२०१०–२०१९
विसर्जनका मन्तव्य
अप्रिल २०१९ साधारण सम्मेलन


विसर्जनका मन्तव्य

पर्दाका दुवै तर्फका उहाँका सन्तानको र उहाँको सेवा गर्न हामी आफ्नो जीवनलाई अर्पण र पुन: अर्पण गर्न सकौं|

मेरो प्यारा दाजुभाई दिदीबहिनिहरू, यो ऐतिहासिक सम्मेलनको निष्कर्षमा हामी प्रभुलाई उहाँको प्रेरणा र सुरक्षाका लागि धन्यबाद दिन्छौं| संदेशहरूले हामीलाई माथि उठाएका छन् र सुधारेका छन्

शिर्षक कसैलाई पनि तोकिएको थिएन| उहाँहरू प्रत्येकले आफ्ना संदेशहरूका निम्ति प्रार्थना गर्नुभएको थियो| मेरा लागि यो आश्चर्यजनक छ कि कसरी ति सबै शिर्षकहरू एक अर्कामा मिल्न जान्छन| जब तपाइँहरूले तिनको अध्यायन गर्न हुन्छ, उहाँका सेवकहरू मार्फत तपाइँहरूलाई प्रभुले के सिकाउन खोज्नु भएको हो त्यो सिक्न खोज्नुहोस्|

संगीत महिमित भएका छन् हामी ती सबै संगीतकारहरूलाई धन्यबाद दिन्छौं जसले आफ्नो संगीत मार्फत प्रभुको आत्मा ल्याए| र प्रत्येक सत्रमा उहाँले प्रार्थना र संगतीलाई आशिष दिनुभएको छ| साँच्चै नै, हामी सबैका निम्ति यो सम्मेलन एक आत्मिक भोज बनेको छ|

हामी आशा गर्छौं र प्रार्थना गर्छौं कि प्रत्येक सदस्यको घर साँचो रुपमाआस्थाको आश्रम बन्न सकोस्, जहाँ प्रभुको आत्मा बस्न सकोस| हाम्रा वरिपरिका सांसारिक द्वन्दका अलावा, कसैको घर पनि स्वर्गीय स्थान बन्न सक्छ, जहाँ अध्ययान्, प्रार्थना, र आस्था प्रेमसंग गासिन सक्छन| हामी साँची नै जहाँ भए पनि उहाँका निम्ति खडा हुँदै र बोल्दै प्रभुको चेला बन्न सक्छौं|

परमेश्वरको उद्देश्य हाम्रो उद्देश्य बन्न पर्छ| उहाँले आफ्ना सन्तान उहाँ सामु फर्केको चाहानुहुन्छ, तयारीका साथ, योग्य तरिकाले, स्वीकृत भै, मुहरबन्द भै, पवित्र मन्दिरमा गरिएका करार प्रति बफादार भै|

हामी संग अहिले १६२ अर्पित मन्दिरहरू छन्| अगाडीक मन्दिरहरू हाम्रा प्रिय अग्रगामीहरूको आस्थाको र दर्शनको चिनोको रुपमा खडा छन| उहाँहरूले बनाएको प्रत्येक मन्दिर उहाँहरूको त्याग र तपस्याको परिणाम हुन्| ती प्रत्येक मन्दिर अग्रगामीहरूको उपलब्धिको सुन्दर गहनाको रुपमा खडा छन्|

हाम्रो पवित्र जिम्मेवारी तिनको रेखदेख गर्नु हो| त्यसैले, ती अग्रगामी मन्दिरहरू छिट्टै नै पुनर्नाविकरण गर्न र बहाली प्रक्रियामा जानेछन| सम्भव भए सम्म ती मन्दिरहरूको ऐतिहासिक रुपलाई र तिनीहरुको प्रेरणा दिने सौन्दर्यलाई जगेर्ना गर्न प्रयास गरिनेछ|

सेन्ट जोर्जे मन्दिरको योजनाहरू पहिले नै प्रकाशित भैसकेका छन्| साल्ट लेक मन्दिरको र टेम्पल स्कूयारको र ती संगै जोडिएको चर्च कार्यालय नजिकैको प्लाजाको पुनर्निर्माण योजना आगामी अप्रिल १९ २०१९ मा प्रकाशित गरिनेछ|

