२०१०–२०१९
फल
अक्टोबर २०१९ साधारण सम्मेलन


फल

तपाईंको आँखा र हृदयहरुलाई मुक्तिदाता, येशू ख्रीष्ट, र उहाँबाट मात्र आउने अनन्त खुशी मा केन्द्रित राख्नुहोस् ।

मलाई थाहा छ तपाईंले के सोचिरहनुभएको छ ! थप एउटा मात्र वक्ता अनि हामीले अध्यक्ष नेल्सनबाट सुन्नेछौँ । हामीले हाम्रा प्रिय अगमवक्तालाई कुर्दै गर्दा तपाईंहरुलाई सतर्क राख्ने आशामा, मैले एउटा धेरै आकर्षक शिर्षक छानेको छु: मेरो विषय फल हो ।

छवि
फल

साना दाना फलहरु, केराहरु, खर्बुजाहरु, र आँपहरु वा किवानो वा अनार जस्ता विदेशी फलको रङ्ग, बनावट, र मिठासले गर्दा फललाई लामो समय देखि मूल्यवान खानेकुरा का रुपमा लिइदै आएको छ।

मुक्तिदाताको पृथ्वीमा सेवाको समयमा उहाँले राम्रो फललाई अनन्त महत्वका कुराहरुसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो, “तिमीहरुले तिनीहरुलाई उनीहरुको फलबाट चिन्नेछौ।” “हरेक असल वृक्षले असल फल ल्याउँछ।” उहाँले हामीलाई “अनन्त जीवन दिने फल” संकलन गर्न प्रोत्साहन गर्नुभयो ।”

हामी सबैलाई राम्रोसँग थाहा भएको मोर्मोनको पुस्तकको एउटा शक्तिशाली सपनामा अगमवक्ता लहीले आफुलाई “एउटा अँध्यारो र सुनसान उजाडस्थान” मा पाउँछन्। त्यहाँ घिनलाग्दो पानी, अन्धकारको मुस्लो, अनौठा बाटाहरु र निषेधित मार्गहरु, साथै “खुशी बनाउने फल” भएको एउटा सुन्दर वृक्षसम्म डोर्याउने सिधा र साँघुरो मार्गसंगै एउटा फलामको छड थियो। त्यो सपनालाई वर्णन गर्दै लहीले भन्नुभयो: “ मैले … फल खाएँ; … त्यो मैले अहिलेसम्म चाखेको सबैभन्दा मिठो थियो । … अनि त्यसले मेरो आत्मालाई अत्यन्त धेरै खुशीले भरिदियो।” यो फल “अरु सबै फल भन्दा रहरलाग्दो” थियो।

छवि
स्वादिलो फलसँगको जीवनको रुख

रुख र फलको अर्थ

अतिनै मूल्यवान फल भएको यो वृक्षले के संकेत गर्छ? यसले “परमेश्वरको मायालाई” प्रतिनिधित्व गर्छ र हाम्रा स्वर्गमा रहनुहुने पिताको मुक्तिको विष्मयकारी योजनालाई घोषणा गर्दछ। “किनकी परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने जो कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् ।”

यो मूल्यवान फलले मुक्तिदाताको अतुलनीय प्रायसचित्त चमत्कारिक आशिषहरुलाई संकेत गर्दछ। हामी मरणशील जीवन पश्चात जिउने मात्र होइन, तर येशू ख्रीष्टमा हाम्रो विश्वास, हाम्रो पश्चताप र हाम्रो आज्ञाहरु पालना गर्नाले, हामी आफ्ना पापहरुको क्षमा पाउन र एक दिन हाम्रा पिता र पुत्र अगाडी सफा र पवित्र भई उभिन सक्नेछौँ।

वृक्षको फलको सेवनले हामीले पुनर्स्थापित सुसमाचारका विधिहरु र करारहरूलाई स्वीकार्छौं भन्ने संकेत गर्दछ—बप्तिस्मा लिनु, पवित्र आत्माको वरदान प्राप्त गर्नु, र माथिबाट शक्ति प्राप्त गर्न परमेश्वरको घरमा प्रवेश गर्नु। येशू ख्रीष्टको अनुग्रहद्वारा र हाम्रा करारहरूलाई सम्मान गरेर, हामीले अनन्तसम्म आफ्नो पवित्र परिवारसँग बस्न पाउने अमापीय प्रतिज्ञा प्राप्त गर्छौं।

त्यसैले ती देवदूतले त्यो फललाई “आत्मालाई अति आनन्ददायक” भनि वर्णन गरे यो सत्य हो!

