२०१०–२०१९
आध्यात्मिकता र संरक्षणको किल्ला निर्माण गर्नुहोस्
अप्रिल २०१९ साधारण सम्मेलन


आध्यात्मिकता र संरक्षणको किल्ला निर्माण गर्नु

जब हामी येशू ख्रीष्टको सुसमाचार जिउछौँ, जब हामी मुक्तिदाताको प्रायश्चितलाई आत्मसात गर्छौँ र आस्थामा अगाडी बढ्छौँ, हामी सैतानका कपटहरुबाट सुरक्षित हुन्छौँ।

मेरा प्यारा दाजुभाइ र दिदीबहिनीहरु, यो सम्मलेनको अन्त्य हुदै गर्दा, म स्वर्गमा रहनुहुने हाम्रा पितालाई गएको दुई दिनको समयमा यो मंचबाट बाँढिएको परामर्ष, सत्यता र प्रकाशका लागि धन्यवाद दिन चाहन्छु । हामीलाई उहाँका पवित्र शब्दहरु बोल्नको लागि बोलावट गरिएका परमेश्वरका सेवकहरुद्वारा सिकाइएको छ । परमप्रभुले हामीलाई पछिल्ला दिनका प्रकाशमा सम्झाउनुभएकोछ, “चाहे मेरो आफ्नो आवाजबाट होस् अथवा मेरा सेवकहरुको, त्यो उस्तै हो ।“

यो सन्तहरुको मण्डलीलाई हेर्दा र साधारण सम्मेलन हेरिरहेका संसार भरिका सदस्यहरुको चित्रण गर्दा, म मोर्मोनको पुस्तकमा भएको भेला बारे सोच्छु जब येशू ख्रीष्टको क्रूसारोहणको लगत्तै येशू ख्रीष्ट नफिहरु माझ प्रकट हुनुभएको थियो । उहाँले उनीहरुलाई सुसमाचार सिकाउनुभयो र त्यसपछि प्रोत्साहित गर्नुभयो,“तिमीहरु आफ्नो घरहरुमा जाऊ, र मैले भनेको कुराहरुको बारेमा गहिरिएर सोच र मेरो नाममा पितालाई सोध्नु कि तिमीहरुले बुझ्न सकोस् ।“

“तपाईहरु आफ्नो घरहरुमा जानुहोस्, र मनन गर्नुहोस्“ यो पवित्र सम्मलेनमा अगमवक्ताहरू र चर्चका अगुवाहरुले बोल्नुभएका शब्दहरुलाई हृदयमा लिने यो अर्को चरण हो । येशू-केन्द्रित घरहरु परमेश्वरका राज्यको लागि पृथ्वीमा किल्लाहरु हुन् त्यो दिनमा जब, अगमवाणी गरिए झैं, शैतानले “मानिसका सन्तानहरुका हृदयहरुमा क्रोध ल्याउँछ र राम्रा कुराहरुको विरोधमा रिस गर्न उक्साउँछ ।“

मानिसहरुले इतिहासहरुमा शत्रुहरुलाई बाहिर राख्न किल्लाहरु बनाएका छन् । प्राय, ति किल्लाहरूमा गार्ड टावर समावेश हुन्थ्यो जहाँ पहरेदारहरु-अगम्बक्ताहरु जस्तै-ले खतरनाक र आउँदै गरेका आक्रमणहरुको चेतावनी दिन्थे ।

छवि
थमस् रसब्याण्ड

प्रारम्भिक युटा अग्रगामी समयमा, मेरो जिज्यु बुबा थमस् रसब्याण्ड र उहाँका परिवारहरु युटाको सुन्दर वासवाच पहाडहरुमा रहेको हिबर भ्यालीमा प्रबेश गर्ने पहिलो बसाई सर्नेहरु मध्य एक हुनुहुन्थ्यो ।

१८५९ मा, थमस्ले उनीहरुको सुरक्षाको लागि बनाइएको हिबर किल्ला निर्माण गर्न सहयोग गरेका थिए । त्यो कटनवूड मुडाहरुको साधारण संरचना थियो जसलाई किल्लाको घेरा बन्नेगरि एकको छेउमा अर्को राखिएको थियो। त्यो साझा पर्खाल प्रयोग गरी मुडाका कोठाहरु बनाइएको थियो। त्यो संरचनाले ती अग्रगामी परिवारहरुलाई बसोवास र परमप्रभुको आराधना गर्दा सुरक्षा प्रदान गरेको थियो ।

