२०१०–२०१९
परमेश्वरको प्रत्यक्ष कृपा
अप्रिल २०१९ साधारण सम्मेलन


परमेश्वरको प्रत्यक्ष कृपा

परमप्रभुलाई धैर्यताका साथ कुरे तापनि, त्यस्ता केही आशीषहरु हुन्छन् जुन हामीले तुरुन्तै प्राप्त गर्छौँ।

धेरै वर्ष अगाडि मेरो पाँच वर्षको छोरा मकहाँ आयो र भन्यो, “बुबा, मैले केही पत्ता लगाएँ। मैले पत्ता लगाएँ कि तपाईंका लागिचाँडै भनेको मेरा लागि धेरै लामो समय हो ।“

जब परमप्रभु अथवा उहाँका सेवकहरुले एस्तो कुरा भन्नुहुन्छ जस्तै कि, “धेरै दिन छैन“ अथवा “समय धेरै टाढा छैन,“ यसको वास्तविक अर्थ जीवन भर अथवा त्यो भन्दा लामो हुन सक्छ । उहाँको समय र प्रायजसो उहाँको समय हाम्रो भन्दा फरक हुन्छ। धैर्य चाबी हो । यो बिना, न त हामी उन्नति गर्न सक्छौं न हामी यो जीवनमा र मुक्तिको योजनामा परमेश्वरमा आस्थाको प्रदर्शन गर्न सक्छौं । तर आज मेरो सन्देश यो हो कि हामीले धैर्यताका साथ परमप्रभुलाई कुरे तापनि, त्यस्ता केही आशीषहरु हुन्छन् जुन हामीले तुरुन्तै प्राप्त गर्छौँ।

जब आल्मा उहाँका मानिसहरुलाई लमानीहरुले कब्जा गरे, उनीहरुले छुटकाराका लागि प्रार्थना गरे। उनीहरुले तुरुन्तै छुटकारा पाएनन् तर जब उनीहरु धैर्यतापूर्व छुटकाराका लागि पर्खिरहे, परमप्रभुले केही आशीषहरु तुरुन्तै दिएर आफ्नो असलपना देखाउनुभयो। उहाँले तुरुन्तै लामानिहरुको हृदयहरुलाई कोमल बनाउनुभयो ताकि तिनीहरुले उनीहरुलाई नकाटोस् । उहाँले अल्माका मानिसलाई पनि मजबुत पार्नुभयो र उनीहरुका बोझलाई सजिलो बनाइदिनुभयो। जब उनीहरुले अन्तमा छुटकारा पाए, तिनीहरु जाराहेम्लामा गए जहाँ उनीहरुले अच्च्मित भएको एउटा दर्शकलाई आफ्नो अनुभव सुनाए। जराहेम्लाका मानिसहरु अच्चामित भए, अनि “जब उनीहरूले परमेश्वरको प्रत्यक्ष कृपा, र अल्मा र उनका बन्धुहरूलाई लमानीहरूको हातहरूबाट र दासत्वबाट मुक्त गर्नमा उहाँको शक्तिका बारेमा सोचे, उनीहरूले आफ्ना स्वरहरु उच्च पारे र परमेश्वरलाई धन्यवाद दिए।“

परमेश्वरको प्रत्यक्ष कृपा ती सबैमा आउँछ जसले उहाँलाई सच्चा नियत र हृदयको पूर्ण उद्देश्यबाट पुकार्छ । गहिरो वेदनामा रुने तिनीहरुमा समेत , मुक्ति दूर, कठीन र तीव्र पनि लाग्छ ।

यसरी नै युवा अगम्बक्ता का साथ जसले तहखानका ढुंगाहरुमा अन्तिम चरणको कष्ट भोगेका थिए जसले अन्तमा पुकारे: “हे परमेश्वर, हजुर कहाँ हुनुहुन्छ? … कहिले सम्म हजुरका हातहरु रोकिने छ ... ? हो, हे परमप्रभु, कहिलेसम्म … ?” जवाफमा परमप्रभुले जोसेफलाई तुरुन्तै मुक्ति दिनुभएन तर उहाँले तुरुन्तै शान्तिको घोषणा गर्नुभयो।

