२०१०–२०१९
विसर्जनका मन्तव्य
अक्टोबर २०१९ साधारण सम्मेलन


विसर्जनका मन्तव्य

व्यक्तिगत योग्यताकोलागि मस्तिष्क र हृदयको पूर्ण परिवर्तनको आवश्यक छ परमप्रभु जस्तो बन्नकोलागि।

मेरा प्यारा दाजुभाई दिदीबहिनिहरू, यो ऐतिहासिक सम्मेलनको निष्कर्षमा हामी प्रभुलाई प्रेरणादायी संदेश र अति असल संगीतका लागि धन्यबाद दिन्छौं| हामीले साँचै नै आत्मिक भोजको आनन्द लियौं|

हामीलाई थाहा छ येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारले मानिसहरुमा आशा र खुशी ल्याउँनेछ जसले उहाँको सिद्धान्तलाई सुन्ने र ध्यान दिने गर्छ| हामीलाई यो पनि थाहा छ कि प्रत्येक घर साँचो रुपमा आस्थाको आश्रम बन्न सक्छ, जहाँ सान्ति, प्रेम, र प्रभुको आत्मा बस्न सक्छ|

बास्तवमा, पुनर्स्थापनाको मुकुटनै पवित्र मन्दीर हो। त्यहाँका पवित्र विधिहरू र करारहरू मुक्तिदातालाई दोस्रो आगमनमा स्वागत गर्न तयार रहेका जनहरूको तयारीको निम्ति मुख्य छन्। अहिले सम्म हामी संग १६६ अर्पित मन्दिर छन्, र थप आउंदैछन्|

प्रत्येक नयाँ र पुनर्निमित मन्दिरहरूको अर्पण गर्नु भन्दा पहिले सबैका निम्ति ढोका खोलिनेछ| हाम्रा आस्थाका भन्दा बाहिरका मित्रहरूले ती मन्दिरहरूको भ्रमणमा सहभागी बन्ने छन् र मन्दिरका आशिषहरुका बारेमा केहि सिक्नेछन्| र ति आगन्तुकहरु मध्ये केहीको हृदय थप जानकारी प्राप्त गर्नेकोलागि छोइनेछ। मन्दिरका आशिषका लागि कसरि योग्य बन्न सकिन्छ भनी केहिले हृदय देखि नै जान्न चाहने छन्।

चर्चको सदस्यहरुका रुपमा उनीहरूका प्रश्नहरूको उत्तर दिन हामी तयार हुन आवश्यक छ| हामीले व्याख्या गर्न सक्छौं कि मन्दिरका आशिषहरू कोहीपनि र तयार हुने सबै मानिसहरु निम्ति उपलब्ध छ। तर अर्पित गरिएको मन्दिरमा प्रवेश गर्न सक्नुभंदा अघि, उनीहरू योग्य बन्नु पर्छ। परमप्रभु आफ्ना सन्तानहरू सवैले मन्दिरमा उपलब्ध अनन्त आशिषहरूको ग्रहण गरेको चाहानुहुन्छ| उहाँको पवित्र भवनमा प्रवेश गर्न योग्य बन्न प्रत्येक व्याक्तिले के गर्नुपर्छ भनेर उहाँले निर्देशन दिनुभएको छ|

हम्रोलागी त्यस्तो सिकाउने अवसरको सुरुवात गर्ने असल तरिका मन्दिरको बाहिर लेखिएको: “परमप्रभुमा पवित्रता; परमप्रभुको भवन” भन्ने शब्द तिर ध्यान आकर्षण गरेर हो। अध्यक्ष हेनरी बी. आइरिंगको आजको संदेशले र अन्य धेरैले हामीलाई अझ बढी पवित्र हुन प्रेरणा दिएका छन। प्रत्येक मन्दिर पवित्र स्थान हो; प्रत्येक मन्दिरका आगन्तुकले थप पवित्र बन्न प्रयास गर्छ।

मन्दिरमा प्रवेश गर्नकोलागि सबै आवश्यकताहरू व्यक्तिगत पवित्रतासंग सम्बन्धित छन्| त्यो तयारीको मुल्यांकन गर्न, मन्दिरका आशिषहरूको प्राप्त गर्न चाहाने प्रत्येक व्यक्तिले दुई अन्तर्वार्ता दिनुपर्नेछ: पहिलो विशप, विशपका सल्लाहकार अथवा शाखा अध्यक्षसँग; र दोस्रो, स्टेक अथवा मिसन अध्यक्ष अथवा उनीहरूका सल्लाहाकारहरू सँग। ती अन्तर्वार्ताहरुमा, धेरै प्रश्नहरू सोधिनेछ।

