२०१०–२०१९
पवित्रता र खुशीको योजना
अक्टोबर २०१९ साधारण सम्मेलन


पवित्रता र खुशीको योजना

अधिक व्यक्तिगत पवित्रताबाट ठुलो खुशी आउँछ।

मेरा प्रिय दाजुभाई तथा दिदीबहिनीहरु, तपाइँहरूको खुशीको खोजमा सहयोग मिलोस भनेर मैले शक्तिको निम्ति प्रार्थना गरेकोछु। केहिले अहिले नै पर्याप्त खुशीको अनुभव गरेको हुन सक्छ, तैपनि, निश्चयनै अरू थप खुशीयालीको प्रस्तावलाई कसैले पनि इन्कार गर्दैन| ग्यारेन्टी गरिएको अनन्त खुशीको प्रस्तावलाई स्वीकार्न जो पनि उत्सुक हुन्छ|

परमेश्वर पिताका अहिलेसम्म जन्मिएका, जन्मिन अझै बाँकी वा बितिसकेका प्रत्येक आत्माका सन्तानलाई स्वर्गीय पिता, उहाँका प्रिय पुत्र येशू ख्रीष्ट, र पवित्र आत्माले त्यसका लागि प्रस्ताव गर्नुभएको छ| त्यो प्रस्तावलाई नै कहिलेकाँही खुशीको योजना भनिन्छ| पापको बन्धनमा फसेका आफ्ना छोरालाई सिकाउँदा अगमवक्ता अल्माले त्यसै भन्नुभएको थियो। अल्मालाई थाहा थियो कि उनका पुत्रका निम्ति अथवा स्वर्गीय पिताका कुनै पनि सन्तानका निम्ति दुष्टता कहिल्यै पनि खुशी हुन सक्दैन।

उनले आफ्नो पुत्रलाई सिकाए कि पवित्रताको वृद्धि नै खुशीको एक मात्र बाटो हो। उहाँले स्पष्ट पार्नुभयो कि येशू ख्रीष्टको प्रयाश्चित्त मार्फत सफाई र पूर्णता प्राप्त गरेर अझ बढी पवित्रता प्राप्त गर्न सम्भव छ। येशू ख्रीष्टमाथिको आस्था,निरन्तर पश्चात्ताप, र करारहरूको पालनामार्फत मात्र हामीले अनुभव गर्न खोजेको अन्त्यहीन खुशीको दावा गर्न र प्राप्त गर्न सक्छौं।

आजको मेरो प्रार्थना यो हो कि मैले तपाईंहरूलाई बुझाउन सकूँ कि अझ ठुलो खुशी व्यक्तिगत पवित्रताको वृद्धिबाट आउँछ ताकि तपाइँहरूले त्यो विश्वासमा अघि बढ्न सक्नुहोस्। त्यस्पछि अझ बढी पवित्र हुने उपहारको निम्ति योग्य हुन हामीले के गर्न सक्छौ भनि मैले जानेको ज्ञान म तपाईंहरूलाई बाढ्नेछु ।

धर्मशास्त्रले अन्य कुराहरू बाहेक यो सिकाउँछ कि, हामी अझ पवित्रित अथवा इश्वरीय बन्न सक्छौं जब हामी ख्रीष्टमाथिको आस्थाको अभ्यास गर्छौं, आफ्नो आज्ञाकारितालको प्रदर्शन गर्छौं, पश्चात्ताप गर्छौं, उहाँका निम्ति त्याग गर्छौं, पवित्र विधिहरू प्राप्त गर्छौं, र उहासँग गरेका आफ्ना करारहरूको पालना गर्छौं । पवित्रताको उपहारका निम्ति योग्य हुन विनम्रता दीनता, र धैर्यताको १० आवश्यक हुन्छ।