परमेश्वरले अन्तिम छुट्काराको प्रत्यक्ष आशा पनि दिनुहुन्छ । जेभए तापनि, जहाँ भए तापनि, ख्रीष्टमा र ख्रीष्टद्वारा जहिले पनि आशा हाम्रो अगाडि मुस्कुराइरहेको हुन्छ । . तुरुन्तै हाम्रो अगाडि ।

तथापि, उहाँले प्रतिज्ञा गर्नुभयो: “मेरो दया तिमीहरुबाट टाढिने छैन ।“

सबैभन्दा माथि, परमेश्वरको माया प्रत्यक्ष छ । पावलसंगै, म गवाही दिन्छु कि कुनैपनि कुराले हामीलाई “परमेश्वरको मायाबाट अलग्याउन सक्दैन जुन ख्रीष्ट येशूमा छ ।“ हाम्रा पापहरु समेत, केही समयका लागि हामीलाई उहाँको आत्माबाट अलग गरे तापनि, उहाँको दैवी पैतृक प्रेमको निरन्तरता र प्रत्यक्षताबाट अलग्याउन सक्दैन ।

यी केही बाटाहरु र साधनहरु हुन् जसद्वारा “उहाँले [हामीलाई] तुरुन्तै आशीष दिनुहुन्छ ।“१० अब, यी सिद्धान्तहरुलाई सान्दर्भिक बनाउन, म तपाईहरुसंग दुई जना व्यक्तिहरुको अनुभवहरु बाँढ्न चाहन्छु जसका जीवनहरु परमेश्वरको प्रत्यक्ष कृपाका गवाहीका रुपमा खडा छन् ।

युवा अवस्था देखि नै, एमिली पदार्थ दुरुपयोगबाट प्रताडित थिईन् । परीक्षणले बानी बनायो, र बानीले बिस्तारै लत लगाउन थाल्यो जसले कहिलेकाँही बिरामी पर्दा बाहेक वर्षौं सम्म उसलाई कब्जा गर्यो, । एमिलीले आफ्नो समस्यालाई सावधानीपूर्वक लुकाउँथिन्, विशेष गरी उनी श्रीमती र आमा भइसकेपछि ।

उनको सुरुवातको उद्धार, उद्धार हो भन्ने महसुस नै भएन । केही क्षणका लागि, एमिली नियमित मेडिकल परीक्षणमा हुन्थिन्, त्यस पछि, उनलाई निदान उपचार सुविधाका लागि एम्बुलेन्समा लगिन्थ्यो । उनी आफ्ना केटाकेटीहरू, श्रीमान, र घरबाट अलग हुनु पर्ने सोचेर डराउन थालिन् ।

त्यस रात, चिसो,अँध्यारो कोठामा एक्लै, एमिली आफ्नो ओछ्यानमा बसेर रोईन् । उनको तर्क गर्ने क्षमता तब सम्म घट्दै जब अन्तमा चिन्ता, डर, र त्यो कोठामा र उनको आत्मामा दमनकारी अन्धकारले भरिएकाले एमिलीले वास्तवमा त्यो रात उनको मृत्यु हुन्छ भनेर सोचिन । एक्लै ।

त्यो गम्भीर अवस्थामामा, एमिलिले जसोतसो ओछ्यानबाट झर्न र घुडा टेक्न आँट गरिन् । पहिलेका प्रार्थनाहरुको अंशका रुपमा नभई उनले गम्भीर रुपमा पुकार्दै आफुलाई पूर्ण रुपमा परमप्रभुमा सुम्पिदिइन्, “प्रिय परमेश्वर, मलाई हजुरको आवश्यकता छ ।“ कृपया मेरो मद्दत गर्नुहोस् । म एक्लो हुन चाहन्न । कृपया, मलाई यो रात कटाइदिनुस्।“