सत्य रहने चुनौती

हामी सबैले सिके जस्तै, पुनर्स्थापित सुसमाचारको मूल्यवान् फल खाएपछी पनि, परमप्रभु येशू ख्रीष्ट प्रति सत्य र आस्थावान रहनु अझै पनि सजिलोसँग हुदैन । यो सम्मेलनमा धेरै पटक भनिए जस्तै, हामीले मुक्तिदाता र उहाँलाई पछ्याउदा अनुभव गरेका खुशीहरु र सुन्दरताबाट हामीलाई टाडा लैजाने प्रयास गर्ने विकर्षण र धोका, भ्रम र होहल्ला, लोभ र प्रलोभनको सामना गरिरहेका छौँ ।

यो कठिनाईका कारण, लहीको सपनामा चेतावनी पनि समावेश भएको छ! नदीको अर्को तर्फ येशू ख्रीष्टका पवित्र अनुयायीहरुलाई औंला देखाईरहेका, मजाक उडाइरहेका र हाँसीरहेका सबै उमेरका मानिसहरु भएको एउटा ठूलो भवन छ ।

त्यो भवनमा हुने मानिसहरुले आज्ञाहरु पालना गर्नेप्रति खिल्ली उडाइरहेका र हाँसिरहेका छन्, येशू ख्रीष्ट र उहाँको सुसमाचार प्रतिको उनीहरुको आस्थालाई गलत साबित गर्न र उपहास गर्ने आशामा । विश्वासीहरु प्रति गरिएको शंका र तिरस्कारका शाब्दिक आक्रमणले गर्दा, फललाई चाखेका केहि मानिसहरु उनीहरुले एक समयमा अंगालेको सुसमाचार प्रति लज्जित हुनथाले । संसारको झुटो आकर्षणले उनीहरुलाई लोभ्याउँछ; उनीहरु त्यो वृक्ष र त्यो फलबाट फर्किन्छन् र परमप्रभुको धर्मशास्त्रको शब्दहरुमा, “निषेधित मार्गहरुतिर पतन भए र हराए । १०

आज हाम्रो संसारमा, शैतानका निर्माण टोलिहरु अतिरिक्त समय काम गरिरहेका छन्, त्यो ठूलो र विशाल भवनलाई बढाई रहेका छन्। हाम्रो घरमा प्रवेश गर्ने आशामा त्यसलाई बढाउने काम खोला भन्दा पारि फैलिसक्यो भने ती औला देखाउने र खिल्ली उडाउनेहरु दिनरात उनीहरुको इन्टरनेट मेगाफोनमा कराइरहेका छन्।११

अध्यक्ष नेल्सनले भन्नुभयो, “शैतानले गवाहीहरुलाई अबरोध गर्न र परमप्रभुको कार्यलाई बाधा पुर्याउन आफ्नो प्रयासलाई चौगुना बडाउँदैछ।१२ हामीले लहीका शब्दहरु याद गरौँ: “हामीले उनीहरुको वास्ता गरेनौँ ।”१३

हामी डराउनु आवश्यक नभएतापनि, हामीले पहरा दिइराख्नुपर्छ। कहिलेकाँही, साना कुराहरुले हाम्रो आत्मिक सन्तुलनलाई खतम गर्दिन सक्छ । तपाईंका प्रश्नहरु, अरुका अपमानहरु, आस्थाहिन साथीहरु, वा दुर्भाग्यपूर्ण गल्तिहरु र निराशाहरुले तपाईंलाई त्यो वृक्षको मूल्यवान फल बाट आउने मिठो, पवित्र र आत्मा-सन्तुष्टी दिने आशिषहरु बाट टाडा लैजान नदिनुहोस्। तपाईंको आँखा र हृदयहरुलाई मुक्तिदाता येशू ख्रीष्ट र उहाँबाट मात्र आउने अनन्त खुशीमा केन्द्रित राख्नुहोस्।