छवि
अग्रगामी किल्ला

हामीहरुको पनि त्यही हो । हाम्रा घरहरु संसारका दुष्टहरु विरुद्धका किल्लाहरू हुन् । हाम्रा घरहरुमा हामीले ख्रीष्टका आज्ञाहरु पालना गर्न सिकेर, सँगै प्रार्थना र धर्मशास्त्रहरुको अध्ययन गरेर, र एक अर्कालाई करारको मार्गमा रहन सहयोग गरेर उहाँ समक्ष आउँछौँ। Come, Follow Meको पाठ्यक्रमका माध्यमबाट व्यक्तिगत र पारिवारिक अध्ययनलाई दिएको जोडलाई “हाम्रो परिवर्तन गहिरो बनाउन र हामीलाई अझ येशू ख्रीष्ट जस्तै बन्न सहयोग गर्न“ डिजाइन गरिएको हो।“ त्यसो गर्दा हामी पावलले भनेको हाम्रा हृदयहरु र आत्माहरु परमेश्वरसँग मिलेका “नयाँ प्राणी(हरु)“ बन्नेछौँ । हामीलाई सैतानको आक्रमणलाई सामना गर्न र हत्याउन त्यो शक्ति चाहिन्छ ।

जब हामी येशू ख्रीष्ट प्रतिको आस्थाले जन्मेको समपर्णका साथ जिउछौँ, हामीले पवित्र आत्माको शान्तिपूर्ण उपस्थितिलाई महसुस् गर्नेछौँ जसले हामीलाई सत्यतिर निर्देशित गर्नुहुन्छ, परमप्रभुका आशीषहरुको योग्य भई जिउन उत्प्रेरित गर्नुहुन्छ र परमेश्वर जीवित हुनुहुन्छ र हामीलाई माया गर्नुहुन्छ भन्ने गवाही दिनुहुन्छ । यो सबै हाम्रा आफ्नै घरहरुका किल्लाहरू भित्र। तर याद राख्नुहोस्, हाम्रा घरहरु, पर्खालहरु भित्र हामी प्रत्येकको आत्मिक शक्ति जति मात्र शक्तिशाली हुन्छन्।

अध्यक्ष रासल एम. नेल्सनले सिकाउनुभयो, “आउँदा दिनहरुमा, पवित्र आत्माको मार्गदर्शन, निर्देशन, सान्त्वना र निरन्तर प्रभाव बिना आत्मिक रुपमा बाँच्न सम्भव हुनेछैन।“ यो समयमा परमप्रभुका जीवित अगमवक्ता, द्रष्टा र प्रकाशक रुपमा, पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको किल्लाको टावरमा पहरेदारका रुपमा उहाँले सत्रुको आगमनलाई देख्नुहुन्छ ।

दाजुभाइ तथा दिदीबहिनीहरु, हामी मानवका आत्माका लागि सैतानसँग युद्धमा छौँ । लडाइका सीमाहरु हाम्रो पृथ्वी-पूर्वको जन्ममा खिचिएका थिए । सैतान र स्वर्गमा रहनुहुने पिताका एकतिहाई सन्तान मुक्तिका उहाँका प्रतिज्ञाहरु विपरित गए । त्यो समय देखि, सैतानका चेलाहरुले पिताको योजना छनोट गर्ने आस्थावानहरु विरुद्ध लडिरहेका छन्।

सैतानलाई थाहा छ कि उसका दिनहरु सीमित छन् र त्यो समय छोटो हुँदैछ । उ जति धुर्त र चतुर भएतापनि, उसले जित्न सक्दैन। तथापि, हाम्रा प्रत्येकका आत्माहरु विरुद्ध उसको युद्ध जारी छ ।

हाम्रो सुरक्षाका लागि, हामीले आध्यात्मिकताको किल्ला र हाम्रा आत्माहरुको सुरक्षाका लागि, त्यो दुष्ट छिर्न नसक्ने एउटा किल्ला बनाउनु पर्छ ।

