साधारण सम्मेलन
उत्कृष्ट घरहरु
अप्रिल २०२० साधारण सम्मेलन


उत्कृष्ट घरहरु

मुक्तिदाता उत्तम इन्जिनियर, निर्माणकर्ता, र इन्टेरियर डिजाइनर हुनुहुन्छ। उहाँको परियोजना हाम्रो आत्माहरुको पूर्णता र अनन्त खुशीको हो।

हालसालै सल्ट लेक सिटीमा एउटा बिलबोर्डमा मेरो आँखा पर्‍यो। यसले फर्निचर र इन्टेरियर डिजाइन कम्पनीको विज्ञापन गरेको थियो। यसले “सल्ट लेक सिटीमा सबैभन्दा उत्तम घरहरूको सेवा गर्दै गरेको कुरा सरल रुपमा बतायो।”

सन्देश आकर्षक थियो - एक “उत्कृष्ट घर” भनेको के हो? मैले आफु स्वयंलाई त्यो प्रश्नका बारेमा विशेष गरी मेरा छोराछोरी, मेरी श्रीमती क्याथी अनि मैले हुर्काएका केटाकेटीहरु र आज उनीहरूले हुर्काइरहेका केटाकेटीहरुका बारेमा सोचिरहेको पाएँ । सबैतिरका अभिभावकहरू जस्तै हामी पनि चिन्तित भयौं र हाम्रो परिवारका लागि प्रार्थना गर्यौँ। हामी अझै पनि गर्छौं। हामी इमान्दारिताका साथ उहाँहरूका लागि सबै भन्दा उत्तम चाहान्छौं। उहाँहरू र उहाँहरूका केटाकेटीहरू कसरी उत्तम घरहरूमा बस्न सक्नुहुन्छ? क्याथी र मैले भ्रमण गर्ने सुअवसर प्राप्त भएका चर्चका सदस्यहरुका घरहरूका बारेमा सोचेको छु। हामीहरूलाई कोरिया र केन्या, फिलिपिन्स र पेरु, लाओस र लाटभियाका घरहरूमा आमन्त्रण गरिएको छ। मलाई उत्कृष्ट घरहरूका बारेमा चारवटा अवलोकनहरू बाँढ्न दिनुहोस्।

पहिलो, उत्कृष्ट घरहरू स्थापना गर्नु भनेको परमप्रभुको दृष्टिकोणमा, त्यहाँ बस्ने मानिसहरूका व्यक्तिगत गुणहरूसँग सम्बन्धित हरेक चीज गर्नु हो। तिनीहरूको फर्नीचर वा विशुद्ध मूल्य वा तिनीहरूको स्वामित्व लिने व्यक्तिको सामाजिक प्रतिष्ठा जस्ता कुनै पनि महत्त्वपूर्ण वा दिगो तरीकाले यी घरहरूलाई उत्कृष्ट बनाईएको छैन। कुनै पनि घरको उत्कृष्ट विशेषता भनेको घरका बासिन्दाहरूमा प्रतिबिम्बित ख्रीष्टको छवि हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संरचना आफै नभई त्यहाँ बस्ने आत्माहरूको आन्तरिक योजना हो, ।

ख्रीष्टका यी विशेषताहरू “समयको प्रक्रियामा” करारको मार्गमा जानीजानी गरिएको प्रगतिद्वारा प्राप्त प्राप्त हुन्छन्। ख्रीष्टका जस्तै विशेषताहरूले असलपना अनुरुप जिउन प्रयास गर्नेहरूको जीवनलाई विभूषित गर्दछन्। भुइँ माटो वा मार्बल जे को भए तापनि तिनीहरूले घरलाई सुसमाचारको प्रकाशले भर्दछन्। यदि तपाईं आफ्नो परिवारमा एक मात्र हुनुहुन्छ जसले “यी चीजहरूको अनुशरण गर्नुहुन्छ” भनेपनि तपाईंले आफ्ना परिवारको घरको आध्यात्मिक सजावटमा योगदान दिन सक्नुहुनेछ।

