साधारण सम्मेलन
पुनर्स्थापना र पुनरुत्थानको सन्देश बाँढ्ने
अप्रिल २०२० साधारण सम्मेलन


पुनर्स्थापना र पुनरुत्थानको सन्देश बाँढ्ने

पुनर्स्थापना संसारको हो, र यसको सन्देश विशेष गरी आज जरुरी छ।

यो सम्मेलन भरी हामीले धेरै अघि देखि अगमवाणी गरिएका “सबै थोकको पुनर्स्थापना” , “ख्रीष्टमा सबै चीज एकत्रित गर्ने”, पृथ्वीमा सुसमाचारको पूर्णता, पादरित्व, येशू ख्रीष्टको चर्चको पुनर्स्थापनाका सबै पूरा हुने बारेमा हर्षका साथ बोलेका छौ र गाएका छौं|

पुनर्स्थापना अहिले त्यसमा खुशी मनाउनेहरूका लागि मात्र होइन | प्रथम दर्शनका प्रकाशहरू जोसेफ स्मिथका लागि मात्रै थिएनन् र तिनले “ज्ञानको अभाव” भएका जो कोहीलाई प्रकाश र सत्य प्रदान गर्दछन्| मोर्मोनको पुस्तक मानव जातिको सम्पत्ति हो | मुक्ति र उन्नयनका पादरित्वका विधिहरू जीवित या मृत सबैका लागि तयार गरिएको थियो| पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च र यसका आशीषहरू तिनीहरूलाई चाहने सबैका लागि हुन्। पवित्र आत्माको वरदान सबैका लागि हो। पुनर्स्थापना संसारको हो, र यसको सन्देश विशेष गरी आज जरुरी छ।

तसर्थ, पृथ्वीका वासिन्दाहरूलाई यी कुरा बताउनका लागि कत्ति महत्त्व छ ताकि तिनीहरूले जानून् कि त्यहाँ कुनै देह छैन जो परमेश्वरको उपस्थितिमा वास गर्न सक्दछ, यो केवल गुण, दया र अनुग्रह अनि पवित्र मसीहको अनुग्रह्का माध्यमबाट हुन सक्छ, जसले आफ्नो शरीरलाई देहायबमोजिम जीवन दिनुहुन्छ र आत्माको शक्तिले यसलाई पून: जीवित पार्नुभयो ताकि मृतकहरूको पुनरुत्थान हुन सकोस्।”।”

अगमवक्ताका भाइ, स्यामुएल स्मिथले भर्खरै छापिएका मोर्मोनका पुस्तकहरूले आफ्नो झोला भरेर नयाँ धर्मशास्त्र बाढ्न हिंडेको त्यो दिन देखि सन्तहरूले निरन्तर रुपमा “पृथ्वीका बासिन्दाहरूसामु यी कुराहरू ज्ञात गराउन” परिश्रम गरेका छन् |

१९२० मा, तत्कालिन बाह्र प्रेरित गणका सदस्य डेभिड ओ. मकेइले चर्चका वर्ष भरी सबै सुसमाचार क्षेत्रहरूको भ्रमण गर्नुभयो | १९२१ को मे मा, उहाँ समोआको फागिलीको एक सानो समाधिस्थलमा तीन साना नानीहरू, थोमास र सेरा हिल्टनका एक छोरी र दुई छोराहरूको रान्रोसंग हेरचाह गरिएका समाधिहरू अगाडी उभिनुभएको थियो| ती साना नानीहरू जसमध्यको जेठा दुई वर्षका मात्र थिए, उन्नाइसौ सताब्धिको अन्त्य तिर थोमास र सेराले एक भर्खरका दम्पत्ति मिसनरीको रुपमा सेवा गरिरहेको समयमा उनीहरूको मृत्यु भएको थियो|

एल्डर मकेइले युटा छाड्नु अघि, त्यति बेला बिधवा भइसक्नु भएकी दिदी हिल्टनसँग प्रतिज्ञा गर्नुभयो कि उहाँले उहाँका छोराछोरीको समाधिस्थानको भ्रमण गर्नुहुनेछ किनकि उहाँले कहिल्यै फर्केर त्यहाँ जाने अवसर पाउनुभएको थिएन एल्डर मकेइले उहाँलाई पत्रमा लेख्नुभयो, दिदी हिल्टन, “तपाइँका ती साना नानीहरू, तपाइँहरूले लगभग ३० बर्ष अगाडि सुरु गर्नुभएको सुसमाचार प्रचारको कार्य अवर्णनीय शान्तिका साथ अघि लैजानेछन्| त्यसपछि उहाँले आफ्नो रचना एक पद थप्नुभयो|

