२०१०–२०१९
हाम्रो शरीरहरुमाथि हाम्रो आत्माहरुलाई नियन्त्रण गर्न दिने
अक्टोबर २०१९ साधारण सम्मेलन


हाम्रो शरीरहरुमाथि हाम्रो आत्माहरुलाई नियन्त्रण गर्न दिने

यस जीवनमा हामीले सिक्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो अनन्त आध्यात्मिक प्रकृतिलाई जोड दिन र हाम्रा खराब इच्छाहरूलाई नियन्त्रणमा राख्नु हो।

मेरा प्रिय दाजुभाइ र दिदीबहिनीहरू, अक्टोवरको साधारण सम्मेलन नजिकै आइपुगेपछि मैले अक्टोवर ३, १९१८ मा अध्यक्ष जोसेफ-एफ स्मिथलाई आत्मिक संसारका बारेमा दिएको १०० औं वार्षिकोत्सव दृष्टिलाई प्रकाश पार्न मैले आफ्नो सम्मेलनको वक्तव्य तयार पारेँ ।

अनुवादकालागि मैले आफ्नो वक्तव्य पेश गरेको केही दिन पछि, मेरी प्रिय अनन्त साथी, बार्बराले आफ्नो नश्वर परीक्षण पूरा गरीन् र आत्मिक संसारमा गईन्।

दिनहरू हप्ता अनि त्यसपछि महिनामा बदलिए र बार्बरा बितेको आज एक वर्ष भाइसकेको छ। त्यसकारण म यो धर्मशास्त्रको वचनको अझै बढी प्रशंसक बनिरहेको छु: “तिमी प्रेममा एकसाथ बस्नेछौ, यसैले कि मर्नेहरूका लागि तिमी रोइरहन्छौ।” बार्बरा र मलाई ६७ वर्षसम्म “प्रेममा सँगै जिउने” आशीष दिइयो। तरपनि हामीले प्रेम गर्नेहरूलाई “गुमाउँदा रुनु” को अर्थ मैले अत्यन्त वास्तविक तरीकाले सिकेको छु। अहो, म उनलाई कति धेरै माया गर्छु र गुमाएको महसुस गर्छु !

तिनीहरूको अन्त्य नहुन्जेलसम्म अरूले हाम्रा लागि के गर्छन् भनेर पूर्ण रूपमा बुझ्न हामी मध्ये धेरै विफल हुन्छौँ भन्ने मलाई लाग्छ। बार्बरा जहिले पनि व्यस्त थिईन् भनेर मलाई थाहा थियो, तरपनि उनी माथिको परिवार, चर्च र समुदायको मागलाई मैले पूर्ण रुपमा बुझिन। त्यहाँ हाम्रो परिवारलाई क्रियाशील राख्ने दैनिक पवित्र प्रयासहरू हजारौं पटक दोहोरिएका थिए। अनि यी सबैको माध्यमबाट, हाम्रो परिवारमा कसैले पनि उनले उच्च आवाज गरेको वा अप्रिय शब्द बोलेको सुनेनन्।

बितेको वर्षमा सम्झनाको बाढीले मलाई पखालीसकेको छ। उनले गरेको सातवटा केटाकेटीहरुको आमा बन्ने शारीरिक रोजाइका बारेमा मैले विचार गरेँ। एक गृहिणी बन्नु उनले चाहना राखेको एक मात्र पेशा थियो, र उनी हरेक पक्षमा एक व्यावसायिक उपभोक्ता थिईन् ।

प्रायश: म उनले हाम्रा केटाकेटीहरू र मलाई सही बाटोमा कसरी राखिन् भनेर सोच्ने गर्थेँ । हाम्रो परिवारले प्रत्येक हप्ता थुपार्ने धुने लुगाको थुप्रो, केटाकेटीहरूलाई सही तरिकाले जुत्ता र कपडा लगाइदिने जस्ता गतिविधिहरूलाई उल्लेख नगर्दा पनि एक्लै खाना बनाउने काम नै अति कठीन थियो। हामी सबैका लागि महत्वपूर्ण भएको अन्य विषयहरूमा हामी उनीसँगै लाग्यौँ। अनि किनभने तिनीहरू हाम्रा लागि महत्वपूर्ण थिए, उनीहरू तिनका लागि पनि महत्वपूर्ण थिए । एकै शब्दमा भन्नुपर्दा एक श्रीमती, आमा, साथी, छिमेकी र परमेश्वरकी छोरीका रुपमा उनी अत्यन्तै सुन्दर थिइन् ।

