२०१०–२०१९
शत्रु माथि विजय प्राप्त गर्ने शक्ति
अक्टोबर २०१९ साधारण सम्मेलन


शत्रु माथि विजय प्राप्त गर्ने शक्ति

हामीले शान्ति प्राप्त गर्न, आफु को हौँ भनेर चिन्न र शत्रुका तीन डिहरु कसरी पार गर्नसक्छौँ ?

दाजुभाइ तथा दिदी-बहिनीहरू, येशू ख्रीष्टको साँचो अनुयायी बन्न र पवित्र मन्दिरका आशीषहरूको आनन्द लिन तपाईंले गर्नुभएका सबै कुराका लागि धन्यवाद। तपाईंको असलपनाकालागि धन्यवाद तपाईंहरु अद्भुत हुनुहुन्छ; तपाईंहरु सुन्दर हुनुहुन्छ।

यो मेरो प्रार्थना छ कि हामीले पवित्र आत्माको पुष्टि गर्ने प्रभावलाई चिन्न सक्नेछौँ जब हामी पूर्ण रूपमा बुझ्छौँ कि हामी परमेश्वरका सन्तानहरू हौँ। “परिवार: संसारका लागि एक घोषणा” ले बताउँछ: “सबै मानिस—पुरुष र महिला—परमेश्वरको स्वरूपमा सिर्जना गरिएका हुन्। हरेक स्वर्गमा रहनुहुने मातापिताका एक प्यारा आत्मिक छोरा वा छोरी हुन्, अनि त्यसैले, हरेकको दैवी स्वभाव र गन्तव्य छ।” हामी “छनौट गरिएका आत्माहरू हौँ जो पछिल्ला दिनका कार्यको जग बसाल्न समयको पूर्णतामा आउन आरक्षित थियौँ।” अध्यक्ष रसल एम नेल्सनले घोषणा गर्नुभयो: “पछिल्ला दिनहरुका पछिल्ला भागमा तपाईंले सामना गर्ने कुनैपनि कुरा र सबै कुराका लागि तपाईंलाई तयार गर्न तपाईंलाई आत्मिक संसारमा सिकाइएको थियो (हेर्नुहोस् सि&क १३८:५६)। त्यो शिक्षा तपाईंभित्र रहिरहेको छ!”

तपाईं परमेश्वरका चुनिएका छोरा र छोरीहरू हुनुहुन्छ। तपाईंसँग शत्रुको सामना गर्ने शक्ति छ। तथापि, तपाईं को हो भनेर शत्रु सचेत छ। उसलाई तपाईंको दैवी विरासतका बारेमा थाहा छ र तपाईंको पार्थिव र स्वर्गीय सम्भावनालाई तीन डीहरु प्रयोग गरेर सीमित गर्न खोज्छ:

  • धोखा

  • विकर्षण

  • निराश

धोखा

शत्रुले मोशाको समयमा धोखाका औजारहरु प्रयोग गर्यो। परमप्रभुले मोशालाई भन्नुभयोः

“हेर, तिमी मेरो छोरा हौ। …

“मसँग तिम्रा लागि एउटा काम छ, … अनि तिमी मेरा जन्माइएका एक मात्रका रुप हौ।”

यस महिमित दर्शनको लगत्तै शैतानले मोशालाई धोका दिन खोज्यो। उसले प्रयोग गरेका शब्दहरू चाखलाग्दा छन्: “हे मानिसका पुत्र, मोशा, मेरो आराधना गर।” शैतानको आराधना गर्न निमन्त्रणामा मात्र धोखा थिएन, तर त्यो धोखा उसले मोशालाई मानिसका पुत्र भनेर वर्णन गरेको तरिकामा पनि थियो । याद गर्नुहोस्, परमप्रभुले भर्खरै मात्र मोशालाई भन्नुभएको थियो कि उनी परमेश्वरका एक छोरा थिए, जो जन्माइएका एक मात्रको रुपमा शृष्टि गरिएका थिए।

मोशालाई धोखा दिने प्रयासहरुमा ती शत्रु कठोर थिए तर मोशाले प्रतिरोध गरे: “शैतान मबाट टाढा होस्, किनकि म यस एक मात्र परमेश्वरको आराधना गर्नेछु, जो महिमाका परमेश्वर हुनुहुन्छ।” मोशाले आफु को हो—परमेश्वरको एक छोरा भनि सम्झिए ।

