साधारण सम्मेलन
महान् योजना
अप्रिल २०२० साधारण सम्मेलन


महान् योजना

परमेश्वरको योजनालाई बुझ्ने र त्यसमा भाग लिने प्रतिज्ञा गर्ने हामीहरूमा त्यो सत्य सिकाउने स्पष्ट जिम्मेवारी छ।

अनौंठा परीक्षा र चुनौतीहरूका बीचमा पनि, हामी वास्तवमा नै आशीषित भएका छौँ ! यस साधारण सम्मेलनले हामीलाई धेरै आशिषहरु र येशू ख्रीष्टको सुसमाचारको पुनः स्थापनाको आनन्द दिएको छ। पुनः स्थापना सुरु गरिएको पिता र पुत्रको दर्शनमा हामी रमाएका छौं। हामीलाई मोर्मोनको पुस्तकको आश्चर्यकर्मका बारेमा स्मरण गराइएको छ, जसको प्रमूख उद्देश्य येशू ख्रीष्ट र उहाँको शिक्षालाई प्रमाणित गर्नु हो। हामीलाई प्रकाशको आनन्दमय वास्तविकतामा नवीकरण गरिएको छ— अगमवक्ताहरूलाई र व्यक्तिगत रूपमा हामीलाई। हामीले येशू ख्रीष्टको अनन्त प्रायश्चित र उहाँको वास्तविक पूनरुत्थानका अमूल्य गवाहीहरू सुनेका छौं। परमेश्वर पिताले भर्खरै बोलावट गरिएका अगमवक्तालाई यो घोषणा गरेपछि हामीलाई जोसेफ स्मिथले बताएको उहाँको सुसमाचारको पूर्णताका अन्य सत्यता पनि सिकाइएको छ: “यी मेरा प्रिय पुत्र हुन्। उहाँलाई सुन!जोसेफ स्मिथको—इतिहास १:१७

पादरित्व र यसका साँचाहरू पुनः स्थापना सम्बन्धी हाम्रो ज्ञानमा हामी सुनिश्चित भएका छौं। परमप्रभुको पुनर्स्थापित चर्चलाई यसको उचित नाम, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चबाट चिनिन्छ भन्ने हाम्रो संकल्पमा हामी नवीकरण भएका छौं। अनि हामीलाई विनाशकारी विश्वव्यापी महामारीको वर्तमान र भविष्यमा हुने प्रभावहरूलाई कम गर्न उपवास र प्रार्थनामा सहभागी हुन आमन्त्रण गरिएको छ। आज बिहान हामी परमप्रभुका जीवित अगमवक्ताले पुनर्स्थापनाको ऐतिहासिक घोषणा प्रस्तुत गरेर प्रेरित भयौं। हामी यसको घोषणालाई पुष्टि गर्दछौं कि “जसले प्रार्थनापूर्वक पूनर्स्थापनाको सन्देशलाई अध्ययन गर्दछ र विश्वासमा कार्य गर्दछ उसले आफ्नो दैवी अनि हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको दोस्रो आगमनको प्रतिज्ञाका लागि संसारलाई तयार पार्ने उद्देश्यका बारेमा आफ्नै गवाही प्राप्त गर्ने आशीषबाट आशीषित हुनेछन् ।”

योजना

यो सबै दैवी योजनाको एक हिस्सा हो जसको उद्देश्य परमेश्वरका सन्ततिहरूलाई उन्नयन प्राप्त गर्न र उहाँ जस्तै हुन सक्षम पार्नु हो। धर्मशास्त्रमा “खुशीको माहान् योजना”, “उन्नयनको योजना,” र “मुक्तिको योजना” ( अल्मा ४२:८, ११, ५,) उल्लेख गरिएको जस्तै, पुनर्स्थापनाका क्रममा प्रकट गरिएको त्यो योजना स्वर्गमा भएको परिषदबाट शुरू भएको थियो। आत्माका रुपमा, हामी स्वर्गमा रहनुहुने हाम्रा माता-पिताले आनन्द लिएको जस्तो अनन्त जीवन प्राप्त गर्न चाहन्थ्यौं। भौतिक शरीरमा नश्वर अनुभवहरू बिना नै त्यस बिन्दुमा हामीले सम्भव भए सम्म प्रगति गरिसकेका थियौं। त्यो अनुभव प्रदान गर्न, परमेश्वर पिताले यस पृथ्वीको निर्माण गर्ने योजना गर्नुभयो। योजनावद्ध नश्वर जीवनमा, हाम्रो आत्मिक विकासका लागि आवश्यक प्रतिरोधहरुको सामना गर्दा हामी पापका कारण अपवित्र बन्नेछौँ। हामीले शारीरिक मृत्युको पनि सामना गर्नुपर्नेछ। मृत्यु र पापबाट पुनः प्राप्त गर्न, स्वर्गमा रहनुहुने हाम्रा पिताको योजनाले हामीलाई मुक्तिदाता प्रदान गर्नेछ। उहाँको पुनरुत्थानले मृत्युबाट सबैलाई छुटकारा दिनेछ, र उहाँको प्रायश्चितको वलिदानले सबैलाई पापबाट शुद्ध हुनका लागि तोकिएको अवस्थामा हाम्रो विकासलाई प्रोत्साहन गर्न आवश्यक मूल्य तिर्नेछ। येशू ख्रीष्टको यो प्रायश्चित पिताको योजनाको केन्द्रबिन्दु हो।

