भेलाहरु पछि हाम्रा घरहरुमा गएर,“आज चर्चमा मुक्तिदाता र उहाँको सुसमाचारको बारेमा के सिक्नुभयो?“ भनेर सोध्नुको सट्टा हामीले चर्चका भेलाहरुमा, “ यो हप्ता घरमा मुक्तिदाता र उहाँको सुसमाचारको बारेमा तपाईंले के सिक्नुभयो ?“ भनेर सोध्नुपर्छ । उचित रुपमा विश्रामको दिनको पालना, नयाँ पाठ्यक्रम र समायोजित सभाका तालिकाहरूले हामीलाई हाम्रा घर र चर्चमा सुसमाचार सिक्न सहयोग गर्छन् ।

पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चका हरेक सदस्यको परमप्रभुका शिक्षाहरू साहसपूर्वक सिक्ने र पालन गर्ने र मुक्ति र उत्कर्षका विधिहरु सही अधिकारबाट प्राप्त गर्ने व्यक्तिगत जिम्मेवारी रहेकोछ । हामीले चर्चलाई एक संगठनका रुपमा हामीलाई समर्पित चेला बन्न र अन्तसम्म सहन हामीले थाहा पाउनुपर्ने र गर्नुपर्ने सबै सिकाउस् भन्ने आशा गर्नुहुन्न बरु, हाम्रो व्यक्तिगत जिम्मेवारी भनेको हामीले सिक्नुपर्ने कुरा सिक्ने, हामीले जसरी जिउनुपर्छ भनेर थाहा पाएकाछौँ त्यस अनुसार जिउने र मालिकले जो जस्तो बनोस् भन्ने चाहानुभएकोछ त्यही बन्नु हो अनि हाम्रा घरहरु सिक्ने, जिउने र बन्ने सबभन्दा उत्तम ठाउँ हो।

बाल्यावस्थामा नै जोसेफ स्मिथले आफ्नो परिवारबाट परमेश्वरका बारेमा सिक्नुभयो । आफ्न लागि परमेश्वरको इच्छा थाहा पाउने उहाँको प्रयासले जोसेफ स्मिथलाई धेरै इसाई सम्प्रदाय माझ सत्यको खोजी गर्न , लगनशील भई धर्मशास्त्रको मनन् र परमेश्वरलाई ईमानदारीपूर्वक प्रार्थना गर्न लगायो । जब युवा जोसेफ स्मिथ पिता र पुत्रको प्रकट लगत्तै पवित्र घारीबाट आफ्नो घर फर्कनुभयो, उसले पहिला आफ्नो आमासँग कुरा गर्यो । जब उ “अगेनातिर ढल्के उनको आमाले केभयो भनेर सोध्नुभयो । जोसेफले जवाफ दिए, ’छोडिदिनुस्, सबै ठीक छ - मलाई सब ठीक छ।’ त्यस पछि उनले आफ्नो आमालाई भने, ’मैले आफै थाहा पाएँ।’“ जोसेफको अनुभवले सिकाइको एउटा शक्तिशाली नमुना प्रदान गर्छ जुन हामी सबैले अनुकरण गर्नुपर्छ । हामीले पनि आफै सिक्नुपर्छ ।

स्वर्गमा रहनुहुने पिताको योजनाको समग्र उद्देश्य भनेको उहाँका सन्तानलाई उहाँ जस्तै बनाउनु हो । त्यस अनुसार उहाँले हामीलाई बढ्दै जान र प्रगति गर्न आवश्यक अवसरहरु प्रदान गर्नुहुन्छ । सिक्ने र सत्य अनुसार जिउने हाम्रो प्रतिवद्धता “अन्योलमा“ रहेकोर अझ बढी भ्रमित र दुष्ट यो संसारमा बढ्दो रुपमा महत्वपूर्ण छ । हामी मात्र चर्चका भेलाहरुमा सहभागी हुने र कार्यक्रमहरुमा भाग लिने र त्यस पछि हामीलाई “खराब दिनमा सामना गर्न“ सबै आत्मिक उन्नति र सुरक्षा प्राप्त हुन्छ भन्ने आश गर्न मिल्दैन।