सबै आवश्यक चीजहरू तयार पार; र एउटा घर स्थापना गर” व्यवस्थित गरेर, तयारी गरेर अनि हाम्रो भौतिक सम्पत्ति होइन, हाम्रो आध्यात्मिक जीवन स्थापना गरेर हामी “आफैलाई व्यवस्थित गर्न” परमप्रभुको सल्लाह पालन गर्दछौं। जब हामी धैर्यताका साथ मुक्तिदाताको करार मार्गको अनुशरण गर्छौं, हाम्रो घर “गौरवको घर, व्यवस्थित घर, र परमेश्वरको घर हुन्छ।”

दोस्रो, उत्कृष्ट घरका बासिन्दाहरूले दिनहुँ धर्मशास्त्र र जीवित अगमवक्ताहरूका वचनहरू अध्ययन गर्न समय निकाल्छन्। अध्यक्ष रसल एम. नेल्सनले हामीलाई सुसमाचार अध्ययन मार्फत हाम्रा घरहरू “रुपान्तरण” र “स्वरूप परिवर्तन” गर्न आमन्त्रण गर्नुभएको छ। उत्कृष्ट घरहरूले कोमलता, व्यक्तिगत उन्नतिको महत्त्वपूर्ण काम र हाम्रा कमजोरीहरूको स्वरूप परिवर्तनलाई आश्रय दिन्छ भन्ने कुरा उहाँको आमन्त्रणले स्वीकार्छ। दैनिक पश्चात्ताप परिवर्तन हुने एक औजार हो जसले हामीलाई अझै दयालु, बढी मायालु र अधिक समझ भएको बन्नका लागि सक्षम बनाउँछ। धर्मशास्त्रको अध्ययनले हामीलाई मुक्तिदाताको नजिक ल्याउँछ, जसको उदार प्रेम र अनुग्रहले हाम्रो उन्नतिमा हामीलाई सहयोग पुर्‍याउँछ।

बाइबल र मोर्मोनको पुस्तक अनि बहुमूल्य मोतीले परिवारहरूका कथाहरू बताउँछन्, त्यसैले ती दैवी ग्रन्थहरु उत्कृष्ट घरहरू निर्माण गर्न अतुलनीय पुस्तिकाहरू हुन् भन्ने कुरा अचम्मको कुरा होइन। तिनीहरूले अभिभावकका प्रार्थना, प्रलोभनको जोखिम, तिनीहरूले अभिभावकको चिन्ता, प्रलोभनको जोखिम, धार्मिकताको विजय, अनिकाल र प्रशस्तताको परीक्षा, र युद्धको त्रास र शान्तिको इनामको वर्णन गर्दछन्। परिवारहरू कसरी धार्मिक जीवन जिउन सफल हुन्छन् र अन्य मार्गहरू पछ्याएर कसरी असफल हुन्छन् भनेर धर्मशास्त्रले हामीलाई बारम्बार बताउँछन् ।

तेस्रो, परमप्रभुले आफ्नो उत्कृष्ट घर, मन्दिरका लागि बनाउनुभएको खाका उत्कृष्ट घरहरूका लागि अनुसरण गर्नुहोस्। मन्दिर निर्माण गर्ने कार्य झाडी हटाउने र भूमि समतल पार्ने जस्ता आधारभूत चरणहरूबाट सुरू हुन्छ। जमिन तयार पार्न गरिने ती प्रारम्भिक प्रयासहरूलाई आधारभूत आज्ञाहरूको पालन गर्ने कुरासँग तुलना गर्न सकिन्छ। आज्ञाहरू आधारहरू हुन् जसमा अनुयायीपना निर्माण भएको हुन्छ। स्थिर आनुयायीपनाले हामीलाई मन्दिरका लागि स्टीलको फ्रेम जस्तैदृढ, अटल र अचल हुनका लागि अग्रसर पार्दछ। यो स्थिर ढांचाले परमप्रभुलाई हाम्रो हृदय परिवर्तन गर्ने आत्मा पठाउन अनुमति दिनुहुन्छ। हृदयको शक्तिशाली परिवर्तन अनुभव गर्नु भनेको मन्दिरको भित्री भागमा सुन्दर सुविधाहरू थप्नु जस्तै हो।