अब उनी अगाडि बढिन, उनको जीवनको अन्तिम केहि महिनाहरूमा घर आउँदा मैले उनको छेउमा बस्न छनौट गरेको भन्ने कुरामा म खुशी छुँ। उनको हात समातेर हामीले उनलाई मनपर्ने संगीतका समापनका केही अंश—बारम्बार हेरेकाथियौँ किनभने अल्जाइमरले उनलाई दिउँसो मात्रै त्यसलाई हेरेको हो भनेर सम्झिन नसक्ने बनाएको थियो । हात समाउने सत्रहरूका ती विशेष सम्झनाहरू अब मेरा लागि अत्यन्त, अत्यन्त मूल्यवान छन्।

दाजुभाई दिदीबहिनीहरू, कृपया आफ्नो परिवारका सदस्यहरूको आँखामा प्रेमका साथ हेर्ने अवसर नगुमाउनुहोस्। केटाकेटीहरू र अभिभावकहरू, एक अर्कामा सम्पर्क राख्नुहोस् र तपाईंको प्रेम र प्रशम्सा व्यक्त गर्नुहोस्। यस्तो महत्त्वपूर्ण सञ्चारका लागि समय बितिसकेको छ भनेर पत्ता लगाउन म जस्तै, तपाईं मध्ये कोही एक दिन उठ्न सक्नुहुन्छ। कृतज्ञता, असल सम्झनाहरू, सेवा र धेरै प्रेमले भरिपूर्ण हृदयका साथ हरेक दिन जिउनुहोस्।

बितेका वर्षमा, स्वर्गमा रहनुहुने पिताको योजनाका बारेमा मैले पहिले भन्दा बढी तत्पर भएर मनन गरेको छु। आफ्नो छोरा कोरिआन्टनलाई शिक्षा दिन, अल्माले यसलाई “खुशीको ठूलो योजना” का रुपमा दर्शाउनुभयो।

जब म योजना बारे विचार गर्छु मेरो दिमागमा अहिले आइरहने शब्द हो “पूनर्मिलन।” यो स्वर्गमा रहनुहुने हाम्रा प्रिय पिताले बनाउनुभएको योजना हो, जसको केन्द्रबिन्दुमा परमेश्वरको परिवारमा पुस्तौँ पुस्तासम्म अनन्तसम्म पति-पत्नी, बाबुआमा र केटाकेटीहरू, परिवारको महान र महिमायुक्त पूनर्मिलनको सम्भावनाहरु रहेको छ ।

म फेरी बार्बारासँगै हुनेछु भन्ने विचारले मलाई सान्त्वना र आश्वासन दिन्छ । उनको जीवन र जीवनको अन्त्य तिर उनको शरीर र दिमागले दु:ख पाएतापनि, उनको भावना मजबुत, महान र शुद्ध थियो। उनले आफूलाई सबै कुरामा तयार परीन् ताकि जब त्यो दिन आउँछ आत्मविश्वास र शान्तिमय आश्वासनले पूर्ण “परमेश्वरको खुशीको बार” अगाडि उभिन सकून् 3। तर म यहाँ छु, दुई दिनमा म ९१ वर्षको हुन्छ, र म अझै सोच्दैछु, “के म तयार छु? फेरी उनको हात समात्न सक्षम हुन के मैले गर्नुपर्ने सबै काम गर्दैछु?”

