२०१०–२०१९
आफ्नो क्रुस बोकौँ
अक्टोबर २०१९ साधारण सम्मेलन


आफ्नो क्रुस बोकौँ

तपाइँहरूले आफ्नो क्रुसहरु बोक्नु र मुक्तिदाताको पछि लाग्नु भनेको आस्थाका साथ् प्रभुको पथमा निरन्तर लाग्नु र सांसारिक बानीहरूमा लिप्त नहुनू हो |

प्रिय दाजुभाई तथा दिदीबहिनीहरु, विगतका दुई दिनमा हामीले हाम्रा अगुवाहरूबाट सुन्दर शिक्षा पाएका छौं । म गवाही दिन्छु कि यदी हामीले यी प्रेरित र समय अनुकुलका शिक्षालाई आफ्नो जीवनमा अपनाउने प्रयास गर्यौं भने, प्रभुले आफ्नो अनुग्रह मार्फत हामी प्रत्येकलाई आफ्नो क्रुस बोक्न सहयोग गर्नुहुनेछ र हाम्रो बोझ हलुका बनाउनुहुनेछ |

सिसारिया फिलिप्पीमा हुँदा मुक्तिदाताले आफ्ना चेलाहरू सामु प्रकट गर्नुभयो कि यरुशलेममा उहाँले धर्मगुरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्नेछ | उहाँले विशेष गरी उहाँको मृत्यु र महिमित पुनरुत्थानका बारेमा सिकाउनुभयो | त्यो समयमा उहाँका चेलाहरू उहाँको पृथ्वीको दैवी मिसनलाई पूर्णरुपमा बुझेनन् | पत्रुसले मुक्त्दाताले यो भनेको सुनेपछि उहाँलाई एकातिर लगे र यसो भन्दै हप्काउन लागे, “परमेश्वरले यसो नगरून्, प्रभु; तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन |”

आफ्ना चेलाहरूलाई उहाँको कार्य प्रतिको भक्तिको अर्थ पूर्ण अर्पण र कष्ट भोग्नु हो भन्ने बुझ्न सहयोग गर्न उहाँले जोड दिंदै यो घोषणा गर्नुभयो:

“कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस् ।

“किनकि जसले आफ्नो प्राण बचाउन चाहान्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो जीवन मेरा निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ |

“सारा जगत प्राप्त गरेर पनि आफ्नो आत्मा गुमायो भने मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो आत्माको सट्टामा के दिन सक्छ ?

यो घोषणा मार्फत मुक्तिदाताले यो जोड दिनुहुन्छ कि उहाँलाई पछ्याउन चाहाने सबैले आफैलाई इन्कार गर्नुपर्दछ र उहाँ आफैले गरे जस्तै आवश्यक परे आफ्नो जीवनको समेत बलिदान दिंदै, पिताको इच्छामा पूर्ण रुपमा समर्पित भई आफ्नो भोक, तृष्णा, र भावनाहरूलाई नियन्त्रण गर्नुपर्दछ । वास्तवमा, यो नै जीवात्माको मुक्तिको लागि तिर्नुपर्ने मूल्य हो | आफ्ना चेलाहरूलाई प्रभुको कार्यप्रतिको त्यग र भक्तिको सच्चा अर्थ के हो भन्ने बुझाउन सहयोग गर्न येशूले उदेश्यसहित र उदाहारणका साथ क्रुसलाई उपमाका रुपमा प्रयोग गर्नुभएको हो | रोमी साम्राज्यका बासिन्दाहरू र उहाँका चेलाहरू बीच क्रुसको प्रतिकको राम्रो ज्ञान थियो किनभने रोमीहरुले क्रुसमा टाँगीन जनेहरूलाई आफ्नो क्रुस अथवा क्रुसको काठ उनीहरूलाई सार्वजनिक रुपमा क्रुसमा टाँगीने स्थान सम्म जबर्जस्ति बोक्न लगाउथे |

मुक्तिदाताको पुनारुत्थान पछि मात्र उहाँका बारेमा लेखिएका सबै कुराहरु र त्यसपछि उनीहरूले गर्नुपर्ने कुराहरू बुझ्नेगरि चेलाहरुको मन खुल्यो ।