जब हामी आस्थालाई निरन्तरता दिन्छौँ, परमप्रभुले हामीलाई बिस्तारै परिवर्तन गराउनुहुन्छ। हामी हाम्रो अनुहारमा उहाँको छवि प्राप्त गर्छौं र उहाँको चरित्रको प्रेम र सुन्दरता प्रतिविम्वित गर्न थाल्छौं। जब हामी उहाँजस्तै हुँदै जान्छौँ , हामी उहाँको घरमा अफ्नो घर महसुस गर्नेछौं, र उहाँ पनि हाम्रो घरमा अफ्नो महसुस गर्नुहुनेछ।

हाम्रो परिस्थितिले अनुमति दिए सम्म मन्दिर अनुमति पत्रको उपयोग गरेर हामी हाम्रो घर र उहाँको घरबीच नजिकको सम्बन्धलाई कायम राख्न सक्छौं। जब हामीले यसो गर्छौं, परमप्रभुको घरको पवित्रता हाम्रो घरमा पनि निहित रहन्छ।

भव्य सल्ट लेक मन्दिर नजिकै खडा छ। प्राथमिक उपकरणहरू, स्थानीय सामग्रीहरू र अनन्त कडा परिश्रम सहित अग्रजहरूले बनाएको, मन्दिर १८५३ देखि १८९३ सम्ममा निर्माण गरिएको थियो। प्रारम्भिक चर्चका सदस्यहरूले ईन्जिनियरिङ्ग, वास्तुकला, र इन्टेरियर डिजाइनमा दिएको योगदानले मास्टरपिस सिर्जना गर्यो जसलाई लाखौंले मान्यता दिएका छन्।

मन्दिर समर्पण गरिएको झन्डै १३० वर्ष बितिसकेको छ। एल्डर गेरी ई. स्टीभेन्सनले हिजो भनेझैं, मन्दिरको डिजाइन गर्न प्रयोग गरिएका ईन्जिनियरिङ्ग सिद्धान्तहरूलाई अझै नयाँ, सुरक्षित मापदण्डहरूले प्रतिस्थापित गरेका छन्। मन्दिरका ईन्जिनियरिङ्ग र संरचनात्मक कमजोरीहरूको सुधार गर्न असफलताले अग्रजहरूको विश्वासमा घात गर्नेछ, जसले आफुहरूले सकेजति सबै गर्नुभयो र त्यसपछि मन्दिरको सम्भार गर्ने कार्य आगामी पुस्ताहरूमा छोडिदिनुभयो।

मन्दिरको संरचनात्मक मजबुतीका लागि चर्चले चार वर्षे पुनर्स्थापना परियोजना शुरू गरेको छ। जग, भूइँ र भित्ताहरूलाई सुदृढ पारिनेछ । आज उपलब्ध उत्तम ईन्जिनियरिङ्ग ज्ञानले मन्दिरलाई आधुनिक मापदण्डमा ल्याउनेछ। हामीले संरचनात्मक परिवर्तनहरू देख्न सक्नेछैनौं, तर तिनीहरूका प्रभावहरू वास्तविक र महत्त्वपूर्ण हुनेछन्। यो सबै काममा, मन्दिरका सुन्दर इन्टेरियर डिजाइन विशेषताहरुलाई सुरक्षित गरिनेछन्।