स्वर्गको परिषदमा, परमेश्वरका सबै आत्मिक सन्ततिहरू पिताको योजनाका नश्वर परिणामहरू र परीक्षाहरू, यसको स्वर्गीय सहयोग र यसको गौरवपूर्ण गन्तव्य सहित यससँग परिचित भएका थिए । हामीले सुरुदेखि अन्त देखेका थियौं। यस पृथ्वीमा जन्मेका सबै मानिसहरुले पिताको योजना छनौट गरे र यसका लागि स्वर्गीय प्रतिस्पर्धामा लडे। नश्वरतामा उनीहरूले के गर्नेछन् भनेर धेरैले पितासँग करार पनि गरे। प्रकट नभएका तरिकाहरूमा, आत्मिक संसारका हाम्रा कार्यहरूले नश्वरतामा हाम्रा परिस्थितिहरूलाई प्रभाव परेका छन्।

नश्वरता र आत्मिक संसार

अब म पिताको योजनाका केही प्रमुख तत्त्वहरूको सारांश दिनेछु, जसले हाम्रो नश्वर यात्रा र त्यसपछिको आत्मिक संसारमा हामीलाई प्रभाव पार्दछन्।

नश्वर जीवनको उद्देश्य र नश्वर जीवन पछिको विकास भनेको परमेश्वरका सन्ततिका लागि उहाँ जस्तै बन्नु हो। यो आफ्ना सबै सन्ततिहरूका लागि स्वर्गमा रहनुहुने पिताको चाहना हो। यो रमणीय गन्तव्यलाई प्राप्त गर्न, अनन्त कानूनका लागि हामीले येशू ख्रीष्टको प्रायश्चितका माध्यमबाट विशुद्ध व्यक्ति बन्नु आवश्यक छ ताकि हामीले पिता र पुत्रको उपस्थितिमा रहन र उन्नयनका आशीषहरूमा आनन्द लिन सकौं। मोर्मोनको पुस्तकले सिकाएको जस्तै उहाँले “सबैलाई उहाँमा आउन र उहाँको असलपनामा भाग लिन निमन्त्रणा गर्नुहुन्छ; र उहाँले उहाँमा आउने कसैलाई पनि अस्वीकार गर्नुहुन्न, कालो होस् वा गोरो, बन्धी होस् वा स्वतन्त्र, पुरुष वा महिला; र उहाँले अधर्मीलाई सम्झनुहुन्छ; र परमेश्वर सामु सबै बराबर हुन्छन्”(२-नफी २६:३३ पनि हेर्नुहोस् अल्मा ५:४९)।

हामी जे बन्नका लागि हाम्रा लागि दैवी योजना गरिएको हो सोका लागि हामीले नश्वरतामा परमेश्वरका आज्ञाहरू र तिनीहरूको योजनाका विपरीत कार्य गर्न प्रलोभन दिने दुष्ट प्रतिरोधलाई अस्वीकार गर्ने छनौटहरू गर्नुपर्दछ। हामीले अरुको पापबाट वा जन्मका केही त्रुटी जस्ता अन्य नश्वर प्रतिरोधको सामना गर्नु पनि आवश्यक हुन्छ। कहिलेकाँही आराम र शान्तिबाट भन्दा पनि दु:ख र कठिनाइबाट हामीलाई चाहिएको उन्नति उपयुक्त रुपमा प्राप्त गर्न सकिन्छ। अनि यदि हामीलाई प्रकट गरिएका नश्वरताका सबै परिणामहरू प्रतिकूल भएमा यी कुनै पनि नश्वर प्रतिरोधले दैवी हस्तक्षेपको अनन्त उद्देश्य प्राप्त गर्न सक्दैनन्।