सैतान एउटा चलाख सर्प हो, जो हाम्रा मस्तिष्कहरुमा र हृदयहरुमा छिर्छ जब हामीले हाम्रो सुरक्षा हटाउछौँ, निरुत्साहित हुन्छौँ वा आशा गुमाउछौँ । उसले हामीलाई मिथ्या-प्रशंसा, सहजता, आनन्द वा हामी उदास भएको बेला अस्थायी खुसीको प्रतिज्ञाले प्रलोभन गर्दछ । उसले घमण्ड, निर्दयीपना, बेइमानी, असहमति र अनैतिकतालाई उचित सिद्ध गर्छ र केहि समयमा हामी “चेतना शून्य“ हुनसक्छौँ आत्माले हामीलाई छोड्न सक्छ । “अनि यसरी सैतानले उनीहरुका जीवात्माहरुलाई ठग्नेछ र उनीहरुलाई होसियारीका साथ नरकतिर लैजानेछन्।“

त्यस विपरित, हामीले प्राय अति शक्तिशाली रुपमा जीवात्माको महसुस गर्छौँ जब हामी निम्न शब्दहरु प्रयोग गरी परमेश्वरको प्रशंसा गाउँछौँ:

हाम्रा परमेश्वर एक शक्तिशाली किल्ला हुनुहुन्छ,

कहिले पनि पतन नहुने शक्तिको टावर हुनुहुन्छ।

हाम्रा परमेश्वर शक्तिशाली सहयोगी हुनुहुन्छ,

जीवनका समस्याहरु भन्दा शक्तिशाली

जब हामी आध्यात्मिक शक्तिको किल्ला को निर्माण गर्छौं, हामी शैतानबाट टाढा रहन सक्छौं, त्यसलाई बेवास्ता गर्छौं र आत्माको शान्ति महसुस गर्छौं । हामीले परमप्रभु र मुक्तिदाताको उदहारणलाई पछ्याउन सक्छौं, जो, जब उजाड-स्थानमा प्रलोभनमा पर्नुभएको थियो, भन्नुभयो, “सैतान तिमी मेरो पछाडि जाऊ ।“ १० हामी हरेकले जीवनको अनुभबहरुबाट यो कसरी गर्ने भनेर सिक्नुपर्छ ।

त्यस्तो धार्मिक उद्देश्यलाई मोर्मोनको पुस्तकमा राम्रोसंग वर्णन गरिएको छ जब कप्तान मोरोनीले नफिहरुलाई अमलिकीयाहबाट कपटपूर्ण, खुन प्यासी र शक्ति-भोको प्रहारको सामना गर्न तयार गरे । मोरोनीले नफिहरुको सुरक्षा गर्न किल्ला निर्माण गरे “ताकि तिनीहरु परमप्रभु तिनीहरुका परमेश्वरमा जिउन्, र कि तिनीहरुले उनीहरुका शत्रुहरुले भनेका यहुदीहरूका कारण भन्नेलाई कायम राख्न सकोस् ।“११ मोरोनी “ ख्रिष्टको आस्थामा दरिलो थिए,“१२ र “परमेश्वरको करारहरू पालना गर्नमा... र दुष्टताको प्रोतिरोधमा“ आस्थावान थिए ।१३

जब लामानिहरु युद्धमा आए, उनीहरु नफिहरुको तयारी देखेर आश्चर्यचकित भए, र उनीहरु हारे । नफिहरुले “परमप्रभु तिनीहरुका परमेश्वरलाई, उनीहरुका शत्रुहरुको हातबाट उनीहरुको उद्धारमा उहाँको अतुलनीय शक्तिको लागि“ धन्यवाद दिए ।१४ उनीहरुले बाहिरी सुरक्षाको लागि किल्लाहरू बनाएका थिए, र उनीहरुले परमप्रभु येशू ख्रीष्टमा आस्थाको निर्माण भित्र गरेका थिए-तिनीहरुको आत्माको गहिराइमा ।

समस्याको समयमा आफैलाई दरिलो बनाउने केही उपायहरु के हुन्, ताकि हामी “यो महान कार्य ल्याउनको लागि परमेश्वरको हातमा औजार बन्न सकौं ?“१५ धर्मशास्त्रहरुमा हेरौं ।

हामी आज्ञाकारी छौँ । परमप्रभुले बुबा लहीलाई “अभिलेखहरु खोज्न र उजाड-स्थानमा ल्याउनको लागि“ आफ्ना छोराहरुलाई येरुसलेममा फर्काउनको लागि आदेश दिनुभयो ।१६ लहिले प्रश्न गरेनन्; उनले कसरी र किन भनि खोजेनन् । न त नफिले, जसले जवाफ दिए,“म जान्छु र ती कुराहरु गर्छु जुन परमप्रभुले आज्ञा दिनुभएको छ ।“१७