साल्ट लेक मन्दिरको जीर्णोद्धारले हामीलाई दिएको उदाहरणलाई हामीले अनुसरण गर्नुपर्दछ र यो अध्यावधिक छ भनेर सुनिश्चित गर्नका लागि हाम्रो व्यक्तिगत आध्यात्मिक शक्तिको मूल्याङ्कन गर्न समय लिनुपर्दछ। आवधिक आत्म-मूल्याङ्कन संगै “ममा अझै के अभाव छ?” भनी परमप्रभुलाई सोध्नाले, हामी प्रत्येकलाई एउटा उत्कृष्ट घर निर्माणमा योगदान गर्न सहयोग गर्न सक्छ।

चौथो, उत्कृष्ट घरहरूले आँधीबेहरीबाट शरण दिन्छन्। परमेश्वरका आज्ञाहरू जसले पालन गर्दछ “उनीहरू त्यस देशमा सफल हुन्छन्।” भनेर परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ। १० जीवनका समस्याहरूका बाबजुद अगाडि बढ्ने शक्ति परमेश्वरको समृद्धि हो।

२००२ मा मैले समस्याहरूका बारेमा एउटा महत्त्वपूर्ण पाठ सिकें। पाराग्वे, असन्सिनमा हुँदा मैले शहरका किला अध्यक्षहरूसँग भेटें। त्यस समयमा, पराग्वेले एउटा डरलाग्दो आर्थिक संकटको सामना गरिरहेको थियो अनि चर्चका धेरै सदस्यहरू पीडित थिए र दैनिक गुजारा चालाउन असमर्थ थिए। म मेरो सुसमाचार प्रचार पछि दक्षिण अमेरिका गएको थिइन र पराग्वे त कहिल्यै पनि गएको थिइन। त्यो क्षेत्रमा त्यस क्षेत्रको क्षेत्रीय अध्यक्षताका रुपमा मैले सेवा गर्न थालेको केही हप्ताका मात्रै भएको थियो। ती किला अध्यक्षहरुलाई निर्देशन दिन मेरो असक्षमताका कारण त्रसित बन्दै मैले, उहाँहरुको किलामा के राम्रो हुँदैछ भनेर मलाई बताउन मैले उहाँहरूलाई आग्रह गरेँ । पहिलो किला अध्यक्षले मलाई राम्रा कुराहरुका बारेमा बताउनुभयो। दोश्रोले राम्रा भइरहेका कुराहरु र केहि समस्याहरू उल्लेख गर्नुभयो। हामी अन्तिम किला अध्यक्षसम्म पुग्दा उहाँले केवल अनेकौं संवेदनशील चुनौतीहरूका बारेमा उल्लेख गर्नुभयो। किला अध्यक्षहरूले परिस्थितिको विशालतालाई बुझाउँदै गर्दा म के भन्ने बारे झन् चिन्तित हुन थालेको थिएँ।

जबअन्तिम किला अध्यक्षले उहाँका कुराहरु सक्दैहुनुहुन्थ्यो, मेरो मनमा एउटा विचार आयो: “एल्डर क्लेटनले उनीहरूलाई यो प्रश्न सोध्नुभयो:”अध्यक्षहरू, तपाईको किलाका कति सदस्यहरूले पूरा दशांश तिर्नुहुन्छ, उदार रुपमा उपवास भेटी तिर्नुहुन्छ, चर्चमा उहाँहरूको बोलावटलाई पूरा गर्नहुन्छ, वास्तवमा गृह शिक्षक वा भेटगर्ने शिक्षकाहरूका रुपमा उहाँहरूका परिवारलाई प्रत्येक महिना भेट्न जानुहुन्छ११, परिवारिक गृह साँझ राख्नुहुन्छ, धर्मशास्त्रहरूको अध्ययन गर्नुहुन्छ, र दिनहुँ पारिवारिक प्रार्थना गर्नुहुन्छ, उहाँहरूमध्ये कतिका समस्याहरू छन् जुन उहाँहरूका लागि चर्च आएर उहाँहरूका समस्याहरू समाधान नगरीकन उहाँहरू आफै समाधान गर्न सक्नुहुन्न ?‘”