अझ बढी पवित्रताको चाहनाको अनुभव मलाई साल्ट लेक मन्दिरमा आयो। मन्दिर भित्र के अपेक्षा गर्नसक्छु भन्ने ज्ञान सहित मैले पहिलो पटक मन्दिर प्रवेश गरें। मैले भवनमा लेखिएका शब्दहरू, “प्रभुका निम्ति पवित्रता” र प्रभुको भवन” देखेको थिएँ। मैले ठूलो उत्सुकताको अनुभव गरें। तैपनि आफू मन्दिर प्रवेश गर्न तयार थिएँ कि थिइन भनी प्रश्न गर्दै थिएँ।

हामीले मन्दिर प्रवेश गर्दा मेरो वुवा र आमा मेरो अगाडी हिंडदै हुनुहुन्थ्यो। आफ्नो योग्यताको पुष्टि गर्न हाम्रो अनुमति पत्र देखाउन भनियो।

मेरो वुवाआमाले अनुमतिपत्र देखाउने डेस्कको व्यक्तिलाई चिन्नुहुन्थ्यो। त्यसैले उहाँहरू उनीसँग बोल्नलाई एक क्षण अलमलिनुभयो। म सबै चम्किलो सेतो भएको एक विशाल स्थानमा एक्लै गएँ। मैले छततर्फ माथि हेरें त्यो यति माथि थियो कि मलाइ खुल्ला आकाश जस्तै लाग्यो। त्यो क्षण मलाई स्पष्ट रुपम लाग्यो कि म त्यो स्थानमा पहिला पनि पुगेको थिएँ।

त्यसपछि, मैले एकदम सानो आवाज सुनें—त्यो मेरो आफ्नो थिएन। त्यो मसिनो आवाजले बोलेका वचन यी थिए: “तिमी यस अघि कहिल्यै यहाँ आएका छैनौ। तिमीले जन्मनु भन्दा अघिको क्षणहरूलाई सम्झिरहेका छौ | तिमी यो जस्तै पवित्र स्थानमा थियौ | तिमीले मुक्तिदाता आफूँ रहेकै स्थानमा आउन लागेको अनुभव गर्यौ | अनि तिमीले खुशीको अनुभव गर्यौ किनभने तिमी उहाँलाई देख्न उत्सुक थियौ |”

त्यो साल्ट लेक मन्दिरको अनुभव क्षणिक थियो | तैपनि त्यसको यादले अझै पनि शान्ति, आनन्द र खुशी ल्याउँछ |

मैल त्यो दिन धेरै पाठहरू सिकें। एउटा यो थियो कि पवित्र आत्माले शान्त सानो स्वरमा बोल्नुहुन्छ | मेरो हृदयमा आत्मिक शान्ति भएको बेलामा मैले उहाँलाई सुन्न सक्छु | उहाँले खुशीको र म अझ बढी पवित्र हुँदैछु भन्ने आश्वासनको अनुभूति ल्याउनुहुन्छ | अनि त्यसले जहिलेपनि मैले परमेश्वरको मन्दिरमा ती पहिला क्षणमा अनुभूति गरेको खुशी ल्याउँछ |

तपाइँहरूले आफ्नो जीवनमा र अरूको जीवनमा बढ्दो पवित्रताबाट, येशू ख्रीष्ट जस्तै बनेर आएको खुशीको चमत्कार अवलोकन गर्नुभएको छ|| हालसालका केहि हप्तामा मैले ती मानिसहरूलाई मृत्युशैयामा भेट्न पुगेको छु जसले मुक्तिदाता माथिको पूर्ण आस्था र खुशी अनुहारका साथ मृत्युको सामना गर्न तयार थिए ।

एक त्यस्ता व्यक्ति थिए जसलाई उनका परिवारले घेरेका थिए | जब म र मेरो छोराले प्रवेश गर्यौं उनी र उनकी श्रीमती सानो स्वरमा कुरा गर्दै थिए | मैले उनीहरूलाई धेरै पहिले देखि चिनेको थिएँ | मैले येशू ख्रीष्टको प्रायश्चित्तले उनीहरूको जीवन र उनीहरूका परिवारका सदस्यहरूको जीवनमा काम गरेको देखेको थिएँ |