जेसन हलको आस्था

जुनमा मेरी श्रीमती, क्याथी र म जेसन हलको अन्तेष्टि मा सहभागी भएका थियौँ। उहाँ बितेको समयमा, उहाँ ४८ वर्षको हुनुहुन्थ्यो र एल्डरस् कोरमको अध्यक्षका रुपमा सेवा गरिरहनुभएको थियो ।

उहाँको जीवन परिवर्तन गराएको एउटा घटनाका बारेमा जेसनका शब्दहरु यस्ता छन्:

“[१५ वर्षको उमेरमा म एउटा डाइविंग दुर्घटना मा [परेको थिएँ] । … मैले मेरो घाँटी भाचेँ र छाती भन्दा तल नचल्ने भएँ । मैले मेरा खुट्टाहरुको पूर्ण र हातहरुको आंशिक नियन्त्रण गुमाएँ। मैले हिसड्न, उभिन, … वा आफैलाई खुवाउन सकिन । म बलतल्ल सास फेर्न र बोल्न सक्थेँ।”१४

“‘स्वर्गमा रहनुहुने प्रिय पिता,’ मैले विन्ती गरें,’ मेरो हात मात्र भएकोभए, मलाई थाहा छ मैले गर्न सक्थेँ । कृपया, पिता कृपया । …

“… ‘मेरा खुट्टा राख्नुहोस्, पिता; म मात्र मेरा हातहरुको प्रयोगका लागि प्रार्थना गर्छु ।’”१५

जेसन हलले कहिलेपनि आफ्नो हातहरुको प्रयोग गर्ने आशिष प्राप्त गरेन। तपाईंले त्यो बिशेष भवनको आवाजहरु सुन्न सक्नुहुन्छ? “जेसन हल, परमेश्वरले तिम्रो प्रार्थनाहरु सुन्नुहुन्न! यदि परमेश्वर मायालु परमेश्वर भएको भए, तिमीलाई कसरी यस्तो अवस्थामा छोड्न सक्थ्यो? ख्रीष्टमा किन आस्था राख्ने?” जेसन हलले उनीहरुको आवाजहरु सुनेकाथिए, तर उनले त्येसलाई वास्ता गरेनन्। बरु उनले त्यो रुखको फललाई खायो। उनको येशू ख्रीष्ट प्रतिको आस्था अचल भयो। उनले विश्वोविदयालयबाट स्नातक गरे र कोलेट कोलमेनलाई “उनको जीवनको माया” भनि वर्णन गर्दै मन्दिरमा विवाह गरे।१६ विवाहको १६ वर्ष पश्चात, अर्को चमत्कार, उनीहरुको छोरा, कोलेमनको जन्म भयो।

छवि
जेसन र कोलेट हल
छवि
हाल परिवार

उनीहरुले कसरि आफ्नो आस्थालाई बढाए? कोलेटले भन्नुभयो: “हामीले पर्मेश्वोरको योजनामा विश्वास गर्यौं । अनि यसले हामीलाई आशा दियो । हामीलाई थाहा थियो कि जेसन [कुनै भविष्य मा] निको हुनेछ । … हामीलाई थाहा थियो कि परमेश्वरले हाम्रालागि एउटा मुक्तिदाता प्रदान गर्नुभएकोछ, जसको प्रायश्चित्त गर्ने बलिदानले हामीलाई अगाडी बढ्न सम्भव बनाउ छ जब हामीले त्याग्न चाहन्छौं।”१७

छवि
कोलेमन हल

जेसनको अन्तेष्टिमा बोल्दै, १० वर्षका कोल्मेनले भने कि उनका पिताले सिकाउनुभयो: “स्वर्गमा रहनुहुने पितासँग हाम्रा लागि एउटा योजना छ, पार्थिव जीवन अति उत्तम हुनेछ, अनि हामी परिवारहरुमा बस्न सक्नेछौँ । … तर … हामी अप्ठ्यारा कुराहरु हुँदै गुज्रिनु पर्छ अनि हामीले गल्तिहरु गर्नेछौँ।”

