२०१०–२०१९
हाम्रा आत्मिक मांसपेसीहरूको अभ्यास
अप्रिल २०१९ साधारण सभा


2:3

हाम्रा आत्मिक मांसपेसीहरूको अभ्यास

जसरी मंसपेसिका बारेमा पढेर र सिकेरमात्र तिनको निर्माणका निम्ति पर्याप्त छैन, र त्यसरी नै आस्थाका बारेमा पनि कुनै कार्य बिना पढेर र सिकेर मात्र पनि पर्याप्त हुँदैन|

म मेरो आफ्नो भौतिक शरीरको आशिषको लागि आभारी छु, जुन स्वर्गीय पिताको आश्चर्यजनक उपहार हो| हाम्रो शरीरमा ६०० भन्दा माम्सपेसीहरू छन्| धेरै मांसपेसीहरूलाई तिनको दैनिक क्रियाकलाप कायम गर्न नियमित अभ्यासको जरूरी छ| हामी हाम्रो मानसिक प्रयासहरूलाई हाम्रा मंसपेसीहरूका बारेमा सिक्न र अध्ययन गर्न खर्च गर्न सक्छौं, तर यदि हामी त्यसले हाम्रो आस्थालाई बलियो बनाउँछ भनी सोच्छौं भने हामी निराश हुनेछौं| हामी माम्सपेसीहरू प्रयोग गर्दा अझ बलियो हुन पुग्छन|

मैले यो बुझ्न पुगेको छु कि धेरै पक्षमा हाम्रा आत्मिक उपहारहरू पनि त्यस्तै ब्यावहार गर्छन उनीहरूको वृद्धिका लागि अभ्यासको पनि जरूरी छु| आस्था एक भावना मात्र हैन, यो कार्यको एक सिद्धान्त हो कि यो धर्मशास्त्रमा अक्सर अभ्यास गर्नु भन्ने क्रियापदसँग गासिएर आउँछ.| जसरी मंसपेसिका बारेमा पढेर र सिकेरमात्र तिनको निर्माणका निम्ति पर्याप्त छैन, र त्यसरी नै आस्थाका बारेमा पनि कुनै कार्य बिना पढेर र सिकेर मात्र पनि पर्याप्त हुँदैन|

जब म १६ बर्षको थिए, मेरो जेठो दाजु त्यो समयमा २२ बर्षका थिए, एक दिन घर आए र परिवारमा एक सानो समाचार सुनाए| उनले पछिला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा बप्तिस्मा लिने निर्णय गरेका थिए| मेरा बाआमाले उनलाई संकाश्पद तरिकाले हेरे, र म आँफूले के भैरहेको छ भन्ने पूरै बुझ्न सकेको थिइन| एक बर्ष जति पछि, उनेल अरू बढी आश्चर्यजनक समाचार सुनाए, उनले चर्चको मिसनरी का रुपमा सेवा गर्ने निर्णय गरेको सुनाए जुनको अर्थ यो थियो कि उनले हाम्रो घर छोडेर जाँदै थिए र हामीले उनलाई दुई बर्ष देख्ने अवसर पाउंदैन थियौं म सम्झन्छु कि हाम्रा बाआमामा त्यो समाचारले त्यति धेरै हर्षोल्लास ल्याएन, तर, मैले उनमा एक त्यस्तो दृढता देखें जसले मेरो उनि र उनको निर्णय प्रतिको प्रसंसा अझ बढायो|

आइभन मिसनमा गएको महिनौं पछि मैले मेरो विद्ध्यालयका सहपाठीहरूसंग विदामा जाने अवसर पाएँ| हाइस्कूल पास गरेको सफलता मनाउन केहि दिन समुन्द्रको किनारमा गएर बिताउन चाह्यौं|

मैले मेरो विदा मनाउने योजनाको बारेमा मेरो मिसनरी दाजुलाई पत्र लेखें| उनले मलाई आफू सेवा गरिरहेको सहर मेरो गन्तव्य स्थानको बाटोमा पर्छा भनी लेखे| मैले सोचेंको बाटोमा रोकेर उनलाई भेट्न रमाइलो हुने थियो| मैले धेरै पछि मात्र यो ज्ञान भयो कि परिवारका सदस्यहरूले मिसनरीहरूलाई भेट्न मिल्दैन|

मैले सबै चाँजो मिलाएँ| म अझै सम्झंछुं कि बसको सिटमा बसेर त्यो सुन्दर दिनमा म र आइभन मिलेर संगै गर्ने रमाइलोको बारेमा सोच्दै गरेको| हामीले बिहानको नास्ता खान्थ्यौं, घाम ताप्दै खेल्दा- कत्ति रमाइलो हुनेछ!