उनीहरूले जीवन अरू लम्ब्याउने उपचारका प्रयासलाई रोक्ने निर्णय गरेका थिए | जव उनले बोल्दै थिए त्यहाँ शान्तिको अनुभूति थीयो | उनले सुसमाचार प्रति र उनी र उनले माया गर्ने उनका परिवार माथि त्यसको शुद्दिकरणको प्रभाव प्रति कृतज्ञता व्यक्त गर्दा उनी मुस्कुराउँदै थिए | उनले मन्दिरमा सेवा गरेका ती खुशी वर्षहरूका बारेमा बोले । उनको अनुरोधमा मेरो छोराले पवित्र तेलले उनको शिरलाई अभिषेक गरे| मैले त्यो अभिषेकलाई प्रमाणित गरें | जब मैले सो गरें, मलाई उनलाई भन्ने एक स्पष्ट अनुभूति आयो कि उनले छोटो समयमा नै मुक्तिदातालाई आमने सामने देख्नेछन् |

मैले उनीसँग वाचा गरें कि उनले खुशी, प्रेम र मुक्तिदाताको स्वीकृतिको अनुभूति गर्नेछन् | हामीले प्रस्थान गर्दा उनी मुस्काए | मसँग उनका अन्तिम शब्दहरु यी थिए: ‘क्याथीलाई भन्दिनु कि म उनलाई माया गर्छु |” मेरी श्रीमती क्यथालीनले विगतका धेरै वर्षहरुमा उनका परिवारका धेरै पुस्तालाई मुक्तिदाताकोमा आउन उहाँको निमन्त्रणा स्वीकार्न, करारहरू गरेर तिनको पालना गर्न, त्यो ठुलो पवित्रताको नतिजाबाट उपलब्ध हुने खुशीको लागि योग्य बन्न प्रोत्साहित गरेकी थिइन् |

त्यसको केहि घण्टामा उनको देहावसान भयो| उनको देहावशानको केही दिनमा उनको विधवाले मेरी श्रीमती र मेरा लागि उपहार ल्याइन् | हामीसँग कुरा गर्दा उनी मुस्काइन् | उनले खुशीका साथ भनिन्, “मैले सोचेकी थिएँ कि म दुखि र एक्ली अनुभव गर्नेछु | मैले धेरै खुशीको अनुभव गर्छु | तपाइँको विचारमा के त्यो उचित हो ?”

उनले आफ्नो श्रीमानलाई कति माया गर्थिन् र उनीहरू दुवैले कसरी प्रभुलाई चिन्न, प्रेम गर्न, र सेवा गर्न पुगेका थिए भन्ने जानेकाले, मैले उनलाई भनें कि उनका खुशीको अनुभूति ती वाचा गरिएका उपहार हुन् किनभने उनको आस्थावान् सेवा मार्फत उनलाई अझ पवित्र बनाइएको थियो | उनको त्यो पवित्रताले उनलाई त्यो खुशीको योग्य बनाएको थियो |

आज यो सुन्नेहरू मध्ये कसैले सोचिरहेका होलान कि: “आस्थावानहरूका निम्ति वाचा गरिएको त्यो शान्ति र खुशी मैले किन अनुभव गर्दिन? म ठूलो कठिनाईमा पनि आस्थावान भएकोछु, तर मैले किन खुशी पाउन सक्दिन?”