ती प्यारा हातहरूले उनीहरूका अन्तिम नजर बन्द गरिए,

ती प्यारा हातहरूले उनीहरूका हातखुट्टाहरू गलाइए,

ती पराइ हातहरूले उनीहरूको समाघी सिंगारे

अपरिचितद्वारा सम्मानित, अपरिचितद्वारा उदासिन भएकाहरू|

यो कथा हजारौ, लाखौँ कथाहरू मध्ये एक हो जसले विगत २०० वर्षमा पुनर्स्थापनाको सन्देश सुनाउने कार्यमा वलिदान गरिएका समय, सम्पत्ति र जीवनहरूको बारेमा बोल्छ| हरेक राष्ट्र, बन्धु, भाषा र जनहरू सामु पुग्ने हाम्रो अभिलाषामा आज पनि कुनै कमि आएको छैन भन्ने कुराको पुष्टि सुसमाचार प्रचारको बोलावट अन्तर्गत सेवा गरिरहेको ६८,००० भन्दा बढी युवा, युवती र दम्पत्तिहरूद्वारा, फिलिपको, “आऊ र हेर” भन्ने निमन्त्रणाको प्रतिध्वनी गुन्जायमान गर्ने चर्च सदस्यहरूद्वारा, र संसार भरी ती प्रयासहरूलाई कायम राख्न खर्च गरिएको लाखौँ डलरद्वारा गर्न सकिन्छ|

हाम्रो निमन्त्रणामा बाध्यता छैन तैपनि हामी आशा गर्छौं मानिसहरूले त्यसलाई बाध्यकारी पाऊन्| त्यसो हुनका लागि, कम्तिमा पनि तीन चीज चाहिन्छन् भनेर म विश्वास गर्दछु : पहिलो, तपाईंको प्रेम; दोस्रो, तपाईंको उदाहरण; र तेस्रो, मोर्मोनको पुस्तकको तपाईंको प्रयोग।

प्रथमत: हाम्रो निमन्त्रणा आफ्नो स्वार्थको विषय हुनुहुँदैन, तर ती हाम्रो निस्वार्थ प्रेमको अभिव्यक्ति हुनुपर्छ, त्यस्तो प्रेम जसले “भयलाई हटाउंछ”| ख्रीष्टिय प्रेमको रुपमा चिनिने यो प्रेम, त्यो ख्रीष्टको पवित्र प्रेम, हामीले मागेमा पाइन्छ| “पितासामु तिमीहरूका हृदयहरूका सम्पूर्ण शक्तिका साथ प्रार्थना गर, कि तिमीहरू यो प्रेमले पूर्ण होऊ,” भनी तपाईंहरूलाई निम्ता गरिएको छ, आदेश दिइएको छ,

उदाहारणका निम्ति, दिदी लेनेट हो छिंगले आफ्नो अनुभव यसरी व्यक्त गर्नुभयो, जो अहिले समोआ अपिआ सुसमाचार प्रचार क्षेत्रमा अध्यक्षता गर्नुहुने उहाँका आफ्ना श्रीमान अध्यक्ष फ्रान्सिस हो छिंगसँग सेवा गर्दै हुनुहुन्छ| उहाँले यसरी सुनाउनुहुन्छ:

“धेरै वर्ष अघि हाम्रो सानो परिवार लाएइ हवाईमा एउटा घरमा सर्यो| घरको कार्पोर्टलाई एउटा एक कोठे अपार्टमेन्टमा बदलिएको थियो, जुन अपार्टमेन्टमा जोनाथन नाउँ गरेको एक जना मान्छे बस्थे| जनाथन यस भन्दा पहिले अर्को स्थानमा पनि हाम्रो छिमेकी थिए| परमप्रभुले हामीलाई फेरी एक पटक यस्तो स्थानमा पुर्याइदिनुभएको थियो जुन कुनै संयोग थिएन भन्ने ठानी हामीले हाम्रो चर्चको सदस्यता र क्रियाकलापहरूका बारेमा अझै बढी खुलेर कुरा गर्ने निर्णय गर्यौं| जनाथनले हाम्रो मित्रतालाई मनपराए र हाम्रो परिवार सँग समय बिताउन रुची गर्थे| उनी सुसमाचारका बारेमा सिक्न मनपराउथे तर चर्चको सदस्यता लिन इच्छुक थिएनन|