“आमाबुबाहरुको आफ्ना सन्तानलाई माया र पवित्रतामा हुर्क्याउने पवित्र जिम्मेवारी छ ।“ प्रेरित चर्चका अगुवाहरु, शिक्षकहरु र क्रियाकलापहरुले व्यक्तिगत र पारिवारिक प्रयासहरुलाई आत्मिक रुपमा बढ्न सहयोग गर्दछ । अनि हामी सबैलाई करार मार्गमा अगाडि बढ्न सहयोग चाहिए तापनि, आत्मिक शक्ति र आन्तरिक बल विकास गर्ने अन्तिम जिम्मेवारी हामी प्रत्येकमा रहेको छ ।

सम्झनुहोस् कसरी नफी, अगमवक्ता लहीका छोराले पवित्र आत्माको शक्तिद्वारा आफ्ना पिताले जीवनको वृक्षको प्रकाशमा सिकेका कुराहरु आफैले देख्न, सुन्न र थाहा पाउन इच्छा राखे । नफीलाई यूवा अवस्थामा आफ्ना असल आमाबुबाका उदाहरण र शिक्षाको स्पष्ट रुपमा आवश्यक थियो र त्यसबाट आशीषित भएको थियो ।“ तर पनि, जोसेफ स्मिथ जस्तै, उहाँ पनिआफै सिक्ने र थाहा पाउन उत्सुक हुनुहुन्थ्यो ।

यदि येशू ख्रीष्ट र उहाँको पुनस्थापित सुसमाचारका बारेमा तपाई वा मैले जानेका सबै कुराहरू अरुहरूले हामीलाई सिकाएका वा भनिएका कुराहरूमा आधारित छन् भने उहाँ र उहाँका पछिल्ला दिनका महान कार्यहरूको हाम्रो गवाहीको जग बालुवामा बनेको छ । सुसमाचारको प्रकाश र ज्ञानका लागि हामीले आफुले माया र विश्वास गर्नेहरूको सहित अरु कसैमा निर्भर रहनु हुँदैन वा उहाँहरूबाट उधारो लिन मिल्दैन ।

महत्वोपूर्ण कुरा के हो भने, अगम्बक्ता जोसेफ स्मिथले सिकाउनुभयो कि हरेक पछिल्ला दिनका सन्तले “ हामी यो संसारमा आउनुको पर्मेश्वोरका योजनाहरु र उदेश्यहरु“ का बारेमा बुझ्नु पर्छ ।

“के हामीले भविष्यको कुनै अवस्थामा हुने परमेश्वर र दूतहरुको मानिससँगको सम्बन्धका बारेमा आदमको बेला देखि लेखिएका सबै पढ्न र बुझ्न सक्छौं ? हामीलाई त्यसको बारेमा कमै थाहा हुनुपर्छ । अरुको अनुभवका बारेमा वा उनीहरुलाई दिएको प्रकाश पढ्नाले कहिल्यै पनि हामीलाई हाम्रो अवस्था र परमेश्वरसँगको हाम्रो सही सम्बन्धको वृहत दृश्य दिन सक्दैन । यी कुराहरुको ज्ञानहरु त्यो उद्देश्यका लागि तोकिएका परमेश्वरका विधिहरुको अनुभवले मात्र प्राप्त गर्न सकिन्छ ।१०

यो अन्तिम समयावधिको यस विशिष्ट समयमा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टका कार्यक्रमहरु र क्रियाकलापहरु अझ धेरै घर केन्द्रित र चर्च समर्थित हुनुको एउटा आधारभुत कारण भनेको व्यक्तिहरु र परिवारहरुक लागि यो महान आत्मिक उदेश्यको उपलब्धिलाई सिद्ध पार्नु हो ।

घर-केन्द्रित र चर्च-समर्थित सिकाइको प्रयोग।

मैले सुसमाचार अझ बढी घर केन्द्रित र चर्च समर्थितका हुँदै गर्दा हाम्रो सहभागिताको केही अधारभूत संक्षेप दिनेछु ।