अगमवक्ता जोसेफ स्मिथले पनि यो परिक्षण भोग्नु परेको थियो | उहाँले राहतको निम्ति प्रार्थना गर्नुभएको थियो जब उहाँलाई मिसौरीको लिबर्टी जेलमा राखिएको थियो | उहाँ प्रभुमा आस्थावान हुनुभएको थियो | उहाँ पवित्रतामा वृद्धि हुनुभएको थियो| तैपनि उहाँले खुशी उहाँबाट लुकाइएको अनुभूति गर्नुभयो |

प्रभुले उहाँलाई धैर्यताको पाठ सिकाउनुभयो जुन हामी सबैलाई हाम्रो पार्थिव परिक्षामा, कहिलेकाँही र हुनसक्छ लामो अवधिकालागि पनि आवश्यक हुनेछ | प्रभुको आस्थावान र पिडित अगमवक्ताप्रति उहाँको संदेश यस्तो छ:

“अनि यदि तिमीलाई खाडलमा, अथवा हात्याराहरूको हातमा,फ्याकिए पनि र मृत्युदण्ड तिमीमाथि आए पनि; यदि तिमीलाई गहिराईमा फ्याकिए पनि; यदि बढ्दो छालले तिमीविरुद्ध षड्यन्त्र गरे पनि; अनि तिब्र वायु तिम्रो दुश्मन बने पनि; यदि आकाशमा अन्धकार छाएर सम्पूर्ण तत्वहरू मिलेर तिम्रा निम्ती बाटो रोक्न तगारो बने पनि, र अझ त्यो भन्दा बढी, यदि नरकको मुख नै तिमीलाई निल्न तिमीलाई लखेटे पनि, यो जान कि, मेरो पुत्र, यी सबै कुराहरूले तिमीलाई अनुभव दिनेछन्, र तिम्रा भलाईका निम्ति हुनेछन् |

“मानिसको पुत्र ती सबै भन्दा तल झरेका छन् | के तिमी उहाँ भन्दा ठूला हौ र ?

“त्यसकारण आफ्नो बाटोमा अडिग रहनु, र पादरित्व तिम्रा साथ रहनेछ; किनकि उनीहरूका सिमाना निर्धारित छ, तिनले त्यो नाघ्न सक्दैनन् | तिम्रा दिनहरू तोकिएका छन्, अनि तिम्रा वर्षहरू घट्ने छैनन्; त्यसकारण, मानिसले के गर्न सक्छ भनेर नडराऊ, किनकि परमेश्वर सदाकालागि तिम्रो साथ हुनुहुनेछ|”११

प्रभुले अय्युबलाई सिकाएको त्यहि पाठ थियो, जसले प्रयाश्चित्तबाट आफूँलाई अझ बढी पवित्र बनाउनका लागि ठूलो मोल चुकाए | हामीलाई दिइएको परिचयबाट हामीलाई थाहा छ कि अय्युब पवित्र थिए: “उज भन्ने देशमा अय्युब नाऊँ भएको एक जना मानिस बस्दथे; अनि तिनी सोझो र निर्दोष जीवन विताउँथे, अनि तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे |”१२

त्यसपछि अय्यूबले आफ्नो सम्पत्ति, परिवार, र आफ्नो स्वास्थ्य समेत गुमाए | तपाईंलाई याद होला कि अय्यूबले संका गरे की महान कष्टका साथ प्राप्त गरेको उनको त्यो महान पवित्रताले उनलाई खुशीको लागि योग्य बनाएन| अय्यूबलाई यस्तो लाग्यो कि पवित्रताले त उनलाई दुख ल्यायो |

तैपनि प्रभुले जोसेफलाई दिएको जस्तै पाठ अय्युबलाई दिनभयो | उहाँले अय्यूबलाई त्यो हृदयविदारक परिस्थितिलाई उनको आत्मिक नजरबाट देखाउनुभयो | उहाँले भन्नुभयो:

“तेरो कम्मर कसेर मर्द झैं खडा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे |

“मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तैंले बुझ्छस् भने मलाई बता |

“त्यसको नाप कसले ठहर्यायो, तैंले त जान्नुपर्ने ? वा कसले त्यसमा नापको डोरी टांग्यो ?

