२०१०–२०१९
थाहापाउने, मायागर्ने र वृद्धि गर्ने
अक्टोबर २०१९ साधारण सम्मेलन


थाहपाउने, मायागर्ने र वृद्धि गर्ने

हामी सबैले यो ठुलो सेवाको कार्यमा हाम्रो भूमिकाको बारेमा बुझ्नसकौं ताकि हामी येशू ख्रीष्ट जस्तै बन्न सकौं।

२०१६मा टेम्पल स्कुएरको टेबरनेकल क्वाएर नेदरल्याण्ड र बेल्जियम भ्रमणमा आए। र म त्यो उत्साहपूर्ण समारोहमा संलग्न भएको हुनाले, मैले उनीहरुको प्रदर्शनमा दुई पटक आनन्द लिने अवसर पाएँ।

छवि
घण्टा बजाउने व्यक्ति

उनीहरुले प्रदर्शन गरिरहेको बेला मैले सोचिरहेको थिएँ कि यति ठुलो क्वाएरलाई यताउता गर्ने यो कस्तो अद्भुत उपक्रम होला। मेरो ध्यान ठुलो घण्टा तिर गयो जुन जहाजबाट ल्याउन गाह्रो हुन्छ र महँगो पनि हुनसक्छ भायोलिन, तुरही अथवा अरु बाजाहरु भन्दा जुन तपाईंले सजिलैसँग काखीमा च्यापेर लान सक्नुहुन्छ। तर घण्टाको वास्तविक प्रयोग हेर्दा, मैले महसुस गरें कि त्यसलाई थोरै पटकमात्र हानियो होला, जबकी अरु साना बाजाहरु सङ्गीत गोष्ठीमा धेरै जसो प्रयोग भयो। मैले सोचें कि घण्टाको आवाज बिना प्रदर्शन उस्तै हुँदैनथियो होला त्यसैले यो ठुलो घण्टालाई महासागर पार गराउन मेहेनत गर्नुपर्यो।

छवि
सांगितिक दलसँग घण्टा बजाउने व्यक्ति

कहिलेकाहीं हामीलाई लाग्छ कि हामी त्यो ठुलो घण्टा जस्तै हौँ, जुन प्रदर्शनमा सानो भागको लागि मात्र काम लाग्ने। तर म भन्छु कि तपाईंको आवाजले सबै भिन्नता ल्याईरहेको छ।

हामीलाई सबै उपकरणहरुको आवश्यक छ। हामी मध्ये कोहिले सजिलै सिक्छौं र बिद्यालयमा एकदम राम्रो गर्छौँ, जबकी अरुहरुसँग कलाको खुबी छ। कसैले डिजाइन गर्छन् र कुराहरु निर्माण गर्छन् अथवा पोषण गर्छन्, सुरक्षा अथवा अरुलाई सिकाउँछन्। यो संसारमा रङ्ग र अर्थ ल्याउनकोलागि हामी सबैको आवश्यक छ।

ति जसले महसुस गर्छन् कि उनीहरुसँग योगदान दिनकोलागि केहि छैन अथवा विश्वास गर्छन् कि उनीहरु कसैकोलागि महत्वो र परिणामको छैन, तिनीहरुकालागि जसले महसुस गर्छन् कि तिनीहरु संसारको शिखरमा पुगेकाछन् र कोही जो बिचका छन्, म यो सन्देश सम्बोधन गर्न चाहन्छु।

तपाईं जीवनको जुनसुकै बाटोमा भएपनि, तपाईंहरु कोहिले यति धेरै बोझ महसुस गर्नुहुन्छ कि तपाईंले तपाईं आफैलाई त्यो बाटोमा भएको सोच्नुहुन्न। म तपाईंहरुलाई अन्धकारबाट बाहिर निस्किएर प्रकाशमा आउन आमन्त्रण गर्दछु। सुसमाचारको प्रकाशले न्यानोपन र चंगाई प्रदान गर्छ र तपाईं वास्तवमा को हुनुहुन्छ र तपाईंको जीवनको उद्देश्य के हो भनेर बुझ्न सहयोग गर्छ।

हामी मध्ये कोही निषेध गरिएको बाटोमा खुशी खोज्न भौतारिरहेका छौँ।

हामीलाई प्यारो स्वोर्गका पिताले येशू ख्रीष्टको अनुयायी बन्ने बाटोमा हिड्न र उहाँमा फर्कन आमन्त्रण गर्नुहुन्छ। उहाँले हामीलाई पूर्ण प्रेमले माया गर्नुहुन्छ।

बाटो के हो? एक अर्कालाई सेवा गरेर हामी को हौँ भनेर एक अर्कालाई बुझ्न सहयोग गर्ने बाटो हो।