परमेश्वरले मोशालाई भन्नुभएका वचनहरू तपाईं र ममा लागू हुन्छन्। हामी परमेश्वरको आफ्नै स्वरूपमा शृष्टि गरिएका हौँ, र उहाँसँग हाम्रालागि एउटा काम छ। हामी वास्तवमा को हौँ भनेर बिर्साएर शत्रुले हामीलाई धोखा दिने प्रयास गर्दछ । यदि हामीले हामी को हौँ भनेर बुझ्न सकेनौँ भने हामी को हुन सक्छ भनेर चिन्न गाह्रो हुन्छ।

विकर्षण

शत्रुले हामीलाई ख्रीष्ट र उहाँको करारको मार्गबाट विकर्षण गर्ने प्रयास पनि गर्दछ । एल्डर रोनाल्ड रसब्याण्डले निम्न कुरा बाँढ्नुभयो: “शत्रुको उदेश्य भनेको हामीलाई आत्मिक गवाहीहरुबाट विकर्षण गर्नु हो, जबकि परमप्रभुको चाहना भनेको हामीलाई सूचित गर्नु र उहाँको काममा संलग्न गराउनु हो।”

हाम्रा दिनमा, ट्विटर, फेसबुक, भर्चुअल रियालिटी खेलहरू, र अन्य थुप्रै विकर्षणहरु छन्। यी प्राविधिक प्रगतिहरू आश्चर्यजनक छन्, तर यदि हामी होशियार भएनौँ भने, तिनीहरूले हामीलाई हाम्रो दैवी सम्भावना पूरा गर्नबाट अलमल्याउन सक्छन्। यिनीहरूलाई उचित तरिकाले प्रयोग गर्नाले स्वर्गको शक्ति आउन सक्छ र पर्दाका दुबै तर्फ छरिएको इस्राएललाई एकतृत गर्ने हाम्रो प्रयासमा चमत्कारहरू हेर्ने मौका दिन सक्छ ।

प्रविधिको प्रयोगमा हामी अस्थिर होइन सचेत बनौँ । हामीलाई मुक्तिदाताको नजिक ल्याउन सक्ने र हामीले उहाँको दोस्रो आगमनका लागि तयारी गर्दा उहाँको काम पूरा गर्न प्रविधिले सहयोग गर्न सक्ने तरिकाहरुको निरन्तर रुपमा खोजि गर्नुहोस् ।

निराश

अन्तमा, शत्रुले हामी निरुत्साहित भएको चाहन्छ। हामी निराश हुन सक्छौँ जब हामीले आफू स्वमलाई अरूसँग तुलना गर्छौं वा हामी अपेक्षाहरू अनुरूप जिएका छैनौँ भन्ने मससुस गर्छौं, हाम्रो लगायत।

जब मैले मेरो डाक्टरको कार्यक्रम सुरु गरें, म निराश भएँ। कार्यक्रमले त्यो वर्ष केवल चार जना विद्यार्थीहरूलाई मात्रै लियो र ती अरु विद्यार्थीहरू उत्कृष्ट थिए। तिनीहरूसँग उच्च परीक्षा प्राप्तङ्क र माथिल्लो व्यवस्थापन तहमा बडी कार्य अनुभव थियो, अनि उनीहरूले आफ्नो क्षमतामा आत्मविश्वास देखाए। कार्यक्रममा मेरा पहिला दुई हप्ता पछि, मलाई झन्डै दबाउने गरी निराशा र शङ्काका भावनाहरूले समात्न थाल्यो - ।

मैले निर्णय गरेँ कि यदि मैले यो चार वर्षे कार्यक्रम पूरा गर्ने हो भने, मैले प्रत्येक सेमेस्टरमा मोर्मोनको पुस्तक पढेर सकाउछुँ। मैले प्रत्येक दिन पढ्दा, मैले मुक्तिदाताको घोषणालाई चिनें कि पवित्र आत्माले मलाई सबै कुरा सिकाउनेछ र सबै कुरा मेरो सम्झनामा ल्याउनेछ। यसले पुन: पुष्टि गर्‍यो कि परमेश्वरको एक छोराका रुपमा म को हुँ, भन्ने कुराले मलाई अरूसँग तुलना नगर्न सम्झायो, र मलाई सफल हुनका लागि मेरो दैवी भूमिकामा विश्वास दिलायो। १०