अनि तुरुन्तै, जसरी उहाँले पत्रूसलाई गर्नुभयो, येशूले आफ्ना हात फैलाउनु भयो र उनको डुब्दै गरेको आत्मालाई समाउनुभयो ।११ एमिलीमा चमत्कारी शान्त, साहस, आश्वासन, र प्रेम आयो । कोठामा अब अन्धकार थिएन, उनलाई थाहा भयो कि उनि एक्लो छैन, अनि १४ बर्षको बेला देखि पहिलो पटक, येमिलिले थाहा पायो कि सबै ठिक हुनेछ । जब एमिली “परमेश्वरमा जागिन“१२ एमिली आनन्दले निदाइन् । अनि त्यसकारण हामी देख्छौं कि “यदि तिमीहरूले पश्चात्ताप गर्नेछौ र तिमीहरूका हृदयहरूलाई कठोर बनाउने छैनौ भने, उद्धारको महान् योजना तिमीहरूसामु तुरुन्त ल्याइने छ ।“१३

छवि
परिवार मन्दिरमा

एमिलीको उपचार र अन्तिम उद्धारको लागि धेरै समय लाग्यो - महिनौं सम्म उपचार, प्रशिक्षण र परामर्ष, यस बीचमा उनलाई जोगाइयो र कहिलेकाँही उहाँको प्रत्यक्ष कृपाद्वारा दोहोर्याइयो । अनि त्यो कृपा उनीसंग निरन्तर रहिरह्यो जब उनि आफ्नो श्रीमान र केटाकेटीहरुसँग मन्दिरमा सदाका लागि सँगै बाँधिनको लागि गईन् । जराहम्लाका मानिसहरु जस्तै, एमिली अहिले परमेश्वरको प्रत्यक्ष कृपा र उनलाई बन्धनबाट मुक्त गर्न उहाँको शक्तिलाई सम्झेर धन्यवाद दिन्छिन् ।

अब, अर्को आस्थावान् साहासीको जीवनबाट । डिसेम्बर २७, २०१३ मा, एलिसिया स्क्रोइदरले आफ्ना प्रिय साथीहरु, शोन र शार्ला चिल्कतलाई खुशी साथ स्वागत गरिन्, जो अप्रत्याशित रुपमा ढोकामा देखा परे । शोन, जो एलिसियाको विशप पनि थियो, आफ्नो फोन उनलाई दिए र धैर्यपूर्वक भने,“एलिसिया हामी तिमीलाई माया गर्छौं । “तिमीले यो कुराकानी गर्नु पर्छ ।“

एलिसियाको श्रीमान, मरियो, फोनमा थियो । उ उनीहरुका केही केटाकेटीहरूसँग टाढाको क्षेत्रमा लामो प्रत्याशित स्नोमोबिल यात्रामा थियो । त्यहाँ दुर्घटना भएको रहेछ । मारियो गम्भीर घाइते भयो, र उनीहरुका १० बर्षिय छोरा, कलेब रहेन । जब मरियोले रुँदै एलिसियालाई कलेबको मृत्युको बारेमा भने, उनी डर र शोकले भरिए जुन हामी केहीले बिरलै महसुस गर्छौं । त्यसले उनलाई निराश बनायो । बोल्न नसक्ने दुखमा पक्षघात भइ, एलिसिया न त बोल्न सकिन् न हिड्न सकिन् ।

विशप र दिदी चिल्केटले तुरुन्तै उनलाई समातेर उचाले । उनीहरु रोए र केही समायका लागि सँगै गहिरो शोक गरे। विशप चिल्केटले एलिसियालाई आशीष दिन अनुरोध गरे ।