बस टर्मिनलमा पुग्यो, मैले आइभनलाई अर्को युवा सँग उभ्भेको देखे, ती दुवै सेतो कमीज र टाईमा थिए| म बसबाट ओर्लेर, हामीले एक अर्कालाई अंकमाल गर्यौं, उनले आफ्नो साथीको परिचय गराए| एक मिनेट पनि खेर नफाली, मैले मेरो दाजुलाई त्यो दिनका मेरा योजनाका बारेमा भने, तर मलाई उनको योजना अलिकति पनि थाहा थिएन| उनले मलाई हेरे, मुस्कुराए र भने, “भै हाल्छ नि! तर, पहिला केहि काम गर्नु पर्छ| के तिमी हामीसंग आउँछौं?” मैले मन्जुरी गरे, यो सोच्दै कि त्यस पछि समुन्द्रको किनारमा खेल्ने प्रसस्तै समय हुनेछ|

त्यो दिन, १० घण्टा भन्दा बढी सम्म, मेरो दाजु र उनका सहपाठी सँग त्यो सहरका सडकहरूमा हिड्यौं| मैले मानिसहरू प्रति दिनभरि मुस्कुराएं| मैले कहिल्यै नदेखेको मानिसलाई सम्बोधन गरें| हामीले भेटेका सबै सँग बोल्यौं, नचिनेकाको घरको ढोका ढकढक्यायौं, र मेरा दाजु र उनका सहपाठीले सिकाउंदै गरेकाहरूलाई भेट्यौं|

त्यस्तो एक भेटमा, मेरा दाजु र उनका सहपाठीले येशू ख्रीष्ट र मुक्तिको योजनाका बारेमा सिकाउंदै थिए| अचानाक, आइभन रोकिए, र मलाई हेरे| उनले मलाइ, त्यहा छालफल भैरहेको बिषयको बारेमा आफ्नो धारणा राख्न अनुरोध गरे| मलाई कोठा सान्त भएको जस्तो लाग्यो, र सबैका आखाँ म तिर थिए| केहि कठिनताका साथ् मैले अन्त्यत केहि शब्द फेला पारे र मुक्तिदाताका बारेमा आफ्ना विचारहरू राखें| मलाई यो थाहा छैन, मेरो उत्तर सहि थियो कि गलत| मेरो दाजुले मलाई कहिल्यै सच्याएनन्; त्यसको विपरित उनले मलाई आफ्नो विचार र भावनाहरू सुनाएकोमा धन्याबाद दिए|

संगै बिताएका क्षणहरूमा, मेरो दाज्जु र उनका सहपाठीले मलाई सिकाउन भनेर एक मिनेट पनि बिताएनन, तैपनि मैले त्यो दिन पहिले सिकेको भन्दा पनि धेरै ज्ञान पाएँ| आत्मिक प्रकाश पाए पछि मानिसहरूको अनुहार कसरि परिवर्तन हुन्छ भनी देख्न पाएँ| मैले उनीहरू मध्ये केहिले कसरि ती संदेशहरूमा आशा पाउन सके,र मैले कसरी आफैंलाई र आफ्ना स्वार्थलाई बिर्सेर अर्काको सेवा कसरि गर्ने भनेर सिक्न पाएँ| मैले मुक्तिदाताको शिक्षा अनुसार गरिरहेको थिएँ, “यदि कोहि मानिस मेरो पछि लाग्छ भने, उसले आँफैलाई गुमाउन पर्छ“

फर्केर हर्दा, मलाइ लाग्छ कि त्यो दिन मेरो आस्था बढ्यो किनभने मेरो दाजुले त्यसलाई काममा परिणत गर्ने अवसर दिए| मैले जब धर्मशास्त्र पढे, सिकाउनका निम्ति मानिसहरू खोजें, आफ्नो गवाही दिएँ, पराइको सेवा गरें, त्यति बेला मेरो आस्थाको अभ्यास गरें| त्यो दिन हामीले घाम ताप्ने अवसर पाएनौं, तर मेरो हृदयले स्वर्गबाट आउने प्रकाश पायो| मैले समुन्द्रको किनारको बालुवाको एक कण पनि देखिन त्यो दिन, तर, मेरो आस्था तोरीको विउको सानु कण झैं बढेको अनुभव गर्न पाएँ| त्यो घमाइलो दिन एक पर्यटक झैं घुम्न पाइन, तर मैले त्यो दिन थाहा नपाई एक सुन्दर अनुभव बटुल्न पाएँ, चर्चको सदस्य नभई एक मिसनरी भएँ|