मेरा प्रिय मित्रहरु, कृपया कसैलाई तपाईंको खुशी चोर्न नदिनुहोस्। आफूलाई अरूसँग तुलना नगर्नुहोस्। कृपया मुक्तिदाताको प्रेमयुक्त शब्दहरू सम्झनुहोस्:“शान्तिम तिमीलाई छोडिराख्छु, म मेरोशान्ति तिमीलाई दिन्छु: संसारले दिएजस्तो म तिमीहरुलाई दिन्न। तपाईंको हृदयलाई विचलित हुन नदिनुहोस्, न त यसलाई डराउन नै दिनुहोस्।”११

त्यसोभए हामीले यो कसरी गर्ने? हामीले कसरि यो शान्ति प्राप्त गर्न सक्छौँ, हामी को हौँ भनेर सम्झन सक्छौँ र शत्रुका तीन डिहरु पार गर्नु सक्छौँ ?

सर्वप्रथम, याद राख्नुहोस् कि पहिलो र महान आज्ञा भनेको परमेश्वरलाई आफ्नो हृदय, शक्ति, समज र बलले प्रेम गर्नु हो। १२ हामीले गर्ने सबै उहाँ र उहाँका पुत्रप्रतिको हाम्रो प्रेमले उत्प्रेरित हुनुपर्दछ। जब हामीले उहाँहरुप्रतिको हाम्रो प्रेम उहाँहरुको आज्ञाहरुको पालना गरेर विकास गर्छौँ, आफुस्वयम् र अरूलाई प्रेम गर्ने हाम्रो क्षमता बढ्नेछ। हामी परिवार, साथीहरू र छिमेकीहरूको सेवा गर्न थाल्नेछौं किनकि हामीले उनीहरूलाई मुक्तिदाताले हेर्ने जसरी नै हेर्नेर्छौं—परमेश्वरका छोरा-छोरीहरूका रुपमा। १३

दोस्रो, पितालाई येशू ख्रीष्टको नाममा दिनहुँ, दिनहुँ, दिनहुँ प्रार्थना गर्नुहोस्। १४ प्रार्थनाका मार्फत नै हामीले परमेश्वरको प्रेमलाई महसुस गर्न सक्छौं र उहाँप्रति हाम्रो प्रेम देखाउन सक्छौं। प्रार्थनाका माध्यमबाट हामीले कृतज्ञता प्रकट गर्दछौं र हाम्रो इच्छालाई परमेश्वरकोमा समर्पित गर्न शक्ति र साहसकालागि माग्छौँ र सबै कुरामा निर्देशित र अगुवाइ गरिन्छौँ ।

म तपाईंहरुलाई “सम्पूर्ण हृदयले पितालाई प्रार्थना गर्न प्रोत्साहन गर्दछु, ताकि तपाईंहरु यो प्रेमले भरिपूर्ण हुनुहोस्, … ताकि तपाईंहरू परमेश्वरका छोरा [र छोरीहरू] हुन सक्नुहोस्; ताकि जब उहाँ देखापर्नुहुनेछ हामी उहाँ जस्तै हुनेछौं।” १५

तेस्रो, मोर्मोनको पुस्तक हरेक दिन, हरेक दिन, हरेक दिन पढ्नुहोस् र अध्ययन गर्नुहोस्। १६ मेरो मनमा कुनै प्रश्न सहित जब मैले मोर्मोनको पुस्तकको अध्ययन गर्छु, मेरो अध्ययन राम्रो हुँदै जान्छ। जब हामीले कुनै प्रश्न सहित पढ्छौँ, हामीले प्रकाश प्राप्त गर्छौं र अगमवक्ता जोसेफ स्मिथले गर्दा सत्य बोल्नुभयो भनेर पहिचान गर्छौं जब उहाँले घोषणा गर्नुभयो, “मोर्मोनको पुस्तक [पृथ्वीका कुनै पनि अन्य पुस्तक भन्दा सही छ, … र कुनै मानिस [वा एक महिला ] अरू कुनै पुस्तक भन्दा यसका शिक्षाहरुको पालनाद्वारा परमेश्वरसँग अझ नजिक पुग्छ ।”१७ मोर्मोनको पुस्तकमा ख्रीष्टका वचनहरू छन् र हामीलाई हामी को हौं भनेर सम्झना गराउँछ।