के हामी नफिको इच्छुक अज्ञाकरितासँग काम गर्छौं? अथवा नाफिका दाजुहरुले जस्तै के हामी परमेश्वरको आज्ञाहरुमा प्रश्न गर्न बढी इच्छुक छौँ , जसका आस्थाको कमीले गर्दा अन्ततः परमप्रभुबाट टाढा लगियो? अज्ञाकारिता, “हृदयको पवित्रता“१८ का साथ अभ्यास, नै हो परमप्रभुले हामीबाट चाहने ।

हामी परमेश्वरमा बिश्वाश गर्छौं, जसले यहोशूलाई भने जब उनले इस्राएलीहरुलाई बाचा गरिएको भुमिमा लैजानको लागि तयारी गरिरहेका थिए, “बलियो हुनु र … साहसी हुनु; नडराऊ, नत निराश हुन: किनकि तिमीहरु जहाँ गएपनि परमप्रभु परमेश्वर तिमीहरुको साथमा हुनुहुन्छ ।“१९ यहोशूले ती शब्दहरुलाई बिश्वास गरे र मानिसहरुसंग परामर्ष गरे, “आफुलाई पवित्र बनाऊ:किनकि भोलि परमप्रभुले तिमीहरु माझ चमत्कारहरू गर्नुहुनेछ ।“२० परमप्रभुले जोर्डन नदीलाई विभाजित गर्नुभएको थियो अनि इस्राएलीहरुको ४० वर्षको उजाड-स्थानमा भौतारिने काम सकियो।

मोर्मोनको पुस्तकका अगमवक्ता अविनादीले गरेजस्तै हामी सत्यका लागि उभिन्छौँ। गिरफ्तार गरी राजा नोआ र उसका दुष्ट पादरीहरु सामुन्ने ल्याइयो, अविनदीले दश आज्ञाहरु सिकाउनुभयो र “ख्रीष्ट मानव माझ आउनुहुनेछ र आफ्ना मानिसलाई मुक्ति गर्नुहुनेछ“ भनेर शक्तिशाली रुपमा प्रचार गर्नुभयो।२१ उहाँले त्यस पछि आफु भित्र आस्थाका साथ घोषणा गर्नुभयो, हे परमेश्वर, मेरो आत्मालाई लिनुहोस्, २२ र अविनदीले आगोद्वारा मृत्यु भोग्नुभयो।“२३

छवि
रोम इटाली मन्दिर

प्रभुभोज लिएर र मन्दिरमा आराधना गरेर हामीले हाम्रा करारहरू गर्छौँ र नवीकरण गर्छौँ। प्रभुभोज हाम्रो आइतबारे आराधनाको केन्द्र हो जहाँ हामीले “जहिले पनि हामीसँग उहाँको आत्मा रहने प्रतिज्ञा“ प्राप्त गर्छौँ ।२४ त्यो पवित्र विधिका साथ हामीले येशू ख्रीष्टको नाम आफुमा लिने, उहाँलाई अनुसरण गर्ने र उहाँले गरे जस्तै यो दैवी कार्यमा हाम्रो जिम्मेवारीको काँधमा लिने प्रतिवद्धता जनाउछौँ । मन्दिरमा हामीले “यो संसारका कुराहरु थाती राख्न सक्छौँ२५ र परमप्रभुको उपस्थिति र उहाँको श्रेष्ठ शान्ति महसुस् गर्न सक्छौँ। हामीले हाम्रा पुर्खाहरु, हाम्रा परिवारहरु र पिताको उपस्थितिमा अनन्त जीवनमा ध्यान दिन सक्छौँ। त्यसैले अध्यक्ष नेल्सनले रोममा भन्नुभयो, “यो मन्दिरबाट उत्पन्न हुने कुरा मापन गर्न नसकिने गरि महान छ।“२६

हामीले गर्ने सबै कुरामा इमान्दारीता हुनुपर्छ। हामीले पहिचान गर्न सक्ने क्षमता र अनुशासन विकास गर्नुपर्छ ताकि हामीले निरन्तर रुपमा के ठीक छ र के बेठीक हो भनेर निर्धारण गरिराख्नु नपरोस । प्राचिन चर्चका प्रेरित पत्रुसको चेतावनीलाई हामीले हृदयमा लिनु पर्छ, जसले भन्नुभयो, “सचेत रह, सतर्क रह; किनभने तपाईको सत्रु सैतान कसलाई खाउँ भनेर गर्जने सिंहझैँ हिँडिरहेको छ।“२७