सबभन्दा राम्रो सुसमाचार प्रचार तालीम केन्द्र हाम्रा घरहरुमा छन्; सहायक सुसमाचार प्रचार तालीम केन्द्रहरु प्रोवो, मनिला, मेक्सिको सिटी र अरु ठाउँमा छन् । हाम्रा सबभन्दा सूचनात्मक आइतबारे कक्षाहरु हामी बस्ने ठाउँहरुमा हाम्रो व्यक्तिगत र पारिवारिक अध्ययन हुनुपर्छ; सहायोगी हुने तर सहायक आइतबारे कक्षाहरु हाम्रा भेलास्थलहरुमा हुन्छ ।

परिवार इतिहास केन्द्रहरु अब हाम्रा घरहरुमा छन्। पारिवारिक इतिहास अनुसन्धान कार्यका लागि पूरक सहयोग पनि हाम्रा सभागृहहरुमा उपलब्ध छन् ।

महत्वपूर्ण मन्दिर तयारी कक्षाहरु हाम्रा घरहरुमा हुन्छन्; महत्वपूर्ण छन् सहायक मन्दिर तयारी कक्षाहरुलाई पनि आवधिक रुपमा हाम्रा भेलास्थलहरुमा गर्न सकिन्छ।

याे पछिल्लाे दिनमा हाम्रा घरहरुलाई आश्रम बनाउनु जरूरी छ “जहाँ हामी पवित्र स्थानमा उभिन सक्छौँ “११। हाम्रो आत्मिक शक्ति र सुरक्षाका लागि जति घर-केन्द्रित र चर्च समर्थित सिकाइ महत्वपूर्ण छ, यो भविष्यमा अझ अत्यावश्यक हुनेछ ।

घर-केन्द्रित र चर्च-समर्थित सिकाइ र मन्दिर तयारी

कृपया “घर-केन्द्रित र चर्च-समर्थित“ सिद्धान्त कसरी परमप्रभुको घरमा पवित्र विधिहरु र करारहरू प्राप्त गर्ने हाम्रो व्यक्तिगत तयारी र योग्यतामा लागु हुन्छन् भन्ने बारेमा ध्यान दिनुहोला।

वास्तवमा, मन्दिर तयारी हाम्रा घरहरुमा सबभन्दा प्रभावकारी हुन्छ। तर चर्चका सदस्यहरु मन्दिरको अनुभवका बारेमा उचित तरिकाले के भन्न हुन्छ र के भन्न हुँदैन भन्ने बारेमा अनिश्चित छन् ।

अध्यक्ष एज्रा ट्राफ्ट बेन्सनले किन यो अनिश्चितता छ भन्ने बारे व्याख्या गर्नुभयो ।

“मन्दिर एक पवित्र स्थान हो र मन्दिरमा गरिने विधिहरु पवित्र हुन्छन् । यसको पवित्रताको प्रकृतिले गर्दा कहिलेकाँही हामी मन्दिरका बारेमा आफ्ना बच्चाहरु र नातिनातिनीहरुलाई भन्न हिच्किचाउछौँ ।

“परिणामस्वरुप, धेरैले मन्दिर जाने भित्री इच्छा विकास गर्दैनन्, वा जब उनीहरु त्यहाँ जान्छन्, उनीहरुको जिम्मेवारीहरुका लागि तयार गर्न र उनीहरुले गरेका करारहरूका लागि आश्यक पृष्टभूमि बिना नै जान्छन् ।

“म विस्वास गर्छु कि उचित बुझाइ वा पृष्टभूमिले हाम्रा युवाहरुलाई मन्दिरका लागि धेरै नै सहयोग गर्छ ... र आब्रहामले खोजे जस्तै उनीहरूमा आफ्नो पादरित्व आशीषहरु खोज्ने इच्छालाई प्रोत्साहन गर्छ ।“१२