कोलेमनले अगाडी भन्नभयो: “स्वर्गमा रहनुहुने पिताले उहाँका पुत्र, येशूलाई पृथ्वीमा पठाउनुभयो । उहाँको काम भनेको निपूर्ण हुनु थियो । मानिसलाई निको पार्नु । उनीहरुलाई माया गर्नु । अनि हामि सबैका पीडा, दुख र पापहरुका लागि कष्ट भोग्नु थियो । त्यस पछि उहाँ हामीहरुका लागि मर्नुभयो । त्यस पछि कोलमेनले थपे, “उहाँले यो गरेकाले, येशूलाई मैले अहिले कस्तो महसुस् गरिरहेको छु भन्ने थाहा छ ।

“येशू बितेको तीन दिन पछि, उहाँ निपूर्ण शरीर सहित जीवित हुनुभयो । यो मेरा लागि महत्वपूर्ण छ किनभने मलाई थाहा छ कि मेरो बुवाको शरीर निपूर्ण हुने छ अनि हामी परिवारका रुपमा सँगै हुनेछौँ ।”

छवि
हल परिवार

कोलेमनले अन्त्य गर्नुभयो: “म बालक हुँदादेखि हरेक रात मेरा बुवाले मलाई भन्नुभयो, ‘बुवाले तिमीलाई माया गर्नुहुन्छ, स्वर्गमा रहनुहुने पिताले तिमीलाई माया गर्नुहुन्छ, र तिमि असल केटा हौ ।’”१८

येशू ख्रीष्टको कारणले खुशी आउँछ।

अध्यक्ष रसल एम. नेल्सनले हल परिवारले किन खुशी र आशाको अनुभव गर्छ भन्ने बारे ब्याख्य गर्नुभयो । उहाँले भन्नुभयो:

“हामीले महसुस गर्ने खुशीसँग हाम्रो जीवनका परिस्थितिको कमै सम्बन्ध छ र हाम्रा जीवनका ध्यानसँग सबै कुरा जोडिएको छ ।

“जब हाम्रो जीवनको ध्यान परमेश्वरको मुक्तिको योजनामा … र येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ, हामीले हाम्रो जीवनमा के भईरहेको वा नभईरहेको बावजुत पनि आनन्दको अनुभव गर्न सक्छौँ । आनन्द उहाँबाट र उहाँको कारण आउछ । उहाँ नै सबै आनन्दको स्रोत हो । …

यदि हामीले संसारलाई हेर्यौं भने … , हामीले कहिलेपनि आनन्द थाहा पाउने छैनौँ । … आनन्द एउटा यो यस्तो उपहार हो जुन नियोजित तरिकाले येशू ख्रीष्टले सिकाए अनुसार एउटा धार्मिक जीवन जिउने प्रयास गर्दा आउँछ ।१९

तपाईं फर्कनुहुँदाको बचा

यदी तपाईं वृक्षको फल बिना केहि समय रहनुभएकोछ भने, कृपया थाहापाउनुहोस् कि मुक्तिदाताका पाखुराहरु तपाईंतिर जहिलेपनि फैलिएको छ। उहाँले मायालु तरिकाले इशारा गर्नुहुन्छ, “पश्चाताप गर र मकहाँ आओ।” २० उहाँको फल प्रशस्तै छ र त्यसको मौसम जहिलेपनि हुन्छ । यो पैसाले किन्न सकिदैन र जसले इमान्दारीपूर्वक यो चाहन्छ कसैलाई पनि नकारिदैन ।२१

यदि तपाईं वृक्षमा फेरी फर्केर फलको स्वाद लिन चाहनुहुन्छ भने, स्वर्गमा रहनुहुने पितालाई प्रार्थना गरेर सुरु गर्नुहोस् । येशू ख्रीष्ट र उहाँको प्रायश्चित्त गर्ने बलिदानको शक्तिमा विश्वास गर्नुहोस् । म तपाईंलाई प्रतिज्ञा गर्दछु कि जब तपाईंले “हरेक विचारमा” मुक्तिदातालाई हेर्नुहुन्छ,२२वृक्षको फल फेरी तपाईंको हुनेछ, तपाईंको स्वादलाई मिठो, तपाईंको आत्मालाई आनन्द, “परमेश्वरले दिने सबै उपहार भन्दा ठुलो।” २३