“समय बित्दै जाँदा हाम्रा छोराछोरीहरूले उनलाई अंकल भनेर बोलाउन थाले| हाम्रो परिवार बढ्दै गयो, त्यसरी नै हाम्रो जीवनप्रति जोनाथनको उत्सुकता बढ्दै गयो| चाडपर्वका, जन्मदिनका पार्टीहरूमा, विद्यालयका र पारिवारिक साँझ र छोराछोरीहरूको बप्तिस्मा जस्ता चर्चका क्रियाकलापहरूमा हाम्रो निम्तो उनीकहाँ पुग्न थाल्यो|

“एक दिन मलाई जोनाथनले फोन गरे| उनलाई सहयोगको आवश्यक थियो| उनलाई मधुमेहको रोग थियो र उनको खुट्टामा संक्रमण थियो जसका कारण उनको खुट्टा काट्नु पर्ने भयो| हाम्रो परिवार र छिमेकी वार्डका सदस्यले उनलाई उनको दु:खको घडी पार गर्न सहयोग गरे| उनलाई अस्पतालमा कुर्न पालो गर्यौं र पादरित्वका आशीषहरू दियौं| उनी सुधार केन्द्रमा हुँदा राहत समाजका दिदीबहिनीको सहयोग मार्फत हामीले उनको अपार्टमेन्ट सफा गर्यौं| पादरित्वका दाजुभाइहरूले ढोकासम्म पुग्न सिढी बिनाको ओरालो बाटो बनाए र शौचालयमा रेलिङ्ग राखे| जब जनाथन घर फर्के उनी भावुक हुन पुगे|

“जोनाथनले फेरी सुसमाचार प्रचारकहरूसँग पाठहरू लिन सुरू गरे| नया वर्षको एक हप्ता अगाडि उनले मलाई फोन गरे र सोधे, “ नयाँ वर्षको पूर्व सन्ध्यामा तपाई के गर्दै हुनुहुन्छ?” मैले उनलाई हाम्रो वाषिक पार्टीको बारेमा सम्झाएँ| तर उनले उत्तर दिए, “म तपाईंहरू मेरो बप्तिस्मा आएको चाहान्छु! म यो नयाँ वर्ष सही तरिकाले सुरू गर्न चाहन्छु|” २० वर्ष सम्मको “आऊ र हेर”, “आऊ र सहयोग गर” अनि “आऊ र बस’ पछि, यो अनमोल आत्मा बतिस्मा लिन तयार थियो|”९

२०१८ मा, जब हामीलाई सुसमाचार प्रचार र साथीका रुपमा वालावट गरिँदा, जनाथनको स्वास्थ्य विग्रदो अवस्थामा थियो| हामीले उनलाई हामी नफर्किँदा सम्म बलियो बनी प्रतिक्षा गर्न आग्रह गरयौं। उनी एक वर्ष अझै रहे, तर परमप्रभुले उनलाई घर बोलाउन तयार गरिरहनु भएको थियो अप्रिल २०१९ मा शान्तपुर्वक उनको देहावाशन भयो| मेरा छोरीहरूले उनीहरूका काकाको अन्तेष्टिमा उपस्थित भई उनको बप्तिस्मामा गएका भजनहरू गाए |

त्यो के हो जसले तपाईंको आमन्त्रणालाई अझ बढी रोचक बनाउँछ? भन्ने प्रश्नका सँगै पुनर्स्थापनाको सन्देश सफलताका साथ अरूलाई सुनाउनु दोश्रो आवश्यकता हो भनी प्रस्तुत गर्दछु: के यो तपाईको जीवनको उदाहरण तपाई होइन? पुनर्स्थापनाको सन्देश सुन्ने र प्राप्त गर्ने मध्ये धेरैले सुरुमा येशू ख्रीष्टको चर्चको सदस्य अथवा सदस्यहरूमा देखेका कुराहरूबाट आकर्षित भएका हुन्| यो उनीहरूले भनेका वा नगरेका चीजहरू, उनीहरूले कठिन परिस्थितिमा देखाएको दृढता तिनीहरूले अरूसँग व्यवहार गर्ने तरिकाका कारण भएको हुन सक्छ। |