यो योजनाले अनन्तसम्मको हाम्रो गन्तव्य, नश्वरताको हाम्रो यात्राको उद्देश्य र अवस्थाहरु अनि हामीले प्राप्त गर्ने स्वर्गीय सहयोग प्रकट गर्दछ। परमेश्वरका आज्ञाहरूले हामीलाई खतरनाक परिस्थितिहरूका विरुद्धमा चेतावनी दिन्छन्। प्रेरित अगुवाहरूको शिक्षाले हाम्रो मार्गलाई निर्देशित गर्छ र हाम्रो अनन्त यात्रालाई प्रोत्साहन गर्ने आश्वासन दिन्छ।

नश्वरताका माध्यमबाट हाम्रो यात्रालाई सहयोग पुर्‍याउन परमेश्वरको योजनाले हामीलाई चार ठूला आश्वासनहरू दिन्छ। योजनाको केन्द्रबिन्दु येशू ख्रीष्टको प्रायश्चितका माध्यमबाट सबै चीज हामीलाई दिइन्छ। पहिलो ले उहाँको कष्टका माध्यमबाट हामीले पश्चाताप गर्ने पापहरूबाट हामी पवित्र बन्न सक्छौं भनेर हामीलाई आश्वासन दिन्छ। तब दयालु अन्तिम न्यायाधीशले “तिनीहरूलाई फेरी सम्झनुहुने छैन” (सिद्धान्त र करार ५८:४२)।

दोस्रो, हाम्रा मुक्तिदाताको प्रायश्चितको एक अंशका रुपमा, उहाँले आफुमा सबै अन्य अशक्तताहरू लिनुभयो। यसले हामीलाई मृत्युको अपरिहार्य बोझ अनि युद्ध र महामारी जस्ता व्यक्तिगत र सामान्य बोझ वहन गर्न सक्ने दैवी सहयोग प्राप्त गर्नका लागि सहयोग गर्दछ। मोर्मोनको पुस्तकले प्रायश्चितको यो अपरिहार्य शक्तिका बारेमा हाम्रो स्पष्ट धर्मशास्त्रीय विवरण प्रदान गर्दछ। “आफ्ना मानिसहरुको पीडा र बिमारीहरु [र अशक्तता] मुक्तिदाताले आफुमा लिनुभयो। … अनि उहाँले उनीहरूका कमजोरीहरूलाई आफूमाथि लिनुहुनेछ, कि उहाँको हृदय कृपाले भरियोस, मांशशरीरअनुसार, कि उहाँले मांशशरीरअनुसार जान्न सक्नुहुनेछ कि उनीहरूका कमजोरीअनुसार उहाँका जनको कसरी सहायता गर्ने” (अल्मा ७:११–१२)।

तेस्रो, मुक्तिदाताले, उहाँको असीम प्रायश्चितका माध्यमबाट, मृत्युको अन्तिम स्थितिलाई खारेज गर्नुहुन्छ अनि हामी सबैको पुनरुत्थान हुनेछ भनेर हामीलाई आनन्ददायी आश्वासन दिनुहुन्छ। “यो पुनर्स्थापना सबैका लागि आउनेछ, बृद्ध र जवान दुबै, बाँधिएको र स्वतन्त्र दुबै, पुरुष र महिला, दुबै धर्मि र दुष्ट; तिनीहरूको शिरको केश पनि हराउने छैन, तर सबै चीजहरू यसको पूर्ण रुपमा पुनर्स्थापित हुनेछ “ भनेर मोर्मोनको पुस्तकले सिकाउँदछ (अल्मा ११:४४

हामी यस इस्टरको समयमा पुनरुत्थानको वास्तविकता मनाउँछौं। यसले हामीलाई र हामीले माया गर्नेहरुलाई शारीरिक, मानसिक, वा भावनात्मक कमीहरूका बावजुद भौतिक जीवनको समयमा जन्म वा अनुभवका कारण हामी प्रत्येकले सामना गर्ने भौतिक चुनौतीहरूलाई सहन गर्न सम्भाव्यता र सामर्थ्य दिन्छ। पुनरुत्थानका कारणले गर्दा, हामी यी नश्वर अभावहरू केवल अस्थायी हुन् भनेर जान्दछौं!