त्यही तरिकाले, हामी सबै, दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रा क्रुसहरु आफै बोक्ने र उहाँलाई पछ्याउने कुराको सान्धर्भिक्ता पूर्णरुपमा बुझ्न हामीले हाम्रा मस्तिष्क र हृदयहरु खोल्नुपर्छ । हामी धर्मशास्त्र मार्फत सिक्न सक्छौं कि तिनीहरू जसले क्रुस बोकेर हिड्न चाहन्छन, उनीहरूले यसरि येशू ख्रीष्टलाई माया गर्छन कि उनीहरुले सबै नास्तिकता र सांसारिक लोभलाई अस्विकार गर्छन् र उहाँका आज्ञाहरू पालना गर्छन् |

परमेश्वरको इच्छा विपरितका सबै त्याग्ने, र हामीबाट मागिएको सबै वलिदान दिने र उहाँको शिक्षाको अनुसरण गर्ने हाम्रो दृढ संकल्पले येशू ख्रीष्टको सुसमाचारको बाटोमा रहन हामीलाई सहायोग गर्छ—चाहे त्यो कष्टको, हाम्रो जिवात्माको कमजोरीको, या उहाँको शिक्षाको विरोध गर्ने सांसारिक दर्शन र सामाजिक चापको अगाडीनै किन नहोस् |

उदाहरणका निम्ति, अनन्त साथि फेला नपार्नुहुने र एक्लो र निराशाको अनुभव गरिरहनुहुनेहरु, अथवा सम्बन्ध विच्छेद भएर त्यागिइएको र विर्सिइएको अनुभव गर्नुहुनेहरु, म तपाईंहरूलाई आश्वासन दिन्छु कि मुक्तिदाताले तपाईंहरूलाई आफ्नो क्रुस लिन र उहाँको अनुसरण गर्न गरेको निमन्त्रणाको अर्थ आस्थाका साथ प्रभुको मार्गमा लाग्नु, गरीमाको नमुनालाई जारि राख्नु, र परमेश्वरको प्रेम र दयामा हाम्रो आशालाई खोस्ने सांसारिक बानीहरूमा लिप्त नहुनु हो |

समलैंगिक आकर्षणको अनुभव गरेर हतोत्साह र निराशाको अनुभव गरिरहेकाहरूलाई पनि सोहि सिद्धान्त लागू हुन्छ | शायत यहि कारण तपाईंहरूमध्ये केहिलाई येशू ख्रीष्टको सुसमाचारमा अब तपाईंहरुको लागि होइन भन्ने लागेको होला | त्यसो हो भने, म घोषणा गर्छुकी परमेश्वर पितामा र उहाँको खुशीको योजनामा, येशू ख्रीष्ट र उहाँको प्रयाश्चित्तको बलिदानमा, र उहाँहरूको आज्ञाहरू जिउनमा सदैव आशा छ | यदि हामीले आज्ञाहरू पालना गर्नमा दृढ र अडिग भयौं १० र असल कार्यमामा सदैव संलग्न भयौं भने उहाँको पूर्ण ज्ञान, शक्ति, न्याय, र दयामा, प्रभुले हामीलाई चङ्गाई गर्न सक्नुहुनेछ, ताकी हामीलाई उहाँको उपस्थितिमा ल्याइन सकिनेछ, र हामीले अन्त्यहीन मुक्ति प्राप्त गर्न सक्नेछौं| ११

तिनीहरू जसले गम्भीर पाप गरेका छन्, उनीहरुले उहाँको यो निमन्त्रणा स्वीकार गर्नु भनेको, अन्य कुराहरू बाहेक, परमेश्वरसामु आफैंलाई विनम्र बनाउनु, उपयुक्त चर्च अगुवाहरूसंग सल्लाह लिनु, र आफ्ना पापलाई पश्चताप गर्नु र त्याग्नु हो | यो प्रक्रियाद्वारा लागु पदार्थको, मदिराको, ओपियोड्सको, र अश्लील साहित्य जस्ता निर्बल बनाउने दुर्व्यसनको विरुद्ध संघर्ष गरिरहेकाहरूलाई पनि सहयोग मिल्छ | यी कदमहरूले तपाईंलाई मुक्तिदाताको नजिक ल्याउँछ,जसले तपाईंहरूलाई अन्तत: दोष दुख, र आत्मिक र पार्थिव दासत्वबाट स्वतन्त्र गराउन सक्नुहुन्छ | यसको अतिरिक्त, तपाईंहरुले आफ्ना परिवार, मित्रहरु, र सक्षम चिकित्सक र सल्लाहकारहरूको सहयोग लिन पनि प्रयास गर्न सक्नुहुन्छ |