जे भए पनि हामी पुनर्स्थापित सुसमाचारका सिद्धान्तहरू बुझ्नु र जिउनु आवश्यक छ भन्ने तथ्यलाई हामी अस्वीकार गर्न सक्दैनौं | यसलाई आजकल सच्चाई भनिन्छ| यदि ख्रीष्टको प्रेम हामीमा रहन्छ भने, अरूले थाहा पाउने छन् कि हाम्रो उनीहरू प्रतिको प्रेम सच्चा हो| यदि पवित्र आत्माको ज्योतिले हामीलाई जलाउँछ भने, यसले तिनीहरूमा पनि ख्रीष्टको ज्योति फेरी जगाउँछ१० तपाईं जे हुनुहुन्छ त्यसले येशू ख्रीष्टको सुसमाचारको पूर्णताको खुसियाली अनुभव गर्न गरेको निमन्त्रणालाई सच्चाई प्रदान गर्छ|

तेस्रो आवश्यक रूपान्तरणको उपकरण मोर्मनको पुस्तकको उदार प्रयोग हो जुन सुसमाचार समयावधिको अन्त्यका लागि परमेश्वरले रचना गर्नुभयो। यो जोसेफ स्मिथको अगमवक्ताका रुपमा हुने बोलावटको भविष्यसूचक र येशू ख्रीष्टको देवत्व र पुनरुत्थानको विश्वस्त प्रमाण हो भन्ने कुराको स्पष्ट आधार हो। स्वर्गमा रहनु हुने पिताको उद्धारको योजनाको प्रदर्शन असमान छ| जब तपाईंले मोर्मोनको पुस्तक बाढ्नु हुन्छ, तब तपाइँले पुनर्स्थापना बाढ्नु हुन्छ|

जेसन ओवेन किशोरावस्थामा हुँदा उनका परिवारका सदस्यहरू र अरूहरूले क्रिश्चियन बन्नबाट बच्न उनलाई निरन्तर रुपमा चेतावनी दिन्थे। उनका दुइ असल मित्रहरू थिए, जो पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरू थिए र उनीहरूले अक्सर धर्मका बारेमा छलभल गर्थे| उनका साथीहरू, शिया र डेव, येशू ख्रीष्टमाथिको आस्थाका विरुद्ध अरूले दिएको तर्कहरूको सम्मान पुर्वक खण्डन गर्थे| अन्तत: उनीहरूले उनलाई मोर्मोनको पुस्तक दिए र भने, “यसले तिम्रा सबै प्रश्नको उत्तर दिनेछ| , कृपया यो पढ्नुहोस्” उनले त्यसलाई हिच्कचाउँदै स्वीकार गरे र आफ्नो झोलामा राखे, त्यो पुस्तक कैयौं महिनासम्म त्यही झोलामा नै रह्यो| उनले त्यसलाई आफ्ना परिवारका सदस्यले देख्लान भन्ने डरले घरमा छाड्न पनि चाहेनन्, त्यसलाई फर्काएर शे र डेभलाई निराश बनाउन पनि चाहेनन्| अन्तत, उनले त्यसलाई जलाएर समस्याको समाधान गर्ने सोचे|

एक रात, एक हातमा मर्मोनको पुस्तक अर्को हातमा लाइटर लिएर उनले त्यो पुस्तक जलाउन लागेको थिए जब उनले एक अवाज आफ्नो मस्तिकमा सुने, जूनले भनेको थियो, “मेरो पुस्तक नजलाऊ” आश्चर्यचकित हुँदै उनी रोकिए| त्यसपछि, आफूले त्यो आवाजको कल्पना गरेको हुनुपर्छ भन्ने ठानी उनले फेरी त्यो लाइटर बाल्ने प्रयास गरे| फेरी त्यो आवाज उनको मस्तिस्कमा आयो: “आफ्नो कोठामा जाऊ र मेरो पुस्तकको अध्ययन गर|” जेसनले लाइटरलाई राखे, आफ्नो कोठामा गए, मोर्मोनको पुस्तकलाई खोले र पढ्न थाले| उनीले प्रायश: बिहान सबेरै दिनदिनै निरन्तरता दिन गर्थे। जब जेसन अन्त्यमा आएर प्राथना गरे, उनले रेकर्ड गरे:, “म मेरो शिर देखि खुट्टाको पैतालासम्म आत्माले भरिएको थिए|” … मैले आफूँ प्रकाशले भरिएको अनुभव गरे| … यो मैले मेरो जीवनमा अनुभव गरेका खुशीहरू मध्येको सबैभन्दा रमाइलो अनुभव थियो।” उनले बप्तिस्मा लिने चासो राखे र पछि सुसमाचार प्रचारक पनि बने।