जीवनको सबैभन्दा साधारण, आधारभूत निश्चितता यो हो: हामी सबै मर्नेछौं। चाहे हामी बुढो वा जवान भएपछि, सजिलो वा कठीन रुपमा, धनी वा निर्धन भएर, प्रिय वा एक्लो बनेर मरौँ, कोही पनि मृत्युबाट उम्कन सक्दैन।

“केही वर्ष अघि अध्यक्ष गोर्डन बी. हिङ्क्लीले यसबारे विशेष अर्थ राख्ने कुरा बताउनुभयो: “यो आश्वासन कति मीठो छ, कि यदि हामीले सही ढङ्गमा विवाह गर्छौं र असल जीवन जीउँछौँ भने मृत्युको निश्चितता र समय बितिसकेपछि पनि हाम्रो सम्बन्ध निरन्तर चलिरहन्छ भन्ने कुराले हामीलाई कस्तो हदसम्म सान्त्वना दिन्छ।

मैले निश्चय नै सही विवाह गरेँ । यसमा कुनै पनि शङ्का हुन सक्दैन । तरपनि अध्यक्ष हिङ्क्लीका अनुसार त्यो पर्याप्त छैन। मैले पनि असल जीवन जिउनुछ।

आज, “सही जीवन” एक राम्रो भ्रामक अवधारणा हुन सक्छ, विशेष गरी यदि तपाइँ सोशल मिडियामा धेरै समय खर्च गर्नुहुन्छ, जहाँ कुनै पनि आवाजले परमेश्वर र आफ्ना बच्चाहरूको लागि उहाँको योजनाको बारेमा वास्तविक सत्यता वा गलत धारणा घोषणा गर्न सक्दछ। कृतज्ञतापूर्वक, चर्चका सदस्यहरूसँग कसरी बाँच्ने भनेर जान्नका लागि अनन्तसम्मका सत्य सुसमाचारका सिद्धान्तहरू छन् ताकि हाम्रो मृत्य हुनै पर्दा हामी अझै राम्ररी तयार हुन सकौँ ।

म जन्मनु भन्दा केही महिना पहिले, प्रेरित मेरा हजुरबुबा, एल्डर मेल्भिन जे बलार्डले एउटा वक्तव्य दिनुभयो जसले धेरै व्यक्तिलाई असल जीवन जिउनुको अर्थ के हो भन्ने बारे संक्षेपमा बताउँछ । “आत्माका लागि संघर्ष” शीर्षकको उहाँको वक्तव्यले हाम्रो भौतिक शरीरहरु र हाम्रो अनन्त आत्मा बीच चलिरहेको लडाइमा जोड दिएको थियो।

उहाँले भन्नुभयो, “कुनै पनि पुरुष वा महिलाले सामना गर्नुपर्ने सबैभन्दा ठूलो द्वन्द्व … भनेको आफुस्वयंमा भएको द्वन्द्व हो” भनेर वर्णन गर्दै शैतान (हाम्रो आत्माको दुश्मन)ले “वासना, भोक, अभिलाषा, शरीरको महत्वाकांक्षा मार्फत हामीलाई आक्रमण गर्दछ। त्यसैले हाम्रो दैवी र आत्मिक प्रकृति अनि संसारिक प्राकृतिक मानिस बीचको लडाइ नै प्राथमिक लडाइ हो। दाजुभाइ तथा दिदीबहिनीहरू, याद गर्नुहोस्, हामी पवित्र आत्माको प्रभावबाट आत्मिक सहायता प्राप्त गर्न सक्छौँ जसले पादरित्वको शक्ति र आशीषका माध्यमबाट “सबै कुरा सिकाउन सक्छ।” पादरित्वको शक्ति र आशिषका माध्यमबाट पनि सहयोग आउन सक्छ।

अब म सोध्छु, तपाईं हरेकसँग यो लडाई कसरी चलिरहेको छ?