लागातारको असफलता पछि प्रयास गर्न नछोड्नुहोस र कृपया आफूँलाई पापको परित्याग गर्न र दुर्व्यसनमाथि विजय गर्न असक्षम नठान्नुहोस् | तपाईंले आफ्ना प्रयासलाई त्यागेर आफ्ना कमजोरी र पापमा रहिरहन मिल्दैन | प्रभुले सिकाए जस्तै आफ्नो भित्री भाडो सफा गर्ने चाहनालाई प्रकट गर्दै सदैव यथासक्य प्रयास गर्नुहोस् | १२ कहिलेकाँही निश्चित समस्याको समाधान महिनौं पछिको निरन्तर प्रयास पछि मात्र आउँछ | मोर्मोनको पुस्तकमा पाइने वाचा “अनुग्रहद्वारा हामीलाई बचाइन्छ, हामीले गर्न सक्ने गरेपछि।”१३ यी अवस्थाहरुमा लागु हुन्छ | कृपया सम्झनुहोस कि मुक्तिदाताको अनुग्रहको उपहार हामीले गर्न सक्ने गरे “पछि” मात्र मा सीमित हैन | हामीले आफ्ना प्रयासहरू गर्नु पहिले, गरिरहेको समयमा र गरेपछि पनि उहाँको अनुग्रह प्राप्त गर्न सक्छौं |१४

म गवाही दिन्छु कि जब हामीहरूले निरन्तर रुपमा हाम्रा समस्याहरूसंग संघर्ष गर्ने प्रयास गर्छौं, परमेश्वरले हामीलाई चंगाई हुने आस्था र आश्चर्यकर्मको उपहारकाले आशिष दिनुहुनेछ | १५ उहाँले हाम्रा निम्ति हामीले गर्न नसक्ने गरिदिनुहुन्छ |

यस बाहेक, तपाईंहरु जसले दु:ख , रीस, अपमान, अथवा आफूले भोग्नु नपर्ने दु:खको बन्धनको अनुभव गर्नुहुन्छ भने, आफ्नो क्रस बोक्नु र मुक्तिदाताको अनुसरण गर्नु भनेको ती सबै भावनाहरूलाई परित्याग गर्ने प्रयास गर्नु र प्रभुमा फर्कनु हो ताकि उहाँले हामीलाई यो मानसिक अवस्थाबाट स्वतन्त्र गराउन र हामीलाई सान्ति प्राप्त गर्न सहयोग गर्नुहुन्छ | दुर्भाग्यवस, यदि हामीले ती नकारात्मक भावना र अनुभवहरूलाई समातीरह्यौं भने हामीले आफ्नो जीवनमा प्रभुको आत्माको प्रभावभन्दा बाहिर रहेको पाउन सक्छौं | हामीले अरूका निम्ति पश्चात्ताप गर्न सक्दैनौं, तर हामीलाई चोट पुर्याउनेहरु बाट बन्धक बन्न अस्विकार गरेर उनीहरूलाई क्षमा दिन सक्छौं |१६

धर्मशास्त्रले सिकाउँछ कि हाम्रो कडा हृदयलाई नयाँ हृदयमा बदल्न मुक्तिदातालाई सहयोग गर्न निमन्त्रणा गरेर यो अवस्थाबाट निकाश सम्भव छ |१७ सो हुनका लागि, हामी हाम्रा कमजोरीहरू सहित, प्रभुको अगाडी आउन १८ र उहाँको सहयोग र क्षमाको याचना गर्न आवश्यक छ, १९ विशेष गरी त्यो पवित्र समयमामा जब हामी प्रत्येक आइतबार प्रभुभोज लिन्छौं | हामी उहाँको सहयोग खोजौं, र हामीलाई चोट दिनेहरूलाई क्षमा दिएर एक महत्वपूर्ण र कठिन कदम लिऊँ ताकि हाम्रा चोटहरू निको हुन थालुन । म तपाइँहरूलाई वाचा गर्छु कि त्यसो गरेमा तपाईंका रातहरू प्रभुमा भएको सान्तिद्वारा आउने राहतले भरिनेछन् |