पुनरुत्थानले हाम्रो परिवारका सदस्यहरू - पति, पत्नी, केटाकेटीहरू, र अभिभावकहरूसँग सँगै हुने अवसर समावेश गर्न सक्छ भनेर पुनर्स्थापित सुसमाचारले हामीलाई आश्वासन दिन्छ। नश्वरतामा पारिवारिक जिम्मेवारीहरू पूरा गर्न हाम्रा लागि यो एक शक्तिशाली प्रोत्साहन हो। यसले हामीलाई रमाइलो पुनर्मिलन र आगामी जीवनमा सम्बद्धताको प्रत्याशामा यस जीवनमा प्रेमपूर्वक सँगै बस्न सहयोग गर्दछ।

चौथो अनि अन्तिम, नश्वरताको अन्त्य सँगै हाम्रो प्रगति समाप्त हुँदैन भनेर आधुनिक प्रकाशले हामीलाई सिकाउँछ। यस महत्त्वपूर्ण आश्वासनका बारेमा थोरै प्रकट गरिएको छ। हामीलाई यो बताइएको छ कि यो जीवन परमेश्वरसँग भेट गर्न तयार हुने समय हो र हामीले आफ्नो पश्चात्तापलाई ढिला गर्नु हुँदैन (हेर्नुहोस् अल्मा ३४:३२-३३। अझै, हामीलाई सिकाइएको छ कि आत्मिक संसारमा ”दुष्ट र अनाज्ञाकारी जसले सत्यलाई अस्वीकार गरेका छन्“ (सिद्धान्त र करार १३८:२९) लाई पनि सुसमाचार प्रचार गरिएको छ र त्यहाँ सिकाइएका व्यक्तिहरू अन्तिम फैसला अघि नै पश्चात्ताप गर्न सक्षम छन्। (हेर्नुहोस्पदहरु ३१-३४, ५७-५९)।

स्वर्गमा रहनुहुने हाम्रा पिताको योजनाका बारेमा अन्य केही आधारभूत तत्वहरू यहाँ छन्।

येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारले हामीलाई पवित्रता, विवाह, र सन्तान जन्माउने विषयमा एक अनौंठो दृष्टिकोण दिन्छ। परमेश्वरको योजना अनुरुप विवाहले परमेश्वरको योजनाको लक्ष्य प्राप्त गर्नका लागि, दैवी रुपमा निर्धारित गरिएको नश्वर जन्म प्राप्त गर्न र अनन्त जीवनका लागि परिवारका सदस्यहरू तयार गर्न आवश्यक छ भनेर यसले सिकाउँछ। “विवाह मानिसका लागि परमेश्वरले नियुक्त गर्नुभएको हो,” परमप्रभुले भन्नुभयो, “…कि पृथ्वीले यसको सृष्टिको अन्तका बारेमा जवाफ दिन सक्छ” (सिद्धान्त र करार ४९ :१५-१६ )। यसमा, उहाँको योजनाले, अवश्य पनि नियम र चालचलनका केही सांसारिक शक्तिहरूमा कडा प्रतिरोध गर्दछ।

नश्वर जीवन सृष्टि गर्ने शक्ति सबैभन्दा उच्च शक्ति हो जुन परमेश्वरले आफ्ना सन्ततिहरूलाई दिनुभयो। पहिलो आज्ञामा यसको प्रयोग अनिवार्य थियो, तर यसको दुरुपयोग रोक्नका लागि आदम र हब्बालाई अर्को महत्त्वपूर्ण आज्ञा दिइयो। विवाहको बन्धन बाहिर, गरिएका उत्पादन शक्तिका सबै प्रयोगहरू एक वा अर्को रुपमा अपमानजनक पाप अनि पुरुष र महिलाको उत्तम दैवी विशेषताको विकृति हुन् । परमेश्वरको योजनाको कार्यान्वयनमा हाम्रो उत्पादनशील शक्तिको उद्देश्यका कारण पुनर्स्थापित सुसमाचारले पवित्रताको नियममा जोड दिन्छ।

अब अगाडि के छ?