छवि
एल्डर एण्डरसन लिस्बन मन्दिरको समर्पणमा पोर्तुगालीका सन्तहरुसँग

तीन हप्ता अगाडी आजको दिनमा, मैले मुक्तिदाताको फलको आनन्द पूर्ण प्रदर्शन देखेँ जब क्याथी र म लिस्बन पोर्तुगल मन्दिरको समर्पणमा भाग लियौं। पुनर्स्थापित सुसमाचारका सत्यहरु पोर्तुगलका लागि १९७५ मा खुल्यो जब धार्मिक स्वतन्त्रता प्राप्त भयो । कुनै समुहहरु, च्यापलहरु र १००० मिल (१६०० किमी) भन्दा नजिक कुनै मन्दिर नहुँदै फल चाखेका धेरै महान सन्तहरु हामीसँग रमाउनुभयो कि वृक्षको मूल्यवान फल अब परमप्रभुको एउटा घरमा, लिस्बन, पोर्तुगलमा उपलब्ध छ । म यी पछिल्ला दिनका सन्तहरुलाई सम्मान र श्रद्धा गर्छु जसले आफ्नो हृदय मुक्तिदातामा जोडी राखे।

मुक्तिदाताले भन्नुभयो, “यदि कोही ममा रह्यो भने, र त्यसमा रहें भने, त्यसले धेरै फल ल्याउँछ, किनकी मबाट अलग रहेर तिमीहरुले केहि गर्न सक्दैनौ।२४

संसारभरिका सदस्यहरुसँग बोल्दै अध्यक्ष नेल्सनले आज बिहान भन्नुभयो, “मेरा प्रिय दाजुभाई तथा दिदीबहिनीहरु, तपाईंहरु येशू ख्रीष्टका शिक्षाहरु पालना गर्दा आउने फलहरुको उदाहरण हुनुहुन्छ।” त्यसपछि उहाँले जोड्नु भयो: “मा तपाईंहरुलाई धन्यबाद दिन्छु! म तपाईंहरुलाई माया गर्छु!२६

हामी तपाईंहरुलाई माया गर्छौँ, अध्यक्ष नेल्सन ।

हाम्रा प्रिय अध्यक्षमा आउने प्रकाशको शक्तिको गवाही म हुँ। उहाँ परमेश्वरका अगमवक्ता हुनुहुन्छ । पुराना जमानाका लही जस्तै, अध्यक्ष रासल एम. नेल्सनले, हामीलाई र परमेश्वरका सबै परिवारहरुलाई आएर वृक्षको फल खान इशारा गर्नुहुन्छ। उहाँको सल्लाहको पालना गर्न हामीमा बल र विनम्रता होस् ।

म विनम्रता का साथ गवाही दिन्छु कि येशू ख्रीष्ट परमेश्वोरका पुत्र हुनुहुन्छ । उहाँको माया, उहाँको शक्ति र उहाँको अनुग्रहले लामो समयसम्म महत्व राख्ने सबै कुराहरु ल्याउँछ। म यो गवाही येशू ख्रिष्टको नाम मा दिन्छु, आमिन ।

सूचीहरुः

  1. मत्ति ७:१६

  2. मत्ति ७:१७

  3. यूहन्ना ४:३६

  4. जनवरी २००७ को सुरुवातमा, बिन्घम यंग विश्वविद्यालयको समर्पणमा सत्तरीका अध्यक्षताको सदस्य भएकोले मार्च ४, २००७ मा बोल्नकोलागि तयारी गरिरहँदा, मैले एल्डर डेविड ए. बेड्नरलाई उहाँले फेब्रुअरी, ४, २००७, मा उही दर्शकसामु बोल्नकोलागि उहाँले कि तयारी गर्दै हुनुहुन्छ भनेर सोधें। जब उहाँले उहाँको वक्तव्य फलामको छडलाई दरिलोसँग समात्ने बारेमा हो भन्नुभयो मलाई अचम्म लग्यो। मैले मेरो बोल्ने बिषय त्यहि छानेको थिएँ। हामीले एकअर्कासँग आफ्नो कुरा बाँढेपछि, हामीले महसुस गर्यौं कि हाम्रो दृष्टिकोण फरक थियो। उहाँको बक्तव्यको, बिषय थियो जीवित पानीको जलाशय.” फलामको छड अथवा परमेश्वरको शब्दलाई, धर्मशास्त्रमा समावेश गरेर महत्व दिएको। उहाँको वक्तव्यमा उहाँले सोध्नुभयो, “के तपाईं र म फलामको छड दरिलोसँग सामान्त सक्ने तरिकाले दैनिक धर्मशास्त्र को अध्ययन र खोजि गरिरहेका छौँ?” (speeches.byu.edu)।