१९३९ मा लिबर्टी जेलमा हुँदा, अगमवक्ता योसेफ स्मिथले चर्चका सदस्यहरुलाई अगमवाणीहरु सहित एक पत्र लेख्नुभयो जुन यी सबै परिस्थितिहरु र अवस्थाहरुमा अति उपयोगी छन् | उहाँले लेख्नुभयो, “येशू ख्रीष्टको सुसमाचार बाहादुरीका साथ् जिउनेहरू माथि सबै सिंहासनहरू र रजौटाहरू, प्रान्तहरू, र शक्तिहरू प्रकट गरिनेछ र प्रदान गरिनेछ | २० त्यसकारण, मेरा प्रिय दाजुभाई तथा दिदीबहिनीहरु, तिनीहरू जसले उहाँका वाचाहरूमा भरोसा गर्दै अन्त्य सम्म सहेर मुक्तिदाताको नाम आफूँमा लिनुभएकोछ, उनीहरूलाई बचाइनेछ २१र उनीहरू अन्त्यहिन खुसियालीको अवस्थामा परमेश्वरसँग रहनेछन् |२२

हामी सबैले जीवनमा प्रतिकूल परिस्थितिहरू भोग्नुपर्नेछ जसले हामीलाई दु:खी, निराश, असाहय, र कहिलकाँही कम्जोर समेत अनुभव गराउछ | यी मध्ये केहि अनुभवहरूले हामीलाई प्रभुसँग यस्ता प्रश्न गर्न डोर्याउन सक्छौँ: “मैले किन यी परस्थिति भोग्नु परेको हो?” अथवा “मेरा आशाहरू किन पूरा नभएका हुन्? आखिरमा, मैले आफ्नो क्रुस बोकेर र मुक्तिदाताको पछि हिड्न आफ्नो सक्तिले भ्याएको सबै गरिरहेकोछु !”

मेरा प्रिय मित्रहरू, हामीले सम्झनु पर्छ कि आफैंमा क्रुस लिनु भनेको विनम्र हुँदै परमेश्वरमा र उहाँका अनन्त ज्ञानमा भरोसा गर्नु पनि हो | हामीले स्विकार्नु पर्छ कि उहाँलाई हामी प्रत्येकका बारेमा र हाम्रा आवश्यकताका बारेमा ज्ञान छ | यो पनि स्वीकार्न आवश्यक छ कि प्रभुको समयतालिका हाम्रो भन्दा फरक छ | कहिलेकाँही हामी आशिष खोज्छौं र त्यो पुरा गर्न प्रभुलाई समयको म्याद दिन्छौं । आफ्ना चाहनाको उत्तरको लागि प्रभुसामु म्याद तोकेर हाम्रो उहाँप्रतिको निष्ठामा सर्त राख्न मिल्दैन | जब हामीले त्यसो गर्छौं, हामी प्राचिन समयका नफीहरू जस्तै हुन्छौं जसले उनीहरुका दाजुभाई तथा दिदीबहिनीहरु बिचमा भ्रम फैल्याउंदै लमानी सामुएलले बोलेका वचनहरू पूरा हुने समय बितिसक्यो भनी खिल्ली उडाएका थिए |२३ स्थिर भई उहाँ परमेश्वर हुनुहुन्छ, कि उहाँलाई सबै थाहा छ र हामी प्रत्येकका बारेमा सचेत हुनुहुन्छ भन्ने ज्ञान हुने गरी प्रभुमा भरोसा गर्न आवश्यक छ|२४