सम्भवतया बिना बताउँदै साँचो प्रेम र ईमानदारीका बावजुद पनि,हाम्रा अधिकांश, यदि त्यो नभए धेरै सन्देशका आमन्त्रणहरू अस्वीकृत हुनेछन्। तरपनि यो सम्झनुहोस्: सबै मानिसहरू त्यस्तो निमन्त्रणाका लागि योग्य छन्—”परमेश्वरसामु सबै मानिसहरू बराबर हुन्छन्।”११ परमेश्वर हाम्रा प्रत्येक प्रयासहरूसँग खुशी हुनुहुन्छ, त्यसको फल जे भए पनि, अस्वीकृत आमन्त्रण हाम्रो सम्बन्धको अन्त्यको कारण होइन; अनि आज चासोको विषय नबनेको चीज भोलि चासोको विषय बन्न सक्छ। जे भए पनि, हाम्रो प्रेम निरन्तर रहन्छ|

पुनर्स्थापना गहन परीक्षा र वलिदानबाट आएको हो भनेर हामी कहिल्यै पनि नबिर्सियौँ । त्यो विषयअर्को दिनका लागि हो। आज हामी पुनर्स्थापनाका फलहरुमा रमाउँछौं, जुन पृथ्वी र स्वर्गमा बाँध्न सक्ने सबैभन्दा शक्तिशाली चीज मध्ये एक हो।१२ धेरै वर्ष अघि अध्यक्ष गोर्डन बी. हिङ्क्लीले भन्नुभएको थियो, “सबै दुःख, पीडा र दु:खाइ बाहेक अरू केही नभएको भए तापनि परिवारलाई सदाका लागि एकतामा बाँध्ने पवित्र पादरित्वको शक्ति यसका लागि जतिसुकै मूल्य लागे तापनि यो मूल्यवान् हुनेथियो। १३

पुनर्स्थापनाको अन्तिम प्रतिज्ञा भनेको येशू ख्रीष्ट मार्फत प्राप्त हुने उद्धार हो। येशू ख्रीष्टको पुनरुत्थान उहाँमा आउने सबैलाई दुख, अन्याय, पश्चात्ताप, पाप र मृत्युबाट उद्धार गर्ने शक्ति उहाँमा छ भन्ने कुराको प्रमाण हो। आज महत्त्वपूर्ण आइतवार हो; आजको एक हप्तामा इस्टर हो| ख्रीष्टको पीडा र हाम्रा पापका निम्ति प्रयाश्चित्त गरेको उहाँको मृत्युलाई हामी सम्झन्छौं, हामी सदैव सम्झन्छौं, र हामी त्यो सबैभन्दा आश्चर्यजनक आइतवार मनाउँछौं, प्रभुको दिन, जुन दिनमा उहाँ मृत्युबाट बौरी उठ्नुभएको थियो| येशू ख्रीष्टको पुनरुत्थानका कारण, पुनर्स्थापनाको अर्थ छ, हाम्रो पार्थिव जीवनको अर्थ छ, अन्तत: हाम्रो अस्तित्वको अर्थ छ|

पुनर्स्थापनाका महान अगमवक्ता जोसेफ स्मिथले पुनरुत्थान हुनुभएका, जीवित ख्रीष्टका बारेमा हाम्रो समयका लागि एक अति महत्वपूर्ण गवाही दिनुभएको छ।१४ हामीले उहाँलाई परमेश्वरको दाहिनेपट्टि देख्यौं।१४ म जोसेफ र उहाँ भन्दा अगाडिका प्रेरितहरू र अगमवक्ताहरू र उहाँ पछिका प्रेरितहरू र अगमवक्ताहरू सबैका बारेका गवाहीहरू माथि विनम्रता पूर्वक मेरो आफ्नो गवाही थप्दछु कि नासरतका येशू प्रतिज्ञा गरिएका मसीह, परमेश्वरका जन्माइएका एक मात्र पुत्र र सबै मानव जातिका पुनरुत्थापित उद्धारकर्ता हुनुहुन्छ।

हामी यसको घोषणालाई पुष्टि गर्दछौं कि “जसले प्रार्थनापूर्वक पूनर्स्थापनाको सन्देशलाई अध्ययन गर्दछ र विश्वासमा कार्य गर्दछ उसले आफ्नो दैवी अनि हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको प्रतिज्ञाको दोस्रो आगमनका लागि संसारलाई तयार पार्ने उद्देश्यका बारेमा आफ्नै साक्षी प्राप्त गर्न आशीषित हुनेछन्। १५ ख्रीष्टको पुनरुत्थानले उहाँका प्रतिज्ञाहरूलाई सुनिश्चित गराउँछ। येशू ख्रीष्टको नाउँमा, आमिन |

प्रिन्ट गर्नुहोस्