अन्तमा, प्रार्थनापूर्वक हरेक हप्ता, हरेक हप्ता, हरेक हप्ता प्रभूभोज लिनुहोस्। प्रभूभोज लगायतका करारहरू र पदारित्व विधिहरूका माध्यमबाट हाम्रो जीवनमा ईश्वरीय शक्ति प्रकट हुन्छ। १८। एल्डर डेभिड ए बेडनारले सिकाउनुभयो: “सच्चारुपले पश्‍चात्ताप गर्न र आत्मिक रुपमा नवीकरण हुन प्रभूभोज एउटा पवित्र र दोहोरिने आमन्त्रण हो । प्रभूभोज लिने कार्यले, आफैमा, पापलाई क्षमा गर्दैन। तर जब हामी इमान्दारितापूर्वक तयारी गर्छौं र यो पवित्र विधिमा चूर्ण हृदय र पश्चात्ताप युक्त आत्माले सहभागी हुन्छौँ, तब हामीलाई सदा परमप्रभुको आत्मा हामीसँग रहनेछ भनेर प्रतिज्ञा प्राप्त हुन्छ। १९

जब हामीले विनम्र भएर प्रभूभोज लिन्छौँ, हामीले गेत्समनी भन्ने पवित्र बगैंचामा येशूको कष्ट र क्रूसमा उहाँको बलिदानलाई सम्झन्छौँ। जन्माइएका एक मात्र पुत्र , हाम्रा उद्धारकर्तालाई पठाउनुभएकोमा हामी पिताप्रति कृतज्ञता प्रकट गर्दछौँ र हामी उहाँका आज्ञाहरू पालन गर्ने हाम्रो चाहना र उहाँलाई सधैं सम्झने इच्छा प्रकट गर्छौँ।२० प्रभूभोजसँगै आत्मिक ज्ञान जोडिएको छ—यो व्यक्तिगत हो, यो शक्तिशाली छ, र यो आवश्यक छ।

मेरा मित्रहरू, म प्रतिज्ञा गर्छु कि जब हामीले आत्मा देखिनै परमेश्वरलाई प्रेम गर्ने पूर्ण प्रयास गर्छौं, येशू ख्रीष्टका नाउँमा प्रार्थना गर्छौं, मोर्मोनको पुस्तक पढ्छौँ र प्रार्थनापूर्वक प्रभूभोज लिन्छौँ, परमप्रभूको शक्तिमा शत्रुका भ्रामक अभ्यासहरू माथि विजय प्राप्त गर्ने, हाम्रो दैवी सम्भाव्यतालाई सङ्कुचित पार्ने विकर्षणहरुलाई न्यूनीकरण गर्ने र स्वर्गमा रहनुहुने पिता र उहाँका पुत्रको प्रेमलाई महसुस गर्ने हाम्रो क्षमतालाई घटाउने निराशालाई प्रतिरोध गर्ने क्षमता हामीसँग हुनेछ। परमेश्वरका छोरा र छोरीहरूका रुपमा हामी को हौँ भनेर हामीले पूर्णरुपमा बुझ्नेछौँ।

दाजुभाई तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई मेरो प्रेम साझा गर्दछु र तपाईंहरुमा मेरो गवाही घोषणा गर्दछु कि मलाई थाहा छ कि स्वर्गमा रहनुहुने पिता जीवित हुनुहुन्छ र येशू नै ख्रीष्ट हुनुहुन्छ। म उहाँहरूलाई प्रेम गर्छु। पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च पृथ्वीमा परमेश्वरको राज्य हो। हामीसँग मसीहको दोस्रो आगमनका लागि इस्रायललाई एकतृत गर्ने र संसारलाई तयार पर्ने एक दैवी उत्तरदायित्व छ। येशू ख्रीष्टको नाउँमा, आमिन |

प्रिन्ट गर्नुहोस्