स्पष्टिकरणकालागि ती प्रश्नहरू मध्ये केहीलाई हालसालै सम्पादित गरिएको छ| तपाइँहरूका निम्ति म अब तिनको समिक्षा गर्न चाहान्छु:

  1. के तपाईंसँग अनन्त पिता परमेश्वर, उहाँका पुत्र, येशू ख्रीष्ट; र पवित्र आत्माको विश्वास र गवाही छ?

  2. के तपाईंसँग ख्रीष्टको प्रायश्चित्त र मुक्तिदाता र उद्धारकर्ताका रुपमा उहाँको भूमिकाको गवाही छ?

  3. के तपाईंसँग येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनाको गवाही छ?

  4. के तपाईं पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चक अध्यक्षलाई अगमवक्ता, द्रष्टा, र प्रकाशक अनि पृथ्वीमा पदारित्वका सबै साँचाहरू प्राप्त गर्न र अभ्यास गर्न अधिकार प्राप्त एक मात्र व्यक्तिका रुपमा समर्थन गर्नुहुन्छ?

    के तपाईं प्रथम अध्यक्षताका सदस्यहरू र बाह्र प्रेरितहरूको गणलाई अगमवक्ता, द्रष्टा र प्रकाशकहरूका रुपमा समर्थन गर्नुहुन्छ?

    के तपाईं चर्चका अन्य सामान्य अधिकारीहरू र स्थानीय अधिकारीहरूलाई समर्थन गर्नुहुन्छ?

  5. परमप्रभुले भन्नुभएको छ कि सबै चीजहरू उहाँ समक्ष “स्वच्छतामा” गर्नुपर्नेछ (सिद्धान्त र करार ४२:४१)।

    के तपाईं आफ्नो विचार र व्यवहारमा नैतिक स्वच्छताका लागि सक्दो प्रयास गर्नुहुन्छ?

    के तपाईं पवित्रताको नियम पालना गर्नुहुन्छ?

  6. के तपाईं आफ्नो परिवारका सदस्यहरू र अरूहरूसँग तपाईंका व्यक्तिगत र सार्वजनिक व्यवहारमा येशू ख्रीष्टको चर्चको शिक्षा अनुसरण गर्नुहुन्छ?

  7. के तपाईं पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सिकाइ विपरितका कुनै शिक्षा, अभ्यास, वा सिद्धान्तलाई समर्थन गर्नुहुन्छ वा प्रोत्साहन गर्नुहुन्छ?

  8. के तपाईं आफ्ना वैठकहरूमा सहभागी भएर; योग्य रुपमा प्रभूभोज लिन तयार भएर अनि सुसमाचारका नियम र आज्ञाहरू अनुरुप तपाईंको जीवन जिएर घर र चर्च दुबैमा शबाथको दिनलाई पवित्र राख्न सक्दो प्रयास गर्नुहुन्छ?

  9. के तपाईं आफूले गर्ने सबै कुरामा इमानदार हुन सक्दो प्रयास गर्नुहुन्छ?

  10. के तपाईं पूर्ण दशाम्श तिर्नुहुन्छ?

  11. के तपाईंले ज्ञानका कुरा बुझ्नुहुन्छ र पालना गर्नुहुन्छ?

  12. के तपाईंसँग पूर्व पतिपत्नी वा केटाकेटीहरूको आर्थिक वा अन्य दायित्वहरू छन्?

    यदि छन् भने, के तपाईं हालसम्म पनि ती दायित्वहरूलाई पूरा गरिरहनु भएको छ?

  13. के तपाईं अभिदानमा उल्लेख गरिए जसरी मन्दिरका वस्त्र पहिरिने सहित मन्दिरमा आफुले गरेका करारहरू पालना गर्नुहुन्छ ?

  14. के तपाईंको जीवनमा गम्भीर पापहरू भएका छन् जसलाई तपाईंको पश्चातापको अंशका रुपमा पादरित्व अधिकारीहरूसँग समाधान गर्न आवश्यक छ?

  15. के तपाईं आफु स्वयम्लाई परमप्रभुको घरमा प्रवेश गर्न र मन्दिरका विधिहरूमा सभागी हुन योग्य सम्झिनुहुन्छ?