“जगहरुलाई कहाँ अड्याईएका छन् ? वा त्यसको जगको ढुंगा कसले बसाल्यो;

“जब बिहानीका ताराहरूले एक साथ गाए र स्वर्गदुतहरू खुशीले कराए |”१३

तब, अय्यूबले परेम्श्वरलाई अन्यायी भनेकोमा पश्चात्ताप गरेपछि, उनका परिक्षाहरूलाई अझ उच्च र पवित्र तरिकाले हेर्न अय्यूबलाई अनुमति दिइएको थियो | उनले पश्चात्ताप गरेका थिए |

“तब अय्यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए र भने,

“तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा छ, तपाईंका कुनै योजना विफल गर्न सकिदैन|

“ज्ञानैबिना मेरा सल्लाहहरूलाई कसले धमिलो बनाउँदै छ? तसर्थ मैले नजानेका विषयमा कुरा गरेको छु, मैले नजानेको, मलाई साह्रै अचम्मका कुराहरू |

“सुन, म तँसँग बोल्नेछु: म तँलाई प्रश्न गर्छु, र तैंले मलाई उत्तर दिनेछस् |

“मेरा कानहरूले तपाइँका बारेमा सुनेका मात्र थिए, तर अब त म तपाईंलाई आफ्नै आँखाले देख्दछु |

“यसैकारण म आफैंलाई तुच्छ ठान्छु, अनि धुलो र खरानीमा बसेर म पश्चात्ताप गर्छु |”१४

अय्यूबले पश्चात्ताप गरेर अझ बढी पवित्र बने, प्रभुले उनलाई उनले गुमाएका भन्दा पनि बढी दिनुभयो | तर शायद अय्यूबका निम्ति सबभन्दा ठूलो आशिष भनेको कठिनाई र पश्चात्ताप मार्फत पवित्रतामा वृद्धि आउनु थियो | उनका जीवनका बाँकी दिनहरूमा अझ महान खुशीका लागि उनी योग्य भए |

अझ महान खुशी माग्दैमा पाईदैन | परमेश्वरका निम्ति हामीलाई परिवर्तन गर्न आवश्यक गरेर त्यो पाइन्छ |

अध्यक्ष रसल एम. नेल्सनले हामीलाई करारको पथमा हुँदै अझ बढी खुशीतिर कसरी अगाडी बढ्ने भनी सम्बभत: सर्वोत्तम सल्लाह दिनुभएको छ| उहाँले बाटो देखाउनुभयो जब उहाँले आग्रह गर्नुभयो:

“दैनिक पश्चात्तापबाट आउने, प्रत्येक दिन अझ बढी असल गर्दा र असल बनेर पाउने दरिलो शक्तिको अनुभव गर्नुहोस् |

“जब हामीले पश्चात्ताप गर्न रोज्छौं, हामीले परिवर्तन गर्न रोज्छौं | हामीले मुक्तिदातालाई आफ्नो सर्वोत्कृष्ट रुपबाट रूपान्तरण गर्न अनुमति दिन्छौं | हामीले आत्मिकरुपमा बढ्न र उहाँमा उपलब्ध मुक्तिको आनन्द प्राप्त गर्न रोज्छौं| जब हामीले पश्चात्ताप रोज्छौं, हामीले अझ बढी येशू ख्रीष्ट जस्तो हुन रोज्छौं!”