आत्मिक माम्सपेसीहरूलाई बलियो बनाउने अवसरहरू

सुसमाचारको पुनर्स्थापना भएको कारणले हाम्रो स्वर्गीय पिताले हाम्रा आत्मिक उपहारको विकास गर्न कसरि सहयोग गर्नुहुन्छ भन्ने बुझ्न पाएका छौं हामीलाई ती आत्मिक र भौतिक उपहारहरू विना कुनै योगदान दिन भन्दा यो बढी सम्भाव्य छ कि उहाँले ती उपहारहरूको विकाश गर्ने अवसर दिनुहुनेछ| यदि हामी यो उहाँको आत्मासँग एक छौं भने, हामीले ती अवासरहरूलाई चिन्न र उपयोग गर्ने सिक्नेछौं|

यदि हामी धेरै धैर्यता चाहान्छौं भने, हामीले त्यो चाहानाको प्रत्युत्तरको प्रतीक्षा गर्दा धैर्यताको अभ्यास गर्न पर्ने पाउन सक्छौं| यदि छिमेकिलाई बढी माया गर्न चाहान्छौं भने, हामी चर्चमा देखिने नयाँ अनुहारहरूको आढ़मा बसेर त्यसको वृद्धि गर्न सक्छौं| आस्थाको लागि पनि त्यस्तै हो, जब हाम्रो मस्तिष्कमा संकाहरू आउंछ, अघि बढ्न प्रभुको वाचामाथिको भरोसाको खाँचो पर्छ| यसरी हामीले आत्मिक माम्सपेसीको अभ्यास गर्दछौं र तिनलाई हाम्रा जीवनको शक्तिका रुपमा विश्वास गर्न सक्छौं|

सुरमा सजिलो नहोला, र यो एक समस्या नै बन्ला, अगमवक्ता मोरोनी मार्फत बोलिएका प्रभुका बचनहरू हाम्रा लागि उपयोगी बन्छन,: “यदि मानिसहरू म समक्ष आए भने म उनीहरूलाई उनीहरूका कमजोरी देखाउनेछु। म मानिसहरूलाई कमजोरी दिन्छु कि उनीहरू विनम्र हुन सकून्; र मेरो अनुग्रह सबै मानिसहरूका निम्ति पर्याप्त छ जो मेरा अगाडि विनम्र हुन्छन्; किनकि यदि उनीहरू मेरा अगाडि विनम्र भए र ममा आस्था राखे भने, तब म कमजोर कुराहरूलाई उनीहरूका निम्ति बलियो बनाउनेछु।”

म मेरो दाजुका निम्ति आभारी छु, जसले मलाई सुसमाचार सुनानाएनन् मात्र तर अप्रय्ताक्षा रुपमा जिउंन र कमजोरीहरूलाई चिन्न सिकाए| उनले मलाई गुरुको निम्तोलाई स्वीकार्न सहयोग गरे, ”आऊ, मेरो पछि लाग”-मुक्तिदाताले हिंडे जस्तै हिड्न, मुक्तिदाताले खोजे जस्तै खोज्न र मुक्तिदाताले गरे जस्तै माया गर्न सहयोग गरे| मेरो त्यो मिसनरी अनुभवको महिनौं पछि, मैले बप्तिस्मा लिने र आफैं पनि मिसनको सेवा गर्ने निर्णय गरे|

अध्यक्ष रसल एम. नेल्सनले दिएको निमन्त्रणालाई स्विकारौं र मुक्तिदाता सामु आउन आत्मिक क्रियाकलापको जरुरि भएका ती माम्सपेसीहरूलाई चिनौं र तिनको अभ्यास गर्न सुरु गरौँ| यो छोटो दुरीको दौड हैन तर एक लामो दुरीको हो, त्यसैले ती साना तर निरन्तर आत्मिक अभ्यासलाई नबिर्सौं जसले ती महत्वपूर्ण आत्मिक माम्सपेसीहरूलाई अझ बलियो बनाउंछन्| यदि हामी आस्थाको वृद्धि गर्न चाहान्छौं भने त्यसैले ती कुराहरू गरौँ जसका निम्ति आस्थाको आवश्यक हुन्छ|

म मेरो गवाही दिन्छुकि हामी मायालु स्वर्गीय पिताका सन्तान हौँ| उहाँका पुत्र येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ| उहाँ यो संसारमा बाटो देखाउन आउनुभयो र हामीलाई आशा दिन स्वेच्छाले आफ्नो जीवन त्याग्नुभयो| मुक्तिदाताले हामीलाई उहाँको उदाहारणको अनुसरण गर्न, उहाँ र उहाँको प्रयास्चित्तको अभ्यास गर्न, र हामीलाई दिइएका आत्मिक उपहारहरूको विस्तार गर्न निमन्त्रणा गर्नुहुन्छ उहाँनै बाटो हुनुहुन्छ| यो मेरो गवाही हो येशू ख्रीष्टको नाउँमा