भोली यी परिमार्जित मन्दिर योग्यताका प्रश्नहरू संसार भरिका चर्चका अगुवाहरूलाई वितरण गरिनेछ|

ती प्रश्नहरूको उत्तर इमान्दारीपूर्वक दिनु संगसंगै, यो बुझिएको छ कि मन्दिरमा प्रवेश गर्ने प्रत्येक सहभागीले आफूले पहिरिने कपडाहरू मुनि पादरित्वको पवित्र पोशाक पहिरिनेछन्। यो प्रत्येक दिन अझ बढी परमप्रभु जस्तो बन्ने प्रयास गर्ने आन्तरिक संकल्पको सांकेतिक चिन्ह हो। यसले हामीलाई प्रत्येक दिन हामीले गरेका करारहरूमा आस्थावान रहन र प्रत्येक दिन झन् उच्च र झन् पवित्र तरिकाले करारको पथमा हिड्न सम्झाउँछ।

अब, केहि क्षण, म हाम्रा युवायुवतीहरूलाई सम्बोधन गर्न चाहान्छु। हामी तिमीहरूलाई सिमित-प्रयोगको अनुमति पत्रकालागि योग्य बन्न प्रोत्साहित गर्छौं। तपाईंहरूलाई ती प्रश्नहरू मात्र सोधिनेछ जुन प्रोक्सी बप्तिस्मा र पुष्टिकरणका विधिहरूमा प्रतिनिधित्व गर्न तपाईंको तयारिका निम्ति लागूहुने छ। मदिरको त्यो पवित्र कार्यमा तपाईंहरूको सहभागी बन्ने इच्छा र योग्यता प्रति हामी आभारी छौं। हामी तपाईंहरूलाई धन्यबाद दिन्छौं।

परमप्रभुको घरमा प्रवेश गर्न व्यक्तिगत योग्यताका निम्ति धेरै व्यक्तिगत आत्मिक तयारिको आवश्यक छ| तर परमप्रभुको सहयोग मार्फत, केहि पनि असम्भव छैन। कुनै कुनै कुरामा, मन्दिर बनाउन भन्दा मन्दिरका लागि जनहरू तयार पार्न बढी कठिनाई हुन्छ। व्यक्तिगत योग्यताका निम्ति परमप्रभु जस्तो हुन, इमान्दार नागरिक हुन, अझ असल उदाहारण हुन, र अझ पवित्र व्यक्ति हुन हाम्रो मन र मस्तिष्कको पूर्ण परिवर्तन आवश्यक छ।

म गवाही दिन्छु कि त्यस्तो तयारीको कार्यले यो जीवनमा अनगिन्ति आशिषहरू ल्याउँछ र आगामी जीवनमा अकल्पनीय आशिषहरू ल्याउँछ, तपाईंको पारिवारिक इकाईको स्थायित्व सहित अनन्तसम्मका लागि “एक अन्त्यहीन खुशी को अवस्थामा।

अब म अर्को शिर्षकमा जान चाहन्छु—आगामी वर्षको योजनाहरु। २०२० को वसन्त ऋतुमा, जोसेफ स्मिथले अनुभव गरेको देवदर्शनको ठीक २०० वर्ष हुन्छ जुन हामीलाई पहिलो दर्शन भनेर थाहा छ। परेश्वर पिता र उहाँको प्रिय पुत्र, येशू ख्रीष्ट, १४ वर्षको युवा जोसेफ स्मिथसामु देखिनु भयो। त्यो घटनाले पवित्र बाइबलमा भविष्यवाणी गरे जस्तै येशू ख्रीष्टको सुसमाचारको पूर्णतामा पुनर्स्थापनाको थालनी गरियो।

त्यसपछि मोरोनी, बप्तिस्मा दिनुहुने यूहन्ना, र प्राचिन प्रेरितहरू पत्रुस, याकूब र यूहन्नाजस्ता स्वर्गीय संदेशवाहकहरूको क्रमिक भ्रमण भयो। त्यसपछि मोसा, एलियास र एलिया सहित अरू आए। पृथ्वीका परमेश्वरका सन्तानहरूलाई फेरी एक पटक आशिष दिन प्रत्येकले इश्वरीय अधिकार ल्याए।