मेरोलागि, सेवा गर्नु भनेको दिव्य प्रेम हो। यस्तो गर्नाले हामीले वातावरणको सृजना गर्छौं जहाँ दिने र लिने दुवैले पश्चाताप गर्ने चाहना राख्छ। अर्को शब्दमा भन्नुपर्दा, हामीले दिशा बदल्छौँ र नजिक आउँछौँ र हाम्रो मुक्तिदाता येशू ख्रीष्ट जस्तै बन्छौं।

जस्तैकी, हाम्रा श्रीमान श्रीमती अथवा बच्चाहरुहरुलाई निरन्तर रुपमा उनीहरुले कहाँ सुधार गर्नुपर्छ भनेर भनिरहनु पर्दैन; उनीहरुलाई त्यो पहिलेनै थाहा छ। यो मायाको वातावरणको सृजना गर्नाले हुन्छ कि उनीहरु आफ्नो जीवनमा चाहिने परिवर्तन ल्याउन र अझै राम्रो व्यक्ति बन्न सशक्त हुन्छन्।

यसरी पश्चाताप दैनिक रुपमा निखार्ने प्रकृया बन्छ, जसमा नराम्रो व्यहोराको लागि माफी माग्ने पनि समावेश हुन्छ। मलाई याद छ र अझै तेस्ता अवस्थाहरुको अनुभव गर्छु जहाँ म आक्नमा छिटो र सुन्नमा ढिला छु। र दिनको अन्तमा मेरो व्यक्तिगत प्रार्थनाको समयमा मैले पश्चाताप गर्ने र अझ राम्रो बन्ने स्वोर्गबाट प्रेमपूर्ण सल्लाहको महसुस गरें। पहिला मेरा आमा बुबा, भाइ र दिदीबहिनीहरुद्वारा र पछि मेरो श्रीमती, बच्चाहरु र साथै मेरा साथीहरुद्वारा सृजना गरिएको प्रेमपूर्ण वातावरणले मलाई अझै राम्रो व्यक्ति बन्नको लागि सहयोग गरेको छ।

हामी सबैलाई थाहा छ हामीले कहाँ अझ राम्रो गर्नसक्छौं भनेर। एकअर्कालाई बारम्बार सम्झना गराउन आवश्यक छैन, तर एकअर्कालाई माया गर्न र सेवा गर्न आवश्यक छ र यसो गर्नाले परिवर्तन गर्ने चाहनाको वातावरण प्रदान हुन्छ।

येही वातावरणमा हामीले हामी वास्तवमा को हौँ र येशू ख्रीष्टको आगमन अघि संसारको इतिहाँसको अन्तिम अद्ध्यायमा हाम्रो भूमिका के रहने छ भनेर सिक्दैछौँ।

यदि तपाईंहरु आफ्नो भूमिकाको बारेमा सोच्दै हुनुहुन्छ भने, म तपाईंहरुलाई एकान्त ठाउँ खोज्न र स्वोर्गका पीतालाई तपाईंको भूमिका के हो भनेर जानकारी दिनकोलागि अनुरोध गर्न आमन्त्रण गर्छु। यसको उत्तर बिस्तारै आउनेछ अनि अझ स्पष्टसँग आउँछ जब हामीले करार र सेवाको बाटोमा आफ्ना खुट्टाहरुलाई दरिलो पार्छौं।

हामी केहि उस्तै कठिनाईहरुको अनुभवहरु गर्दै छौँ जुन जोसेफ स्मिथले सामना गर्नुभएको थियो जब उहाँ शब्दहरुको युद्ध र विचारहरुको बखेडाको माझमा पर्नुभएकोथियो। जब हामी उहाँको आफ्नो विषयमा पढ्छौं, उहाँले प्रायजसो आफैंलाई भन्नुहुन्छ: “के गर्ने? यी बर्गहरु मध्ये कुन सहि हो; अथवा के तिनीहरु सबै गलत हुन्? यदि तिनीहरु मध्ये कोही सहि छन् भने, त्यो कुन हो, र मैले कसरी थाहापाउनु?”

याकूबको पत्रमा भेटिएको ज्ञानका साथ, जसमा उल्लेख गरिएको थियो कि “परमेश्वरसँग यदि तिमीहरुमध्ये कसैलाई बुद्धिको अभाव छ भने, परमेश्वरसँग तेस्ले मागोस् जसले उदारताका साथ सबै मानिसहरुलाई दिनुहुनेछ, र अपहेलना गर्नुहुनेछैन; र उसलाई त्यो दिइनेछ,” जोसेफले “पछि ‘परमेश्वरसँग सोध्ने’ संकल्प गर्नुभयो।”

हामी अगाडि पढ्छौं कि “[उहाँको] जीवनमा एस्तो प्रयास [उहाँले] पहिलो पटक गर्नुभयको हो, [उहाँको] चिन्ताहरुको बिचमा अहिलेसम्म कहिलेपनि [उहाँले] आवाज निकालेर प्रार्थना गर्नुभएको थिएन।”

र यस्तै हाम्रोलागि पनि हाम्रो शृष्टिकर्तालाई पहिला कहिलेपनि नगरेको किसिमको पहिलो सम्बोधन हुन सक्छ।