जब हामीले परिश्रमपूर्वक हाम्रा रक्षा संयन्त्रलाई बलियो बनाउछौँ, हामी येशू ख्रीष्ट जस्तै हुन्छौँ, उहाँका सच्चा चेलाहरु जस्तै, हाम्रा आत्माहरु उहाँको सुरक्षामा रहनेछ।

येशू ख्रीष्टको तपाईको गवाही तपाइको व्यक्तिगत किल्ला, तपाईंको आत्माको सुरक्षा हो। जब मेरा जुज्युबुबा र उहाँका सहअग्रगामीहरुले हिबर किल्ला निर्माण गर्नुभयो, उहाँहरुले एक पटकमा एउटा मुडा राख्नुभयो जबसम्म त्यो किल्ला “राम्रोसँग बनेन“२८ अनि उहाँहरु सुरक्षित हुनुभयो। गवाही पनि त्यस्तै हो। एक एक गरी हामी पवित्र आत्माबाट गवाही प्राप्त गर्छौँ जब उहाँले हाम्रो आत्मासँग कुरा गर्नुहुन्छ, जसले “भित्रि भागहरुलाई सत्य“ सिकाउनुहुन्छ ।२९ जब हामी येशू ख्रीष्टको सुसमाचार सिक्छौँ, जब हामी मुक्तिदाताको प्रायश्चितलाई आत्मसात गर्छौँ र डर होइन, आस्थामा अगाडी बढ्छौँ, हामी सैतानका कपटहरुबाट सुरक्षित हुन्छौँ। हाम्रा गवाहीहरुले हामीलाई स्वर्गसँग जोडिदिन्छ र हामी “सबै कुराका सत्यहरुबाट आशीषित हुन्छौँ।“३० अनि, अग्रगामीहरु किल्लाद्वारा सुरक्षीत भए जस्तै, हामी मुक्तिदाताको प्रेमको अंगालोमा सुरक्षित रुपमा घेरिन्छौँ।

अगमवक्ता एतेरले सिकाउनुभयो, “यसकारण, जसले परमेश्वरमा विश्वास गर्छ उसले निश्चितताका साथ अझ राम्रो संसारको आशा गर्न सक्दछ, हो, परमेश्वरको दाहिने हाततिर स्थान समेत, जुन आशाबाट आस्था आउँछ, मानिसहरूका आत्माहरूका निम्ति भरोसा बनाउँछ, जसले उनीहरूलाई बलियो र अडिग बनाउँछ, सदैव असल कार्यहरू भरपूर भएर, परमेश्वरको महिमा गर्न अगुवाइ गर्दै।“३१

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरु, म तपाईहरुलाई निर्धक्क भएर परमप्रभु र उहाँको सुसमाचारमा अघि बढ्न मेरो आशीष छोड्दछु। ठक्कर खानेहरुलाई अंगालो हल्नुहोस् र तपाई भित्र भएको आत्माको शक्तिले उनीहरुलाई प्रेमपूर्वक आध्यात्मिकता र सुरक्षाको किल्लामा अगुवाइ गर्नुहोस्। तपाईले गर्ने सबैमा “येशू ख्रीष्ट जस्तै“ बन्न खोज्नुहोस् ३२; दुष्ट र प्रलोभनलाई बहिस्कार गर्नुहोस्; हिजो हामीलाई अगम्बक्ताले सल्लाह दिनुभएको जस्तै पश्चात्ताप गर्नुहोस्; पाईको हृदयमा इमान्दार हुनुहोस्; सिधा र शुद्ध हुनुहोस्; दया र येशूरुपी माया देखाउनुहोस् र तपाईका परमप्रभु परमेश्वरलाई एउटा सच्चा चेलाको भक्तिले माया गर्नुहोस्।

येशू ख्रीष्टको सुसमाचारको हाम्रा गवाहीहरु, हाम्रा घरहरु, हाम्रा परिवारहरु र पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चमा हाम्रो सदस्यता दुष्टको शक्तिबाट हामीलाई जोगाउने र हामी वरिपरिको हाम्रो व्यक्तिगत सुरक्षाका किल्लाहरू हुनसक्छन । म यसको मेरो इमान्दार गवाही दिन्छु हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्ट समेतको नाममा आमिन ।

प्रिन्ट गर्नुहोस्