आश्चर्यपुर्वक, हामीले मोर्मोनको पुस्तक पनि प्राप्त गर्यौं; येशू ख्रीष्टको अर्को गवाही, पवित्र बाइबलको सहपाठी धर्मशास्त्र। सिद्धान्त र करार, र महान मूल्यको मोतिमा प्रकाशित प्रकाशले पनि परमेश्वरका आदेशहरू र अनन्त सत्यका बारेका हाम्रो बुझाइलाई अझ गहिरो बनाएको छ।

प्रेरितहरू, सत्तरी, कूलपिता, उच्च पादरी, एल्डर, विशप, पादरी, शिक्षक, र डीकन लगायतका पादरित्वका कार्यालय र साँचोहरू पुनर्स्थापित गरिएको छ। परमप्रभुलाई प्रेम गर्ने सबै महिलाहरूले राहत समाज, प्राइमरी, युवती, रविवारको स्कूल, र चर्चका अन्य बोलावटहरूमा साहसिका साथ सेवा गर्छन्—येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनाको पूर्णतामा भएको सबै अभिन्न अंशहरु।

त्यसैले, २०२० को वर्षलाई द्विसताब्धिक वार्षिक वर्षको रुपमा तोकिनेछ। अर्को अप्रिलमा हुने साधारण सम्मेलन विगतका सम्मेलन भन्दा भिन्न हुनेछ। आगामी छ महिनामा, म आशा गर्छु कि प्रत्येक सदस्य र प्रत्येक परिवारले त्यो विशेष सम्मेलनका निम्ति तयारि गर्नेछन् जुनलेल पुनर्स्थापित सुसमाचारको जगलाई स्मरण गराउनेछ।

तपाईंहरूले तयारिको थालनी महान मूल्यको मोतिमा अभिलेख गरिएको पहिले दर्शनका वारेमा योसेफ स्मिथले दिएको विवरण पढेर गर्न सक्नुहुन्छ। आऊ, मलाई पछ्याउमा हाम्रो अर्को वर्षको लागि पाठ्यक्रम मोर्मोनको पुस्तक हो। तपाईंले महत्वपूर्ण प्रश्नहरुमा विचार गर्न सक्नुहुन्छ जस्तै कि, “यदि मैले मोर्मोनको पुस्तकबाट प्राप्त गरेको ज्ञान अचानक लगियो भने मेरो जीवन कसरी भिन्न हुन्छ होला?” अथवा “पहिलो दर्शन पश्चातका घटनाहरुले म र मेरा प्याराहरुमा कस्तो भिन्नता ल्याएको छ?” अनि, मोर्मोनको पुस्तकका भिडिओहरू अब उपलब्ध हुँदैगर्दा, तिनलाई तपाइँले आफ्नो व्यक्तिगत अथवा पारिवारिक अध्यनमा प्रयोग गर्न सक्न्हुहुन्छ।

तपाईंको आफ्नो प्रश्नहरू छान्नुहोस्। तपाईंको आफ्नो योजना तय गर्नुहोस्। पुनर्स्थापनाको महिमित प्रकाशमा आफूलाई डुबाउनुहोस्| तपाईंले त्यसो गरेमा अर्को अप्रिलमा हुने साधारण सम्मेलन स्मरणीय मात्र नभई अविस्मरणीय हुनेछ।

अब अन्त्यमा, म तपाईंहरूलाई मेरो प्रेम र आशिष छोड्छु, ताकी प्रत्येक दिन तपाईंहरू अझ खुशी र अझ पवित्र बन्न सक्नुहोस्। त्यतिन्जेल सम्म, कृपया ढुक्क हुनुहोस् कि चर्चमा प्रकाश जारि रहनेछ र प्रभुको निर्देशनमा जारि रहनेछ जबसम्म “परमेश्वरका उद्धेश्यहरू पुरा हुदैनन् र महान यहोवाले काम सकियो भनेर घोषणा गर्नुहुँदैन|”

म तपाईंहरूलाई आशिष दिन्छु, तपाईहरू प्रतिको मेरो प्रेम निश्चय गर्दै कि परमेश्वर जीवित हुनुहुन्छ भन्ने मेरो गवाहीका साथ। येशू नै ख्रीष्ट हुनुहुन्छ! यो उहाँको चर्च हो र हामी उहाँका मानिसहरु हौँ। येशू ख्रीष्टको पवित्र नाउँमा, आमिन।

प्रिन्ट गर्नुहोस्