    त्यसपछि, मेरो एल्डर बेड्नरसँगको कुराकानीको एक साता लगत्तै, अध्यक्ष बोइड के. प्याकरले बिवाईयु समर्पणमा बोल्नुभयो जसको शिर्षक थियो “लहीको सपना र तपाईं।” अध्यक्ष प्याकरले फलामको छडलाई व्यक्तिगत प्रकाश र प्रेरणा जुन हामीमा पवित्र आत्माबाट आउँछ को रुपमा जोड दिनुभयो। उहाँले भन्नुभयो: “यदि तपाईंले छडलाई समाउनुभयो भने तपाईंले तपाईंको बाटो पवित्र आत्माको उपहारसँग अगाडी बढेको महसुस गर्न सक्नुहुन्छ। … फलामको छडलाई समात्नुहोस् र नछोड्नुहोस्। पवित्र आत्माको शक्तिद्वारा, तपाईंले तपाईंको बाटो जीवन मार्फत महसुस गर्न सक्नुहुन्छ” (Jan. 16, 2007, speeches.byu.edu)।

    मेरो बिषय, मार्च २००७ मा, “अगमवक्ताहरुको शब्दहरुलाई दरिलोसँग समत्नुस्,” ले फलामको छडलाई जीवित अगमवक्ताहरुको शब्दहरुलाई प्रतिनिधित्व गर्छ (मार. ४, २००७, speeches.byu.edu)।

    यी तीन बक्तब्यहरुको सम्बन्ध संयोग थिएन। परमप्रभुको हात काममा थियो जब तीन बक्तब्यहरु उही दर्शककोलागि तयार गरिएको थियो, फलामको छडलाई तीन पक्षहरुमा पहिचान गरियो, अथवा परमेश्वरको शब्द: (१) धर्मशास्त्र अथवा प्राचीन अगमवक्ताहरुका शब्दहरु; (२) जीवित अगमवक्ताहरुका शब्दहरु; र (३) पवित्र आत्माको शक्ति। मेरोलागि यो महत्वपूर्ण सिक्ने अनुभव थियो।

  5. हेर्नुहोस् १ नफी ८:४-१२

  6. १ नफी ११:२५

  7. यूहन्ना १:२९

  8. See David A. Bednar, “Lehi’s Dream: Holding Fast to the Rod,” Liahona, Oct. 2011, 32–37.

  9. १ नफी ११:२३

  10. १ नफी ८:२८

  11. See Boyd K. Packer, “Lehi’s Dream and You” (Brigham Young University devotional, Jan. 16, 2007), speeches.byu.edu.

  12. रसल एम. नेल्सन, “हामी अझ राम्रो गर्न सक्छौं र अझ राम्रो बन्न सक्छौं,” लियाहोना मे २०१९, ६८।

  13. १ नफी ८:३३

  14. Stephen Jason Hall, “The Gift of Home,” New Era, Dec. 1994, 12.

  15. Stephen Jason Hall, “Helping Hands,” New Era, Oct. 1995, 46, 47.

  16. कोलेट हलबाट एल्डर एण्डरसनलाई व्यक्तिगत पत्रचार ।

  17. कोलेट हलबाट एल्डर एण्डरसनलाई व्यक्तिगत पत्रचार ।

  18. कोल्मन हलद्वारा अन्तेष्टि बक्तब्य, कोलेट हलद्वारा एल्डर एण्डरसनलाई उपलब्ध गरिएको ।

  19. Russell M. Nelson, “Joy and Spiritual Survival,” Liahona, Nov. 2016, 82, 84.

  20. ३ नफी २१:६

  21. हेर्नुहोस् २ नफी २६:२५, ३३

  22. सिद्धान्त र करार ६:३६

  23. १ नफी १५:३६

  24. यूहन्ना १५:५

  25. Russell M. Nelson, “The Second Great Commandment,” Liahona, Nov. 2019, 100.

प्रिन्ट गर्नुहोस्