दुई आधारभूत दिशानिर्देशहरूले हामीलाई अध्यक्ष बेन्सनले जोड दिएको उचित बुझाइ प्राप्त गर्न सहयोग गर्न सक्छ ।

दिशानिर्देश #१ हामीले जहिले पनि परमप्रभुको पवित्र घरका बारेमा आदरका साथ बोल्नुपर्छ किनभने हामी उहाँलाई माया गर्छौँ । हामीले पवित्र मन्दिरका विधिहरुमा प्राप्त गरेका करारहरूसँग जोडिएका विशेष चिन्हहरु खुलासा वा ब्याख्या गर्नु हुँदैन । न त हामीले मन्दिरमा प्रकट नगर्ने भनेर विशेष रुपमा प्रतिज्ञा गरेको पवित्र जानकारीका बारेमा छलफल गर्नुहुन्छ ।

दिशानिर्देश #२ मन्दिर परमप्रभुको घर हो । मन्दिरमा हरेक कुराले हामीलाई हाम्रा मुक्तिदाता येशू ख्रीष्ट तर्फ देखाउछ । हामीले मन्दिरका विधिहरु र करारहरूसँग सम्बन्धित आधारभूत उद्देश्यहरु र सिद्धान्तहरु छलफल गर्न सक्छौँ

अध्यक्ष हाउवर्ड डब्लू हन्टरले सल्लाह दिनुभयो: “हामीले मन्दिरमा प्राप्त गरेका आत्मिक भावनाहरुका बारेमा हाम्रा केटाकेटीहरूसँग बाढौं । अनि हामीले उनीहरुलाई अझ ईमानदारीपूर्वक र अझ सजिलोसँग हामीले उचित रुपमा परमप्रभुका घरको उद्देश्यहरुका बारेमा भन्न मिल्ने कुराहरुका सिकाउँ ।“१३

अगमवक्ता जोसेफ स्मिथ देखि अध्यक्ष रसल एम नेल्सन सम्मको पुस्ताहरुमा आउँदा चर्चका अगुवाहरुले मन्दिरका विधिहरुको सैद्धान्तिक उद्देश्यहरु र करारहरूका बारेमा व्यापक रुपमा सिकाउनुभएको छ।१४ प्रारम्भिक विधिहरु, अविधानहरु, विवाहहरु र अरु बाँध्ने विधिहरुका बारेमा हामीलाई सिक्न सहयोग गर्न मुद्रित, अडियो, विडियो र अन्य फोर्मेटहरुको ठुलो संग्रह छ ।१५ आज्ञाकारिताको नियम, त्यागको नियम, सुसमाचारको नियम, पवित्रताको नियम र समर्पणको नियमलाई पालन गर्न करारहरू प्राप्त गर्ने र सम्मान गरि मुक्तिदाताको अनुयायी बन्ने बारेमा जानकारी पनि उपलब्ध छ ।१६ चर्चका सबै सदस्यहरु temples.ChurchofJesusChrist.org मा उपलब्ध उत्कृष्ट सामग्रीहरुसँग परिचित हुनुपर्छ ।

छवि
temples.churchofjesuschrist.org

अध्यक्ष रसल एम नेल्सनले चर्चद्वारा प्रकाशित सार्वजनिक रुपमा उपलब्ध मन्दिरका विधिहरुको पवित्र सही, र उचित, प्रकृति बीचको महत्वपूर्ण सन्तुलनलाई जोड दिनुभयो । सदस्यहरुले बाइबल शब्दकोशमा मन्दिर सम्बन्धि अर्थ जस्तै ’अभिषेक,’ ’करार,’ ’त्यागहरु,’ ’ अनि मन्दिर`पढून्, म सल्लाह दिन्छु भनेर उहाँले बताउनुभयो। तपाईले प्रस्थान, अध्याय २६-२९, र लेविहरु, अध्याय ८ पनि पढ्न सक्नुहुन्छ । पुरानो करार, साथै बहुमुल्य धातुमा मोसाअब्राहामका पुस्तकहरुले मन्दिर कार्यको प्राचीनता र यसका विधिहरुको स्थायी प्रकृतिलाई देखाउछ।“१७