अध्यक्ष डेभिड ओ मकेइले भन्नुभयो: “आफ्नो प्रयास, दिमाग र आत्मालाई भौतिक प्रकृतिलाई आराम र सन्तुष्टि प्रदान गर्ने चीजहरूमा केन्द्रित गर्ने वा आफ्नो जीवनको [उद्देश्यलाई] आत्मिक गुणहरूको अधिग्रहणका रुपमा खाडा गर्ने भन्ने नै मानवको पार्थिव अस्तित्वको केवल एक परीक्षा हो।”

हाम्रो शारीरिक र आत्मिक प्रकृतिहरू बीचको यो युद्ध कुनै नयाँ कुरा होइन। आफ्ना मानिसहरूलाई दिएको अन्तिम उपदेशमा, राजा बेन्जामिनले सिकाए कि “प्राकृतिक मानिस परमेश्वरको शत्रु हो, र आदमको पतनबाट आएको छ र पवित्र आत्माको प्रलोभनलाई ग्रहण नगरेसम्म सदासर्वदा रहनेछ र प्राकृतिक व्यक्तिलाई हटाएर परमप्रभु ख्रीष्टको प्रायश्चितका माध्यमबाट सन्त बन्नेछ।”

प्रेरित पावलले सिकाउनुभयो कि “ती जो शरीरको पछि लागेका हुन्छन्, तिनीहरूले शरीरका कुराहरू मनमा राख्छन् तर आत्माको पछि लाग्नेहरूले आत्माका कुराहरू मनमा राख्छन्।

“मानसिक रुपमा विचार राख्नु भनेको मृत्यु हो; तर आध्यात्मिक सोचाइ राख्नु जीवन र शान्ति हो”१०

मलाई स्पष्ट छ कि यस जीवनमा हामीले सिक्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले हाम्रो अनन्त आत्मिक प्रकृतिमा जोड दिने र हाम्रा खराब चाहनाहरूलाई नियन्त्रण गर्ने। यो त्यति धेरै कठीन हुँदैन। जे भएपनि हाम्रो आत्मा, जुन हाम्रो भौतिक शरीर भन्दा धेरै लामो समयका लागि रहेको छ, पहिले नै नश्वर जीवनपूर्वको संसारमा दुष्ट भन्दा धार्मिकता छनौट गर्न सफल भइसकेको छ। यो पृथ्वीको स्थापना हुनुभन्दा पूर्व हामी आत्मिक संसारमा स्वर्गमा रहनुहुने अभिभावकका छोरा र छोरीका रुपमा बाँचेका थियौँ जसले हामीलाई प्रेम गर्नुहुन्थ्यो र अहिले पनि प्रेम गर्नुहुन्छ।

अनि हो, हामीले जीवन परिवर्तन गर्ने निर्णय र छनौटहरू त्यो जन्मपूर्वको संसारमा गर्नुपर्‍यो। यस पृथ्वीमा पहिले जिएका वा जिउने हरेक मानिसले आफ्नो मुक्तिका लागि स्वर्गमा रहनुहुने पिताको योजनालाई स्वीकार गर्नका लागि छनौट गर्न एक आवश्यक निर्णय गरे। यसैले हामी सबै आत्मिक प्रकृति र अनन्त गन्तव्यको एक प्रमाणित सफल मार्गको अभिलेखका साथ पृथ्वीमा आएका हौँ।

एकछिनका लागि त्यसका बारेमा सोच्नुहोस्। यो तपाईं र म जो वास्तवमा हौँ र तपाईं जो सँधै हुनुहुन्छ: अनन्तसम्म आत्मिक जराहरू र असीमित सम्भावनाहरूको साथ भविष्यमा अघि बढिरहेको परमेश्वरको छोरा वा छोरी हुनुहुन्छ। तपाईं पहिलो, अग्रणी, र सँधै आध्यात्मिक प्राणी हुनुहुन्छ। अनि त्यसकारण जब हामीले हाम्रो शारीरिक प्रकृतिलाई हाम्रो आध्यात्मिक प्रकृति भन्दा अगाडि राख्ने छनौट गर्छौं, हामीले हाम्रो वास्तविक, सत्य, प्रमाणिक, आध्यात्मिक आत्माको विपरितको चीज छनौट गरिरहेका हुन्छौँ ।