अझ बढी पवित्र हुने हाम्रा प्रयासहरूमा हामीलाई सहास दिन अध्यक्ष नेल्सनले अरू थप्नुभयो: “अहिलेको यो समयमा प्रभुले हामीबाट सिद्धताको अपेक्षा गर्नुहुन्न.... तर उहाँले हामी बढ्दो पवित्र भएको अपेक्षा गर्नुहुन्छ | दैनिक पश्चात्ताप नै पवित्रताको बाटो हो |१५

अध्यक्ष डालीन एच. ओक्सले पनि, एउटा पहिलेको सम्मेलनका सम्भोधनमा, हामी कसरी पवित्रतामा बढ्छौं र हामीले कसरी थाहापाउन सक्छौं कि हामी अगाडी बढ्दैछौं भनी अझ स्पष्टसँग देख्न मलाई सहयोग गर्नुभयो | उहाँले भन्नुभयो, “हामीले कसरी आत्मिकता प्राप्त गर्न सक्छौं ? हामीले कसरी त्यो स्तरको पवित्रता प्राप्त गर्न सक्छौँ जसबाट हामीले पवित्र आत्माको निरन्तर साथ् पाउँछौं | हामीले संसारका कुराहरूलाई अनन्तको दृष्टिकोणमा हेर्न र मुल्यांकन गर्ने कसरी बन्न सक्छौं?”१६

अध्यक्ष ओक्सको उत्तरको सुरुवात हाम्रा मायालु मुक्तिदाताको रुपमा येशू ख्रीष्टमाथिको आस्थाको वृद्धिबाट हुन्छ | यसले हामीलाई प्रत्येक दिन क्षमा खोज्न र उहाँका आज्ञाहरूको पालना गरेर उहाँलाई सम्झन अगुवाई गर्छ | येशू ख्रीष्टमाथिको बढ्दो आस्था उहाँका वचनहरूमा हामीले गरेको दैनिक भोजबाट आउँछ |

“अझ बढी धार्मिकता दिनुहोस्” भन्ने भजनले अझ बढी पवित्र बन्न आवाश्यक सहयोगका निम्ति प्रार्थना गर्ने एउटा तरिकाको सल्लाह दिन्छ | लेखकले बुद्धिमानीपुर्वक सल्लाह दिन्छन् कि हामीले खोजेको पवित्रता मायालु परमेश्वरबाट हामीले यथासक्य सबै गरिसकेपछि समय लगाएर दिइएको उपहार हो | तपाइँहरूले ती अन्तिम पदलाई सम्झुनुहुन्छ:

थप पवित्रता दिनोस्,

थप हराउने शक्ति

पार्थिव-पाप बाट थप मुक्ति,

थप इच्छा घर फर्कने ।

राज्यका लागि थप योग्यता,

थप हजुरको कृपा

थप आशिषित र पवित्र-

थप, मुक्तिदाता, तपाईं झैँ १७

हामी जुनसुकै परिस्थितिमा भए पनि, घर फर्कने करारको पथमा जहाँ भए पनि, थप पवित्रताको निम्ति गरिएका तपाईंका प्रार्थनाहरू सुनिऊन्| मलाई थाहा छ कि जब हाम्रा बिन्तिहरू दिइन्छन्, हाम्रो खुशी बढ्नेछ | हुनसक्छ यो बिस्तारै आऊला, तर यो आउनेछ | मैले मायालु स्वर्गीय पिता र उहाँको प्रिय पुत्र येशू ख्रीष्टबाट यो आश्वासन पाएको छु|

म गवाही दिन्छु कि योसेफ स्मिथ परमेश्वरको अगमवक्ता हुनुहुन्थ्यो, कि अध्यक्ष रसल एम. नेल्सन आजको हाम्रो जीवित अगमवक्ता हुनुहुन्छ | परमेश्वर पिता जीवित हुनुहुन्छ र हामीलाई माया गर्नुहुन्छ | उहाँले हामीलाई उहाँकोमा परिवारको रुपमा घर आएको चाहानुहुन्छ | हाम्रो जीवित मुक्तिदाताले हाम्रो त्यहाँसम्मको यात्रामा उहाँको पछि लाग्न निमन्त्रणा गर्नुहुन्छ | उहाँहरूले बाटो तयार गर्नुभएको छ | येशू ख्रीष्टको पवित्र नाउँमा, आमिन |

प्रिन्ट गर्नुहोस्