त्यसपछि जे भयो त्यो येशू ख्रीष्टको प्रायश्चीत्त र परमेश्वरको प्रत्यक्ष कृपाको बुझाइ भन्दा बाहिर छ । विशप चिल्केटले बिस्तारै आफ्नो हात येलिसियाको टाउकोमा राख्नुभयो र, कामेको आवाजमा, बोल्न थाल्नुभयो । एलिसियाले दुईवटा कुराहरु परमेश्वर आफैलेल बोले झैँ सुनिन । पहिलो, उनले आफ्नो नाम सुनिन्, एलिसिया सुसान स्क्रोदर । त्यसपछि तिनले विशपले सर्वशक्तिमान परमेश्वरको वयान गरेको सुनिन् । त्यतिबेला-उनको नामको सम्वोधन र परमेश्वरको शक्तिमा-एलिसिया बयान गर्न नसकिने शान्ति, प्रेम, सान्त्वना, र केहीखुशी ले भरिए । अनि यसले उनलाई कहिल्यै छोडेको छैन ।

अब, अवश्य नै, एलिसिया, मारियो, र उनीहरुको परिवारले अझै कलेबको शोक गर्छन्र र उसलाई याद गछन् । यो कठीनहुन्छ। जब म उनीसँग कुरा गर्छु, एलिसियाको आँखा रसाउँछ जब उनी आफ्नो सानो बालकलाई कति माया र याद गर्छिन भनेर बताउँछिन् । अनि उनको आँखा रसाइरहन्छ जब उनले उनको सबभन्दा गहिरो निराशाको समयमा उहाँको प्रत्यक्ष कृपाबाट सुरु गरी अब “धेरै दिनहरु नरहेको“ मिठो पुनर्मिलनको उज्यालो आशाले निरन्तरता दिदै ती महान मुक्तिदाताले कसरी उनको हरेक कठीन परीक्षामा उनलाई थाम्नुभयो भन्ने बारे भनिन्।

जीवनका अनुभबहरुले कहिलेकाँही अशान्ति र भ्रम ल्याउँछ जसले एमिली र एलिसियामा आएको उद्धारलाई प्राप्त गर्न, पहिचान गर्न र टिकाइराख्न कठीन हुन सक्छ भनेर मैले महसुस गरेकोछु म त्यस्ता समयहरुबाट गुज्रेको छु । म गवाही दिन्छु कि, त्यस्ता समयहरुमा, हाम्रो संरक्षण परमेश्वरको प्रत्यक्ष कृपाको कोमल र शक्तिशाली अभिव्यक्ति हो । याद राख्नुहोस्, प्राचीन इस्राएललाई अन्तमा दिन प्रति दिन “उनीहरुको संरक्षण गर्ने त्यही परमेश्वरले“ उद्धार गर्नुभयो१४

म गवाही दिन चाहन्छु कि येशू ख्रीष्ट महान उद्धारकरकर्ता हुनुहुन्छ, र उहाँको नाउँमा, म बाचा गर्छु कि जब तिमीहरु उहाँमा सच्चा नियत र हृदयको पूर्ण उद्देश्यतर्फ फर्किनेछौ, उहाँले तपाईंरुलाई हरेक कुराहरुबाट उद्धार गर्नुहुन्छ जसले तपाईहरुको जीवन र खुशीलाई दबाउने र नष्ट गर्ने चुनौती दिन्छ । त्यो उद्धार तपाईंहरुले चाहेको भन्दा -सायद जीवनभर अथवा त्यो भन्दा लामो हुन सक्छ। त्यसैले, तपाईंहरुलाई त्यो अन्तिम उद्धार को दिन सम्म रहन र दरिलो बनाउन सान्त्वना, साहस, र आशा दिनका लागि, म तपाईंहरुलाई परमेश्वरको प्रत्यक्ष कृपाको सिफारिस गर्छु र गवाही दिन्छु येशू ख्रीष्टका नाउँमा, आमीन ।

प्रिन्ट गर्नुहोस्