अझै, शरीर र सांसारिक आवेगहरूले निर्णय लिने कुरालाई जटिल बनाउँछ भन्ने कुरामा त्यहाँ कुनै प्रश्न छैन। जन्मपूर्व आत्मिक संसार र यस नश्वर संसारको बीचको पर्दाका कारण कसैले परमेश्वर र हाम्रो आत्मिक प्रकृतिसँगको हाम्रो सम्बन्धलाई बिर्सिन सक्छ अनि हाम्रो शारीरिक प्रकृतिले हामी अहिले के चाहन्छौँ भन्ने कुरालाई प्राथमिकता दिन सक्छ। शरीरिक चीजहरूको सट्टामा आत्मिक चीजहरूको छनौट गर्न सिक्नु यो पार्थिव अनुभवको एउटा प्रमूख कारण हो र स्वर्गमा रहनुहुने पिताको योजनाको एक अंश हो। यो पनि हो कि यो योजना किन हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको प्रायश्चितको ठोस, निश्चित आधारमा निर्माण गरिएको हो, ता कि हामी हाम्रा पापहरू, शरीरमा उत्पादन हुने पापहरू सहित हामीले गरेका गल्तीहरूलाई निरन्तर पश्चातापको माध्यमबाट पराजित गर्न र आत्मिक रुपमा केन्द्रित हुन सक्छौँ। ख्रीष्टको आध्यात्मिक शिक्षाको पालना गर्न हाम्रा शारीरिक भोकहरू नियन्त्रण गर्ने समय अहिले नै हो। त्यसकारण हामीले आफ्नो पश्चातापको दिनलाई ढिला गर्नु हुँदैन।११

तसर्थ, पश्चाताप, हामी स्वयंको सङ्घर्षका लागि एक अपरिहार्य हतियार बन्छ। गत साधारण सम्मेलनमा, अध्यक्ष रसल एम. नेल्सनले यसलाई सङ्घर्षका रुपमा प्रस्तुत गर्नुभयो र हामीलाई सम्झना दिलाउनुभयो कि “जब हामी पश्चाताप गर्ने छनौट गर्दछौँ, हामीले परिवर्तन हुने छनौट गर्दछौँ! हामी मुक्तिदातालाई आफ़्नै उत्तम संस्करणमा रूपान्तरण गर्न अनुमति दिन्छौँ। हामी आत्मिक रुपमा बृद्धि गर्ने र आनन्द प्राप्त गर्ने छनौट गर्छौं—उहाँमा उद्धारको आनन्द। जब हामी पश्चाताप गर्ने छनौट गर्दछौँ, हामीले येशू ख्रीष्ट जस्तै हुने छनौट गर्छौं ! ”१२

हरेक रात स्वर्गमा रहनुहुने मेरा पितासँग प्रार्थनासँगै मेरो दिनलाई समीक्षा गर्दा, मैले केही गल्ति गरेको भए क्षमापनका लागि आग्रह गर्न चाहन्छु र भोलि अझ राम्रो हुने प्रयास गर्छु। म विश्वास गर्दछु यो नियमित दैनिक पश्चातापले मेरो आत्मालाई मेरो शरीरमा कसको जिम्मेवारी छ भनेर स्मरण गर्न सहयोग गर्दछ।

अर्को स्रोत भनेको परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टसँग हाम्रा लागि भएको प्रायश्चित र पूर्ण प्रेमको सम्झनामा प्रभूभोज लिएर आफुलाई आत्मिक रुपमा पुन: ताजा गर्ने हामीसँग भएको साप्ताहिक अवसर हो।

दाजुभाइ तथा दिदीबहिनीहरु, म तपाईंहरूलाई थोरै सुस्त बन्न र तपाईंको शारीरिक प्रकृतिलाई वशमा गर्ने र तपाईंको दैवी, आत्मिक प्रकृतिलाई सशक्त पार्ने कुरामा अब सोच्न हौसला दिन्छु ता कि जब समय आउँछ, तपाईं आत्मिक संसारमा आफ्नो प्रियहरुसँग आनन्दमय पुनर्मिलनमा जान सक्नुहुन्छ—जसकालागि म गवाही दिन्छु र येशू ख्रीष्टको नाममा विनम्रतापूर्वक प्रार्थना गर्दछु, आमीन ।

प्रिन्ट गर्नुहोस्