छवि
एल्डर सोरेसले बहिनी कलामास्सीलाई सेवा गर्दै

मैले हालसालै एक अति दुर्बल बनाउने रोगबाट पिडित फ्रान्का कलामास्सी नाम गरेकी एक विधवा बहिनीको सेवा गर्ने अवसर पाएको थिएँ | बहिनी कलामास्सी आफ्नो परिवारबाट येशू ख्रीष्टको पुनर्स्थापित चर्चको पहिलो सदस्य हुनुहुन्थ्यो | उहाँको श्रीमानले कहिल्यै पनि बप्तिस्मा नलिए पनि सुसमाचार प्रचारकहरुसँग भेट्न सहमत भए र प्राय चर्च भेलाहरुमा सहभागी हुन्थे | यी प्रतिकुल परिस्थितिका बाबजुद बहिनी कलामास्सी आस्थावान रहीरहनुभयो र आफ्ना चार सन्तानलाई येशू ख्रीष्टको सुसमाचारमा हुर्काउनुभयो | उहाँको श्रीमानको मृत्युको एक वर्ष पछि सिस्टर कलामास्सी र उहाँका चार सन्तान एकसाथ् मन्दिर सम्म यात्रा गर्नुभयो र परिवारका रुपमा एकसाथ् बाँधिनुका साथै मन्दिरका पवित्र विधिहरूमा सहभागी हुनुभयो | ती विधिहरूसंग सम्बन्धित वाचाहरूले उहाँमा धेरै आशा, आनन्द र खुसियाली ल्यायो जसले उहाँलाई जीवनमा अगाडी बढ्न सहयोग गर्यो |

छवि
कलामास्सी परिवार मन्दिरमा

जब रोगका पहिला लक्षणहरू देखापर्न थाले, उहाँका विशपले उहाँलाई आशिष दिनुभयो | त्यो समयमा चंगाई हुने आस्था साथै आफ्नो रोगलाई अन्त्य सम्म सहने आस्था व्यक्त गर्दै उहाँले विशपलाई भन्नुभयो कि आशिषको नतिजा जे भए पनि प्रभुको इच्छा स्वीकार्न तयार हुनुहुन्छ |

मेरो भ्रमणको समयमा, सिस्टर कलामास्सीको हात समाउँदै उहाँको आँखामा हेर्दा, उहाँको मुहारबाट स्वर्गदुतको जस्तो ज्योति उत्पन्न भएको देखें जसले परमेश्वरको योजनाप्रतिको उहाँको विश्वास र पिताको प्रेम र उहाँका लागि योजनामा भएको आशाको पूर्ण चमकको प्रतिविम्वित गर्दै थियो २५ आफूँले गर्नु परेको संघर्षको बाबजुद आफ्नो क्रुस लिएर आस्थामा अन्त्यसम्म रहने उहाँको दृढ संकल्प मैले अनुभव गरें | यी सिस्टरको जीवन ख्रीष्टको गवाही, उहाँ प्रतिको उनको आस्थाको र भक्तिको वयान हो |

दाजुभाई र दिदीबहिनीहरू, म तपाईहरूसामु गवाही दिन्छु कि क्रुस बोकेर मुक्तिदाताको पछि लाग्नका लागि २६धैर्यताका साथ जीवनका परिस्थितिलाई सामना गर्दै, प्राकृतिक मानिसका तृष्णाहरूलाई अस्विकार र तिरस्कार गर्दै, प्रभुको प्रतीक्षा गर्दै उहाँको उदाहरणको अनुकरण गर्न र उहाँ जस्तै बन्न प्रयास गर्न आवश्यक छ | भजन संग्रहमा लेखियो:

“परमप्रभुको प्रतीक्षा गर: बलिया होऊ र तिम्रो हृदय साहासिलो होस्, र परमप्रभुको प्रतीक्षा गर |२७

“उहाँनै हाम्रो सहायता र ढाल हुनुहुन्छ |”२८

म गवाही दिन्छु कि हाम्रो गुरुका कदमहरू पछ्याउँदै र हाम्रो जीवनको परम चंगाईकर्तामा प्रतीक्षा गर्दा हाम्रा आत्मालाई विश्राम मिल्छ र हाम्रा बोझहरू सजिला र हलुका हुनेछन् | २९ म यी कुराहरूको गवाही येशू ख्रिष्टको पवित्र नाममा दिन्छु, आमिन ।

प्रिन्ट गर्नुहोस्