मन्टी र लोगन मन्दिरहरू पनि आगामी बर्षहरूमा पुनर्निर्माण गरिनेछन्| जब ती योजनाहरू तयार हुन्छन, तिनीहरूको पनि घोषणा गरिनेछ|

यो कामका निम्ति यी मन्दिरहरू केहि अवधिका लागि बन्द गर्नुपर्नेछ| चर्च सदश्यहरूले मन्दिरको आराधन्ना वरिपरिका अरू मन्दिरहरूमा गर्न सक्नेछन्| जब प्रत्येक मन्दिरको काम सकिन्छ, ती मन्दिरहरूलाई पुन: अर्पण गरिनेछ|

दाजु भाई दिदी बहिनि हो, हामी मन्दिरहरूलाई चर्चको सबभन्दा पवित्र भवनका रुपमा लिन्छौं| जब हामी नया मन्दिर बनाउने घोषणा गर्छौं, यी हाम्रो पवित्र इतिहाँसको एक अंश बन्छन| अहिले कृपया ध्यान दिएर सम्मानका साथ् सुन्नुहोस्| यदि मैले तपाईका निम्ति एक विशेष स्थानमा मन्दिरको घोषणा गरे भने, कृपया तपाइले आफ्नो शिर निहुराएर आफ्नो हृदयमा कृतज्ञताको प्रार्थना गर्नुहोला| हामी कुनै चिच्याउने ठुलो आवाज चाहदैनौ कि यसले सम्मेलनको र प्रभुको पवित्र मन्दिरको पवित्रताको भंग नगरोस|

आज यी निम्न बमोजिमका स्थानहरूमा मन्दिरको निर्माणको घोषणा गर्न पाउँदा हामी धेरै खुसि छौं:

पागो पागो, अमेरिकी सामोआ; ओकिनावा शहर, ओकिनावा; निताफु, टोंगा; टूला उपत्यका, युटा:; मोसा ताल, वाशिंगटन; सान पेद्रो सुला, हँडुरस; अनोफगस्ता , चिले; बुडापेस्ट, हंगरी|

धन्यबाद मेरा प्यारा दाजुभाई दिदीबहिनी.

जब हामी हाम्रा मन्दिरहरूका बारेमा बोल्छौँ, नयाँ हुन् या पुराना, हाम्रा कार्य द्वारा देखाऔं कि हामी हाम्रा प्रभु येशू ख्रीष्टका सच्चा चेला हौँ| हाम्रो आस्था र उहाँमाथिको हाम्रो भरोसा मार्फत हाम्रो जीवनको पुनर्निर्माण गर्न सकौं| प्रत्येक दिनको हाम्रो पश्चात्ताप मार्फत उहाँको प्रयाश्चित्तको शक्तिसम्म हाम्रो पहुँच हुन सकोस| पर्दाका दुवै तर्फका उहाँका सन्तानको र उहाँको सेवा गर्न हामी आफ्नो जीवनलाई अर्पण र पुन: अर्पण गर्न सकौं|

म मेरो प्रेम र आशिष तपाइँहरूलाई छोडदछु, यो निश्चय गर्दै कि प्रभुको चर्चमा प्रकाश जारि छ| यो त्यति बेलासम्म जारि हुनेछ जबसम्म परमेश्वरका उद्धेश्यहरू पुरा हुदैनन् र महान यहोवाले काम सकियो भनेर घोषणा गर्नुहुँदैन|1

म तपाईंहरूलाई आशिष दिन्छुं र गवाही दिन्छु कि परमेश्वर जीवित हुनुहुन्छ| येशू नै ख्रीष्ट हुनुहुन्छ! यो उहाँको चर्च हो| हामी उहाँका जन हौँ| येशू ख्रीष्टको पवित्र नाउँमा, आमिन|

शुची

  1. Teachings of Presidents of the Church: Joseph Smith (2007), 142.

प्रिन्ट गर्नुहोस्