छवि
मन्दिरका पवित्र वस्त्रको भिडियो

त्यसैले कल्पना गर्नुहोस् कि तपाईको छोरा वा छोरीले सोधे, “स्कुलमा कसैले भन्यो कि मन्दिरमा अचम्मको लुगा लगाइन्छ। के त्यो सही हो?“ churchofjesuschrist.org/temples मा “ पवित्र मन्दिर वस्त्र“ भन्ने शीर्षकमा एउटा छोटो भिडियो उपलब्ध छ । यो उत्कृष्ट साधनले कसरी प्राचीनकाल देखि पुरुष र महिलाहरुले परमेश्वर प्रतिको आफ्नो गहिरो भक्ति व्यक्त गर्न पवित्र संगीत, धेरै प्रकारका प्रार्थना, सांकेतिक धार्मिक वस्त्र, इशाराहरु र विधिहरु अंगालेका छन् भन्ने व्याख्या गर्दछ । तसर्थ, चर्चले यो भिडियो जस्तो आधारभूत निर्देशन र असाधारण साधनहरु मार्फत मन्दिरका महिमित आशीषहरुका लागि घर-केन्द्रित तयारीलाई प्रोत्साहन गर्दछ । धेरै उपयोगी जानकारी तपाईका लागि उपलब्ध छ ।१८

जब हामी परमप्रभुको विनम्रतामा हिंड्ने प्रयास गर्छौँ, १९ हामी हाम्रा घरहरुमा पवित्र मन्दिरका विधिहरु र करारहरूका बरेमा छलफल गर्न के उपयुक्त छ र के उपयुक्त छैन भन्ने बीचको आवश्यक सन्तुलन बुझ्न र प्राप्त गर्न आशीषित हुनेछौँ।

प्रतिज्ञा र गवाही

तपाईको सुसमाचार सिकाइ वास्तवमा घर केन्द्रित र चर्च समर्थित हुन सक्छ कि सक्दैन भनेर तपाईहरू केहीले सोचिरहनुभएको छ भन्ने मलाई शंका लागेकोछ । सायद तपाईकोआफ्नो घरमा तपाई मात्र चर्चको सदस्य हुनसक्नुहुन्छ वा समर्थन नगर्ने श्रीमान वा श्रीमती हुनसक्छन् वा एकल अभिभावक हुन सक्नुहुन्छ, वा एकल वा पारपाचुके गरेर पछिल्ला-दिनका सन्तका रुपमा बस्नुभएको हुनसक्छ र यी सिद्धान्तहरु तपाईमा कसरी लागु हुन्छन् भन्ने प्रश्न हुनसक्छ । तपाईहरु एक अर्कालाई हेरेर, “के हामीले यो गर्न सक्छौँ ?“ भन्ने प्रश्न सोध्ने श्रीमान र श्रीमती हुन सक्नुहुन्छ ।

हो तपाईले यो गर्न सक्नुहुन्छ ! म प्रतिज्ञा गर्दछु कि सक्षम बनाउने आशीषहरू बग्नेछन् र तपाईंको जीवनमा प्रकट हुनेछ । ढोकाहरु खोल्नेछन्। प्रकाश चम्कनेछ । लगनशीलता धैर्यता र दृढताकासाथ अगाडि बढ्ने तपाईंको क्षमता वृद्धि हुनेछ।

जब हामी येशू ख्रीष्टको सुसमाचारलाई सिक्ने र प्रेम गर्छौं हाम्रो व्यक्तिगत जिम्मेवारीलाई पूरा गर्ने प्रयास गर्छौँ, आशीषहरू आउनेछन् भनेर म खुशीपूवर्क गवाही दिन्छु । हामी साच्चै नै “आवश्यक हरेक कुरा प्राप्त गर्न तयार हुन सक्छौँ।“२० म यो परमप्रभु येशू ख्रीष्टको पवित्र नाममा प्रतिज्ञा र गवाही दिन्छु, आमीन ।

प्रिन्ट गर्नुहोस्