पुनर्स्थापनाको शुरुवात गर्ने प्रथम दर्शन भएको २०० औं वार्षिकोत्सवका क्रममा, हामी परमप्रभुको योजना जान्दछौं र हामी उहाँको पुनर्स्थापित चर्चमार्फत दुई शताब्दीका आशीषहरूद्वारा प्रोत्साहित हुन्छौं। २०२० को यस वर्षमा, विगतका घटनाहरूका लागि हामीसँग २०/२० भनिने लोकप्रिय दृष्टि छन्

जब हामी भविष्यलाई हेर्छौं, जेभए तापनि, हाम्रो दृष्टि अति अनिश्चित छ। हामीलाई थाहा छ कि पुनर्स्थापनाको दुई शताब्दी पछि, आत्मिक संसारमा त्यहाँ भएका प्रचारकार्य पूरा गर्न भौतिक जीवनमा अनुभव प्राप्त गरेका धेरै अनुभवी काम गर्ने व्यक्तिकामदारहरू सहभागी छन्। हामीलाई यो पनि थाहा छ कि मृत्युको पर्दाको दुबै तर्फ पश्चाताप गर्ने र प्रभुको सुसमाचारलाई अँगाल्नेहरूका लागि अनन्तकालका विधिहरू गर्न हामीसँग अझै धेरै मन्दिरहरू छन्। यो सबैले स्वर्गमा रहनुहुने हाम्रा पिताको योजनालाई अघि बढाउँछ। परमेश्वरको प्रेम यति महान् छ कि उहाँले जानाजानी सर्वनाशका सन्तान बन्ने केही बाहेक, आफ्ना सबै सन्ततिहरूका लागि महिमाको गन्तव्य प्रदान गर्नुभएको छ (हेर्नुहोस् सिद्धान्त र करार ७६:४३)।

हामीलाई थाहा छ कि मुक्तिदाता फर्किनुहुनेछ र परमेश्वरको योजनाको नश्वर भागलाई समापन गर्न त्यहाँ सहस्राब्दीको शान्तिमय शासन हुनेछ । हामीलाई यो पनि थाहा छ कि त्यहाँ धार्मिक र अधर्मीको, फरक पुनरुत्थानहरू हुनेछन्, ऊ वा उनको पुनरुत्थानको लगत्तै पछि प्रत्येक व्यक्तिको अन्तिम न्याय हुनेछ।

हाम्रो व्यवहार, हाम्रो हृदयका चाहनाहरू, र हामी जस्तो व्यक्ति भएका छौँ त्यसैका आधारमा हामीलाई न्याय गरिनेछ। यो न्यायले परमेश्वरका सबै सन्ततिहरूलाई महिमाको राज्यमा अग्रसर गराउनेछ जसका लागि उनीहरूको आज्ञाकारिताले उनीहरूलाई योग्य बनाएको छ र जहाँ उनीहरू आरामदायी हुनेछन्। यी सबैको न्यायकर्ता हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट हुनुहुन्छ। (हेर्नुहोस् यूहन्ना ५:२२; २-नफी ९:४१) उहाँको सर्वशक्तिमान अस्तित्वले पश्चाताप नगरिएका वा परिवर्तन नभएका अनि पश्चाताप गरिएका र धार्मिक हाम्रा सबै कार्यहरू र चाहनाहरूका बारेमा उहाँलाई एक पूर्ण ज्ञान दिन्छ। त्यसकारण, उहाँको न्याय पछि हामी सबैले स्वीकार गर्नेछौं कि “उहाँका न्यायहरू न्यायसंगत छन्” (मोशियाह १६: १)।

निष्कर्षमा, धेरै पत्रहरु मार्फत अनि नाम हटाए पछि वा धर्मत्याग पछाडि चर्चमा फर्कने धेरै अनुरोधहरुको समीक्षाबाट ममा आएको दृढ विश्वासलाई म बाँढ्छु। हाम्रा धेरैजसो सदस्यहरूले मुक्तिको यो योजनालाई पूर्ण रुपमा बुझ्नुहुन्न, जसले पुनर्स्थापित चर्चको सिद्धान्त र प्रेरणादायी नीतिहरू बारेका अधिकांश प्रश्नहरूको जवाफ दिन्छ। परमेश्वरको योजनालाई बुझ्ने र सहभागी हुने करार गर्ने हामीहरूमा यो नश्वर जीवनमा अरूहरू र हामीहरू स्वयंका परिस्थितिहरूका बावजुद पनि यी सत्यताहरू सिकाउने र तिनीहरूलाई अगाडि बढाउने स्पष्ट दायित्व छ। म हाम्रा मुक्तिदाता र उद्धारकर्ता येशू ख्रीष्टको प्रमाणित गर्छु, जसले सबै सम्भव तुल्याउनुहुन्छ, येशू ख्रीष्टको नाममा आमीन।

सूची

  1. “येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापना: संसारका लागि द्विशतवार्षिक घोषणा,”। रसेल एम. नेल्सन मा, “उहाँलाई सुन ,” लियाहोना मे २०२०, ९१।

प्रिन्ट गर्नुहोस्