मैले प्राप्त गरेको धारणाप्रति प्रतिक्रिया दिँदै, मैले त्यो प्रश्न किला अध्यक्षहरुलाई सोधें।

उनीहरूले अचम्म मानेर हेरे र भने, “Pues, ninguno,” यसको अर्थ “ठीक छ, कोही पनि छैन।” त्यसपछि उनीहरूले मलाई भने कि ती सबै कुराहरू गर्ने कुनै पनि सदस्यसँग तिनीहरू आफैंले समाधान गर्न असमर्थ हुने समस्या थिएन। किन? किनकि उनीहरू उत्तम घरहरूमा बस्थे। तिनीहरूको आस्थावान् जीवनले तिनीहरूलाई उनीहरूलाई घेरिरहेको आर्थिक उथलपुथल सहन र तिनीहरूलाई बचाउनका लागि शक्ति, दर्शन, र आवश्यक स्वर्गीय सहयोग प्रदान गर्‍यो।

यसको अर्थ धार्मिकहरू बिरामी पर्नेछैन, दुर्घटनामा पर्नेछैनन्, व्यवसायमा उलटपलटको सामना गर्नुपर्नेछैन, वा जीवनमा अन्य धेरै कठिनाइहरूको सामना गर्नेपर्ने छैन भन्ने होइन । नश्वरताले जहिले पनि चुनौतीहरू ल्याउँछ, तर समय समयमा मैले देखेको छु कि ती आज्ञाहरू पालन गर्न प्रयास गर्नेहरूले शान्ति र आशाका साथ अघि बढ्ने आशीष पाउँछन्। ती आशीषहरू सबैका लागि उपलब्ध छन्।१२

दाऊदले भने, “यदि परमप्रभुले घर बनाउनु भएको छैन भने, तिनीहरूले बनाएको काम व्यर्थमा परिणत हुनेछ।” १३ तपाईं जहाँ बसे तापनि, तपाईंको घर जस्तो सुकै देखिए तापनि, र तपाईंको परिवारको संरचना जस्तोसुकै भए तापनि, तपाईं आफ्नो परिवारका लागि उत्कृष्ट घर निर्माण गर्न सक्नुहुन्छ। येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारले त्यस घरका लागि योजनाहरू प्रदान गर्दछ। मुक्तिदाता उत्तम इन्जिनियर, निर्माणकर्ता, र इन्टेरियर डिजाइनर हुनुहुन्छ। उहाँको परियोजना हाम्रो आत्माको अनन्त खुशीको पूर्णता हो। उहाँको मायालु सहयोग सँगै तपाई आफैंमा स्थापित र उत्कृष्ट घरमा बस्नका लागि तयार उत्कृष्ट संस्करण हुन सक्नुहुन्छ र तपाईको आत्मा उहाँले चाहनुभएको जस्तै सबै हुन सक्छ ।

म कृतज्ञताका साथ गवाही दिन्छु कि हामी सबैका पिता परमेश्वर जीवित हुनुहुन्छ। उहाँका पुत्र, परमप्रभु येशू ख्रीष्ट, सबै मानव जातिको मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ। उहाँहरूले हामीलाई पूर्ण रुपमा प्रेम गर्नुहुन्छ। पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च पृथ्वीमा परमप्रभूको राज्य हो। जीवित अगमवक्ताहरू र प्रेरितहरूले आज यसलाई मार्गनिर्देशन गर्नुहुन्छ । मोर्मोनको पुस्तक सत्य छ। येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचार उत्कृष्ट घरहरू स्थापना गर्नका लागि उत्तम खाका हो। येशू ख्रीष्टको नाउँमा, आमिन |

प्रिन्ट गर्नुहोस्