जोसेफको प्रयासका कारण, स्वोर्गका पिता र उहाँका पुत्र, येशू ख्रीष्ट, उहाँ सामु प्रकट हुनुभयो, उहाँलाई उहाँको नामबाट बोलाउँदै, र नतिजाको रुपमा हामीसँग हामी को हौँ र हाम्रो वास्तवमा महत्व छ भन्ने कुराको स्पष्ट बुझाई रहेको छ।

हामी अगाडि पद्छौँ कि उहाँको कलिलो किशोर अवस्थामा, जोसेफ “ति मानिसहरुबाट सताईन्थ्यो जो [उहाँको] साथी हुन सक्थे र [जसले] [उहाँलाई] दयालु व्यवहार गर्नुपर्थ्यो।” र त्यसकारण येशू ख्रीष्टको अनुयायीको जीवन जीईरहँदा हामीले विरोध को अपेक्षा राख्न सक्छौं।

यदि तपाईं हालै सोच्नुहुन्छ कि तपाईं वाध्यमण्डलको भाग बन्न पाउनुभएन र तपाईंलाई प्रायश्चित्तको बाटो कठिन लाग्छ भने, कृपया थाहापाउनुहोस् कि यदि हामीले यसलाई राख्यौं भने हाम्रो बोझ हाम्रो काँधबाट हटाईनेछ र त्यहाँ फेरी प्रकाश आउने छ। स्वोर्गका पिताले हामीलाई कहिलेपनि छोड्नुहुन्न जब हामी उहाँमा पुग्छौं। हामी लडेर उठ्न सक्छौं र उहाँले हामीलाई हाम्रो घुँडाको धुलोलाई हटाउन सहयोग गर्नुहुन्छ।

हामी मध्ये कोही घाइते हुनसक्छौं, तर परमप्रभुको प्राथमिक उपचारको सामानमा हाम्रा घाउहरु छोप्नकोलागि पुग्ने जति पट्टिहरु छन्।

त्यसैले यो त्यो माया हो, त्यो निस्वार्थ माया जसलाई हामी करुणा अथवा ख्रीष्टको शुद्ध माया भन्छौं, जुन हाम्रो घरमा आवश्यक छ जहाँ आमा बुबाले छोराछोरी र छोराछोरीले आमा बुबाको सेवा गर्छ। त्यहि मायाबाट, हृदयहरु परिवर्तन हुन्छन् र उहाँको इच्छा अनुसार गर्ने चाहनाको जन्म हुन्छ।

यो त्यो माया हो जुन स्वोर्गका पिताको छोराछोरीहरु भएको कारणले हाम्रो एकअर्कासँगको कारोबारकोलागि र उहाँको चर्चका सदस्यहरु भएको कारणले आवश्यक छ जसले हाम्रो वाध्यमण्डलमा सबै बाजाहरु समावेश गर्न सक्षम बनाउँछ ताकि हामी स्वोर्गको दैविक गायक दलमा गौरवका साथ प्रदर्शन गर्न सक्नेछौं जब मुक्तिदाता पून: आउनुहुनेछ।

यो त्यो माया हो, जुन चम्किन र हाम्रो दैनिक जीवनमा हाम्रो वोरिपरी उज्यालो बनाउन आवश्यक छ। मानिसहरुले प्रकाश देख्नेछन् र त्यसमा आकर्षित हुनेछन्। त्यो सुसमाचार कार्यको तरिका हो जसले अरुलाई आकर्षित गर्छ “आउन र हेर्न, आउन र सहयोग गर्न र आउन र बस्न। कृपया, जब तपाईंले यो महान कार्य र यसमा हाम्रो भूमिकाको गवाही प्राप्त गर्नुहुन्छ, हामी हाम्रो प्यारो अगम्बक्ता जोसेफ स्मिथसँग रमाऔं, जसले घोषणा गर्नुभयो, “किनकी मैले दर्शन प्राप्त गरेको थिएँ; मलाई थाहा थियो र मलाई थाहा थियो कि परमेश्वरलाई थाहा थियो र मैले नकार्न सकिन।१०

म तपाईंहरुलाई गवाही दिन्छु कि मलाई थाहा छ म को हुँ र मलाई थाहा छ तपाईंहरु को हुनुहुन्छ। हामी सबै स्वोर्गका पीताका सन्तान हौँ जसले हामीलाई माया गर्नुहुन्छ। र उहाँले हामीलाई असफल हुनकोलागि हैन तर गौरवका साथ उहाँमा फर्कनकोलागि पठाउनुभएको हो। कि हामीले यो महान सेवाको कार्यमा आफ्नो भूमिका बुझ्न सकौं ताकि हामी उहाँ जस्तै बन्न सकौं जब उहाँ फेरी आउनुहुन्छ यो मेर प्रार्थना येशू ख्रीष्टको नाममा आमिन।

प्रिन्ट गर्नुहोस्